प्रतिगामी अभियानलाई भारतका कट्टरपन्थीले प्रोत्साहित गरेका छन् : जनमोर्चा

प्रतिगामी अभियानलाई भारतका कट्टरपन्थीले प्रोत्साहित गरेका छन् : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिले देशमा भइरहेका प्रतिगामी चलखेल र गतिविधिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको जनाएको छ ।

आज राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले एक प्रेस वक्तव्य जारी गर्दै गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको बताएका छन् ।

यस्तो छ प्रेस वक्तव्य
अहिले देशमा भइरहेका प्रतिगामी चलखेल र गतिविधिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रतिगामीहरूले गरिरहेका गतिविधि देशमा लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताका विरुद्ध लक्षित रहेका छन् ।

उनीहरूले जनआन्दोलन तथा जनताको महान बलिदानद्वारा प्राप्त उपलब्धिलाई समाप्त गरेर देशमा प्रतिगमन ल्याउन लगातार अभियान चलाउँदै आएका छन् ।

मंसिर ०७ गते पछि देशमा भइरहेका राजावादीहरूका विभिन्न गतिविधिहरूले देशमा प्रतिगमनका लागि प्रयत्न भइरहेको कुराको नै पुष्टि गर्दछन् । गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ ।

हाम्रो पार्टीले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रतिगामीद्वारा गम्भीर खतरा रहेको कुरा बारम्बार स्पष्ट गर्दै आएको छ । राजावादीहरूले अहिले देशमा गरिरहेका गतिविधिहरूले देशमा प्रतिगमनको खतरा बढिरहेको कुरालाई थप पुष्टि गर्दछ । यो अवस्थामा हाम्रो पार्टीले प्रतिगमनका विरुद्धमा एकताबद्ध हुनाको लागि सम्पूर्ण लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरूको ध्यान आकर्षित गर्दछ । नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूले नै त्यस प्रकारका प्रतिगामी प्रयत्नलाई पराजित गरेर लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको समेत रक्षा हुनेछ भन्ने हामीलाई पूरा विश्वास छ ।

कुशासन र भ्रष्टाचारले गर्दा देशले अग्रगति लिन नसकिरहेको पक्षप्रति पनि हाम्रो ध्यान रहेको छ । अहिले देशमा कुशासन र भ्रष्टाचारले गर्दा जनताको जीवनस्तरमा धेरै नै गिरावट आएको छ । देशको अर्थतन्त्र गम्भीर संकटमा पुगेको छ र बेरोजगारको अवस्था गम्भीर छ । त्यसले गर्दा जनतामा निराशा र असन्तोष बढ्न गएको छ । तर त्यसको समाधानको उपाय कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्थाबाट नै सम्भव हुन्छ । गणतन्त्र र धर्मनिरपेक्षतालाई चुनौति दिने वा त्यसका विरुद्धमा उभिने शक्तिहरू कुनै पनि अवस्थामा समास्याको समाधान गर्ने विकल्प हुन सक्दैनन् ।

प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन् ।

त्यसरी देश अधोगति, विनाश र निरंकुशतातिर जाने कुरा निश्चित छ । त्यो अवस्थामा प्रतिगामीहरूका प्रतिगमनको प्रयत्नलाई पूर्णरूपले असफल पारेर जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्दछ ।

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय