ईपीजी बैठक : सन्धि–सम्झौता परिमार्जनमा भारत लचिलो
काठमाडौँ, पुस २८ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को छैटौं बैठकसम्म आइपुग्दा नेपालले उठाउँदै आएको विभिन्न असमान सन्धिसम्झौता र मुद्दा परिमार्जनमा भारतीय पक्ष अलि लचक देखिएको छ।
दिल्लीस्थित इन्स्टिच्युट फर डिफेन्स एन्ड एनालाइसिस (आईडीएसए) मा बिहीबार बिहान सुरु भएको ईपीजीको दुईदिने बैठकमा भारतले पहिलोपटक यस्तो लचकता प्रदर्शन गर्दै १९५० को सन्धि परिमार्जन, बुँदाको संशोधनलगायत थप सकारात्मक बनेको छ।
बिहीबार बसेको ३ घण्टा लामो बैठकमा सुझावसहित ड्राफ्ट प्रक्रियामा ध्यान दिनेलगायत विषयमा छलफल भएको थियो ।
भारतले खास गरी नेपालको चासो १९५० को सन्धिमा रहेको भन्दै सुझावसहित नयाँ सम्झौता वा बुँदा सुधारको ड्राफ्ट गर्न सक्ने जनाएको हो। भारतीय पक्षले यसपटक उक्त सन्धि परिमार्जनबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने जनाएको छ। यसअघि भारतीय पक्षले सन्धि परिमार्जनबारे नेपाली पक्षबाट ठोस बुँदा नआएको बताउँदै आएको थियो ।
बिहीबारको बैठकमा मस्यौदा र विवादित बुँदाबारे छलफल भएको अधिकारीहरूले बताए । उनीहरूका अनुसार १९५० लाई सम्बोधन गर्दै अन्य विषयमा कुन तवरले प्रतिवेदन ‘ड्राफ्ट’ गर्ने विषयमा बुधबारको छलफल बढी केन्द्रित थियो । ईपीजीको नेपाली पक्षले यसलाई उत्साहपूर्वक ग्रहण गर्दै मस्यौदामा ध्यान दिए अहिले त्यहीअनुरूपको वातावरण बनेको अधिकारीहरूले बताए।
‘यसअघि ड्राफ्ट गर्ने विषयमा भारतीय पक्ष मौन थियो,’ एक सदस्यले भने, ‘अब छिटो प्रतिवेदन ड्राफ्ट गर्नेतर्फ लाग्नुपर्छ ।
नेपालको चासो र त्यसको निवारण विकल्पसहित सुझाउने गरी प्रतिवेदनमा खुलाउने सहमति बनेको छ।’ बिहीबारको बैठकमा यसअघि भएका विभिन्न विषयको समीक्षा र सहमतिको विन्दु खोजी भएको थियो। ‘वार्ता निकै सकारात्मक रूपमा अघि बढेको छ। आज एक सेसन मात्र भए पनि शुक्रबार दुई सेसनमा छलफल हुनेछ । नेपालको बृहत्तर हितलाई ध्यानमा राखेर सम्बन्ध मजबुत बनाउने गरी छलफल अघि बढेको छ,’ नेपालको टोलीका सचिव रहेका यादव खनालले टेलिफोनमा भने, ‘शुक्रबारको बैठकपछि थप धारणा आउन सक्छ, अहिले यसै केही भन्न सकिन्न।’
अस्वस्थताका कारण अघिल्लो बैठकमा सहभागी नभएका पूर्वराजदूत जयन्तप्रसाद यो बैठकमा सहभागी भए। बैठकमा नेपाल–भारत सम्बन्धका समग्र विषय, १९५० सन्धि, सीमा, सुरक्षा, डुबान, जनस्तरको सम्बन्ध, व्यापार सम्झौतालगायतमा छलफल भएको थियो। १९५० को सन्धिमा नेपालले राखेको असहमतिका बुँदामा छलफल भएपनि निष्कर्ष ननिस्किएको नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिए । भारतीय पक्षले नेपालले चाहेको विषयमा आफूहरू सकारात्मक भने पनि बुँदा परिमार्जनमा खासै तदारुकता नदेखाएकोजनाइएको छ ।
तीनै तहको निर्वाचनपछि नयाँ सरकार गठन हुनै लाग्दा यो बैठक भइरहेकाले पनि यसमा भारतीय पक्ष बढी नै सचेत देखिएको हो । शुक्रबार हुने बैठकले प्रतिवेदन तयार र विवादित विषयको सुझावबारे केही सहमति बन्न सक्ने बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक प्राथमिकता र नेपालसँगको मित्रतालाई समेत ध्यान दिएर छलफल अघि बढाइएको सहभागीले बताए । नेपाल–भारत दुवैलाई अहित नहुने गरी सकेजति लचकता अपनाउन भारतीय विश्लेषक तथा राजनीतिज्ञहरूले सुझाव दिइरहेको अवस्थामा केही लचकता देखाइएको हो।
नेपालसँगको असमझदारी हटाउन १९५० को सन्धिलगायत विषयमा नेपालले चाहेअनुसार परिमार्जन गरेर अघि बढ्न भारतलाई कुनै समस्या नभएको ईपीजीका भारतीय संयोजक भगतसिंह कोशियारीले बताउँदै आएका छन्।
संसद् बस्नुअघि विपक्षी दलहरूले साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने जानकारी गराउनुभएको छ ।मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको छ । संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ । सो बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको थियो । ‘हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउँछौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ । हामी पर्सि १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको पनि बैठक बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने ? सरकारले पछिल्लो ६ महिनामा गरेका जनविरोधी क्रियाकलापहरू,’ प्रचण्डले अघि भन्नुभयो, ‘राष्ट्रविरोधी क्रियापकलाहरू, देशमा आर्थिक संकट झन चर्काउनका लागि अरबौं अरब ऋण बढाउने जो काम गरेको छ, आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने जो काम गरेको छ, विपक्षी दलहरूलाई पनि सामूहिक रुपमा अगाडि बढाउने कोसिस पनि गरेका छौं ।’
समाजवादी मोर्चाले वृहत् अन्तरक्रिया गर्दै
काठमाडौं । चार दलको समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । यसअघि बुधबारका तय गरिएको कार्यक्रम एक दिन अघि मंगलवारका लागि सारिएको हो । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे शुरु हुने जानकारी दिनुभयो। वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेका छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।
आफ्नै देशमा पौरख गरौं : अध्यक्ष प्रचण्ड
तेह्रथुम, लसुने १४ माघ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्ति विदेस पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताउनुभएको हो । उहाँले भन्नुभयो -'मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ ।म आम समुदायलाई अपिल गर्न चाहान्छु। हामी हाम्रा छोराछोरीहरुलाई , हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनि , आफै आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेस पठाउन हतार नगरौं ।' अध्यक्ष प्रचण्डले थप्दै भन्नुभयो-' विदेसमा पनि टुंग्गो छैन । काहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौ प्रवासीलाई विस्तापित गरिदै छ । कतिबेला हजारौ नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो टुंग्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठुलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुंग्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं ।' देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'हाम्रो देश साधन स्रोत विहिन देश होइन, हाम्रो देश साधान स्रोतले सम्पन्न देश हो ।हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोको दृष्टिकोणले अब्बल मानिस हौं । हामी नेपाली । त्यसमा पनि कोशी प्रदेश देशको अन्य क्षेत्र भन्दा आर्थिक, र उत्पादक शक्तिको अलिक राम्रो विकास भएको ठाउँ हो ।यहाँ राजनीतिका चेतना र पहिचानको निम्ति , आत्म सम्मानको निम्ति पटकपटक संर्घष भएको ठाउँ हो र अहिले पनि यस क्षेत्रका जनताले संविधानलाई उत्पिडित जाति क्षेत्र, धर्म लिङ्गका समुदायको हक अधिकार र पहिचानलाई संविधानमा अझ राम्रोसँग स्थापित गर्न पर्यो ।आवाज उठाउने क्षेत्रको हो ।हामीले कोशिस गरेका छौं । संविधानमै भएको राम्रा व्यवस्था समेत कार्यान्वयन भएको छैन । यहाँ उठिराखेको आवाजले संविधानमा सकारात्मक संसोधन गर्न मदत गर्नेछ ।यो देश यो क्षेत्र सबै हिसाबले प्राकृतिक स्रोत र साधन, जनशक्तिले यहाँ उत्पादन हुने उत्तिस ,अमलिसो अलैचि अदुवा उत्पादन हुन्छ । हावापानी पनि राम्रो यही मिहनेत गर्यो भने विदेसमा भन्दा पनि राम्रो कमाउन सक्छौं । देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ । तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौं भने देशमा टेक्नोलोजीको विकास मार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो हामी प्रति देश र माटो प्रतिको माया भए दुःख गरेर भएपनि देशमै बसेर माटोमै रहेका आफै आत्मनिर्भर हुने काम गर्छ ।' अध्यक्ष प्रचण्डले आफु भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिनुभयो उहाँले भन्नुभयो -'तपाईहरुले देख्नुभएको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भैराखेको छु ।देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिडेको छु ।मैले आज यहाँ तेह्रथुमा सहिदको स्मृतिमा पार्क र हलको उद्घाटन गरे । यो कार्यक्रममा सबै दलका नेता कार्यकता आएर सहिदहरु सबैका साझा हुन भन्ने स्थापित गर्नुभयो । यो कार्यक्रम देशभर एउटा सकारात्मक सन्देश गएको छ । म यस कार्यक्रम मार्फत एउटा सन्देश दिन तपाईहरु माझ उभिएको छु ।'
अध्यक्ष प्रचण्ड तेह्रथुममा
तेह्रथुम । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम पुग्नुभएको छ । पार्टीका उपमहासचिव वर्षमान पुन सहित आज र भोलिका विभिन्न कार्यक्रममा सहभागी हुने गरी अध्यक्ष प्रचण्ड तेह्रथुम पुग्नुभएको हो । अध्यक्ष प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जानुहुने छ । आठराईमा अध्यक्ष प्रचण्डले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। हाल आठराई गाउँपालिका-३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए । पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लाग्नुभएको हो । सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नुहुने छ । त्यहाँ खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।