हिमाँचल ट्रेकिङ गएका नेपाली विद्यार्थीको कारुणिक वृत्तान्त-आँखैअगाडि दुई साथी गुमे

हिमाँचल ट्रेकिङ गएका नेपाली विद्यार्थीको कारुणिक वृत्तान्त-आँखैअगाडि दुई साथी गुमे

काठमाडौं, बैसाख २ । साहसिक यात्रा (एडभेन्चर ट्रिप) अनुभवको मूल्य दुई साथीको ज्यानै गुमाएर चुकाउनुपर्ला भनेर यी विद्यार्थीले पक्कै कल्पना गरेका थिएनन्। रमाइलो गर्ने, घुम्ने, नयाँ ठाउँको मजा लिने अनि हिउँसँग खेल्ने भनेर गत साता तीनदिने ट्रेकिङका लागि हिमाँचल प्रदेशको कुल्लु गएका पाँच नेपाली युवामध्ये दुई जनाले ज्यानै गुमाउनुपर्‍यो। प्राकृतिक सुन्दरता, मनमोहक दृश्यावलोकन सँगै हिउँको मज्जा लिँदै रमाइलो गर्न हिडेका उनीहरुको एडभेन्चर जिन्दगीभरका लागि नमिठो संझनामा परिणत भयो। दुइ साथीलाइ गुमाउनुको पिडासँगै उनीहरुलाइ आफूले पाएको पूनर्जीवनको वास्तविकता पत्याउनै गाह्रो भइरहेको छ।

यो खबर आजको अन्नपूर्णमा नयाँ दिल्लीबाट आशा थपलियाले लेखेकी छन्।

हिमांचलको मणिकरण घाटीमा पर्ने रसौल–मलाना ट्रयाकमा हिडेका यी विद्यार्थीहरु रसौलटप भन्ने स्थानमा फँसेका थिए। पानी परेर चिसो भएको मौसममा हिमपात समेत भएपछि उनीहरु हराएका थिए। त्यसै क्रममा जीवन र मृत्युसँग पौँठेजोरी खेल्दै चम्पापुर कंचनपुरका संतोष ऐर र काठमाडौंका विप्रा पोखरेल सदाका लागि अस्ताए भने तीन जनाले पूर्नजीवन पाए। बाँचेका मध्ये एक अर्जुन मि श्र कुल्लुको जिल्ला अस्पतालबाट डिस्चार्ज भएर फर्किएपछि नयाँ दिल्लीको लक्ष्मीनगरमा पंक्तिकारसँग कुरा गर्न तयार भए।

चार वर्षदेखि उत्तर प्रदेशको ग्रेटर नोयडाको आइआइएमटी इन्जिनियरिंग अन्तिम वर्षका छात्र अर्जुन मि श्र केहि महिना अघि मात्र हिमांचल प्रदेशको कुल्लुको ट्रेकिंगबाट फर्किएका थिए। ‘साथीहरुसँग फेरि जाने योजना बनायौं, मेरै नेतृत्वमा ट्रेकिङका लागि हिडेका थियौं। गाइड गर्न सक्छु भन्ने थियो। दिल्लीबाट कुल्लु हिडेका हामी मणिकरण ,खीरगंगा,रसौल हुँदै कसौलसम्म पुग्यौं,’ अर्जुनले भने। चैत १९ गते शनिबार राती साढे बाह्र बजे दिल्लीबाट हिडेका पाँच विद्याथी तीन दिनमा फर्किहाल्ने योजनामा थिए। तर, नियतीले अर्कै योजना बनाएको थियो उनीहरुका लागि।

अर्जुनको अनुभव फेल खायो। ४ हजार फिटको उचाइमा रहेको रसौलबाट मलाना गाउँ तर्फ जाने क्रममा अचानक पानी पर्न थाल्यो। हिमपात पनि शुरु भयो। ‘हिडदै गयौं, हाम्रो अनुमानअनुसार तीन घंटामा मलाना पुगिसक्छौं भन्ने थियो। तर दुर्भाग्य सात बजेसम्म पनि हामीले बाटो फेला पार्न सकेनौं,’ उनले भने, ‘रसौलटप भन्ने ठाउँमा पुग्यौ, चारैतिर हिउँले पुरिएको छ, घुमिफिरी एउटै ठाउँमा पुग्थ्यौं। केहि बेरपछि हामीले चाल पायौं, बाटो भुल्यौ भनेर।’ हिउँको चिसोले उनको पैताला अझै लाटिएको छ। मोबाइलको चार्ज पनि सकिइसकेको थियो।

संतोष (चिसोले कठाग्रिएर निधन भएका कन्चनपुर निवासी संतोष ऐर) को मोबाइलमा १५ प्रतिशत ब्याट्री रहेछ। त्यसैबाट उनीहरूले सय नम्बरमा प्रहरीलाइ फोन गरे। दिल्लीमा रहेका दाइ राजेश घिमिरेलाई फोन गरेर बाटो भुलेको र चाँडै उद्धार नभए नबाँच्ने बताए। ‘कहाँ छौं भन्ने पनि थाहा छैन। हिउँ पर्न रोकिएको थिएन, चिसोले कठाग्रिदै थियौं। बाँच्दैनौ भन्ने थियौँ, तैपनि एक अर्कालाइ हौसला दियौं,’ उनले भने। आफूसँग भएका लुगाफाटोदेखि कागज, मोबाइल चार्जर, यहाँ सम्म कि केहि नोट पनि जलाए उनीहरूले तातो पाउने आशमा। तर पनि चिसोलाई जित्न सकेनन्। राति साढे एघार बजेतिर फोनको ब्याट्री पनि सकियो। पाँचै जनाको एक अर्का भन्दा कुनै विकल्प थिएन।

‘एक अर्कालाइ घेरा पारेर म्युचुअल हिट ( शरिरको सामुहिक तापक्रम) लिइरहेका थियौँ, एकछिन त निदायौँ, बीचमा एकपटक निद्रा खुलेको थियो, साँस फेर्न गाह्रो भइरहेको थियो,’ उनले सम्झिए। विप्रा (काठमाडौंबाट चार्टड एकाउन्टेन्ट अध्ययनका लागि दिल्ली आएका विद्यार्थी विप्रा पोखरेल)ले ‘टुडे इज नट द डे, आइ एम गोइंग टु डाइ’ भनेको अर्जुन अझै सम्झन्छन्। बिप्राले त्यहीँ ज्यान गुमाए। ‘भोलिपल्ट बिहानको आठ नौ बजेको थियो होला, उठ्न खोजेँ, सकिनँ, आँखा खोल्नै सकिरहेको थिइन, हिउँमै लडे। त्यसपछि के भयो मलाइ थाहा छैन्,’ उनले भने। बाँचेका तीनमध्ये सबैभन्दा गम्भीर अवस्थामा थिए अर्जुन। उद्धार गरिएको १७ घण्टापछि उनको होस खुलेको थियो। बिस्तारै आँखा खोलेपछि चारैतिर डाक्टर देख्दा उनलाई कतै मृत्युलोकपछिको संसारमा छुकि जस्तो भान भयो। चिसोले जमेको शरीर र मस्तिष्क बिस्तारै सामान्य भइसकेपछि उनलाई आफू नमरेको विश्वास भयो। बाँचे भन्ने भएपछि ढुक्क भएर उनले फेरि आफूलाइ छाड्दिए र पूनः बेहोस भए।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय