टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध

टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध

काठमाडौं । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध तोडेको घोषणा गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएकोमा अब यसको अन्त्य भएको घोषणा गरेको हो ।

व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने जनाएको छ ।

इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गर्दै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह शासक भनेका छन् । टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजको आरोप छ ।

सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश रहेको थियो । यसअघि सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो ।

ट्रम्प भन्छन्, –‘म राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध कहिल्यै हुने थिएन’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताएका छन् । रिपब्लिकन पार्टीको चारदिने सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने दाबी पनि गरे ।  उनले भने,  ‘जितेर हामी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्नेछौँ।’  सम्बोधनका क्रममा ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धका विषयमा वर्तमान सरकारको आलोचना पनि गरे ।  ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध र इजरायलमा हमलाका कारण सुरु भएको युद्ध हुने नै थिएनन्।’  सम्बोधनमा ट्रम्पले वर्तमान सरकारले सिर्जना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने दाबी पनि गरेका छन् । 

चीनको सपिङ सेन्टरमा भएको आगलागीमा कम्तीमा १६ जनाको मृत्यु

काठमाडौं । चीनको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । एक १४ तले सपिङ सेन्टरमा भएको आगलागीमा उनीहरुको मृत्यु भएको हो ।  सरकारी सञ्चारमाध्यमले आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा बुधबार साँझ भएको जनाएका छन् ।  आगलागीमा परेका अरु ३० जनाको उद्धार गरिएको जनाइएको छ।  प्रारम्भिक अनुसन्धान अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको बताइएको छ । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा यस भवनको चारैतिर आगोको मुस्लो सहित कालो धुवाँ देखिएको छ ।

चिनियाँ अर्बपति अमेरिकामा दोषी ठहर

एजेन्सी । चीनबाट निष्काशित अर्बपति गुओ वेंगुई अमेरिकामा दोषी ठहर भएका छन् ।  अमेरिकाको संघीय अदालतले उनलाई समर्थकको १ अर्ब डलर बढी ठगी र धोखाधडीको आरोपमा मंगलबार दोषी ठहर गरेको हो ।  सीएनएनका अनुसार १२ आरोपमध्ये ९ वटामा गुओ दोषी ठहर भएका छन् । सेयर बढाउन ठगी गरेको, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा माइल्स गुओका रुपमा परिचित उनी माथि आरोप लागेको थियो ।  योसँगै उनले दशकौँ जेल बस्नुपर्ने सजाय पाउने सम्भावना रहेको समाचारमा उल्लेख छ । आगामी नोभेम्बर १९ मा उनलाई सजाय तोकिनेछ।  गुओले धेरै अन्तर्सम्बन्धित धोखाधडीका स्किमहरु चलाएको र बफादार समर्थकले मिहिनेतले कमाएको पैसामा खेलबाड गरेको  अदालतले ठहर गरेको छ।  चिनले निश्कासित गरेपछि उनी अमेरिकामा निर्वासित जीवन बिताइरहेका थिए । उनको जीवनशैली पनि अत्यन्तै विलासी थियो ।  न्युयोर्कमा उनीविरुद्धका आरोपमा ७ हप्तासम्म सुनुवाइ भएको थियो । गुओका वकिलहरुले यसबारे केही प्रतिक्रिया दिएका छैनन् । दोषी ठहर भएसँगै उनका केही समर्थकमा रुवाबासी समेत चलेको छ ।  गुओ सन् २०१४ मा चीनबाट निर्वासित भएका थिए । उनले वरिष्ठ चिनियाँ अधिकारी र धनाढ्यहरुको काण्डको खुलासा गर्ने चेतावनी दिदै आएका थिए ।  यसबाहेक उनलाई अहिले राष्ट्रपतीय दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निकटस्थ स्टिभ ब्याननका साथी समेत मानिन्छ । ब्यानन पनि यही महिनाको सुरुतिर संसदीय अनुसन्धानलाई असहयोग गरेको आरोपमा संघीय कारागार चलान भइसकेका छन् । ब्याननलाई गुओले १० लाख डलर दिएको पनि खुलासा भएको छ ।  आफ्ना अनलाइन समर्थकलाई आफ्नो व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्न हौस्याएर २०१८ र २०२३ को बीचमा १ अर्ब डलर बढी डुबाइदिएको आरोप गुओमाथि छ। सन् २०१७ मा हङकङ तथा चीन सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानसँगै उनको सम्पत्ति जफत समेत गरेको थियो ।

नोबेल शान्ति पुरस्कार पाएका युनुसमाथि भ्रष्टाचार आरोप

काठमाडौं । नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जनामाथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको हो । युनुसले ग्रामिण क्षेत्रका कर्मचारीहरुको कल्याणकारी कोषको रकम अपचलन गरेको आरोप लागेको छ । युनुसले बंगलादेशका हजारौं व्यक्तिहरुलाई ऋणबाट मुक्त गरिदिएवाफत् सन् २००६ मा विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेका थिए । उनले आफूमाथि लागेका आरोपको खण्डन गर्दै विनाकारण प्रताडित गरिएको आरोप लगाएका छन् । युनुसले प्रधानमन्त्री शेख हसिनाले आफूमाथि झुट्टा मुद्दा दर्ता गराएको बताएका छन् ।  बंगलादेश सरकारले भने युनुसले लगाएको आरोपको खण्डन गरेको छ ।

लोकप्रिय