१० ठाउँमा घुस खुवाउनुपर्ने व्यवस्था अन्त्य गर्छौं : पर्यटनमन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । महाप्रवन्धक ठाकुरले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरवेजसँग करोडौं घुस लिने गरेकाले निलम्वन गरिएको बताए । यस्तै उनले आफूले कसैको एक पैसा पनि नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।
‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन । यो मन्त्रीले पैसा खाँदैन । मन्त्रीलाई पैसा मन पर्दैन । ढुक्कसँग काम गनुस् । सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनुपर्यो । विमानस्थलको निर्देशकलाई भर्खरै निलम्वन गरेर आएँ । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछन् । करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनु पर्ने, कहिले कहिले बुझाइयो रु क–कसलाई बुझाइयो रु त्यो स्पष्ट हुनुपर्छ । पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाइँहरूले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् । सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस् । कर्मचारी जस्तो नहुनुस् । तपाइँहरूलाई नीति बनाउन पठाएको हो,’ मन्त्री किराँतीले भने ।
पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने मन्त्री किराँतीको भनाइ छ । उनले सुशासन विधिको शासनभन्दा बाहिर कोही पनि चल्न नसक्ने बताएका थिए । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ थियो ।
यस्तै पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको पनि उनले बताए । प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको पनि मन्त्री किराँतीले बताए । उनले भने, ‘पर्यटन व्यवसायीहरु समस्यामा छन् । पर्यटन व्यवसायीहरु ऋणको पासोमा छन् । उनीहरुको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्योलता कसरी हुँदैछ रु अहिले सानो दियो क्षितिजमा बलेको छ । पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ । प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दैछ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौं ।ु यस क्रममा मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउनेगरी कार्ययोजना ल्याउन पनि पर्यटन बोर्डलाई निर्देशन दिएका थिए ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।