माअाेवादी पूर्वलडाकु वसन्ता उपचारबाट बञ्चित

माअाेवादी पूर्वलडाकु वसन्ता उपचारबाट बञ्चित

‘शान्ति वार्ता र शान्ति प्रक्रियापछि भएको संविधानसभाकाे चुनाव, त्यसपछिकाे चुनावमा नेताहरुलाई जिताउन भोक, प्यास नभनि खटियौँ, तर उनैका लागि लड्दा लागेको छर्रा निकाल्न कुनै नेताले सहयोग गरेनन्’

वैजनाथ गाउँपालिका–१, रारावस्तीकी पूर्व लडाकु बसन्ता रोकायको दाहिने पाखुरामा बन्दुकको ३ वटा छर्रा छ । बन्दुकको छर्रा भएका कारण उनले राम्रोसँग काम गर्न सक्दैनन् । छर्रा भएको हात बेला–बेला दुख्ने गरेको छ । पाखुरामा भएको छर्राले दुखाउँदा उनले माओवादी युद्धलाई सम्झिन्छन् । उक्त छर्रा निकाल्नका लागि उनले अनेक उपाय लगाइन्, अस्पताल धाइन्, तर आर्थिक अवस्था कमजोर भएका कारण छर्रा निकाल्न सकेकी छैनन् ।

पाखुरामा भएको छर्राले युद्धको स्मरण गराउने गरेको उनले बताइन् । माओवादी जनयुद्धमा उनले पूर्वमेचीदेखि पश्चिम महाकाली र उत्तर तिब्बतको सीमानादेखि दक्षिणमा भारतको सीमानासम्म हुने लडाइँमा सहभागी भइन् । आफ्नो ज्यान हत्केलामा राखेर देश र जनताका लागि जनयुद्धमा होमिएपनि अहिलेसम्म पाखुरामा भएका छर्रा निकाल्न नसकेको उनले बताइन् । ‘शान्ति वार्ता र शान्ति प्रक्रियापछि भएको संविधानसभामा माओवादी नेताहरुलाई जिताउन भोक, प्यास नभनि खटियौँ, तर उनैका लागि लड्दा लागेको छर्रा निकाल्न कुनै नेताले सहयोग गरेनन्,’ उनले गुनासो गरिन् ।

‘सरकारले प्रदान गरेको निशुल्क सेवा लिन भेरी अंचल अस्पताल गएपनि द्वन्द्व पीडितसम्बन्धी कागजात र परिचय पत्र नभएका कारण सेवाबाट बञ्चित भए ।’

नेपाल सरकारले द्वन्द्वमा घाइते भएकाको निशुल्क अप्रेसन, उपचार र फिजियोथेरापी गर्ने व्यवस्था मिलाएको छ । द्वन्द्वमा घाइते भएकाहरुको भेरी अंचल अस्पतालमा निशुल्क उपचार भएपनि बसन्ताले चाहेर पनि नपाउने भएकी छन् । ‘सरकारले प्रदान गरेको निशुल्क सेवा लिन भेरी अंचल अस्पताल गएपनि द्वन्द्व पीडितसम्बन्धी कागजात र परिचय पत्र नभएका कारण सेवाबाट बञ्चित भए ।’ उनले भनिन् ।

कागजात नभएका द्वन्द्वपीडितको पनि उपचार गर्न माग

बसन्ता रोकाय उपचार पाउन नसकेका घाइते द्वन्द्वपीडितहरुका प्रतिनिधि पात्रमात्र हुन् । उनी जस्तै बाँकेका धेरै घाइते द्वन्द्वपीडितको कागजात पु¥याउन नसकेका कारण उपचारबाट बन्चित भएको द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेकी सचिव जयन्ती केसीले बताइन् ।

उनले साविक नौवस्ता, चिसापानी र महादेवपुरी गाविसका कम्तीमा १० जनाको उपचार नगराई नहुने अवस्थामा रहेको बताइन् । उनले चिसापानी र नौवस्ताका ७ र महादेवपुरीका ३ जना द्वन्द्वपीडितको शरिरमा भएको छर्रा निकाल्नै पर्ने अवस्था रहेको बताइन् । ‘प्रक्रिया र सेवाका बारेमा जानकारी नपाउँदा द्वन्द्वपीडित घाइतेहरु सम्पर्कमा आएका छैनन्, केहि कागजातका कारण सेवाबाट बञ्चित भएका छन्,’ उनले भनिन् ।

नेपालगन्जमा आयोजित एक कार्यक्रममा उपचार नपाएको गुनासो सुनाउँदै बसन्ता रोकाय, तस्बिर : विश्वराज पछल्डङ्ग्या / नयाँ पत्रिका

भेरी अंचल अस्पतालले द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात मागेका कारण कागजात नभएका घाइतेहरु सरकारी सेवाबाट बञ्चित भएको बताइन् । ‘केहि आफ्नै लापरवाहीले द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात बनाउनु भएन, केहिको राज्यकै कारण कागजात बन्न सकेको छैन,’ उनले भनिन् । उनले कागजातको आधारमा नभई द्वन्द्वपीडितको अवस्था हेरेर अस्पतालले उपचार सेवा दिँदा उपयुक्त हुने केसीले बताइन् ।

हालसम्म १९९ जनाको शल्यक्रियासहितको उपचार

माओवादीको १० वर्षे जनयुद्धका बेला घाइते भएका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका घाइतेको उपचारका लागि भेरी अंचल अस्पतालमा ‘मध्य तथा सुदूरपश्चिमाञ्चलका द्वन्द्वपीडित अपाङ्ग व्यक्तिहरुलाई हाडजोर्नी रोगको उपचार तथा पुनस्र्थापना सेवा सुदृढीकरण कार्यक्रम’ संचालनमा आएपछि हालसम्म १ सय ९९ जनाले उपचार सेवा लिएका छन् । यो कार्यक्रम भाद्र ७ गतेदेखि पुस १६ गतेसम्मका लागि मात्र थप भएको छ ।

 अस्पतालमा उपचार गर्न द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात अनिवार्य छ । कागजात नभएका घाइतेहरु सरकारी सेवाबाट बञ्चित भएका छन् ।

गत आर्थिक वर्षको कार्यक्रममा १ सय ९७ जना र यस आर्थिक वर्षमा २ जनाले सेवा लिएको कार्यक्रमका व्यवस्थापक नेत्र सापकोटाले जानकारी दिए । उनले एकजना उपचार गराएर फर्की सकेको र एकजना अहिलेपनि उपचार गराई रहेको बताए ।

समयमा रकम नआउँदा उपचार सेवा प्रभावित

उपचारका लागि धेरै बिरामी सम्पर्कमा आएपनि वजेट नआएका कारण फिर्ता पठाउने गरेको उनले बताए । उनले उपचारका लागि बुधवारमात्र अस्पतालमा आएका सशस्त्र प्रहरीका पूर्व कर्मचारीलाई पनि तिहार पछि आउनुस् भनेर फिर्ता पठाएको बताए । ‘उपचारमा धेरै खर्च लाग्छ, खर्च अस्पतालले धान्न सक्ने अवस्था छैन, सामान्य उपचार गरिए पनि जटिल प्रकृतिका उपचार गर्नुपर्ने बिरामीलाई तिहार पछि आउनुस् भनेर फिर्ता पठाउने गरेका छौँ,’ सापकोटाले भने ।

शान्ति समितिको सिफारिस लिएर आएका सबैलाई उपचार सेवा दिने भेरी अंचल अस्पतालका हाडजोर्नी, नसा रोग विशेषज्ञ डा. प्रकाश बहादुर थापाले बताए । उनले द्वन्द्वका क्रममा बन्दुकको छर्रा लागेर घाइते भएका १२ जनाको अप्रेसन गरेर छर्रा निकालिएको बताए । ‘हामीले गम्भिर प्रकृतिका विरामीको समेत सफल उपचार गरेका छौँ,’ उनले भने । -नयाँपत्रिकाबाट

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय