‘सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित’

‘सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित’

काठमाडौं, बैशाख १३ । दिल्ली डेयरडेभिल्सले बुधबार एकाएक पत्रकार सम्मेलन गर्ने खबरसँगै केही अनपेक्षित घटनाको आशंका गरिएको थियो ।

नभन्दै अपरान्हको पत्रकार सम्मेलनमा टिमको नेतृत्व अब गौतम गम्भीरले नभएर श्रेयस् ऐय्यरले गर्ने जानकारी दिइयो।

गौतमले ‘कप्तानका रूपमा दबाब थेग्न नसकेको’ हुँदा आफूले कप्तान पद छाडेको बताए । त्यसो त गत सोमबार साँझ नयाँ दिल्लीको गृहमैदानमा जित नजिक पुगेर पनि दिल्ली डेयरडेभिल्सले हार बेहोरेपछि टिममा ठूलै फेरबदलको अड्कलबाजी सुरु भएको थियो। किनकि आईपीएल २०१८ मा अहिलेसम्म खेलेका ६ म्याचमध्ये दिल्लीले एकमात्र जित हात पारेको छ।

एकमात्र जित मुम्बई इन्डियनविरुद्ध हात पारेको हो । जसले गर्दा दिल्लीमाथि बाँकी खेलमा जित्नैपर्ने दबाब बढ्दै गएको थियो । जारी आईपीएलमा सुरुदेखि नै राम्रो फर्ममा रहेको किंग्स इलेभेन पन्जाबको १ सय ४३ रनको लक्ष्य दिल्लीले आफ्नो गृहमैदान र दर्शक दुवै लाभका कारण सहजै भेट्ने अनुमान थियो।

म्याचको सुरुदेखि नै दिल्ली टिमको मनोबल उच्च नै देखिन्थ्यो । पहिले ब्याटिङमा ओर्लेको पन्जाबलाई दिल्लीले सुरुदेखि नै दबाबमा राख्यो पनि । यो लक्ष्य पछयाउने क्रममा कप्तान गौतम गम्भीर, विष्फोटक ग्लेन म्याक्सवेललगायतका खेलाडी न्युन स्कोरमै आउट भए पनि श्रेयस ऐय्यरले दिल्लीको इनिङ्स सम्हालेका थिए।

४५ बलमा ५४ रन बनाएका ऐय्यरले दिल्लीलाई जित नजिक नै पुर्‍याए । अन्तिम दुई ओभरमा २४ रनको लक्ष्य खासै कठिन थिएन । ऐय्यर क्रिजमा जमिसकेका थिए। तर, १९ औं ओभरमा म्याचले अर्कै रुप लियो। उक्त ओभरमा वरिन्दर स्रनले लियाम प्लङकेटको विकेट लिएर ४ रनमात्र दिए।

यस सँगै अन्तिम ओभरमा जित पाउन १७ रन चाहिएको अवस्थाबाट दिल्ली अन्तिम बलमा ४ रन टाढा थियो । तर, ऐय्यर अन्तिम बलमा आरोन फिन्चबाट समातिए । यसरी छैटौं म्याचमा दिल्ली पाँचौं हारसँगै तालिकाको पुछारमा पुगेको छ। छैटौं म्याच नै खेलेको पन्जाब पाँचौं जितसँगै शीर्षस्थानमा उक्लिएको छ।

व्यक्तिगत र पूरै टिमको खेल कमजोर भएका कारण कप्तान गम्भीरले ठूलो दबाब बेहोरेका थिए । यिनै कारणले नै गम्भीरलाई कप्तानी पदबाट हटाइएको द हिन्दुका वरिष्ठ खेलपत्रकार राकेश रावले बताए।

यसअघि कोलकाता नाइट राइडर्सका कप्तान रहेका गम्भीरलाई दिल्ली टिमसँगको अनुबन्ध ‘घर फिर्ती’ का रूपमा प्रचारप्रसार गरिएको थियो । तर, पहिलो म्याचदेखि नै गम्भीरको नेतृत्वमा दिल्लीले अपेक्षित नतिजा निकाल्न सकेन।

त्यसो त टिमको संरचना हेर्ने हो भने दिल्ली अन्य कुनै टिमभन्दा कम देखिँदैन । गौतम गम्भीरको कप्तानी रहेको दिल्लीमा श्रेयस ऐय्यर जस्ता भरपर्दा ब्याट्सम्यानका अलावा क्रिस मोरिस, डान क्रिस्टियन, ग्लेन म्याक्सवेल, कोलिन मुनरो, लियाम प्लङकेट, जेसन रोयजस्ता अलराउन्डरका साथै ट्रेन्ट बोल्ट, मोहम्मद सामी, अमित मिश्राजस्ता धारिला बलर पनि छन्।

गम्भीरकै कप्तानीमा कोलकाता नाइट राइडर्सले सन् २०१२ र २०१४ को आईपीएल उपाधि जितेको थियो ।

दिल्लीका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ त आईपीएलमा खेलाडी र प्रशिक्षक दुवै हिसाबले सफल साबित भइसकेका छन् । मुम्बई इन्डियनबाट खेल्दै पोन्टिङले २०१३ को उपाधि जितेका थिए भने उनकै प्रशिक्षणमा मुम्बईले सन् २०१५ को आईपीएल जित्यो।

अब्बल खेलाडीको लामो सूची र सफल प्रशिक्षक पाएर पनि किन पछि परिरहेको छ त दिल्ली ?
दिल्लीको कमजोर प्रदर्शनका पछाडि विभिन्न कारणहरू रहेको पत्रकार रावले सुनाए । पहिलो, अन्तिम पाँच ओभरमा राम्रो नखेल्नु, ७ देखि १५ ओभरको बीचमा ब्याटिङ कमजोर हुनु र प्रत्येक म्याचपिच्छे खेलाडी परिवर्तन गर्नुलाई दिल्लीको हारका कारण मान्छन् उनी।

‘आफ्ना खेलाडीमाथि नै विश्वास नगरेपछि अनि कसरी टिमले राम्रो खेल्न सक्छ,’ रावले दिल्लीको कमजोरी केलाउँदै भने।

त्यसबाहेक गम्भीर, म्याक्सवेल, मुनरो, मिश्रा अपेक्षाअनुसार खरो नउत्रिएका कारण पनि टिम आफैंमा बलियो हुँदाहुँदै पछि परेको रावको विश्लेषण छ भनेर सुरेशराज न्यौपानेले नयाँ दिल्लीबाट लेखेको खबर आजको कान्तिपुर दैनिकमा छापेको छ।

साथै स्वयं कप्तान गम्भीरलगायतका नाम चलेका खेलाडी पनि टिमप्रति जिम्मेवार नदेखिएका कारण दिल्लीले लगातार हार बेहोरिरहेको उनको निष्कर्ष छ।

अहिलेसम्म खेलेका ६ खेलमध्ये ५ हारले आईपीएलको उपाधि दौडमा रहने दिल्लीको सम्भावना कमजोर बन्दै गएको छ । अबका बाँकी आठमध्ये कम्तीमा पनि सात खेल जित्नैपर्ने हुन्छ।

सामान्यतस् आईपीएलमा दाबेदारी प्रस्तुत गर्न आठ म्याच जित्नैपर्ने पत्रकार राव बताउँछन् । ‘असम्भव नै त भन्न सकिँदैन तर, दिल्ली शीर्ष चारमा रहन करिब–करिब असम्भव देखिन्छ,’ उनको विश्लेषण छ।

‘सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित’
आईपीएलमा पहिलो नेपाली खेलाडी भएर प्रतिनिधित्व गरेका सन्दीप लामिछानेले खेल्न पाउँछन् कि पाउँदैन भन्ने चासो नेपालमा मात्र होइन भारतमा पनि उत्तिकै रहेको देखिन्छ । स्वदेश र विदेशमा रहेका सबै नेपालीको ध्यान सन्दीप प्लेइङ सेटमा कहिले पर्छन् भन्नेमा छ । सामाजिक सञ्जालका टिप्पणीहरू पनि त्यसैमा केन्द्रित हुने गरेका छन्।

गत सोमबारको म्याचका क्रममा सन्दीप मैदान छिरेका थिए तर, ड्रिंक्स ब्रेकमा मात्र । दिल्लीको खेलाडीको सूची र सन्दीपको अनुभव हेर्ने हो भने जारी सिजनमा उनको खेल्न पाउन सम्भावना निकै कम देखिन्छ।

‘एक पटकमा विदेशी खेलाडी बढीमा चार खेलाइने नियमले पनि सन्दीपको सम्भावना कम देखिन्छ, किनकि अन्य विदेशी खेलाडी उनीभन्दा निकै खारिएका र अनुभवी छन्,’ क्रिकइन्फोका सिद्धार्थ मोन्गाले भने। मोन्गा तिनै पत्रकार हुन् जसले जारी आईपीएलमा दिल्लीबाट खेल्ने सम्भावित खेलाडीको खेल र अनुभव विश्लेषण गरी सम्भावित प्लेइङ एलेभेनको सूची प्रकाशित गरेका छन् । जसमा सन्दीप अटाएका थिएनन्।

दिल्लीमा आयोजित एक कार्यक्रममा सन्दीपले आईपीएल खेल्न पाउँलान् रु भन्ने कान्तिपुरको प्रश्नमा प्रतिभावान भए पनि सन्दीपलाई आईपीएलजस्तो प्रतियोगिताका लागि निखारिन समय लाग्ने भन्ने प्रशिक्षक पोन्टिङको जवाफले पनि यस सिजन खेल्ने सम्भावना कम रहेको संकेत गर्छ।

विगत करिब चार दशकदेखि खेलपत्रकारिता गर्दै आएका राव पनि दिल्लीको आईपीएलको हालसम्म नतिजा हेर्दा खेल्ने सम्भावना नरहेको बताउँछन् । उनी त सन्दीपले खेल्न पाउनु नपाउनु भन्दा पनि आईपीएलमा अनुबन्ध हुनुलाई नै नेपाली क्रिकेटजगतले ठूलो अवसरका रूपमा लिनुपर्ने सुझाव दिन्छन्।

‘विश्वस्तरीय खेलाडी र कोचहरू कसरी बोल्छन्, कसरी खेल्छन् भन्ने कुरा थाहा पाउनु पनि उनी जस्ता युवा खेलाडीका लागि सुनौलो अवसर हो,’ रावले भने, ‘सन्दीपको अनुभवबाट पूरै नेपाली क्रिकेट भविष्यमा लाभान्वित हुनसक्छ।’

त्यसो त बेन्चमा बस्ने उनी एक्ला खेलाडी भने होइनन् । गत फेब्रुअरीमा यू–१९ विश्वकप जित्ने भारतीय टोलीका कप्तान मन्जोत कार्लाले पनि अहिलेसम्म अवसर पाएका छैनन् । विश्वकप विजेता टोलीका अर्का सदस्य अभिषेक शाहले पनि अवसर पाउन कति म्याच कुर्नुपर्ने हो निश्चित छैन।

त्यसैले क्रिकेटका हस्तीहरूसँग भारतभर घुम्न पाउनु र सँगै उठबस गर्न भाग्यले मात्र पाइने हुँदा सन्दीपले बेन्चमा बस्नुपर्‍यो भनेर नबुझ्न सबै क्रिकेट नेपालीलाई रावले अनुरोधसमेत गरे ।

‘हेर्दै जानुस् सन्दीपले हासिल गरेको अनुभवले नेपाली क्रिकेटलाई बेग्लै उचाइ दिनेछ,’ रावले विश्वास जगाउँदै भने, ‘एक सिजनमा खेल्न पाइन भनेर निरास भइहाल्नुपर्दैन । उनको आईपीएल प्रवेशले अन्य नेपाली खेलाडीका लागि पनि ढोका खुलेको छ । दिल्लीले हारे पनि सन्दीप र नेपाली क्रिकेटको जित सुनिश्चित छ ।’

पारसको चर्चा
सन्दीपको आईपीएल प्रवेशले अन्य नेपाली खेलाडीका लागि बाटो खुलेको दिल्लीका वरिष्ठ खेलपत्रकारबीच नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको चर्चा हुनुले पनि संकेत गर्छ । पारसकै कप्तानीमा गत महिना नेपालले ५ वर्षसम्मका लागि वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

आईसीसी विश्वकप छनोट प्रतियोगितामा पारसको कप्तानीमा नेपालले देखाएको प्रदर्शनलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका क्रिकेटहरूले समेत प्रशसां गरेका थिए ।

जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगितालगत्तै आइसिसिले निकालेको प्रतियोगिताका उत्कृष्ट ११ खेलाडीको सूचीमा पारस पनि परेका थिए । नेपालले उनको नेतृत्वमा पाएको पछिल्लो उपलब्धि र व्यक्तिगत खेलकौशलकै कारण हुनुपर्छ।

गत सोमबार साँझ दिल्ली र पन्जाबको म्याचका दौरान भेटिएका केही खेलपत्रकारले पारस खड्का किन आईपीएलमा अनुबन्ध भएनन् भन्ने जिज्ञासा राखेका थिए। पारसजस्ता अलराउन्डर र कन्फिडेन्ट क्रिकेटर आईपीएलका लागि फिट भएको उनीहरूको भनाइ थियो।

क्रिकइन्फोका मोन्गाले पनि पारसले आईपीएलमा अनुबन्ध नपाएकोमा आश्चर्य व्यक्त गरे । ‘ट्वान्टी–ट्वान्टी क्रिकेटलाई पारसको जस्तो एग्रेसन र शैली सुहाउँछ । किन कुनै पनि टिमले उनलाई अनुबन्ध गरेनन् मैले बुझ्न सकेको छैन,’ मोंगाले भने।

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय