डोनाल्ड ट्रम्पले आज शपथ लिँदै, यस्तो छ उनको नयाँ टिम (कार्यक्रमसहित)

डोनाल्ड ट्रम्पले आज शपथ लिँदै, यस्तो छ उनको नयाँ टिम (कार्यक्रमसहित)

वाशिङ्गटन डिसी, माघ ७ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्दैछन् । ट्रम्पको शपथ ग्रहण समारोहको भव्य तयारी गरिएको छ । ट्रम्पले आफ्नो शपथ ग्रहणसँगै क्याबिनेटको समेत घोषणा गर्नेछन् । उनको क्याबिनेटमा ज्वाईँ कशनेरदेखि रेक्स टिलरसन सम्म रहेका छन् ।

डोनाल्ड ट्रम्पले आफ्नो पहिलो दिन केही महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने आँकलन गरिएको छ । शपथ ग्रहणसँगै मन्तव्य र त्यसपछि यस्ता निर्णयमा हस्ताक्षर हुने छन् । यस्ता निर्णयमा

ओबामाले स्वास्थ्य र रोजगारका क्षेत्रमा अघि सारेका योजना, अप्रवासी नीति र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका विषय रहेको बताइन्छ ।

ट्रम्पको शपथ ग्रहण समारोहलाई भव्यतापूर्वक सम्पन्न गर्न विशेष तयारी गरिएको छ । प्रख्यात म्यूजिक ब्याण्डको उपस्थिति रहने छ ।

शपथ ग्रहण पूर्व ट्रम्पले हरेक अमेरिकीको सपना पुरा गर्ने र देशवासीलाई एकतामा बाँध्ने बताएका छन् ।

अमेरिकाको इतिहासमा ४५ औं राष्ट्रपति ७० वर्षीय ट्रम्पको आगमनलाई आशंकासाथ हेरिएको छ । अनुदारवादी ट्रम्पको कार्यकाल कस्तो हुने हो, त्यो भने हेर्न बाँकी छ ।

यस्तो छ कार्यक्रम
आज राती नेपाली समय अनुसार ९ बजेर २० मिनेटमा लिंकन मेमोरियल नजिक पब्लिक कन्सर्टको आयोजना हुने छ । यसमा डिसी फायर डिपार्टमेट, एमरल्ड सोसाइटी र द

रिपब्लिकन हिन्दू कोलिएसनसँगै हाइस्कूल मार्चिङ ब्याण्डको कार्यक्रम प्रस्तुत हुने छ । ट्रम्पले यो कन्सर्टलाई सम्बोधन गर्ने छन् ।

त्यसअघि ट्रम्प र निर्वाचित उपराष्ट्रपति माइक पेन्सले आलिंगटन नेशनल सिमेट्रीमा महत्वपूर्ण अमेरिकी हस्तीहरुलाई श्रद्वान्जली दिनेछन् ।

अमेरिकी समय अनुसार ट्रम्प शुक्रबार बिहान ब्लेयर हाउस र सेन्ट जोन्स एपिस्कोपल चर्च जाने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति ओबामासँग ह्वाइट हाउसमा कफि पिउने कार्यक्रम छ ।

यसपछि उनी शपथका लागि प्रस्थान गर्ने छन् । र नेशनल मल परेड हेर्नेछन् ।

संगीत समारोहसँगै शपथ ग्रहणको कार्यक्रम हुनेछ । अमेरिकी समय राती साढे ११ बजे कार्यक्रमको शुरुआती औपचारिकतासँगै सुप्रिम कोर्टका मुख्य न्यायाधिश माइक पेन्सले

उपराष्ट्रपतिलाई शपथ खुवाउनेछन् भने । १२ बजे ट्रम्पले सपथ लिनेछन् ।

शपथपछि उनले भाषण गर्नेछन ।

ट्रम्पको सपथ ग्रहण समारोहमा लाखौं मानिस आउने बताइन्छ । ओबामाको शपथ ग्रहणको बेला १८ लाख भन्दा बढी मानिसको उपस्थिति रहेको थियो ।

को को छन् त ट्रम्पको टीममा ?

1। विदेश मंत्री, रेक्स टिलरसन, एक्सनमोबिल कॉरपोरेशन के सीईओ

2। रक्षा मंत्री, जनरल ९रिटायर्ड० जेम्स मैटिस, अमेरिकी मरीन कॉर्प्समा द्धज्ञ सालपछि रिटायर भएका जनरल

3। वाणिज्य मंत्री, विल्बर रॉस, अरबपति निवेशक डब्ल्यू एल रॉस ऐंड सीओ रॉसका संस्थापक

4। वित्त मंत्री, स्टीवन म्नुचिन , गोल्डमैन स्याक्सका पूर्व कार्यकारी

5। संयुक्त राष्ट्र में राजदूत, निक्की हेली, क्यारोलिनाकी पूर्व गभर्नर।

6। राष्ट्रपति के मुख्य सलाहकार, जैरेड कुशनेर, न्यूयॉर्कका रियल इस्टेट कारोबारी र ट्रम्पका ज्वाँइ

7। गृहमंत्री, जनरल जोन केली, रिटायर्ड जनरल तथा अमे‍रिकी साउदर्न कमांडका पूर्व कमांडर

8। सीआईए डायरेक्टर, माइक पोम्पेओ, पूर्व सैन्य अधिकारी

9। एनएसए, माइकल टी फ्लिन, रिटायर्ड जनरल

10। चीफ ऑफ स्टाफ, रेइंस प्रिएबस, रिपब्ल‍िकन नेशनल कमिटीका पूर्व अध्यक्ष

आतिशी बन्ने भइन् दिल्लीमा मुख्यमन्त्री

काठमाडौं । भारतको दिल्लीमा नयाँ मुख्यमन्त्रीको नाम घोषणा भएको छ । अब आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी नयाँ मुख्यमन्त्री बन्न लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेकी हुन् । रायले भनेका छन्- भारतीय जनता पार्टीले आम आदमी पार्टी फुटाउने तथा सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उसका हरेक प्रयासलाई विफल पारेका छौँ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने निर्णय गरेको हो । उनलाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको रूपमा अघि सारिएको रायले बताएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल जेलमा हुँदा आतिशीले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । केजरीlलले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेसँगै आम आदमी पार्टीले उनैलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको हो ।

इजरायलको आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा ठुलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरको समेत मृत्यु भएको छ। पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन्। रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ। प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो। इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजार भन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ। इजरायल अधीनस्थ वेस्ट बैंकको दक्षिणी सहर तुबासको शिविरमा रहेका उनलाई यसरी गोली हानिएको हो। यसअघि बुधबार तुबासमा हवाई आक्रमणमा इजरायली सेनाले प्रहार गरेको गोलीबाट ५ जनाको ज्यान गएको थियो। गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धले हरेक दिन यस्ता बिभत्स घटना भएका छन्। यसैबिच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको कुरा जानकारी गराएको छ। यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ। युद्ध विरामको प्रयासमा हमासका नेता सकारात्मक भएको मध्यस्थता गरिरहेका दुई पार्टी इजिप्ट र कतारको तर्फबाट बाहिर आइसकेको छ। यत्ति मात्र होइन इजरायलको थप आशयको बारे पनि चर्चा हुन थालेको छ। कतारस्थित हमाम विब खालिफा रङ्गशालाका एक प्राध्यापकका अनुसार इजरायलको ध्यान दक्षिण र उत्तर जोड्ने गाजाको कोरिडोरमा केन्द्रित छ।

दक्षिणपन्थी बार्नियरलाई प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा देशव्यापी प्रदर्शन

पेरिस । हालै सम्पन्न निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको वामपन्थी गठबन्धन नयाँ लोकप्रिय मोर्चा (NPF) लाई उपेक्षा गर्दै दक्षिणपन्थी राजनीतिज्ञ मिशेल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा बिरोध चर्किएको छ।  राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रेड यूनियन र NPF को आव्हानमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले  जनमतको उपेक्षा गर्दै दक्षिणपन्थी व्यक्तिलाई प्रधानमन्त्रीका उम्मेदवार बनाएको बिरोध गरेका छन् । गृह मन्त्रालयले शनिबार देशभर १,१०,००० जना प्रदर्शनकारी भेला भएको जनाएको छ तर प्रदर्शनकारीले भने तीन लाख बढी जनता प्रदर्शनमा सहभागी भएको दावी गरेका छन् । र्याडिकल फ्रान्स अनबाउड पार्टीका अनुभवी नेता जीन-लुक मेलेन्कोनले राष्ट्रिय प्रदर्शनमा "जति सक्दो बलियो एक्यवद्धता" का लागि आह्वान गरेका छन्। आन्दोलनकारीहरुले देशैभरी करिब १३० वटा विरोध कार्यक्रमहरूको तालिका बनाइएको थियो, जसमा सबैभन्दा ठूलो प्रदर्शन शनिबार दिउँसो पेरिसको केन्द्रीय भागबाट सुरु भयो। वामपन्थी नेता मेलेन्कोन पेरिसको प्रदर्शनमा सामेल भए, र "लोकतन्त्रका लागि  म्याक्रोनको कू रोको" लेखिएको नारासहितको गाडीको पछाडि उभिएर भाषण दिए। वामपन्थीहरू आफ्नै प्रधानमन्त्रीका उम्मेदवार लुसी कास्टेट्सलाई म्याक्रोनले अस्वीकार गरेकोमा क्रोधित छन्।

नयाँ युग निर्माणका लागि साझा भविष्यसहितको साझेदारी आवश्यक: राष्ट्रपति शी

बेइजिङ— चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युग निर्माणका लागि उत्पीडित देशहरुबीच साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् । बिहीबार बेइजिङमा आयोजित चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शी ले चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा रुपान्तरण गर्न समेत प्रस्ताव गरे। सीले भने, "झण्डै ७० वर्षको अथक प्रयासहरूको लागि धन्यवाद, चीन-आफ्रिका सम्बन्ध अहिले इतिहासको उत्कृष्ट अवस्थामा छ।" बीजिङ, सेप्टेम्बर ५ (सिन्ह्वा) — चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार चीन अफ्रिकासँग मिलेर आधुनिकीकरणलाई संयुक्त रूपमा अगाडि बढाउन १० साझेदारी कार्य योजनाहरू कार्यान्वयन गर्न तयार रहेको बताए। समान हितमा आधारित साझा मानव भविष्य निर्माणमा जोड दिँदै शीले भने, “विश्वको एक तिहाइ जनसंख्या चीन र अफ्रिकामा बस्छ, र चीन र अफ्रिकाको आधुनिकीकरणबिना विश्वव्यापी आधुनिकीकरण सम्भव छैन।” सम्बोधनका क्रममा शीले चीन र अफ्रिकाबीच आगामी तीन वर्षमा कार्यान्वयन गरिने १० साझेदारी कार्ययोजनाहरू समेत प्रस्तुत गरे। सभ्यताहरूमाझ आपसी सिकाइ, व्यापार समृद्धि, औद्योगिक श्रृंखला सहकार्य, सम्पर्कता, विकास सहकार्य, स्वास्थ्य, कृषि र जनजीवन, जनस्तरको र सांस्कृतिक आदानप्रदान, हरित विकास र साझा सुरक्षाका क्षेत्रहरूलाई नयाँ साझेदारीले समेट्ने उनले बताए। यसअघि राष्ट्रपति सी जिनपिङले बुधबार आयोजित भोजमा अफ्रिकी नेताहरूलाई स्वागत गरेका थिए। उक्त अवसरमा उनले चीन र अफ्रिकाका जनताहरू साझा लक्ष्यहरूद्वारा एकताबद्ध भएर आधुनिकीकरणतर्फको यात्रामा नयाँ र अझ ठूलो उपलब्धिहरू हासिल गर्न सक्छन् भन्ने विश्वास पुनः पुष्टि गरेको चाइनाडेलीले जनाएको छ। चिनियाँ राष्ट्रपतिले चीन र अफ्रिकाबीचको स्थायी सम्बन्धलाई "परम्परागत मित्रतामा आधारित" र साम्राज्यवाद, उपनिवेशवाद, र प्रभुत्ववादविरुद्धको संघर्षले बलियो बनाएको सम्बन्धको रूपमा वर्णन गरे। आवरण तस्वीर: wang zhuangfei/chinadaily

लोकप्रिय