तरकारीमा परनिर्भरता घट्दै

भीमदत्तनगर, २३ वैशाख । कञ्चनपुरको भीमदत्तनगरमा प्रशस्त मात्रामा स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ । स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदै गएपछि तरकारी आयातमा कमी आएको हो ।
“एक ‘दशक अगाडि सब्जीमण्डिमा ९० प्रतिशत तरकारी भारतबाट आयत गरिन्थ्यो,” कञ्चनपुर मण्डि व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले भन्नुभयो–“अहिले मण्डिमा ७० प्रतिशत तरकारी स्थानीय किसानद्वारा उत्पादित छ ।”
हाल सीमावर्ती भारतीय बजार वनबासा, खटिमा, बरेलीलगायतका स्थानबाट भीमदत्तनगरमा आलु र प्याज मात्रै आयात गरिँदै आएको अध्यक्ष सुनारले बताउनुभयो ।
फर्सी, लौका, गोलभेँडा, घिरौला, काँक्रा, करेला, रामतोरिया, हरियो खुर्सीनी, मुलालगायत तरकारी अहिले स्थानीय किसानले उत्पादन गरी बिक्रीका लागि मण्डिमा ल्याउने गरेका छन् । मण्डिमा दैनिक १२ देखि २० टन तरकारी भित्रिन्छ । “करिब २५ देखि ३० प्रतिशत तरकारी अन्यत्र जिल्लामा खपत गरिन्छ,” उहाँले भन्नुभयो ।
भीमदत्तनगर क्षेत्रमा उत्पादन भएको तरकारी बिक्री वितरणका लागि काठमाडौँ, पोखरा, बुटवल, नारायणघाट, धनगढी र सुदूरपश्चिमका पहाडी जिल्लामा पठाउने गरेको कञ्चनपुर मण्डि व्यवसायी सङ्घका महासचिव विश्रामसिँह धामीले बताउनुभयो । “पछिल्ला वर्षमा यहाँ बाह्रैमास तरकारी उत्पादन हुँदै आएको छ,” उहाँले भन्नुभयो ।
वर्षातका बेला मात्रै स्थानीय उत्पादनमा सामान्य गिरावट आउने गरेको छ । सो समयमा भारत र यहाँका पहाडी जिल्लाबाट तरकारी आयात गरिन्छ । “खुल्ला सिमानाका कारण प्रक्रिया नपु¥याएर लुकिछिपी समेत यहाँ तरकारी भित्रिने गरेको छ,” धामीले भन्नुभयो । अखाद्य तरकारी भित्रिन नदिन स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कञ्चनपुरमा व्यावसयिक रुपमा तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । अध्यक्ष सुनारका अनुसार भीमदत्त नगरपालिका क्षेत्रमा मात्रै एक सय ५० बिगाहादेखि दुई सय बिगाहामा तरकारी खेती गरिँदै आएको छ ।
भारतीय नागरिकले यहाँ आएर स्थानीयवासीको जग्गा भाडामा लिई नदी तथा खोलाको बगरमा तरकारी खेती गर्दै आएका छन् । कञ्चनपुरको अन्य क्षेत्रमा पनि किसान क्रमिक रुपमा व्यावसायिक तरकारी खेतीतर्फ आकृर्षित हुँदै गएका छन् । यहाँको झलारी, बेलौरी, कृष्णपुर, पुर्नबासलगायत क्षेत्रका किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।
“उत्पादित तरकारीका लागि बजारको समस्या छैन,” भीमदत्त नगरपालिका–१९ बागफाँटामा तरकारी खेती गर्दै आएका भारतीय नागरिक ख्यालीराम बर्माले भन्नुभयो– “तरकारी बेच्न मण्डिसम्म गए पुग्छ ।” तीन बिगाहामा तरकारी खेती गर्दै आएका बर्मा पछिल्लो समय नेपाली नागरिकले तरकारी खेतीतर्फ बढी जोड दिएको बताउनुहुन्छ । उहाँ नेपालमा १४ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।
१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।