अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विषेश विद्यालय स्थापना गरिएको बताएकी छिन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विषेश विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तारण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् ।
नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विषेश विद्यालय भरतपुर महानगरले स्थापना गरेपनि स्तरोन्ति भने प्रयाप्त रुपमा नभएको प्रमुख दाहालले बताइन्।विगत र अहिले केही परिवर्तन भएपनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथामिकतामा राखेर काम गर्ने बताइन्।
महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, वौद्धिक अपङ्गता भएकालाई नारायणी मावि विषेश कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा मिलाइएको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विषेश स्याहार गर्नुपर्ने उल्लेख गरे ।अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सामाग्रीहरु हस्तान्तरण गरे ।
विषेश विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।
बाघको आक्रमणबाट वडाध्यक्ष घाइते
काठमाडौं । काठमाडौं– आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाइते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई भेटेका छन्। बाघको आक्रमणमा परी गम्भीर घाइते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत रहेको बिरगंज स्थित बयोधा अस्पतालमा गएर अध्यक्ष साहले आइतबार भेटेका हुन् । भेटको क्रममा अध्यक्ष प्रभु साहले घाइते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । शनिबार बिहान बाघको आक्रमणमा परी घाइते भएका वडा अध्यक्ष रामजीत चौधरीको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्। शनिबार बिहान अस्पतालमा भर्ना भएदेखि नै अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा गहिरो खत लागेको छ। गुजरा १ रंगपुर गाउँछेउ को लमहा खोलाबाट बौराई चौधरी शनिवार खेतमा पानी पठाइरहेका थिए। सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासि बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साइनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथि बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्। इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाइते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भइरहेको बताएका छन्।
नेपालमा नयाँ चरा भेटियो– गेरुमुहार चाँचर
काठमाडौं । नेपालमा नयाँ चरा गेरुमुहार चाचर फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार १ सय मिटर उचाइमा चराविद् शंकर तिवारीले फेला पारेका हुन् । पदयात्रा गर्दै चरा अवलोकनका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा रहेको स्याउ बगैंचामा उनले चरा देखेर तस्बिर खिचेका थिए । तिवारीले उक्त चराको तस्बिर गत वैशाख १८ गते बिहान ६ बजेर ३९ मिनेटमा खिचेको थिए । नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नेपालमा नयाँ चरा अभिलेख भएको भनेर कात्तिक २५ गते भौगोलिक अवस्था र तस्बिरसहित विस्तृत जानकारी उनले दिएका थिए । समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग सुझाव लिई अध्ययन गरेर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा फुगेको समिति अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । समितिले अंग्रेजीमा (नौम्यान्स थ्रस) नाम रहेको चराको नेपाली नाम गेरुमुहार चाँचर दिएको हो । मुहार र तल्लो भाग गेरुरंगको हुँदा यो चराको नाम गेरुमुहार चाँचर दिइएको हो । योसँगै नेपालमा पाइने चाँचर प्रजातिका चराको संख्या २० पुगेको छ । ‘सुरुमा उक्त चरा नेपालमा पाइने चटक चाँचर जस्तै लाग्यो,’ तिवारीले भने, ‘गहिरिएर अध्ययन गर्दा फरक जस्तो देखेर विज्ञलाई पठाए ।’ उक्त तस्बिर गएको वैशाखमा खिचे पनि नयाँ चराको निर्क्योल गर्न कात्तिकमा मात्र जिज्ञलाई आग्रह गरेको बताए ।
रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा एकै गाउँका पाँच जना मजदुरको मृत्यु
रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जना मजदुरको मृत्यु भएको छ । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देबीराम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचै जना मृतक एउटै गाउँ बाहिरी गामका बासिन्दा रहेका छन् ।
एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने छ। यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो। यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो। यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने भएका छन्। तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ। यसरी क्यानले समग्रमा एनपिलको पुरस्कार राशिमा क्यानले दुई करोड ११ लाख रुपैयाँ खर्च गर्ने भएको हो।