२०७५ सालको जेठमा मलमास : कुन–कुन चाड कहिले–कहिले सरे ?
काठमाडौं । आगामी वर्ष २०७५ मा जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिएर छापिएका पात्रोहरूका अनुसार २०७५ साल जेठमा मलमास परेको हो ।
विजयादशमी कात्तिक २ गते परेको छ। नवरात्र भने असोज २४ गते सुरु हुने छ अर्थात् सो दिन घटस्थापना गरिने छ। फूलपाती असोज ३०, महाष्टमी ३१ र महाानवमी कात्तिक १ गते पर्ने पञ्चाङ्गहरूले उल्लेख गरेका छन् ।
यस्तै तिहारको लक्ष्मीपूजा कत्तिक २१ गते बुधबार परेको छ। २२ मा गोवर्धन र गाइपूजा, २३ गते भाइटीटा (भ्रातृद्वितीया) परेको छ । मिथिलाञ्चलवासीको महत्त्वपूर्ण पर्व छठ (सूर्यषष्ठी) कात्तिक २७ गते परेको छ ।
यस्तै आमाको मुख हेर्ने पर्व मातथीर्थ औँसी वैशाख ३ गते परेको छ । उक्त दिन सोमबार परेको छ । सनातन धर्म–संस्कृतिमा सोमबारे औँसीलाई महत्त्वपूर्ण मानिन्छ ।
यस्तै अक्षय तृतीया वैशाख ५ गते पर्ने पात्रोहरूमा उल्लेख छ ।
बुद्धजयन्ती वैशाख १७ गते परेको छ। यसैदिन किरात समुदायको उभौली पर्छ। जेठ १ देखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ । सामान्यतया एउटै महिना (सौर) मा दुईवटा औँसी पर्दा त्यो मलमास हुन्छ ।
जेठ १ र ३० गते औँसी छन् । मलमास परेपछि चाडपर्वहरू एक महिना पर धकेलिन्छन् । मलमासको समयमा चाडपर्व पर्दैनन् भने अन्य मांगलिक कार्य पनि गर्नुहुँदैन भन्ने मान्यता छ । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा साउन ११ गते छ।
यस्तै चतुर्मास व्रतअन्तर्गतको हरिशयनी एकादशी साउन ७ गते परेको छ । रक्षाबन्धन तथा रक्षाबन्धन भदौ १० गते पुगेको छ । बाबुको मुख हेर्ने औँसी भदौ २४ गते पुगेको छ। तीज भदौ २७ र ऋषिपञ्चमी भदौ २९ गते परेको छ। सोह्रश्राद्ध असोज ९ गते सुरु भई २२ गते सकिने पञ्चाङ्गहरूले जनाएका छन्।
यस्तै हरिबोधिनी एकादशी मंसिर ३ गते पुगेको छ। चतुर्मास व्रत भने मंसिर ७ गते पूर्णिमाका दिन सकिने उल्लेख छ। यस्तै बालाचतुर्दशी पर्व मंसिर २० गते परेको छ।
जनकपुरको महत्त्वपूर्ण पर्व विवाहपञ्चमी मंसिर २६ परेको छ। किरातहरूको उँधौली पर्व अर्थात् धान्यपूर्णिमा पुस ७ गते परेको छ।
काठमाडौं उपत्यकाको महत्त्वपूर्ण स्वस्थानी व्रत माघ ७ गते सुरु भएर फागुन ७ मा पूरा हुने पात्रोहरूले जनाएका छन् । विद्यार्थीहरूको विशेष दिन श्रीपञ्चमी माघ २७ मा पुगेको छ। महाशिवरात्रि फागुन २० गते सोमबार परेको छ।
यस्तै फागुपूर्णिमा चैत ७ मा पुगेको छ। चैतेदसैँ र रामनवमी चैत ३० गते एकैदिन परेको छ। यस्तै साउन ११ गते आषाढ शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण परेको पञ्चाङ्गहरूले उल्लेख गरेका छन्।
बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´ उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।
बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्। राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए । तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।
देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् । मन्त्रीहरुसँग सामूहिक छलफल गर्न उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।