राससले साउन १ गतेदेखि श्रव्यदृश्य सेवा आरम्भ गर्ने

राससले साउन १ गतेदेखि श्रव्यदृश्य सेवा आरम्भ गर्ने

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले आउँदो साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गर्ने भएको छ ।

सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित ‘राससको श्रव्यदृश्य सेवा सञ्चालन र प्रभावकारिता’ विषयक अन्तर्क्रिया कार्यक्रममा सो सेवाबारे जानकारी गराइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालसहित टेलिभिजन पत्रकारिताका विज्ञ र विभिन्न टेलिभिजनका समाचार प्रमुख एवं प्रतिनिधि सहभागी कार्यक्रममा समयको मागसँगै राससको सेवा छिटोछरितो र मल्टिमिडियायुक्त हुन आवश्यक भएको पनि बताए ।

मन्त्रालयका सचिव डा.अर्यालले नयाँ सेवाको आरम्भसँगै रासस समाचारले फड्को मार्ने विश्वास व्यक्त गर्दै छिटो–छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि जनशक्तिको क्षमता वृद्धि र प्रविधिमा सम्पन्न हुनुपर्ने भएकाले सोका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माग पक्षको चाहना बुझेर योजनाबद्ध रूपमा काम गर्दा श्रव्यदृश्य सेवा प्रभावकारी हुने बताए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नयाँ सेवालाई जनताको सेवा हो भन्ने अनुभूत गराइ सकेसम्म उच्च प्रविधिको सेवा दिने सङ्कल्प गरेर त्यसका लागि नेपाल सरकार, विज्ञ र सरोकार पक्षको निरन्तर सहयोग आवश्यक हुने बताउए। उनले क्षमता विकासका कार्यक्रम सञ्चालन गरेर विद्यमान चुनौती मोलेर राससलाई जनताको सूचनाको संवाहक बनाइने बताए । कार्यकारी अध्यक्ष झाले सो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क हुने जानकारी दिए ।

सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालिबीच हालै सम्झौता भएको हो । रासस केन्द्रीय कार्यालयमा गत वर्ष नै स्टुडियो निर्माण भइसकेको छ । राससका महाप्रबन्धक सिद्धराज राईले राससले सेवालाई विविधीकरण गर्ने क्रममा भिडियो सेवा सञ्चालनको तयारी गरेको र यसमा सेवाग्राहीको सुझाव र सहयोग अपेक्षित रहेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राससको नयाँ सेवाका लागि शुभकामना दिँदै सेवाग्राहीको सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिँदै राससले सरकारका कुरा र जनताका चाहना दुवैलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्नुपर्ने धारणा राखे ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सक्ने बताए ।

आमसञ्चारका विज्ञ तपनाथ शुक्लाले राससले यसअघि नै भिडियो सेवा सञ्चालन गर्नुपर्ने भए पनि अब सुरु गर्दा सहरमुखी नभई गाउँ केन्द्रित विषयवस्तु आफ्ना नेटवर्कबाट सङ्कलन गराइ घटना प्रधान र आलेख समाचार दिनुपर्ने सुझाव दिए ।

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज हुँदै

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

लोकप्रिय