संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्छः नेता नेपाल

संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्छः नेता नेपाल

उर्लाबारी (मोरङ), पुस ८ । नेकपा (एमाले)का नेता माधवकुुमार नेपालले संविधान संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा बिहिबार साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै नेता नेपालले दलबीच छलफल गरी सहमतिमै संविधान संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने र निर्वाचनमा जानुु नै अहिलेको गतिरोध अन्त्यको उत्तम विकल्प भएको धारणा राखे ।

उनले आगामी २०७४ माघ ४ भित्र तीनै तहको निर्वाचन गरिसक्नुुपर्ने भएकाले निर्वाचनको तयारीमा सरकार तीव्रताका साथ लाग्नुपर्नेमा जोड दिए। उनले भने–“मधेसी मोर्चाका केही नेताले पहाड र तराईलाई छुुट्याउन खोजेका छन्, नेपाल सबै जातजातिको देश भएकाले हिमाल, पहाड र तराईलाई कुुनै पनि हालतमा छुुट्याउन हुँदैन ।” रासस

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ सम्पन्न

काठमाडौं । सिजन मिडियाको आफ्नो १६औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को अवसरमा  कुपन्डोलस्थित होटल हिमालयनमा नेपाल लगायत एशियाका विभिन्न देशका सफल व्यवसायीहरुलाई विभिन्न अवार्डबाट सम्मानीत गर्दै एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड २०२४ सम्पन्न गरेको छ । असोज २ गते बूधबार साँझ सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड तथा सम्मान कार्यक्रममा ग्लोबल डिप्लोमेसि एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका मानार्थ वाणिज्य दूत समेत उद्यमी, व्यवसायी राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरशीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल के.सी., लिडरशीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक डा.अनिल पोखरेल, आइकोनिक बिजनेस आन्टरप्रिनरशीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ, भिजनरी एडुुकेटर एण्ड रिसर्चर अवार्डबाट डा। स्वागत श्रेष्ठ, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्डबाट युगेश भक्त बाडे श्रेष्ठ, ग्लोबल एडुकेशन लिडरशीप अवार्डबाट महेन्द्र राज कँडेल, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरशीप अवार्डबाट डा. पियारत्न महर्जन, आउटस्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनऋशी धिताल, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरशीप अवार्डाबाट पूर्व मिस नेपाल एवं उद्यर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पंगेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लोकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, सुनिता अधिकारीलाई वुमन आन्टरप्रिनरशी अवार्ड, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट प्रदीप तिमिल्सिना, इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत ले अवार्ड ग्रहण गर्नु भएको थियो।   आ आफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धी संगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यवसायिक व्यक्तित्व बाहेक एशियन प्रोफेसनल अचिभेन्ट अवार्ड २०२४ले विभिन्न मुलुकका व्यवसायिक सफलता हात पारेका व्यक्तिहरुलाई पनि विभिन्न अवार्डबाट सम्मानीत गरेको थियो ।  जस अन्तर्गत दक्षिण कोरीयावाट इनोभेटिभ लिडरशीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङशु, पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्र्ेड लिडरशीप अवार्ड, भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाईल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड, बंगलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा।जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।  संचारकर्मी सहित विभिन्न क्षेत्र आमन्त्रीत लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थितिका वीच सम्पन्न सो अवार्ड कार्यक्रममा विभिन्न अवार्डबाट सम्मानीत भएकाहरुलाई कार्यक्रममा प्रमुख अतिथि सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अवार्ड हस्तान्तरण गरेका थिए । पूर्व भौतिक मन्त्री प्रकास ज्वाला र सांसद राजेन्द्र वजगाइले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नु भएको थिायो उक्त कार्यक्रम फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको संचालनमा सम्पन्न सो कार्यक्रम सिजन मिडियाका प्रमुख प्रदिप राज वन्तको स्वागत मन्तव्य संगै अगाडि बढेको थियो ।  सो, अवार्ड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि पूर्व मन्त्री समेत रहिसकेका माननीय एकनाथ ढकाल, वरिष्ठ संचारकर्मीद्धय किशोर श्रेष्ठ तथा खिल बहादुर भण्डारी, शिक्षाविद् हरि सिंह के.सी., व्यवसायी अमित शर्मा तथा वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधान सम्मीलित सल्लाहार बोर्डको महत्वपूर्ण भूमिका रहेको थियो ।

लोकप्रिय