बैतडीमा आत्महत्या गर्नेको स‌ङ्ख्या बढ्दै

बैतडीमा आत्महत्या गर्नेको स‌ङ्ख्या बढ्दै

बैतडी, असोज १९ । असोज २ गते पुर्चौडी नगरपालिका–३ न्वादेउकी २२ वर्षीया शारदा धामी झुण्डिएको अवस्थामा मृत फेला परिन् ।

यस्तै, असोज १ गते पुर्चौडी–९ तल्लादेहीका ३८ वर्षीय लोगे लुहारले पनि झुण्डिएर आत्महत्या गरे । यसरी बैतडीमा दिनैपिच्छे हुन थालेको आत्महत्याका घटनाले यसको कारण पत्ता लगाउन र त्यसलाई हतोत्साह गर्न जरुरी भएको देखाउँछ । बैतडीमा आत्महत्याको अवस्था डरलाग्दो छ र यो बढ्दो क्रममा रहेको देखिन्छ । चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै १० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक करन सिंह धामीका अनुसार पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको भेटिन्छ । आव २०७१-७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२-७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । गत आव २०७३-७४ मा आत्महत्या गर्नेको सङ्ख्या बढेर ३६ पुगेको उनले बताए । आत्महत्याका घटना बढ्दै गएकाले यसको रोकथामका लागि सबैले सचेतता अपनाउनुपर्नेमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा जोड दिएको छ ।

आत्महत्याका घटना बढ्दै जानाको मुख्य कारण तनावलाई मानिन्छ । तनावमा रहेका व्यक्ति घोरिने, चिट्चिट गर्ने, बेलाबेलामा झस्किने, कसैसँग कुरा नगर्ने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्ने लगायतका लक्षण उनीहरुमा देखापर्ने भएकाले यस्तो लक्षण देखिनासाथ चिकित्सकको सल्लाहमा त्यस्तो व्यक्तिलाई सम्झार्इ बुझाई गर्नुपर्ने तथा एक्लै यताउति जान नदिने प्रहरीको सुझाव रहेको छ ।

साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक हैसियत, मानसिक रोग, मादकपदार्थ सेवन लगायतका कारण पनि मानिसले आत्महत्या गर्ने प्रहरीको अनुसन्धानले देखाएको छ । बैतडीमा आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल त्यसको कारण पत्ता लगाई न्यूनीकरणका लागि प्रयास थाल्न जरुरी रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख चिकित्सक गुणराज अवस्थीले बताए ।

“आत्महत्याका घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्छ,” उनले भने– “आत्महत्या रोगजस्तै देखापरेको छ ।”

आत्महत्या कसैबाट पीडित भएर गर्ने भएकाले त्यस्तो लक्षण देखिने व्यक्तिलाई सम्झाउनतर्फ लाग्नुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख पृथ्वीराज अवस्थीको भनाइ छ । यस्ता व्यक्तिलाई परिवारले पनि सहयोग गर्नुपर्छ ।

घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्या गर्ने दर पनि घट्छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले जनचेतनाको कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यो काम चुनौतीपूर्ण रहेको छ । आव २०७१-७२ मा १६ जनाले आत्महत्या गरेका थिए । यसमा १४ जनाले झुण्डिएर र दुई जनाले विष सेवन गरेर इहलीला समाप्त गरे । आव २०७२-७३ मा २४ जनाले झुण्डिएर, चारले विष सेवन गरेर र एक जनाले हामफालेर ज्यान गुमाए ।

यस्तै गत आव २०७३-७४ मा ३० जनाले झुण्डिएर, पाँचले विष सेवन गरेर र एक जनाले हामफालेर आत्महत्या गरेको तथ्याँक छ । चालु आवकोे अहिलेसम्म १० जनाले आत्महत्या गरेका छन् । साउनमा एक जनाले झुण्डिएर, भदौमा ६ जनाले झुण्डिएर र एकजनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । असोज महिनामा पनि दुई जनाले झुण्डिएर देहत्याग गरेका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय