ओझेलमा पर्यटकीय स्थल मार्गा पोखरी

ओझेलमा पर्यटकीय स्थल मार्गा पोखरी

तेह्रथुम, असोज २० । तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

धार्मिक महत्व रहेको पर्यटकीय हिसाबले जिल्लाकै एक महत्वपूर्ण मानिने मार्गा पोखरीको संरक्षण गर्न कसैको ध्यान पुगेको छैन ।

तेह्रथुम र धनकुटाका समेत केही गाउँहरु पर्ने ऐतिहासिक छथर क्षेत्र उत्कृष्ट पर्यटकीयस्थल बन्ने सम्भावना भएर पनि संरक्षण नहुँदा मार्गा पोखरी वर्षेनी सुक्दै गएको छ । गत वर्षभन्दा यस वर्ष बर्खामा पानीको मात्रा घटेको स्थानीयले बताएका छन् ।

यो पोखरीको विकासका लागि स्थानीयवासीले विगत लामो समयदेखि प्रयास गर्दै आएका छन् । तर सरकारी निकायबाट कुनै पनि पहल नहुँदा पोखरीको विकासमा उल्लेख्य काम गर्न नसकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

धनकुटा र तेह्रथुमको बीचमा रहेको मार्गा पोखरीको विकासका लागि तत्कालिन जिल्ला विकास समितिको कार्यालयले छथरको पञ्चवर्षीय योजना नै बनाएको थियो । तर त्यो योजना कार्यान्वयन भएन । कारण थियो पोखरीको संरक्षण गरेपछि त्यसको लाभ भने तेह्रथुमभन्दा धनकुटाका बासिन्दाले बढी लिन्छन् भन्ने । दुई जिल्लाको बीचमा भएकै कारण पोखरीको धार्मिक महत्व र पर्यटकीय सम्भावना मरेर गएको स्थानीयले गुनासो गरेका छन् ।

त्यसो त सरकारी निकायले चासो नदिँदा पर्यटकीयस्थलको विकास हुन नसकेको भन्दै यहाँका युवाले पनि पटकपटक मेला र महोत्सवबाट यी स्थलको प्रचारप्रसारको प्रयास गरेका छन् । छथर क्षेत्रकै पर्यटकीयस्थलको विकास गर्न छथर महोत्सवका नामले चार पटक महोत्सव गरिएका छन् । तर त्यसबाट मात्र यी क्षेत्रको पर्याप्त विकास नहुने रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आँखेवाले बताए ।

पोखरी संरक्षण र नजिकै रहेको पटेक डाडा “मा पिकनिक स्पट, भ्युटावर निर्माणका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्ने हो भने अझै पनि मार्गा पोखरी राम्रो पर्यटकीयस्थल बन्न सक्ने आँखेवाको भनाइ छ ।

यहाँका स्थानीयसँगै पूर्वका विभिन्न बजार र भारतबाट समेत मार्गा पोखरीमा पूजा र स्नान गर्न आउँछन् । हरेक वर्षको भाद्र पूर्णिमाको अवसरमा यहाँ पूजा र मेलासँगै बिजुवा गुफा समेत बस्ने गरिएको छ ।
खासगरी भारतको विहारबाट नजिकको दूरीमा रहेको यो क्षेत्रको पर्यटकीय विकास गर्नसके विहारवासीको नया“ पर्यकटीय गन्तव्य हुन सक्ने देखिन्छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय