निश्चित अवधिसम्म सामूहिक जीवन पद्धति अपनाएर जनतामाझ जाने प्रस्ताव राख्दै प्रचण्ड

निश्चित अवधिसम्म सामूहिक जीवन पद्धति अपनाएर जनतामाझ जाने प्रस्ताव राख्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीलाई आम सर्वाहारा वर्गसँग जाेड्न निश्चित अवधिका लागि सामूहिक जीवन पद्धतिमा जानुपर्ने बताएका छन् ।

कुनैबेला पहिलाे पार्टीका रुपमा उदाएकाे माओवादी तेश्राे दलका रुपमा खुम्चिएकाे सन्दर्भमा कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा प्रचण्डले निर्मम ढंगले पार्टी निर्माण गर्नुपर्नेमा जाेड दिएका हुन ।
नेपालका परम्परागत ढंगले विकसित भएका पार्टीभन्दा नितान्त भिन्न पृष्ठभूमि, विचार, संस्कार र शैलीको पार्टी भएकाे बताउँदै प्रचण्डले जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा र गणतन्त्रसम्म नेपाललाई ल्याउन झन्डै निर्णायक र महत्त्वपूर्ण भूमिका खेलेपनि आज अरू पार्टीसँग भिन्नता देखिन छाड्दै गएकाे र सबै पार्टी उस्तै–उस्तै हुन् भनेको जस्तो बन्न जानू दुखद भएकाे बताएका छन् । “यो एउटा निश्चित विचार र उद्देश्यका निम्ति समर्पण, निष्ठा, जनता र राष्ट्रका लागि त्याग, तपस्या तथा बलिदान गर्ने दृष्टिकोणले ऐतिहासिक विरासत बोकेको पार्टी हो । तर अहिले यस्तो स्थितिमा हुनुको कारणको खोजीमा छौं ।” उनले भनेका छन् ।
प्रचण्डले अगाडि भनेका छन्:
यो आन्दोलनको प्रमुख लिडरसिपमा हुनुको नाताले खासगरी शान्ति प्रक्रियायता के त्यस्ता कमजोरी भए, जुन कारणले हाम्रो पार्टी पनि अरूजस्तै पद, प्रतिष्ठा र स्वार्थका निम्ति लाग्ने जस्तो भयो, जनताबाट बिस्तारै कट्या जस्तो भयो, त्यसको समीक्षा मबाट नै सुरु गरेको छु । हामी केही वैचारिक विषयमा पनि जसरी जानुपर्थ्यो, त्यसरी गएनौं । त्यसले पनि राम्रो गरेन भन्नेतिर छलफल गर्दै छौं । केही विधि विधानको प्रक्रिया पालनामा पनि त्रुटि भए । त्यो समीक्षाले हामीलाई फेरि जनतातिर फर्किने, फेरि उत्पादन, श्रम र श्रमिक वर्गसँग आफूलाई लगेर जोड्नेतिर लान्छ भन्ने मेरो विश्वास छ । यो जोड्ने कसरी भन्ने पनि सवाल आउँछ । मैले अहिले छलफलमा प्रस्ताव गर्न खोजेको कुरा के छ भने अब पार्टी गाउँ र सहरका पनि श्रमिक जनता या आम जनता भएको ठाउँमा जाने हो । निश्चित अवधिसम्म सामूहिक जीवन पद्धति अपनाउने ।

अब सधैं त सम्भव हुँदैन तर एकचोटि दलितको घरमा गएर देखाएजस्तो पनि होइन । जनतासँगै बस्ने, जनतासँगै खाने, सँगै श्रम गर्ने, सँगै उत्पादन कार्यमा सहभागी हुने, प्रमुख नेतादेखि सबै नेता कार्यकर्ताको सेड्युल बनाएर त्यसलाई एउटा रूपान्तरण गर्ने भन्ने हो । नेता–कार्यकर्ता जनतासँगै बसेर भ्रष्टाचारविरोधी गतिविधिमा जान्छन् । आफैंलाई नबदलेसम्म राष्ट्र र जनतालाई समृद्धितिर लान सकिँदैन भन्ने मान्यतातिर हामी जाँदै छौं । अब जनतातिर फेरि एकचोटि गएर यो देशको विकास, निर्माण, समृद्धि र सुशासनका निम्ति हामी अभियान चलाउँछौं । यसले अरू पार्टी र अरू कम्युनिस्ट पार्टीका इमानदार कार्यकर्तालाई पनि हामी एकै ठाउँमा केन्द्रित हुनुपर्छ भन्ने बनाउँछ । फेरि कम्युनिस्ट आन्दोलन एक बन्छ अनि हामीले जनताका लागि हिजो देखेको सपना पूरा गर्नेतिर लान सकिन्छ भन्ने मेरो विश्वास छ ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

प्रधानमन्त्री सडकमा

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली सडकमा ओर्लिने भएका छन् ।सरकारले भ्रष्टाचारी संरक्षण गरेको, विपक्षीहरुलाई अनावश्यक प्रतिशोध साधेको लगायतका विषयमा प्रर्दशन हुन र सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री स्वंयम पार्टीको शक्ति परिचालन गर्दै सडकमा उत्रिन लागेका हुन् । प्रधानमन्त्रीको दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन  गर्न लागेको छ भने सो प्रर्दशनको प्रमुख वक्ता प्रधानमन्त्री  नै रहेका छन्। प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ । सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय