बाँकेको विकासमा मन्त्री ‘अथक’ को सार्थक पहल

बाँकेको विकासमा मन्त्री ‘अथक’ को सार्थक पहल

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एंव बाँके क्षेत्र न.१ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले बाँके जिल्लाको समग्र विकासमा सार्थक पहल गरेका छन । माओवादी केन्द्रका युवा नेता अथकले निर्वाचमा जित हासिल गरेपछी त्यहाँको शिक्षा,स्वास्थ्य,यातयात र समाजिक क्षेत्रमा विकासको मुल फुटेको छ ।

मन्त्री अथकले बाँके जिल्लामा शिक्षा मन्त्रालय अन्तरगत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत उनको निर्वाचन क्षेत्रका विभिन्न विद्यालयमा भवन तथा आइसिटि ल्याबको योजना पारेका छन्।

मन्त्री अथकले निर्वाचन क्षेत्र भित्र पर्ने कोहलपुर नगरपालिका राप्ती सोनारी र नरैनापुर गाउंपालिकाका १२ वटा सरकारी बिद्यालयहरुमा पक्की भवन र ८ वटा बिद्यालयहरुमा आइसिटी ल्याबको योजना पारेका हुन् ।

त्यसैगरी मन्त्री अथकको पहलमा राप्ती सोनारी र नरैनापुर गाउपालिकाका सबै वडाहरु बिधुतीकरण भएको छ । राप्ती नदिको वारिपारि तटबन्ध निर्माण भएको छ । ६ घण्टा लाग्ने हुलाकी कच्ची सडकलाई कालोपत्रे गरि ५० मिनेटमा पुग्ने सकिने बनाइएको छ । बन्द भएको सिक्टा सिंचाइ आयोजनालाई तिब्र गतिमा सुचारु गर्नुका साथै आफ्नो निर्वाचन क्षेत्र भित्र रणनीतिक,स्थानीय,कृषि सडकको संजाल विस्तार स्तरउन्नति सहित कालोपत्रे गर्ने काम भएको छ ।

उनी त्यस क्षेत्रबाट निर्वाचित भएपछि अन्तर प्रदेश सडक र अन्तर जिल्ला जोड्ने सडकहरुको स्तरउन्नति गरीएको छ । एक पालिका एक खेलकुद ग्राम निर्माण गर्ने योजना अघि बढेको छ ।

त्यसैगरी,एक पालिका एक १५ सैयाको हस्पिटल निर्माण,बाँके जिल्लालाई हिमनदिको पहुँच पुर्याउनका लागि भेरी बबई डराइबर्सनलाई बबई मानखोला डराइबर्सन गरी बहुउपयोग गर्ने र बाँके जनतालाई प्राप्त खानेपानी र सिक्टाको पहुँचबाट टाढा भएको जमिनलाइ सिंचाइ गर्नका आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

उनी खेलकुद मन्त्री भएपछि कोहलपुरमा अन्तर्राष्ट्रिय मापदण्डको राष्ट्रिय महिला कृकेट एकेडेमीको स्थापना गरेका छन् । सरकारी विद्यालयहरुमा टिनका छानाहरु विस्थापन गरेर ५००० हजार विद्यार्थीहरुलाई पक्की भवनमा स्थापित गर्ने कार्य भएको छ । बाँके राष्ट्रिय निकुञ्ज लाई पर्यटन प्रबर्द्धन गर्न आवश्यक प्रक्रिया अघि बढाउनुका साथै गरिब बिपिन्नहरुका खरका छाना बिस्थापित गरेर ३००० घर टिनका छानामा स्थापित गरिएको छ ।

राप्ती नदि लगायत अन्य स्थानीय खोलाहरुमा मोटरेबल पक्की पुलहरु र झुलङ्गे पुलहरु निर्माण,सुकुम्बासी र घरबिहिन समुदायहरुका लागि २२ वटा पक्की घर निर्माण गरी एकीकृत नमुनाबस्ती हस्तान्तरण गरिएको छ ।

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

बाराको गढीमाई मन्दिरमा मेला शुरु

बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

लोकप्रिय