सात नम्बर प्रदेशमा राप्रपा-एमाले र काँग्रेस-माओवादीबीच चुनावी तालमेल

सात नम्बर प्रदेशमा राप्रपा-एमाले र काँग्रेस-माओवादीबीच चुनावी तालमेल

कैलाली,वैशाख २४ । प्रमुख चार दलबीच केन्द्रीय स्तरमा स्थानीय तहको पहिलो चरणको निर्बाचनमा भएको चुनावी समिकरण सात नम्बर प्रदेशमा पनि हुने देखिएको छ ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच दोस्रो चरणमा सात नम्बरमा हुने स्थानीय तहको निर्बाचनका लागि समिकरणको प्रयास जारी रहेकै बेला नेकपा एमाले र राप्रपाबीच पनि तालमेलका लागि संवाद र छलफल शुरु भएको छ ।

माओवादी केन्द्रले सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा उम्मेदवारहरु तय गरिसकेको छ । र केही तहमा मात्र उसले उम्मेदवार घोषणा गरेको छैन । उता एमालेले पनि अधिकांश तहमा उम्मेदवार चयन गरिसकेको छ । तर, दुबै पार्टीका नेताहरुले उम्मेदवारी घोषणा भईसकेपनि समिकरणमा त्यसले असर नगर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा सात नम्बर प्रदेश ईञ्चार्ज लेखराज भट्टले नेपाली काँग्रेससंग चुनावमा मिलेर जान सहमतीका लागि प्रयास भईरहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी सावदसंग यो विषयमा दुई पटक र भौतिक पूर्बाधार तथा यायात मन्त्री रमेश लेखकसंग पनि एक पटक छलफल भईसकेको छ, माओवादी केन्द्रका नेता भट्टले भने, सरकार झै स्थानीय तहको निर्बाचनमा पनि मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको छ ।

तर कुन ठाऊमा कसलाई कसले छोड्ने भन्ने विषयमा भने छलफल भईसकेको छैन । माओवादी नेता भट्टले भने, प्रारम्भिक चरणमा स्थानीय तहको निर्वाचनमा काँग्रेससंग मिलेर जाने लगभग निश्चित भएको छ ।
काँग्रेससंग सहमती भएमा अत्तरीया नगरपालिकामा माओवादीका तर्फबाट मेयरको उम्मेदवार घोषणा गरिएका गोकर्ण भट्ट दुईटै पार्टीका साझा उम्मेदवार हुने निश्चित छ । भट्ट माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टका सहोदर भाई हुन् ।
कतिपय काँग्रेस र माओवादी कार्यकर्ताले आफ्नो भाईको जीत सुनिश्चित गर्न पनि माओवादी नेता भट्टले काँग्रेससंग सहमतीका लागि निकै जोड गरेको बताएका छन् ।
माओवादी नेता भट्टले मेयर पदका उम्मेदवार भट्ट आफ्नो भाई भएकै कारण टिकट पाएको र उनलाई जिताउन मात्र समिकरण भईरहेको भन्ने भनाई संकिर्ण भएको बताए ।
मेयर पदका उम्मेदवार गोकर्ण भट्टले मेरो भाई भएका कारण टिकट पाएका होईनन, माओवादी नेता भट्टले भने,पार्टीको कार्यकर्ताका हैसियतले उसले पु¥याएको योगदान र जित्न सक्ने व्यक्ति भएका कारण टिकट पाएको हो ।
अत्तरीया नगरपालिका काँग्रेसको गढ मानिन्छ । माओवादीले कैलारी गाँउपालिका र घोडाघोडी नगरपालिकामा पनि आफ्नो पार्टीलाई सहयोग गर्न काँग्रेससंग आग्रह गरिरहेको छ । अहिले कैलारी र घोडाघोडी नगरपालिकामा पनि काँग्रेस र माओवादीका बीचमा कडा प्रतिस्पर्धा छ । यदि काँग्रेससंग सहमती भएमा यी दुबै ठाऊमा माओवादीले जित्ने अनुमान गरेको छ ।
धनगढी उपमहानगरपालिकामा भने माओवादीले काँग्रेसलाई छोड्ने संकेत छ ।
माओवादी केन्द्रका नेता भट्टले सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २५ वटासम्ममा माओवादीले जित्ने दावी गरे । उनले आफ्नो पार्टी तेस्रो स्थानमा भएको समेत स्वीकार गरे ।
काँग्रेससंग सैद्धान्तिक मतभिन्नता रहेपनि चुनावमा भने मिलेर जान बैचारिक तथा सैद्धान्तिक मतभिन्नताले नछेक्ने स्पष्ट पारे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी सावदले पनि सात नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा माओवादीसंग मिलेर जाने विषयमा छलफल भएको स्वीकार गरे ।
तर कहाँ र कति तहमा सहमती गर्ने, कसले कसलाई कहाँ छाड्ने भन्ने सहमती भईनसकेको काँग्रेस नेता सावदले बताए ।
उता नेकपा एमालेका सात नम्बर प्रदेशका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले सात नम्बर प्रदेशमा राप्रपासंग मिलेर स्थानीय तहको निर्बाचनमा मिलेर लड्ने विषयमा छलफल भएको बताए ।
धनगढी उपमहानगरपालिकामा एमालेलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको नेता सुवेदीले बताए ।
धनगढी उपमहानगरपालिकामा राप्रपाले अहिलेसम्म उम्मेदवार तय गरेको छैन । पार्टीभित्र मेयर पदको आकांक्षी कोही नभएकोले पनि राप्रपा मौन देखिएको छ ।
एमाले नेता सुवेदीले पनि राप्रपासंग सहमतीको प्रयास भईरहेपनि सहमती भने भईनसकेको बताए । नेता सुवेदीले भने, केन्द्रीय स्तरमा राप्रपासंग सहमती भएकोले सात नम्बरमा त्यही सहमतीलाई निरन्तरता दिने विषयमा एमाले सकारात्मक छ, ।

अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रह

काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न दश किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । तीन सूत्रीय मागपत्र बोकेर राजधानी आएका उनीहरुले मकरीगाड–खण्डेश्वरी (१० किलोमिटर) सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडा र वस्तीहरुमा राष्ट्रिय विद्युत लाइन विस्तार र वडा नम्बर ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गरे । जवाफमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरुवात गरिएको जानकारी दिंदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । त्यतिबेला पालिका मुकामसम्म पुग्ने गरी बजेटका लागि निर्देशन दिइएको भए पनि आवश्यक बजेट नपरेको उल्लेख गर्दै बजेट शीर्षक परेकाले सरकारले चाहेमा स्रोत सुनिश्चित गर्न सक्ने भएकाले आफूले प्रतिपक्ष दलको नेताको रुपमा पहल गर्ने बताउनुभयो । सुदूरपश्चिमको परिचित अपि हिमालको नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत विस्तारका लागि विद्युत प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताउनुभयो । सो क्रममा गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देबकीदेवी बोहरा, सबै वडा अध्यक्षलगायतका जनप्रतिनिधि, कर्मचारी, कांग्रेसका पालिका सभापति शोबनसिंह लोथ्याल, माओवादी केन्द्रका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकाया लगायत ३५ जनाद्वारा हस्ताक्षरित ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई बुझाइएको थियो ।  

सिजाङ भूकम्पको क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ–‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

काठमाडौं । काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो । स्थानीय अधिकारीहरूले उद्धार कार्यका लागि यातायात, जलस्रोत, आवास तथा शहरी–ग्रामीण विकास विभाग, गाउँ–नगरका प्रतिनिधिहरूलाई परिचालन गरेका छन्। साथसाथै, अफ्टरशकको प्रभावबाट बच्न स्थानीय बासिन्दाको सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गरिरहेको डिङ्ग्री काउन्टीका प्रमुखले जानकारी दिए। आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार, बिहान ९:२० बजे शिगात्सेको फायर ब्रिगेडका ७५ जना कर्मचारी र ६ वटा सवारी साधन तयारी अवस्थामा थिए। अग्रभाग टोलीका १५ जना कर्मचारी र तीनवटा सवारी साधन भूकम्पको केन्द्रबिन्दुतर्फ जाँदै थिए। बिहान ९:४५ बजे सम्ममा, २१५ जना उद्धारकर्मी केन्द्रबिन्दुतर्फ जाँदै थिए, जसमा तिब्बती वन फायर ब्रिगेडको १० जना र तीन सवारी साधन तथा विशेष कार्य टोलीका ९० सदस्य समावेश थिए। चीनको सैन्य स्रोतका अनुसार, जनमुक्ति सेना (PLA), सशस्त्र प्रहरी बल, साथै मिलिसिया र रिजर्भ फोर्सका ५०० भन्दा बढी सदस्य पूर्ण रूपमा परिचालनका लागि तयारी अवस्थामा छन्। शिन्ह्वाका अनुसार, चीनको भूकम्प नेटवर्क केन्द्र (CENC) ले दिएको विवरणअनुसार, भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। CCTV न्यूजका अनुसार, भूकम्पको केन्द्रबिन्दुको पाँच किलोमिटर परिधिमा सात गाउँहरू र २० किलोमिटर परिधिमा दुई नगरहरू रहेका छन्। केन्द्रबिन्दुको वरपरको पाँच किलोमिटर क्षेत्रमा औसत उचाइ लगभग ४,२५९ मिटर रहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, मंगलबार ०१:०५:१६ GMT मा नेपालको लोबुचेबाट ९० किलोमिटर उत्तरपूर्वमा ७.० म्याग्निच्युडको भूकम्प गएको छ। शिन्ह्वाका अनुसार, यसको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा २८.५८ डिग्री उत्तर अक्षांश र ८७.३९ डिग्री पूर्व देशान्तरमा रहेको थियो।

नेपाल–चीन सिमानामा ७ म्याग्निच्यूटको भूकम्प

काठमाडौं । मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना नजिक दिङ्गे काउन्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ। भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो। भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए। वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको हो। नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्यूडको भएकम्प गएको थियो। गोरखा केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पपछि नेपालमा लागतार सानाठुला भूकम्प गएका थिए। पछिल्लो दुई महिनामा मात्र पश्चिम नेपालमा चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प पटकपटक गहिरहेको थियो।

लोकप्रिय