चीनका लगानीकर्तासँग प्रचण्डले भने– ढुक्क भएर लगानी गर्नुस, नेपाली जनता र राजनीतिक दल विकासका लागि प्रतिबद्ध

बेइजिङ, चैत १४ । प्रधानमन्त्री प्रचण्डले नेपाली जनता नेपालको विकासका लागि दृढ निश्चयी रहेको बताएका छन् ।
चीनमा आयोजित “लगानीका अवसरबारे राउण्ड टेबल छलफल” विषयका कार्यक्रममा विशेष अतिथीका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीको उर्बर भूमि भएकोले लगानीका लागि आव्हान गरे ।
नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसलाई अझै उचाईमा पुर्याउनुपर्ने बताउनु भयो । नेपाल र चीन भूगोल, संस्कृति र व्यापारका क्षेत्रमा लामो इतिहास बोकेका छिमेकी भएको बताउँदै प्रधानमन्त्रीले यो सम्बन्धलाई अझै विकास गर्न नेपालमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा लगानीसम्बन्धी भएको सम्मेलनमा चीनको लगानी प्रतिबद्धता ६१ प्रतिशत रहेको बताउँदै प्रधानमन्त्रीले यसलाई मूर्तरुप दिन थप प्रतिबद्धताका लागि समेत आव्हान गरे ।
चीनले व्यापार, विकास र आर्थिक क्षेत्रमा गरेको अभूतपूर्व विकासबाट छिमेकी देश नेपालले लाभ लिन सक्ने बताउँदै प्रधानमन्त्रीले नेपालमा लगानीका माध्यमबाट दुई देशबीचको सम्बन्ध झन उचाईमा पुर्याउन सकिने विश्वास व्यक्त गरे । “तपाईहरुले चीनलाई संसारको दोश्रो ठूलो आर्थिक शक्तिकारुपमा विकास गर्नु भएको छ । यसले हामीलाई पनि विकासको पथमा अघि बढ्न उत्प्रेरणा दिएको छ । छिमेकीका नाताले चीनको यो विकासबाट लाभ लिने चाहना स्वभाविक हो ।” उनले भने ।
नेपाल प्राकृतिकरुपमा धनी र श्रोतसाधन सम्पन्न देश भएकोले यो लगानीका लागि उर्बर भूमि भएको उनले बताए । “नेपालका जनताहरु विकासका लागि दृढ निश्चयी छन्, राजनीतिक दलहरु पनि आर्थिक समृद्धिका लागि एकबद्ध छन्, आउनुस् लगानी गर्नुस” प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले नेपाल जलश्रोतका धनी देश भएकोले जलविद्युत, कृषि, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानीमा जोड दिए । नेपालमा श्रम मूल्य न्यून भएको, लगानीका लागि उदार नीति भएको, राज्यले लगानी भित्र्याउने उपयुक्त वातावरण बनाएको बताउँदै प्रधानमन्त्रीले नेपाल र लगानी गर्ने दुबैलाई समान लाभ हुने र दुबैले जित्ने ढंगले लगानीको वातावरण भएको बताए । “चीन र नेपालको सीमाक्षेत्रमा सेवा प्रवाह गर्न समेत दुबै देशले निकै प्रयास गरेका छन्, पर्यटनका क्षेत्रमा चिनियाँ योगदान उल्लेख्य छ, अन्य क्षेत्रहरुमा पनि ‘विन–विन’ अवस्था हुने गरी लगानी गर्ने वातावरण छ ।” उनले भने ।
नेपालमा पोखरा, भैरहवा, बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको बताउँदै प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आव्हान गरे । उनले भने, “नेपाल सरकार तपाईहरुको लगानी सुरक्षित गर्न प्रतिबद्ध छ । ढुक्क हुनुस, तपाईको लगानी सुरक्षित हुन्छ । आउनुस् लगानी गर्नुस् ।”
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।
१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।