निर्वाचन हुन नदिन भारतको षडयन्त्र !

निर्वाचन हुन नदिन भारतको षडयन्त्र !

लोकेश धामी

कैलाली, बैशाख १३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको संविधानलाई असफल बनाउने षड्यन्त्रमा भारत लागिपरेको आरोप लगाएका छन् ।

भारतीय स्वार्थ पूर्तिमा नेपाली काँग्रेस, माओवादी र मधेसवादी दलहरुले साथ दिइरहेका उनको आरोप छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले संविधान असफल बनाएर नेपाललाई गन्जागोलको अवस्थामा पु¥याउने र देश टुक्र्याउने षड्यन्त्र भारतले रचेको आरोप लगाए ।

नेपालको संविधान जारी हुनेवित्तिकै नाकाबन्दी लगाएर असफल बनाउने षड्यन्त्रमा लागेको भारतले नेपालमा जहिले पनि राजनीतिक स्थिरता हुन नदिएको उनको आरोप छ ।

त्यस्तै अहिले भारतको इशारामा नै चुनाव विथोल्ने योजना भइरहेको उनले बताए । माघ ७ गतेभित्र तीन वटै तहको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता भएको उल्लेख गर्दै रावलले उक्त मिति भित्र चुनाव हुन नदिएर संविधानलाई ध्वस्त गर्ने रणनीति भारतको रहेको बताए ।

भारतको इशारामा ल्याइएको संविधान संशोधनको प्रस्ताव राष्ट्र हित विपरित रहेको बताए । उपाध्यक्ष रावलले संविधानमा भएका जनताका अधिकार कटौती गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या अवैज्ञानिक, अराजनैतिक र अनैतिक रुपमा थप्ने, नेपालीलाई अल्पमतमा पारी विदेशी हावी हुने गरी नागरिकता दिनेजस्ता गम्भीर राष्ट्र विरोधी संशोधनमा राखिएका प्रावधानलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।

सबै भन्दा बढी जनसंख्या भएको प्रदेशमा जनसंख्याको आधारमा स्थानीय तह निर्धारण नगर्ने तर कम जनसंख्या भएको प्रदेशमा नयाँ मापदण्ड कायम गरि जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गर्न खोजिनु गम्भीर शंका उब्जाएको बताए । जनसंख्याको आधारमा २ र ५ नम्बर प्रदेशका तराईका ११ जिल्लामा मात्र स्थानीय तह हेरफेर गर्न खोज्नु संवैधानिक, राजनीतिक र राष्ट्र हित विपरित कार्य भएको उनले बताए ।

संविधान संशोधनका नाममा तराई र पहाडलाई अहिले छुट्याउने र पछि तराईलाई नेपालबाट टुक्र्याउने षड्यन्त्र भईरहेको उनको आरोप छ । संविधान संशोधनका नाममा निर्वाचन हुन नदिएर माघ ७ गतेपछि देशमा शून्यताको अवस्था सिर्जना गरेर बाह्य हस्तक्षेप निम्त्याउन खोजिएको भन्दै उनले सत्तारुढ दलको कार्यशैलीप्रति आपत्ति जनाए । हार्ने डरले काँग्रेस, माओवादी चुनाव हुन नदिने पक्षमा रहेका उनको भनाई थियो ।

निर्वाचनको सबै तयारी पुरा भईसकेको अवस्थामा सहमतिका नाममा निर्वाचन सारेर निर्वाचन हुन नदिने खाजिएको भन्दै उहाँले बजेट घोषणापछि चुनाव हुन नसक्ने उपाध्यक्ष रावलले धारणा राखे । अर्को प्रसंगमा रावलले प्रदेश नम्बर सातका अधिकांश तहमा एमालेले उम्मेदवारको टुंगो लगाईसकेको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय