रु.२५ बाट सुरु गरेको सहकारीको कारोवार अहिले ५० करोड

रु.२५ बाट सुरु गरेको सहकारीको कारोवार अहिले ५० करोड

गुल्मी, असोज २९ । आज भन्दा २५ वर्षअघि २५ जनाले जनही रु.एक बाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले वार्षिक झण्डै ५० करोडसम्मको कारोबार गर्न सक्ने भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं.१ स्थित लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था जनही रु.एकबाट संकलन भई अहिले यस्तो करोडौंको अवस्थामा आइपुगेको हो ।

सो संस्थाको शनिवार सदरमुकाम तम्घासमा २५ औं वार्षिकोत्सव तथा ८ औं अधिवेशन गरिरहँदा सो संस्थाले यस आवमा ४७ करोड ७६ लाख २४ हजार ५ सय ८९ रुपैयाँको कारोबार गरेको छ ।

सो संस्थाका कोषाध्यक्ष गणेश श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदनमा गत आवमा उक्त कारोबार भएको उल्लेख गरिएको हो । उनको प्रतिवेदनअनुसार गत एकवर्षमा मात्र १९ सय ९२ जना सदस्यहरुको वचत ३ करोड ४५ लाख ७९ हजार ५ सय रुपैयाँ बचत भएको छ ।

त्यस्तै विभिन्न प्रकारका वचत शीर्षकमा रु. २४ करोड ६८ लाख ३ हजार ३ सय २३ रहेको छ ।

जगेडा कोषमा ७० लाख ७१ हजार ३ सय १७ सहित १ करोड ७८ लाख ८० हजार ६ सय ७२ रुपैयाँ रहेको छ । २०७३–०७४ मा व्याज आम्दानी र सञ्चालन आम्दानीबाट ३ करोड ४७ लाख १० हजार १ सय २७ रुपैयाँ रहेको उल्लेख छ ।

त्यस्तै सञ्चालन र व्याज खर्चमा ३ कारोड ७ लाख ५६ हजार ४ सय ८६ रुपैयाँ भएको छ । संस्थाले ४४ करोड ४१ लाख ७८ हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको छ भने त्यसमध्ये ३७ करोड २० लाख १ हजार ३ सय २५ रुपैयाँ असुली गरेको छ । गत आवमा ३० करोड ८ लाख ३१ हजार ७ सय ५३ सम्पत्ति तथा दायित्व रकम उल्लेख छ ।

संस्थाका सचिव भुवन अर्यालका अनुसार संस्थामा सदस्यहरु वृहत बनाउने उद्देश्यका साथ गतवर्षसम्म ४ हजार ५ सय सदस्यता लिँदा तिर्नुपर्नेमा अब जम्मा एक हजार रुपैयाँ तिरेर सदस्यता लिन पाइने नियम बनाइएको छ । उनका अनुसार संस्थामा शेयर सदस्य १९९२ जना बाल वचतकर्ता ८ सय ७८ जनासहित कुल २८ सय ७९ जना सहभागी छन् । संस्थाले सहुलियत ब्याजदरमा निम्न आय भएका सदस्यहरुलाई विभिन्न व्यवसाय गर्न ऋण लगानी गर्दैछ ।

यसबाट कैयौं विपन्न र बेरोजगारहरुको जीवनस्तरमा सुधार आएको छ । वृद्धवृद्धा, बालबालिका, मृत्यु वा दुर्घटनामा परेका सदस्यहरुलाई कल्याणकारी कोषको व्यस्था गरेको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले उक्त सहकारी अघिल्लो वर्षसमेत देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएको छ । देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित उक्त सहकारी संस्था बैंकिङ सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गरेर तम्घासको क्यामपस रोडमा रहेको छ । अध्यक्ष पन्थीले जिल्लाभरकै सहकारी संस्थालाई भविश्यमा यसैमा आवद्ध गर्ने उद्देश्य लिईएको बताए ।

२५ वर्षअघि एक–एक रुपैयाँ उठाएर २५ जनाको समुह बनाउने संस्थापक सचिव मुकुन्दहरी गौतमले उति वेला सहकारी भन्ने कुरा थाह नभएको बताए । ६८ वर्षिय संस्थापक अध्यक्ष रमेश थापाले उतिबेला तम्घास वजारका साहुहरुले गरीब किसानहलाई सय कटा ५ देखि १० सम्मको व्याज त्यसमाथि ठेकी काट्ने चलन त्यसबाट घरबास नै उठ्ने देखेपछि समुह खोलेर रकम वचत गर्न थालिएको बताए ।

कैंयांै ऋण लिएका मान्छे उठीवास लागेका थिए, कैयौंलाई खुल्ला बजारमा लछारपछार समेत गर्दथे, ब्याजमा लगाउने साहुहरुको ज्यादती सहन नसकेरै समुह बनाएर रकम संकलन गरियो र त्यसबाट संकलन भएको रकमले भैपरी आउने सदस्यहरुलाई ऋण प्रवाह गर्न थालिएको हो । उनले भने, ‘दुई वर्षसम्म मासिक एक रुपैयाँका दरले संकलन गरिए पनि पछि क्रमशः बृद्धि गर्दै लगिएको हो ।

हामीलाई सहकारी भन्ने त्यतिबेला थाहा थिएन उनले स्मरण गर्र्दै भने– ‘तर एकजना क्यानाडातिरका विदेश आएर यसो गरे समुदायलाई निकै फाईदा हुने सुझाव दिएका थिए । जिल्लाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उक्त सहकारी संस्था जिल्लाको उत्कृष्ट र सबैभन्दा बढी कारोवार गर्ने संस्थाका रुपमा रहेको बताए ।

उनको प्रमुख आतित्यतामा सम्पन्न उद्घाटन सत्रमा अन्य विभिन्न सहकारी संस्थाका प्रमुख, प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट व्यवसायी, लगानीकर्ता, वृद्धवृद्धा, परीक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तति र स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने जनाईएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालयको सञ्चालन रहेको थियो ।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

दसैँका सामान बोकेका कन्टेनर खासा र न्यालम क्षेत्रमा अलपत्र

काठमाडौं । दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन्। चीनले खासा बजारकोबीच भागमा सुरङ निर्माण गरिरहेकाले नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका फलफूल र लत्ताकपडा लगायतका सामान खासा र न्यालम क्षेत्रमा नै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताउनुभयो। सुरुङ निर्माण कहिले सकिन्छ र सामान तातोपानी भित्राउला भन्ने चिन्तामा व्यापारीहरू रहेका छन् । फलफूल बोकेका २३ वटा र ७० वटा दसैँका लत्ताकपडा, जुक्ता लगायतका सामान बोकेका गाडीहरू चिनियाँ क्षेत्रमै रोकिएपछि व्यापारीहरू चिन्तित भएका हुन्। चीन सरकारले खासालाई स्मार्ट सिटी बनाउनका लागि सुरुङ, सडक लगायत निर्माणका काम गरिरहेको छ। उसले ५० प्रतिशत पुराना भवनहरू भत्काएर पुनर्निर्माण गरिरहेको छ। अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने कामका कारण पनि अझै केही दिन रोकिएका कन्टेनर खासासम्म पनि आउन पाउने छैनन्। सुरुङ र सडक निर्माणका समयभन्दा बिहान र बेलुकीको समयमा रोकिएका कन्टेनर छाडिदिन चिनियाँ पक्षसँग पहल भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभएको छ। चिनियाँ भूमिमा रोकिएका कन्टेनर तातोपानी नाका भित्राउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, नाका आबद्ध व्यापारिक सङ्घसंस्थाहरू लागिरहेको उहाँले बताउनुभएको छ। चिनियाँ क्षेत्रमा रोकिएका एक कन्टेनर बराबर नेपाली तीन कन्टेनर सामान हुन्छ। स्याउ, सुन्तला, अनार लगायतका फलफूल बोकेका गाडीहरूमा फलफूल कुहिने अवस्थामा पुगेका छन्। अन्य सामानहरूमा ढुसी लाग्ने अवस्थामा पुगेका छन्। लामो समय कन्टेनर अड्किएपछि लागत रकम पनि महँगो हुने भएको छ। सामान राजधानी आइपुग्न ढिला हुँदाको बैङ्कको ब्याज, खाना बस्न, पार्किङ शुल्क लगायतका रकम जोडिँदा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने समस्या देखिन्छ।

लोकप्रिय