जिप दुर्घटनामा मृत्यु हुनेमा रुकुम जिल्लाको कात्री गाविसका २५ वर्षीय विक्रम बुढा रहेका र एक जना अन्दाजी २२-२३ वर्षका युवकको घटना स्थलमै मृत्यु भएको र सनाखत हुन नसकेको प्रहरी निरीक्षक अर्जुन गहतराजले बताए ।

उनका अनुसार घाइते भएका १० जनालाई उपचारका लागि सदरमुकाम चामेस्थित चामे जिल्ला अस्पतालमा ल्याई उपचार भइरहेको छ । घाइतेहरू विभिन्न जिल्लाका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनाका चालक भने फरार रहेका छन् ।