वाइसिएलले ओली र सिके अतिवाद विरुद्ध संघर्ष गर्ने घोषणा

वाइसिएलले ओली र सिके अतिवाद विरुद्ध संघर्ष गर्ने घोषणा

काठमाण्डौं, २० माघ ।
माओवादी केन्द्र निकट युवा संघ योङ कम्युनिष्ट लिग (वाईसिएल) ले केपी ओली र सिके राउतको अतिवाद विरुद्ध लड्ने घोषणा गरेको छ । माघ १८ गते काठमाण्डौंमा सम्पन्न वाईसिएल नेपाल र ७ माओवादी युवा संगठनहरुबीच भएको एकता बैठकका निर्णयहरु बिहिवार सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रवादको नाममा खेलेको दक्षिणपन्थी अतिवाद र सिके राउतको विखण्डनकारी विरुद्ध सयुक्त संघर्ष गर्ने घोषणा गरेको हो ।

वाइसिएलले बिहिबार प्रेस वक्तव्य जारी गर्दै विभिन्न संघर्षका कार्यक्रमहरुसहित अन्य सांगठिनिक योजनाहरुसमेत सार्वजनिक गरेको छ । ‘संविधान कार्यान्वयनको संक्रमणकालिन परिस्थितिमा देशमा राष्ट्रवादका नाममा ओलीको दक्षिणपन्थी अतिवाद र छुट्टै राष्ट्रका आवरणमा निर्वाध भइरहेको सिके अतिवादका विरुद्ध लड्दै मुलुकमा व्याप्त विकृति र विसंगतिका विरुद्ध केही समयमै हाम्रो संगठनले निर्णायक संघर्ष छेड्नेछ’, वाइसिएलका संयोजक नेपबहादुर कुँवर ‘विवेक’ द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

वाईसिएलले ५ बुँदे संघर्ष अभियान, तिन बुँदे सामाजिक उत्तरदायित्व कार्यक्रम र दुई बुँदे युवा स्वरोजगार तथा विदेश पलायन नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
यसअन्तर्गत सरकारी निकायमा हुने व्याप्त भ्रष्ट्राचार निर्मुल पार्न भ्रष्ट्राचारीहरुको प्रमाण संकलन गर्ने, सुची तयार पार्ने र राज्यका सम्बन्धित निकायमा बुझाउने कामको अभियान नै सञ्चालन गर्ने जनाएको छ । यदी राज्यले भ्रष्ट्राचारप्रति उदासिन र ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्नेसमेत चेतावनी वाईसिसएलले दिएको छ । यसका साथै समाजमा हुने विभिन्न विकृति, विसंगति तथा समाजविरोधी गतिविधिको नियन्त्रण, जनयुद्धकालिन मुद्धाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् समाधान गर्ने शान्ति सम्झौताको मर्म विरुद्ध गए आफुहरु मुद्धा दर्ताको त्यो भन्दा भयानक अभियान चलाउने अर्को चेतावनी उसले दिएको छ ।

‘हामी शान्ति सम्झौताप्रति प्रतिवद्ध छौँ । यदी हाम्रो यो इमान्दारितालाई कमजोरी ठानेर राजनीतिक युद्धमा भएका दूर्घटनाजन्य घटनाहरुलाई हत्या तथा अपराधसँग दाँजेर दोशी करार गर्ने जारी षड्यन्त्र नरोकिए देशभरका अदालतहरुमा जनयुद्धकालमा जनताप्रति गरिएको बर्बर घटनामा मुछेर मुद्धा दर्ता अभियान नै चलाउने छौँ । अदालतलाईसमेत बृहत शान्ति सम्झौताको पालना गर्न अपिल गर्दर्छौँ ।’

यसैगरी, युवाहरुलाई विदेश पठाउने नाममा ठगी गर्ने मेनपावर कम्पनीका ठगी धन्दा, विदेश पाइसकेपछिको श्रम शोषण र कृतिम करार सम्झौताविरुद्ध निर्णायक कदम चालिने वाइसिएलले बताएको छ । उसले संगठनको विभिन्न समसामयिक १२ बुँदे प्रस्तावहरु परित गर्दै त्यसलाई तत्काल कार्यान्वयनमा लैजाने जनाएको छ ।
आगामी बैशाख ९, १० र ११ गते पार्टी स्थापना दिवसको अवसरमा एकताको राष्ट्रिय सम्मेलन गर्ने निणर्य गरेको वाईसिएलका संयोजक नेपबहादुर कुँवरले जानकारी दिएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय