शिक्षक छैनन, पियनले चलाऊँछिन कक्षा

शिक्षक छैनन, पियनले चलाऊँछिन कक्षा

नवलपरासी – कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी (पीयन) ले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
विद्यालय सहयोगी मनमाया माझी वालबालिकाको लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारी समेत वहन गर्छिन् । त्यसै खाली बस्नुभन्दा आफूले जानेका कुरा पढाउने गरेको उनले बताईन् । आजको कान्तिपुरमा खबर छ ।
‘राहत दरबन्दी एक जना र बालविकासतर्फको एक जना गरी दुई जना शिक्षिका मात्र विद्यालयमा छौं’ प्रधानाध्यापक रामकुमारी मर्दनियाले भनिन्, ‘पियनले पनि कक्षा सञ्चालन गर्नुहुन्छ ।’

अहिले विद्यालयमा ६० छात्रछात्रा अध्ययनरत छन् । जसमध्ये तीन जना बाहेक अन्य सबै विद्यार्थी माझी, मुसहर समुदायका हुन् ।
शिक्षक दरबन्दी नहुदा अध्यापनमा निकै समस्या छ ।

बुढेस कालको साहार बन्दैछ पानी घट्ट

बाग्लुङ, चैत्र २३ । पछिल्लो समयमा मानिसहरुमा आधुनिकताले छोएको छ । आधुनिकता छाउदै जादा नदीनालाको आसपासको किनारमा देखिने पानी घट्टाहरु यति बेला गाउँ घरमा यदाकदा मात्र देख्न पाईन्छ । उ बेला अन्नबाली पिस्न मिलहरुको अभाव हुदा कैयौ मानिसहरु आफनै घरको झातोमा पिसेर गुजारा चलाउने गर्दथे । यदि कुनैको घरमा अन्नबाली पिस्ने झातो नहुँदा अरुकोमा नै गएर पिस्ने चलन रहिआएको थियो । तर आज भोली प्रबिधिको बिकास सँगै मानिसहरुमा त्यो प्रचलन हट्दै गयो । धेरै परको कुरा नगरौ हामी हाम्रो आमा हजुरआमा हजुरबुवालाई सोध्यौ भने पहिले हातमा ठेला परुन्जेल अन्नबाली पिसेर दैनिकी गुजरा चलाउदथौँ भन्नुहुन्छ उहाँहरु त्यो कुरा हामीलाई नप्चन सक्छ । त्यसरी चलिरहेको मानिसको जीवन अहिले आउदा त्यो भन्दा धेरै अन्तर छ । यसैका बावजूद पनि कुनै न कुनै ठाउँमा त्यस्तो पनि छ कि बुढा बाबुहरुले अंगाल्दै आएको पेसा छोराहरुले सम्हालिरहेका छन । त्यसका उदाहरणका एक पात्र हुन बागलुङ जिल्ला बडीगाड गाउपालिका ९ दर्लिङ खोलाका तेज प्रसाद श्रेष्ठ । उनी बिहान सबेरै घरको काम सकेर आफुले गर्दे आएको पेसा पानी घट्टामा पुग्छन । वारिपरी पानी घट्टा भएपनि उनकोमा बढी पिसाउनेको भिड् लाग्ने गर्दछ । किन भने उनकोमा २ वटा पानी घट्टाहरु छन । उनको बोल्ने शैली पनि फरक छ त्यसैले उनकोमा पिसाउनेहरुको भिड लाग्ने गर्दछन । अन्न बाली पिसाउन आउनेहरुलार्ई सोध्यौँ भने मिलहरुमा पिसाएको अन्न भन्दा पानी घट्टामा पिसाएको अन्न बढी स्वादिष्ठ हुने बताउछन । उनले मकै, चामल, कोदो, फापर, बेसार पिस्ने गर्दछन । त्यसरी पिस्दा उनले एक पाथीको ६ मुठी बाली अथवा भुति लिने गर्दछन । यसरी पिसाएबापत एक मुरी अन्नको १ सय ५० लिने गर्दछन । यसरी कमाई गरेको श्रेष्ठले बार्षिक १ लाख ५० हजार भन्दा बढी कमाउने गरेको बताउछन । ६ जनाको परिवार भएकोमा २ छोराहरु उनीबाट छुटिएर बसेका छन । तर अहिले परिवारमा बुढा बुढी छन । उनीहरुको जीवनमा पानी घट्टा आर्थिक उपार्जन गर्ने माध्यम नै त्यहि बनेको छ । उनी भन्छन अन्न पिसाएपछि अन्न पिसाए बापत अन्न नै भूती दिए पनि यसरी जम्मा भएको भूती एक मुरीलाई २ हजार पर्ने गरेको बताउछन । यसरी संचालन भएको पानी घट्टामा उनले १ लाख लगानी छ । बुढेसकालमा छोरा बुहारी आफ्नै घरमा छन हामीलाई खानको लागी र जीवन गुुजारा गर्न पानी घट्टा साहरा बनेको छ । विदेश जान पनि नसकिने भएकाले यो पेशाबाट ज्यादै सन्तुष्टी भएको बताउछन । उनी जस्तै युवाहरुले यस्तो पेशा अंगाल्नेहो भने बिदेशमा गएर पौरख बच्न पर्दैन थौँ ।

वडा सदस्यको घरमा आगलागि, रु १५ लाखको क्षति

फलेवास, पर्वत, १३ चैत (रासस) ः पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो । पौडेलको घरमा उहाँकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आउनुभएको थियो । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

हात्तीले २१ घर भत्काएपछि स्थानीयकाे विचल्ली

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ । राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पु¥याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ । हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहतस्वरुप प्रतिपरिवार रु दुई हजार प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले यसअघि पनि नरगरपालिका क्षेत्रका हात्तीपीडितलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको स्मरण गर्नुभयो ।

बारबर्दिया एवं जयनगर महोत्सव

बर्दिया । बर्दियाको पहिचानका लागि प्रथम बारबर्दिया तथा जयनगर महोत्सव २०७४ आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने भएको छ । “हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” नाराका साथ बर्दिया तथा बारबर्दिया नगरपालिकाको पहिचानका लागि महोत्सव सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुने सो महोत्सवमा बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, ऐतिहासिक बढैयाताल, गेरुवा नदीको पुलका साथै बारबर्दिया नगरपालिकाभित्र पर्ने ऐतिहासिक बारबर्दिया, सदाशिव मन्दिर, सत्खोलुवा ताल, रानीजरुवा, बुह्रानलगायत क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सञ्चालन गरिरहेको महोत्सव मूलसमितिका संयोजक रामसोहन थारुले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि स्थल घेरबार, कक्ष निर्माण, मञ्च निर्माण करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ ।

लोकप्रिय