यस्ता छन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)

यस्ता छन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो ।

आयोगको पत्राचारपछि सात वटै दलले आफ्नो तर्फबाट सांसद बन्नेको नाम आयोगलाई ३ दिन भित्र पठाइसक्नुपर्नेछ । दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ ।

यदि दलले कानूनअनुसार सांसद बन्नेको नाम नपठाएमा निर्वाचन आयोगले थप २ दिन राजनीतिक दललाई सच्याएर पठाउने मौका दिनेछ । त्यसपछि मात्रै निर्वाचन आयोगले ७ वटै दलबाट ११० सिटमा निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।

प्रतिनिधिसभामा सातवटा दलले थ्रेसहोल्ड कटाएका छन् । एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५ र जनमतले पनि ५ सिट पाएको छ । समावेशी प्रतिनिधित्व हुने गरी दलहरूले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पठाउनुपर्नेछ । दलहरूले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ ।

एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)

एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ ।

खस आर्यबाट ११ जना

रघुजी पन्त

एकनाथ ढकाल

कुमार दसौदी

दयालबहादुर शाही (खस आर्य)

खिमलाल पोखरेल

मुक्तिप्रसाद पाठक

मेनकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

आदिवासी जनजातिबाट १० जना

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई

भीमबहादुर खवास

नैनकला थापामगर

सुर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ति

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

दलित ५ जना

ईश्वरबहादुर रिजाल(विक)

प्रभु हजारा दुसाध

रुक्मणी राना बराइली

हर्कमाया विश्वकर्मा

इन्दिराकुमारी पन्थी

मधेशी ५ जना

गंगाप्रसाद यादव

अमृतलाल राजवंशी

वीना देवी

अमृतादेवी अग्रहरी

प्रतिक्षा तिवारी

थारु २ जना

सत्यनारायण चौधरी

अस्माकुमारी चौधरी

मुस्लिम १ जना

रुही नाज

काँग्रेसबाट ३२ जना (२९ जना महिला)

नेपाली कांग्रेसले ३२ सीट प्राप्त गर्दा सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउँदैछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १–१ जनाको नाम पठाउनुपर्नेछ । कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ ।

खस आर्यबाट १० जना

प्रकाशशरण महत

अम्बिका बस्नेत

सरिता प्रसाई

आरजु राणा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाण

रमा कोइराला

कान्तिका सेजुवाल

मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना

गोपालमान श्रेष्ठ

सरस्वती वजियम

लिलादेवी वोखिम

सिताकुमारी राना

सुशिला तामाङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

दलित ५ जना

शान्ती विक

रुपा विक

सीता मिजार

आशा विक

विष्णुमाया परियार

मधेशी ५ जना

बिमलेन्द्र निधी

नागिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

थारु २ जना

कल्पना चौधरी

विनाकुमारी थनेत

मुस्लिम १ जना

जावेदा खातुन

माओवादीबाट १४ जना (१२ जना महिला)

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।

खस आर्य ४ जना

हितराज पाण्डे

पेशल खतिवडा

ज्ञानु बस्नेत

बिमला सुवेदी

आदिवासी जनजाति ४ जना

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी

छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

दलित २ जना

सुशिला श्रीपाईली

पार्वती विक

मधेशी २ जना

मिना यादव

उमरावतीदेवी यादव

थारु १ जना

रुपासोसी चौधरी

मुस्लिम १ जना

कल्पना मियाँ

रास्वपाबाट १३ जना (४ जना महिला)

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ । उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ । समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २र२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १र१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।

खस आर्य ४ जना

डोलप्रसाद अर्याल

गणेश कार्की

दिपक बोहोरा

डा.चन्दा कार्की

आदिवासी जनजाति ३ जना

इन्दिरा रानामगर

डा।ढाकाकुमार श्रेष्ठ

मेघबहादुर आले

दलित २ जना

सन्तोष परियार

कल्पना रोक्का

मधेशी २ जना

मनिष झा

लक्ष्मी तिवारी

मुस्लिम १ जना

असिम साह

थारु १ जना

अशोक चौधरी

पिछडिएको क्षेत्र १ जन

विनिता कठायत

राप्रपाबाट ७ जना (५ जना महिला)

थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २–२ र अधिकतम ३–३ जनाको नाम पठाउनुपर्नेछ । यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १–१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन ।

खस आर्य २ जना

पशुपति शम्शेर जबरा

प्रकाशचन्द्र लोहनी

आदिवासी जनजाति २ जना

विना लामा

विनिता मगैया

दलित १ जना

अनिसा नेपाली

मधेशी १ जना

विना जयसवाल

मुस्लिम १ जना

नाजीया खातुन

जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला)

जनता समाजवादी पार्टीले पाएको ५ सीटमा खस आर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित र मधेसीबाट भने अधिकतम १ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट एक जना पनि नपठाउँदा कुनै फरक पर्नेछैन ।

खस आर्य १ जना

प्रकाश अधिकारी

आदिवासी जनजाति १ जना

सुशिला श्रेष्ठ

दलित १ जना

सावित्रा विक

मधेशी १ जना

रञ्जुकुमारी झा

मुस्लिम १ जना

शहनाज रममान

जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)

थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन ।

खस आर्य १ जना

धनबहादुर बोहोरा

आदिवासी जनजाति १ जना

दयाराम प्रजापती

दलित १ जना

राजेशकुमार मण्डल

मधेशी १ जना

अनितादेवी शाह

मुस्लिम १ जना

जलेखा विवि

भोलिदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिने

काठमाडौं । भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने भोलि शुक्रबार अर्थात् नोभेम्बर १५ मा नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गरिने भएको छ। बंगलादेशमा निर्यात गरिने विद्युत्को स्रोत परियोजनालाई भारतले स्वीकृत गरेसँगै शुक्रबार ४० मेगावाट विद्युत् निर्यात गर्न लागिएको हो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भारतमा दश वर्षमा दश हजार मेगावाट र बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौत अघि बढाएको थियो । बंगलादेशमा विद्युत् पठाउन पनि आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ। नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजना प्रस्ताव गरेको थियो, त्यसमा भारतले बिहीबार स्वीकृत पत्र पठाएको छ। प्राधिकरणका प्रवक्ता चन्दन घोषले बंगलादेशमा विद्युत् बिक्रीका लागि भारतबाट स्वीकृती आएको बताए। ‘भारतले बंगलादेशमा विद्युत् बिक्री गर्न स्वीकृती दिएको छ। भोलि बंगलोदशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ,’  उनले भने, ‘हामीले सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै विद्युत् बिक्री गर्न पाउछौं। त्योअनुसार भोली एक दिन मात्रै विद्युत् निर्यात हुनेछ।  त्यसपछि अर्को बर्ष जुन १५ तारिखदेखि विद्युत् निर्यात सुरु हुनेछ।’ नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न गत १७ असोजमा नेपाल, भारत र बंगलादेशबिच सम्झौता भएको थियो। काठमाडौंमा बिशेष समारोह गरेर नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार बंगलादेशमा नेपालले पाँच वर्षसम्म १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच महिनाको अवधिमा ४० मेगावाट विद्युत् निर्यात गर्नेछ। नेपालले विद्युत् निर्यात गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ। यो सम्झौतापत्रको अवधि पाँच वर्ष तोकिएको छ। वर्षमा पाँच महिनासम्म ४० मेगावाट विद्युत् निर्यात गर्दा नेपालले ९२ लाख १६ हजार डलर आम्दानी गर्नेछ। जुन बिहीबारको विनिमयदरमा एक अर्ब २३ करोड ८४ लाख रुपैयाँ हुन्छ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पु¥याउनेछ। बंगलादेशमा निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमै रहनेछ। त्यसकै आधारमा प्राधिकरणले बंगलादेशबाट भुक्तानी पाउनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ। मुजफ्फरपुरबाट उता भने बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत् पु¥याइनेछ। त्यसपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभिभिएनले लिने र ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्नेछ।

आज विश्व मधुमेह दिवस, यस्ता छन् जोगिने उपाय

काठमाडौं । आज विश्व मधुमेह दिवस । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको सन्दर्भ पारेर गत शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रमहरु गर्दै आएका छन् । नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायका बारेमा जनचेतनामूलक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । चिकित्सकहरुका अनुसार पछिल्लो समय नेपालमा मधुमेहका बिरामीको संख्या अत्यधिक बढेको छ । विशेष गरी बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा परेका छन्। मधुमेह हुनबाट जोगिने निम्न कुरा ध्यान दिनु पर्छ स्वस्थ आहारः चीनी, मैदा, र प्रोसेस्ड खानेकुरा कम गर्ने। फाइबरयुक्त खाना (जस्तै, हरियो सागसब्जी, फलफूल, गहुँ र दाल) बढी खाने। खानामा माछा, मासु, वा अण्डा सेवन गर्ने भए पनि सन्तुलित र सिमित मात्रामा राख्ने। व्यायामः नियमित रूपमा व्यायाम गर्नु अत्यन्त महत्वपूर्ण छ। हप्तामा कम्तिमा पाँच दिन ३० मिनेटदेखि १ घण्टासम्म हल्का जस्तै पैदल हिँड्ने, दौडने, वा साइकल चलाउने गर्न सकिन्छ। तौल नियन्त्रणः शरिरको तौल स्वस्थ र सन्तुलित राख्नुपर्छ। मोटोपन मधुमेहको खतरा बढाउने प्रमुख कारण हो। तनाव व्यवस्थापनः तनावले रगतमा चिनीको मात्रा बढाउन सक्छ। ध्यान, योग, र गहिरो श्वासप्रश्वासको अभ्यास तनाव घटाउन उपयोगी हुन्छ। सुताईको समयः पर्याप्त र गुणस्तरीय निद्रा पनि मधुमेहबाट बच्न महत्त्वपूर्ण हुन्छ। हरेक रात कम्तिमा ७/८ घण्टा सुत्ने प्रयास गर्नुहोस्। नियमित जाँचः मधुमेहको इतिहास भएको परिवारमा हुने व्यक्तिले रगतमा चिनीको मात्रा नियमित रूपमा जाँच गराउँदै गर्दा जोखिमलाई चाँडै पहिचान गर्न सकिन्छ। धूम्रपान र मद्यपानको परित्यागस् यीले मधुमेहको जोखिम बढाउन सक्छन्, त्यसैले धूम्रपान र मद्यपान नगर्नु वा परित्याग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। यस्ता जीवनशैलीका परिवर्तनहरूले मधुमेहबाट बच्न र यदि मधुमेह भएमा यसलाई नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ।

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उहाँको बुधबार राति काठमाडौंमा निधन भएको हो । ६३ वर्षकी गौचन केही दिनअघि डेंगुबाट संक्रमित हुनुभएको थियो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन ।  गौचन नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनु भएको थियो । गौचनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने उहाँको परिवारले जनाएको छ ।

उपनिर्वाचनको उमेदवार बन्न के गर्नुपर्ला, यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले सरकारको स्वामित्वमा रहेका वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति उपनिर्वाचनमा उमेदवार बन्न नपाउने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको स्वामित्वमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति पनि उमेदवार बन्न नपाउने जानकारी गराएका छन् । उनका अनुसार, त्यस्ता व्यक्तिको उमेदवारी मनोनयन हुने छैन । स्थानीय तहका रिक्त ४२ पदमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था 

लोकप्रिय