सुर्खेतमा जीप दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

सुर्खेतमा जीप दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान दुर्घटना भएको हो।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुईजनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ। दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुयाइएको छ।

प्रहरीले दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली उद्धारका लागि परिचालन भएको छ।

लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् । सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको उनीहरूमाथि आरोप छ । बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।  मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको थियो । चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सर्लाहीको हरैयामा मकैबारीमा महिलाको शव फेला, घटना शङ्कास्पद

सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ। स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो।  कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकैबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताए।  परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी शनिवार अपराह्न ४ बजेपछि घरबाट खेततर्फ गएकी थिइन्। साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उनको शव फेला परेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। 

संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन् । संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ । मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन् । संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । रासस

सडक बत्तीको बक्यौता तिर्न किस्ताबन्दीको सुविधा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ ।  प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो ।  आज एक सूचना जारी गर्दै प्राधिकरणले सम्बन्धित स्थानीय तहहरूले  ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गरेको छ । 

लोकप्रिय