सुन तस्करीमा संलग्न थप २ जना काभ्रेबाट पक्राउ
काठमाडौं, पुस २७ । त्रिभुवन विमानस्थलमा सुन तस्करीको आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत साता करिब ३३ किलो सुन प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका हुन ।
मंगलबार राती काभ्रेको पनौतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भरियामार्फत ल्याएको सुन बुझ्ने व्यक्ति हुन । सुन तस्करीको यो घटनामा संलग्न कसैलाई पनि नछाडिने प्रहरीले जनाएको छ ।
यद्यपी सुन तस्करीका मुख्य नाइकेहरु पनि अझै सार्वजनिक भएका छैनन् ।
सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको भाउ तोलामै १ लाख ६७ हजार ४ सय रुपैयाँ
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत बुधबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो। बिहीबार र शुक्रबार भने सुनको भाउ १ लाख ६६ हजार रहेको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १२ रुपैयाँले बढेको हो ।
एकैदिन दुई हजार रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति ?
काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज भने प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घट्यो सुनचाँदीको मुल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ । बुधवार सुनको मुल्यमा हालसम्मकै उच्च रेकर्ड राख्दै तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै विहीबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्यमा बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।