बैंकिङ्ग तयारी: बैंक परीक्षामा जान्नैपर्ने ४२ सामान्यज्ञान

बैंकिङ्ग तयारी: बैंक परीक्षामा जान्नैपर्ने ४२ सामान्यज्ञान

१. नेपाल राष्ट्र बैङ्कको स्थापना— वि.सं.२०१३ वैशाख, १४

२. प्रथम गभर्नर— हिमालय शमशेर जबरा

३. हालका गभर्नर— डा.चिरञ्जीवी नेपाल

४. नेपाल गभर्नरमा नियुक्त— वि.सं. २०७२ चैत्र ५

५. मौद्रिक नीति निर्धारक– नेपाल राष्ट्र बैंकले

६. नेपालको केन्द्रीय बैंक— नेपाल राष्ट्र बैंक

७. गभर्नरको पदावधि— ५ बर्ष

८. डेपुटी गभर्नरको संख्या— २ जना

९. डेपुटी गभर्नरको पदावधि— ५ वर्ष

१०. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष— गभर्नर

११. हाल प्रचलित नोटका (प्रकार) दर— १११२. साबिकको

राजाको फोटोको सट्टामा हाल— सगरमाथा

१३. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय– वि.सं. २०६४-०६-०६

१४. नेपालमा कागजि नोटको निष्कासन— वि.सं. २००२ असोज, १

१५. ने।रा। बैंकबाट नोट निष्कासन— वि.सं. २०१६ फागुन, ७

१६. अंग्रेजिरनेपाली भाषाको सिक्का निष्कासन– वि.सं. २०६३ साउन

१७. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन– वि.सं. २०५७ मंसिर

१८. नेराबैंले नेपाल सरकार संग सम्पर्क— अर्थ मन्त्रालय मार्फत

१९. नेराबैं स्थापना हुनु अघि— सदर मुलुकीखाना

२०. नेपाली मुद्रालाई नेरू लेख्न थालेको— वि.सं. २०१६ साउन १४

२१. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई– Old Print

२२. नेराबैं बाट प्रकाशित मुद्रालाई— New Print

२३. नेपालमा पोलिमर नोट प्रचलनमा — वि.सं. २०५९ असोज १४

२४. नोट जारी गर्ने विभाग— निर्गमन विभाग

२५. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता– खजाञ्जी नरेन्द्रराज

२६. ग्रामीण विकास बैंकको स्थापना — वि.सं. २०४९

२७. राणाकालमा मुद्रा बिनियमको कार्य— सराव खाना

२८. पहिलो बाणिज्य बैङ्क— नेपाल बैंक लिमिटेड

२९. नेपाल बैंक लिमिटेड स्थापना — वि.सं. १९९४ कार्तिक ३०

३०. पहिलो विकास बिकास बैंक— नेपाल औद्योगिक विकास निगम

३१. दोस्रो बाणिज्य बैंक— राष्ट्रिय बाणिज्य बैंक

३२. राष्ट्रिय बाणिज्य बैंकको स्थापना— वि.सं.२०२२ माघ १०

३३. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त– वि.सं. २०६२

३४. सबैभन्दा ठुलो बाणिज्य बैंक— राष्ट्रिय बाणिज्य बैंक

३५. नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क– लुम्बिनी बैंक लि.

३६. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक– नविल बैंक

३७. पहिलो क्षेत्रिय बाणिज्य बैंक— लुम्बिनी बैंक

३८. पहिलो वित्त कम्पनी— नेपाल आवास वित्त कम्पनी

३९. पहिलो आधुनिक बैंक— नेपाल बैंक लिमिटेड

४०. पहिलो ग्रामीण विकास बैंक— पुर्वाञ्चल ग्रामीण विकास बैंक

४१. बैङ्किङ क्षेत्रमा उदारीकरण सुरू— वि.सं. २०४१

४२. बैङ्किङ प्रवर्द्धन समितिको स्थापना— वि.सं. २०२५

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय