विजुक्छेले भने, ‘वैदेशिक हस्तक्षेप नभए तोकिएकै समयमा चुनाव हुन्छ’

विजुक्छेले भने, ‘वैदेशिक हस्तक्षेप नभए तोकिएकै समयमा चुनाव हुन्छ’

भक्तपुर, चैत ६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वैदेशिक हस्तक्षेप नभए तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् ।

आइतबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले भने, ‘निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनुपर्छ र बाँकी रहेको स्थानमा पछि निर्वाचन गर्न सकिन्छ ।’

निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए ।

सरकारमा सामेल दल र प्रतिपक्षले विभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोगले केहि गर्न नसकेको उनको टिप्पणी छ ।

विजुक्छेंले सत्ता समिकरणमा फेरबदल आउन सक्ने सम्भावना समेत औंल्याए । नेपाली काँग्रेस र मधेसी दलहरु बीच सत्ता समिकरण हुन सक्ने बताउँदै विजुक्छेंले अवको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ, काँग्रेस र मधेसी दलहरु अर्कोतर्फ भएर सत्ताको समिकरण हुनसक्ने बताए ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।

एकीकृत समाजवादीमा एक पद एक व्यक्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई सुदृढीकरण गर्दै गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताइएको छ । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारीको कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पनि जनाइएको छ । हाल अध्यक्ष नेपाल विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पनि सचिव पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ । इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् । १९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

काठमाडौं । रवि लामिछानेलाई राजनीतिक प्रतिशेधका आधारमा पक्राउ गरिएको भन्दै विसमर्थकहरुले प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज पोखराको जिरो किलोमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरि तिररवितर पारेको हो।  प्रदर्शनका क्रममा रास्वपा समर्थकहरु जिरो किलोबाट वाइचोक तर्फ अघि बढेका थिए । प्रहरीले वाइचोकबाट प्रवेश निषेध गरेको थियो । सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित  प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  पूर्वउपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । तर संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ । 

लोकप्रिय