गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो
५ पुष, २०८०
सिन्धुली । सिन्धुलीगढीमा तात्कालीन गोर्खाली र अंग्रेजबीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीगढीमा भित्रिएको छ । सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका मध्यपुर्वी पृतनाका पृतनापति प्रेमध्वज अधिकारीबाट कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेललाई करिव २ सय ५६ वर्ष अगाडिको तोप सिन्धुलीगढी युद्ध संग्र्रहालयमा राख्न हस्तान्तण गरेका हुन् । वि स. १८२४ ताका सिन्धुलीमाढीको जीतपुर÷लब्दाह खोला छेउमा गोदार थापा र मगर लडाकुहरुको संयुक्त फौजले इष्ट इण्डिया कम्पनीका सेना टमस हार्डी र इन्साईन किथ नेतृ्त्वको कम्पनी फौज उपर चम्पनसिहं थापा नेतृत्वको फौजले धानखेतमा आक्रमण गरि सो तोप खोसेका थिए । वि सं.२०३७ सालसम्म सो तोप सिन्धुलीगढीमा नै रहेपनि पछि तत्कालीन शाही नेपाली सेनाले वीरगञ्ज लगेको थियो । करिव २ पाथी गोली र बारुद जाने यो तोप उसबेला गोर्खालीहरुका लागि मात्र नभइ काठमाण्डौ उपत्यकाका लागि पनि नौलो प्रकारको तोप मानिन्थ्यो ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
५ पुष, २०८०
श्रीलंकाका विदेशमन्त्री नेपाल भ्रमणमा
५ पुष, २०८०
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि
५ पुष, २०८०
माओवादी सचिवालय बैठक बिहीबार बस्ने
४ पुष, २०८०
थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी
४ पुष, २०८०

