गैँडा मार्ने अभियुक्त सात वर्षपछि पक्राउ
चितवन, चैत १९। दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको हो ।
निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा गाविस–३ सेतेपानीका ४२ वर्षीय दुर्गा रानामगरलाई पक्राउ गरी शुक्रबार जेल चलान गरिएको हो । रानामगरलाई दुई दिनअघि नवलपरासीको चोरमाराबाट पक्राउ गरिएको होे ।
विसं २०६६ असोज २७ गते उनीमाथि गैँडा मारी खाग बिक्री गरेको आरोपमा मुद्दा दायर भएको थियो । विसं २०६९ जेठ १७ गते चितवन राष्ट्रिय निकुञ्जले रानामगरलाई १५ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
स्वदेश र विदेशमा लुक्दैआएका उनलाई सुराक सञ्जालका आधारमा पक्राउ गरिएको हो । सोही मुद्दाका अर्को अभियुक्त कोल्हुवा–३ का खड्गनारायण महतो हाल पनि भरतपुर कारागारमै रहेका छन् ।
आज विश्व मधुमेह दिवस, यस्ता छन् जोगिने उपाय
काठमाडौं । आज विश्व मधुमेह दिवस । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको सन्दर्भ पारेर गत शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रमहरु गर्दै आएका छन् । नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायका बारेमा जनचेतनामूलक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । चिकित्सकहरुका अनुसार पछिल्लो समय नेपालमा मधुमेहका बिरामीको संख्या अत्यधिक बढेको छ । विशेष गरी बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा परेका छन्। मधुमेह हुनबाट जोगिने निम्न कुरा ध्यान दिनु पर्छ स्वस्थ आहारः चीनी, मैदा, र प्रोसेस्ड खानेकुरा कम गर्ने। फाइबरयुक्त खाना (जस्तै, हरियो सागसब्जी, फलफूल, गहुँ र दाल) बढी खाने। खानामा माछा, मासु, वा अण्डा सेवन गर्ने भए पनि सन्तुलित र सिमित मात्रामा राख्ने। व्यायामः नियमित रूपमा व्यायाम गर्नु अत्यन्त महत्वपूर्ण छ। हप्तामा कम्तिमा पाँच दिन ३० मिनेटदेखि १ घण्टासम्म हल्का जस्तै पैदल हिँड्ने, दौडने, वा साइकल चलाउने गर्न सकिन्छ। तौल नियन्त्रणः शरिरको तौल स्वस्थ र सन्तुलित राख्नुपर्छ। मोटोपन मधुमेहको खतरा बढाउने प्रमुख कारण हो। तनाव व्यवस्थापनः तनावले रगतमा चिनीको मात्रा बढाउन सक्छ। ध्यान, योग, र गहिरो श्वासप्रश्वासको अभ्यास तनाव घटाउन उपयोगी हुन्छ। सुताईको समयः पर्याप्त र गुणस्तरीय निद्रा पनि मधुमेहबाट बच्न महत्त्वपूर्ण हुन्छ। हरेक रात कम्तिमा ७/८ घण्टा सुत्ने प्रयास गर्नुहोस्। नियमित जाँचः मधुमेहको इतिहास भएको परिवारमा हुने व्यक्तिले रगतमा चिनीको मात्रा नियमित रूपमा जाँच गराउँदै गर्दा जोखिमलाई चाँडै पहिचान गर्न सकिन्छ। धूम्रपान र मद्यपानको परित्यागस् यीले मधुमेहको जोखिम बढाउन सक्छन्, त्यसैले धूम्रपान र मद्यपान नगर्नु वा परित्याग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। यस्ता जीवनशैलीका परिवर्तनहरूले मधुमेहबाट बच्न र यदि मधुमेह भएमा यसलाई नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ।
गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन
काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उहाँको बुधबार राति काठमाडौंमा निधन भएको हो । ६३ वर्षकी गौचन केही दिनअघि डेंगुबाट संक्रमित हुनुभएको थियो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन । गौचन नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनु भएको थियो । गौचनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने उहाँको परिवारले जनाएको छ ।
उपनिर्वाचनको उमेदवार बन्न के गर्नुपर्ला, यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था
काठमाडौं । निर्वाचन आयोगले सरकारको स्वामित्वमा रहेका वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति उपनिर्वाचनमा उमेदवार बन्न नपाउने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको स्वामित्वमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति पनि उमेदवार बन्न नपाउने जानकारी गराएका छन् । उनका अनुसार, त्यस्ता व्यक्तिको उमेदवारी मनोनयन हुने छैन । स्थानीय तहका रिक्त ४२ पदमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था
मानव तस्करी प्रकरणमा थप दुई पक्राउ
काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्रीसहित मिलेर जापानमा मानव तस्करीको प्रयास भएको कसुरको अनुसन्धानमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । भिसाका लागि नक्कली कागजपत्र बनाउनेलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए । यसअघि प्रहरीले पूर्वमन्त्री लीलाबल्लभ अधिकारीसहित सातजनालाई पक्राउ गरिसकेको छ। उनीहरूले तीनजनालाई सरकारी कर्मचारी भएको नक्कली परिचयपत्र बनाएर मन्त्रीसँगै जापान पठाउने प्रयास गरेका थिए। तर, जापान अध्यागमनले फर्काइदिएको थियो। नक्कली छाप तथा कागजपत्र बनाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो। गिरोहमा संलग्न अझै केही व्यक्तिहरू फरार छन् । मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवार, खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवाकाे कालिका गापा– ५ का कञ्चन देवकोटा हाल प्रहरी हिरासतमा छन् ।