को को छन् त स्याङजाका ११ स्थानीय निकायका उम्मेदवार ?
स्याङ्जा, वैशाख १२ । नेकपा माओवादी केन्द्र स्याङ्जाले ११ वटै स्थानिय तहमा उम्मेदवार तय गरेको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरेका अनुसार उम्मेदवार तय भएपनि स्थानीय तहमा तालमेलको सम्भावना अनुसार स्याङ्जा जिल्ला पार्टीले अर्को योजना निर्माण भने गर्ने सम्भावना रहेको छ ।
स्याङ्जामा ३ वटा नगरपालिका र ८ वटा गाँउपालिका रहेका छन्।
कुन तहबाट को ?
१० फेदिखोला गाउपालिका
अध्यक्षः लक्ष्मी पौडेल, उपाध्क्षयः नन्दकुमारी गुरुङ
२० आधिखोला गाउपालिका
अध्यक्षः कल्पना कार्की, उपाध्क्षयः नगेन्द्र पौडेल
३० पुतलिबजार नगरपालिका
प्रमुखः दुर्गा नारायण ढकाल, उपप्रमुखः इश्वेरी अर्याल (अमृता)
४० बिरुवा गाउपालिका
अध्यक्षः दिपक चर्तीमगर, उपाध्क्षयः दुर्गा देवी शर्मा
५० हरिनास गाउपालिका
अध्यक्षः नन्दकुमार थापा, उपाध्यक्षः मिठु लम्साल
६० भिर्कोट नगरपालिका
प्रमुखः चन्द्रबहादुर रोका, उपप्रमुखः जानुका अर्याल
७० वालिङ नगरपालिका
प्रमुखः हुमबहादुर गुरुङ, उपप्रमुखः नेत्रकुमारी पौडेल भट्टरार्इ
८० गल्याङ नगरपालिका
प्रमुखः लोकेन्द्र थापा, उपप्रमुखः रीता खनाल (कला)
९० कालिगण्डकी गाउपालिका
अध्यक्षः ईन्द्र कुमार थापा, विष्णुमाया राना
१०० अर्जुनचौपारी गाउपालिका
अध्यक्षः लोकप्रसाद काफ्ले, उपाध्यक्षः सरिता चुवाइ
११० चापाकोट नगरपालिका
प्रमुखः हरि भट्टराई, उपप्रमुखः सुकमाया नेपाली
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए । सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।
जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा
ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्याली निकालेका छन् । र्यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।
यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।
एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन
काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो । सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।