ल्यारक्याल लामामाथि साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला

ल्यारक्याल लामामाथि साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला
काठमाडौं, असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र विशेष अदालतको तथ्यांक विश्लेषणमा झण्डैं साढे १० करोड रुपैंयाको अन्तर देखिएको छ ।

आश्विन २०, २०७४-सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले उनलाई सफाई त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैंया बचत हुनुपर्ने फैसला समेत गर्‍यो ।

करिब एक दशकपछि दोस्रो तहका राजनीतिक नेतामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा हात हालेको अख्तियारको अनुसन्धान न्यायिक परिक्षणमा असफल भएको हो । सबभन्दा ठूलो बिगोको गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अख्तियार असफल भएपछि लामा रजनीतिक जीवनमा फर्किसकेका छन् । अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसला हेर्दा तथ्यांक विश्लेषणमा साढे १० करोड रुपैंयाको फरक देखिएको छ । विवादास्पद प्रमुख लोकमानसिंह कार्कीको पालामा लामामाथि मुद्दा दायर भएको थियो ।

माओवादी केन्द्रका सांसद लामाले ९ करोड ४४ लाख रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा अख्तियारले २०७२ कार्तिक ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरेको थियो । त्यस क्रममा २० करोड ३४ लाख रुपैंया बैध रुपमा आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैंयालाई गैरकानूनी आर्जन भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले तयार पारेको फैसलाको पूर्णपाठले अख्तियारको आरोपपत्रलाई अस्विकारमात्रै गरेको छैन, लामाको सम्पत्ति उल्टै बचत हुने भनी तथ्यांक विश्लेषणसमेत गरिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलामा सार्वजनिक पदमा रहँदा लामाले आम्दानीको तुलनामा कम खर्च गरी ७४ लाख ३४ हजार रुपैंया बचत गरेको उल्लेख छ । २९ करोड ९ लाख रुपैंया बैध आम्दानी गरेका लामाले २८ करोड ३५ लाख रुपैंया खर्च गरेको ठहर विशेष अदालतले गरेको छ । लोकमानसिंह कार्कीको पूर्वाग्रही स्वभाव र कार्यशैलीका कारण लामामाथिको अनुसन्धानसमेत विवादमुक्त थिएन ।

अख्तियारको दाबी के थियो ? 

लामाले तलबभत्ता, जग्गा विक्री, ऋण सापटीलगायतबाट आम्दानी देखाएर गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको दावी थियो । घर निर्माण, जग्गा खरिद, शेयर, सवारी साधन तथा विभिन्न घरायसी सामान खरिद र बैंक मौज्दात गरेको अख्तियारको दावी थियो । लामाको अत्यधिक जग्गा कारोवार र त्यस क्रममा भएको खरिदबिक्रीको उतारचढावको दरलाई नै शंकास्पद मानेको थियो ।  ३३ लाखमा खरिद भएको जग्गा तीन महिनापछि डेढ करोडमा बिक्री भएको देखाइएको अख्तियारको दाबी थियो । उसले सुरुकै आर्जन बैध नदेखिएकाले त्यसबाट भएका अन्य कारोवारलाई पनि अबैध भनी मागदाबी लिएको थियो ।

-कान्तीपुरबाट

लामा २०५८ सालदेखि दुई पटक गुम्बा विकास समितीको अध्यक्ष बने । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तिमा उनले लगातार दुई कार्यकाल अनवरत रुपमा काम गरे । त्यसक्रममा केही रकम गैरकानूनी आर्जन देखिए पनि त्यसको ग्राफ खासै उक्लेको देखिदैन । २०६२ सालमा उनको दोस्रो कालकाल पुरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुन:स्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदको सभासद बने । सांसद र सभासद भएको अवधिमा उनको आर्जन गरेको सम्पत्ति अस्वभाविक रुपमा बढेको अख्तियारले गरेको तथ्यांक विश्लेषणमा उल्लेख छ ।

लामामाथिको पछिल्लो छानविनले करिव १० करोड रुपैंया जग्गामा मात्रै लगानी गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । बुढानिलकण्ठमा उनको ३ वटा घर रहेको भनी अख्तियारले आरोप लगाएको थियो, जसमध्ये एउटा घरमा उनी बस्थे भने बाँकी दुईमा बौद्ध भिक्षुहरुका लागि विद्यालय सञ्चालन गरेको उनले बयानका क्रममा खुलाएका थिए । उनको ९० लाख रुपैंया मूल्यांकन गरिएको सवारी साधन पनि छानविनमा परेको थियो ।

अख्तियारले २०७२ मंसिरमा विभिन्न सार्वजनिक पदमा रहेका २९ जनाको बैंक लकर रोक्का गरेर सम्पत्ति छानविन गरेको थियो, जसमा लामा पनि एक थिए । लामामाथि अख्तियारले पुस १८ मा पत्र काटेर बोलाएकोमा २० देखि २२ गतेसम्म ४ करोड रुपैंया खाताबाट निकालिएको थियो । त्यसपछि उनको खातामा ६४ लाख रुपैंयामात्रै बाकी थियो ।

लामामाथि छानबिनका क्रममा अख्तियारले दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लकरबाट गोली बरामद गरेको थियो । त्यसपछि प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत फौजदारी मुद्दा चलाएपछि उनी पदबाट निलम्बनमा परेका थिए । सम्पत्ति विवरणमा उल्लेख नगरे पनि लाजिम्पाटस्थित स्टान्डर्ड चाटर्ड बैंकको लकर पनि भेटिएको थियो, लगत्तै छानविन हुनासाथ लकर रित्तो भेटिएको अख्तियार स्रोतले बतायो ।

विशेषको फैसला कस्तो छ ? 

अख्तियारले ल्यारक्याल लामाले सार्वजनिक पदमा रहेको अवधिमा केवल २० करोड ३४ लाख रुपैंयामात्रै बैध आम्दानी गरेको दावी गरेको थियो । विशेष अदालतले भने सम्पत्ति विश्लेषणका क्रममा त्यसबाहेक उनले ८ करोड ७५ लाख रुपैंया समेत आर्जन गरेको र त्यसलाई बेवास्ता गर्न नमिल्ने ठहर्‍याएको छ । जसअनुसार, जग्गा खरिद, बौद्ध धर्मसम्बन्धी पुस्तक विक्री, सिद्धार्थ फाउण्डेसनको नामबाट विभिन्न बैंकबाट काटिएको चेकबाट प्राप्त रकम समेत जोडिनुपर्ने विश्लेषण गरेको छ । यसबाट लामाको कुल बैध आर्जन २० करोड ३४ लाख रुपैंयाबाट बढेर २९ करोड ९ लाख हुन पुगेको छ ।

लामाले आफ्नो आर्जनबाट शेयर खरिदमा १ करोड ५३ लाख, ऋण सापटी सावा व्याज भुक्तानीमा ४ करोड ६ लाख, १ लाख ६० हजार नगद मौज्दात, घरायसी सामान खरिदमा १५ लाख ५० हजार रुपैंया खर्च देखाएका थिए । छानविन हुनासाथ झिकिएको ४ करोड ४२ लाख रुपैंयालाई विशेष अदालतले अन्यथा भन्न नमिल्ने ठहर्‍याएको छ । बैंक मौज्दात ६४ लाख ६७ हजार, जग्गा खरिदमा १० करोड ८८ लाख, घर निर्माणमा ७ करोड १७ लाख र सवारीसाधन खरिदमा ९० लाख खर्च भएको भनी अख्तियारले आरोप लगाएको थियो ।

विशेष अदालतले यी सबै तथ्यलाई यथावत रुपमा स्विकार्दै घर निर्माणको हकमा ७ करोड १७ लाख रुपैंयालाई अस्विकार गरेको छ । व्यक्तिगत रुपमा घर निर्माण गर्दा ठेकेदारलाई १५ प्रतिशत नाफा र ५ प्रतिशत ठेक्काकर दिन नपर्ने भएकाले २० प्रतिशत लागत घटाउनुपर्ने भनी विशेष अदालतले घर निर्माणको खर्चमा १ करोड ४३ लाख रुपैंया घटाएको छ । यसबाट लामाले गरेको लगानीको खर्च समेत अख्तियारले दावी गरेजस्तो २९ करोढ ७९ लाख रुपैंया नभई त्यसबाट घटेर २८ करोड ३५ लाख रुपैंयामा सीमित भएको छ । ‘२९ करोड ९ लाख रुपैंया कुल बैध आर्जनबाट २८ करोड ३५ लाख रुपैंया व्यय(लगानी) गरेको देखिन आयो’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘खर्चको तुलनामा ७४ लाख ३४ हजार रुपैंया बढी आम्दानी देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको भन्ने दावी पुष्टी हुने आधार देखिएन ।’

लामा को हुन् ? 

लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट सांसद हुन् । विवादित पृष्ठभूमीका उनी यसअघि २०५८ पुसमा गुम्बा विकास समितीका अध्यक्ष थिए । त्यसपछि उनी माओवादी सिफारिसमा व्यवस्थापिका संसद सदस्य थिए । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानविनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो ।

अख्तियारले २०५८ सालदेखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । लामा २०५८ सालदेखि दुईपटक गुम्बा विकास समितीको अध्यक्ष बनेका थिए । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तीमा उनले लगातार दुई कार्यकाल काम गरे । २०६२ सालमा उनको दोस्रो कालकाल पूरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुनस्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदमा माओवादी सिफारिसमा सांसद थिए ।  त्यसपछि उनी अख्तियारले तीन पटक सार्वजनिक अवस्थामा रहेका बखत उनले गरेको आर्जनको छानविन गरेको थियो ।

उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । विशेष अदालतबाट सफाइ पाएपछि २०७३ कार्तिकदेखि उनको सांसद पद निलम्बनबाट फुकुवा भएको छ । -कान्तीपुरबाट

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

दसैँका सामान बोकेका कन्टेनर खासा र न्यालम क्षेत्रमा अलपत्र

काठमाडौं । दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन्। चीनले खासा बजारकोबीच भागमा सुरङ निर्माण गरिरहेकाले नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका फलफूल र लत्ताकपडा लगायतका सामान खासा र न्यालम क्षेत्रमा नै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताउनुभयो। सुरुङ निर्माण कहिले सकिन्छ र सामान तातोपानी भित्राउला भन्ने चिन्तामा व्यापारीहरू रहेका छन् । फलफूल बोकेका २३ वटा र ७० वटा दसैँका लत्ताकपडा, जुक्ता लगायतका सामान बोकेका गाडीहरू चिनियाँ क्षेत्रमै रोकिएपछि व्यापारीहरू चिन्तित भएका हुन्। चीन सरकारले खासालाई स्मार्ट सिटी बनाउनका लागि सुरुङ, सडक लगायत निर्माणका काम गरिरहेको छ। उसले ५० प्रतिशत पुराना भवनहरू भत्काएर पुनर्निर्माण गरिरहेको छ। अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने कामका कारण पनि अझै केही दिन रोकिएका कन्टेनर खासासम्म पनि आउन पाउने छैनन्। सुरुङ र सडक निर्माणका समयभन्दा बिहान र बेलुकीको समयमा रोकिएका कन्टेनर छाडिदिन चिनियाँ पक्षसँग पहल भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभएको छ। चिनियाँ भूमिमा रोकिएका कन्टेनर तातोपानी नाका भित्राउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, नाका आबद्ध व्यापारिक सङ्घसंस्थाहरू लागिरहेको उहाँले बताउनुभएको छ। चिनियाँ क्षेत्रमा रोकिएका एक कन्टेनर बराबर नेपाली तीन कन्टेनर सामान हुन्छ। स्याउ, सुन्तला, अनार लगायतका फलफूल बोकेका गाडीहरूमा फलफूल कुहिने अवस्थामा पुगेका छन्। अन्य सामानहरूमा ढुसी लाग्ने अवस्थामा पुगेका छन्। लामो समय कन्टेनर अड्किएपछि लागत रकम पनि महँगो हुने भएको छ। सामान राजधानी आइपुग्न ढिला हुँदाको बैङ्कको ब्याज, खाना बस्न, पार्किङ शुल्क लगायतका रकम जोडिँदा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने समस्या देखिन्छ।

लोकप्रिय