अचम्मः १०१ वर्षमा जन्माइन १७ औं बच्चा
पत्याउन सकिन्न यो समाचार । हैन रु एक सय एक वर्षमा पनि कोही गर्भवति हुन सक्छन् त ?
‘अहँ सक्दैनन्’ सबैले यही भन्छन् । तर यस्तो भएको छ । पत्याउन करै लाग्छ ।
इटलीकी यी महिला एक सय एक वर्षकी छिन् । तर यिनले सबै तथ्यहरुलाई चुनौती दिँदै १७ औं बच्चा जन्माइन ।
एक सय एक वर्षकी महिलाले नौ पाउण्डको बच्चा जन्माएको खबरले चिकित्सा जगतमा आलोचना समेत भएको छ ।
कसरी सम्भव भयो त ?
समाचार अनुसार, टर्कीको एउटा निजि क्लिनिकमा डा। एलेक्जेन्ड्रो पोपोलिकीले यी महिलामा अण्डाशय प्रत्यारोपण गरेका थिए । यो प्रत्यारोपण अप्रेशनले चिकित्सा क्षेत्रमा विवाद सिर्जना भएको हो । यूरोपियन कानुनहरुले अण्डाशयको प्रत्यारोपणलाई अवैध बताउँदै आएका छन् ।
अनातोलिया व्हर्टाडेला नाम गरेकी यी महिला भने औधी खुशी छिन् । १७ औं बच्चा भगवानको आशीर्वाद भएको उनको बभनाई छ । १६ बच्चा पाएपछि डिम्बग्रन्थीमा क्यान्सर लागेपछि उनी निकै निराश थिइन । अहिले फेरी आमा बनेपछि आफू गौरवान्वित भएको उनको अनुभूति छ ।
सन्तान नजन्मेको भन्दै श्रीमानको लिंग काटेपछि…
काठमाडौं । छिमेकी मुलुक भारतमा एक जना महिलाले विवाह भएको १० वर्ष बितिसक्दा पनि आफ्नो कोखबाट सन्तान नजन्मेको भन्दै श्रीमानको लिंग काटिदिएका छन्। राजधानी दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा यो घटना भएको हो। समाचारमा उल्लेख भएअनुसार, आफ्नो कोखबाट बच्चा नजन्मेपछि ती महिला मानसिकरुपमा विक्षिप्त थिइन्। बिहा भएको १० वर्ष बितिसक्दा पनि बच्चा नहुनुमा श्रीमान दोषी रहेको उनको ठहर थियो। बच्चा नजन्मेको भन्दै ती महिलाले आफ्नो श्रीमानसँग अधिकाँश समय झगडा गर्ने गर्थिन्। उनले झगडाका क्रममा श्रीमानको लिंग काम नलाग्ने जस्ता बचन लगाउँथिन्। रिता नाम गरेकी ती ३० वर्षीया महिलाले बुधबार विहान भने श्रीमानसँग ठूलै झगडा गरिन्। झगडाको क्रममा उनको रिस झन बढ्दै गयो। त्यसपछि उनले चक्कु ल्याएर श्रीमानको लिंग नै काटिदिइन्। श्रीमतीले लिंग काटिदिएपछि उनका श्रीमान गुहार माग्दै रोइकराइ गरेका थिए। छिमेकीले थाहा पाएपछि उद्धार गरेर उनलाई अस्पतालमा लगिएको थियो।घटनापछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसँगको वयानमा उनले श्रीमानले आफूलाई समय नदिने गरेको, झगडा मात्रै गर्ने गरेको र विवाहको केही समयपछिदेखि आफूसँग यौन सम्पर्क पनि नराखेको र सोही कारण आफ्नो बच्चा नरहेको बताएकी छन् । उनले श्रीमान भएर पनि यौन सम्बन्ध नराख्नेको लिंगको कुनै अर्थ नरहेको भन्दै च्वाट्ट काटिदिएको वयानसमेत दिएकी छन्।
युवतीहरुबाट ‘यौनप्रस्ताव’ले हैरान छन् यी युवक
यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद अवद तनावमा छन् । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाएका छन् । आखिर किन त ?उनीसँग महिलाहरुले त्यसै सेक्स गर्न चाहेका हैनन् । उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् । ४४ वर्षीय मोहम्मदको ६ वर्षको उमेरमा दुर्घटनामा परेपछि लिंग काटिएको थियो । हालै मात्र उनले कृतिम लिंग राखेका हुन् । जब कृतिम लिंग भएको हल्ला चल्यो, त्यसपछि युवतीहरुले यसको अनुभव लिन यौनसम्पर्कको प्रस्ताव राखेका हुन् । उनले डेली मेल नामक पत्रिकालाई भनेका छन्, ‘मलाई अनलाइनमार्फत थुप्रै महिलाको सन्देश आइरहेको छ । अधिकाँशले मसँग सेक्स गर्न चाहेका छन् । उनीहरुले मेरो बायोइपिक लिंगको बारेमा सुनेर सेक्स प्रस्ताव राखेका हुन् । उनीहरुले मसँग यसकारण पनि सेक्स प्रस्ताव राखेका हुन् कि म विना दुखः घण्टौं सेक्स गर्न सक्छु ।’ चिकित्सकका अनुसार दुर्घटनामा उनको लिंग काटिएको भएपनि एउटा अण्डकोष भने यथावत थियो । यसकारण उनी बाबु पनि बन्न सक्छन् । उनले हालै मात्र यौनकर्मी ३५ वर्षीया चार्लोट्टी रोजका साथ पहिलो पटक यौनसम्बन्धसमेत राखेका छन् ।
नौ महिनाको बच्चाको तौल २० किलो
सुन्दा नि अचम्म लाग्न सक्छ, नौ महिनाको बच्चाको तौल २० किलो भन्दा । तर यो वास्तविकता हो, भारतको उत्तरप्रदेश कान्धलाका एक नौ महिनाको बालकको तौल २० किलो रहेको छ । ती बालकले खाना पनि ६ वर्षका बालकले खाने जति खान्छन् । ती बालकले नास्तामा नै ४ वटा रोटी र प्रसस्तै दूध खान्छन् । यस बच्चालाई देख्ने जो कोही पनि अचम्म मान्छन् । यति भारी तौल अनि यति धेरै खाना ! सबै चकित पर्छन् । कान्धलाका सलीम र शबानाका यी दोस्रो छोरा हुन् । यसअधि उनीहरुका एक छोरी थिइन् र उनी पनि त्यस्तै तौल भएकी थिइन् । डेढ वर्षको उमेरमा उनको झाडापखालाका कारण मृत्यु भएको थियो । हाल यस बच्चालाई हेर्न मानिसहरुको भीड लाग्ने गर्दछ । ती बच्चाको तौल अनि उनले खाने गरेको खान्की देखेर मानिसहरु अचम्म पर्छन् । बढी तौल स्वास्थ्यका लागि हानिकारक हुने डाक्टरहरुको भनाई रहेको छ । सलिमका अनुसार आफन्तको सल्लाहमा त्यो बच्चालाई उपचारका लागि त्यहाँ ल्याईएको हो । जिल्ला अस्पतालका मुख्य चिकित्सक अधीक्षक डॉक्टर रमेश चंन्द्राका अनुसार नौ महिनाको स्वस्थ बच्चाको तौल आठदेखि १० किलोसम्म हुनसक्छ । तर यति धेरै तौल स्वास्थ्यका लागि हानिकारक हुनसक्ने उनी बताउँछन् । डाक्टरका अनुसार उक्त बच्चालाई क्वासीपोरकर विरामी हुनसक्ने अनुमान गरिएको छ । जसको भोक र तौल बढी नै हुन्छ ।
प्रधानमन्त्रीविरुद्ध भोट गर्ने १० लाख जनासँग् सेक्स गर्ने कसम खाइन यी युवतीले
इटाली । सुन्दै हाँसो उठ्ने वाचाको समाचार अहिले निकै चर्चित भएको छ । यो वाचा गरेकी हुन इटालीमा एक २७ बर्षीय मोडेलले । पाओला साउलिनो नामक ती मोडेलले आफ्नो देशका १ करोड ९४ लाखसँग यौन सम्पर्क गर्ने वाचा गरेकी छिन् । हालसम्म ४ सयसँग यौन सम्पर्क स्थापित गरेको बताउने ती मोडेलले यो कसम पुरा गर्न हम्मे पर्ने एक अन्तर्वार्तामा बताइन । ती मोडलले भोट हाल्ने १ करोड ९४ लाखसँग यौनसम्पर्क गर्ने बताएपनि कम्तीमा १० लाख मानिससँग भने वाचा पूरा गर्ने प्रतिबद्धता पनि जनाएकी छिन् । उनी प्रधानमन्त्री विरुद्ध उत्रिएकी हुन् । उनले यौन सम्बन्धका दौरान आफू स्वस्थ र केही चोट नलागेको बताएकी छिन् । गोप्य कोठामा यौन सम्बन्धका बेला अत्यन्तै थाक्दा कहिलेकाँही ब्रेक पनि माग्ने गरेको जानकारी दिइन् । पुरुषले कण्डम लगाउने वा नलगाउने भन्ने विषयमा पनि उनी आफैंले निर्णय गर्ने पनि उल्लेख गरेकी छन् र उनले अहिले भोट दिने ४ सय जनासँग यौनसम्बन्ध स्थापित गरिसकेको दावी गरेकी छिन् ।
‘जहाँ तलबको सट्टा बलात्कार गरिन्छ’
सरकारले तलवको सट्टा बलात्कार गर्न पाउने छुट दिनाले त्यहाँ नरकीय अवस्थाको सिर्जना भएको छ । घटना अफ्रिकी देशको साउथ सुडानको हो । त्यहाँको आर्थिक स्थिति कमजोर भएका कारण सरकारले आर्मीहरुलाई तलव दिनुको सट्टा स्थानीय महिलाहरुलाई बलात्कार गर्न पाउने छुट दिएको दियो । यूनाइटेड नेशनले ह्यूमन राइट्सको रिपोर्टका अनुसार यसको खुलासा गरेको हो । संसारको सबैभन्दा नयाँ देशको रुपमा चिनिने यस साउथ सूडान जो सुडानबाट छुट्टिएर बनेको हो । द्वन्द्व र आक्रमण यहाँ सामान्य नै भैसकेको छ । अक्टूबर २०१५ देखि मार्च २०१६ सम्म यहाँ १४०० भन्दा बढी महिलाहरु बलात्कृत भएको भए । नयाँ देश बन्ने क्रममा यहाँ भएको आक्रमणमा हालसम्म ६० हजार भन्दा बढी मानिसहरु मरिसकेका छन् भने २२ लाख भन्दा बढी घरवारविहीन बनेका छन् । सरकारको विरोधीहरुलाई अत्याधिक तनाव दिइन्छ यहाँ । उनलाई जहाजको कन्टेनर मा ठोक्काएर रुखमा झुन्डायर फासी दिइन्छ या टुक्रा–टुक्रा पारेर मारिन्छ । परिवारको अगाडि बच्चालाई बलात्कार गरिन्छ र उनीहरुलाई उक्त क्रियाकलाप हेर्न बाध्य पारिन्छ । आर्मीका सर्पाेटर्सहरुले आम्र्स फाइटर्स तलवको सट्टा स्थानीय मानिसहरुको सम्पत्तिहरु चोर्ने र महिला अनि बच्चाहरुलाई बन्धक बनाएर बलात्कार गर्नेगर्छन् ।
हरेक हप्ता बुवा बन्छन् यी व्यक्त्ति, ८ सय बच्चा जन्माइसके
एजेन्सी । संसारमा हरेक मानिसलाई जीवनमा एकपटक आमाबुवा बन्ने रहर हुन्छ । तर एकजना यस्ता व्यत्ति छन् जो हरेक हप्ता एकजना बच्चाको बुवा बन्छन् । हो, उनी अहिलेसम्म ८०० जना बच्चाको बुवा बनिसकेका छन् । सुन्दा अचम्म लाग्न सक्छ तपाईलाई तर यो साँचो हो । साइमन वाटसन नाम गरेका एक व्यक्ति विर्यदाता हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो व्यपार फैलाएका छन् । उनी पछिल्लो १६ वर्षमा ८०० बच्चाको बुवा बनिसकेका छन् । उनको बच्चा स्पेनदेखि ताइवानसम्म जन्मिएका छन् । उनी यसमा आफुँलाई गर्व गर्छन् । उनको पहिलो विवाह टुटेको थियो । त्यसपछि विर्यदान व्यपार सुरु गरेको उनी बताउँछन् । उनले अर्को विहे गरे र दुइवटा बच्चा छन् । उनी यो कामले खुसी छन् । र आफ्नो परिवार र आमाबुवा पनि खुसी भएको बताउँछन् । सामाजिक सञ्जालमा उनले आफ्नो विर्य सस्तोमा बेच्छन् । तर त्यही विर्य कुनै मेडिकलमा किन्ने हो भने त्यसको मुल्य निकै महंगो पर्ने हुनाले वाटसनसंग मानिसले सिधै सम्पर्क गर्छन् । वाट्सन धेरै बच्चा जन्माएर विश्व रेकर्ड राख्न चाहन्छन् । उनी नियमित आफ्नो स्वास्थ्यको चेकजाँच गर्छन् । उनले आफ्नो स्वास्थ्य रिर्पोट नै अनलाईनमा पोष्ट गर्छन् । जसले उनी माथि विश्वास गर्ने धेरै छन् । तर यो काम राम्रो नभएको विष्लेषकहरु बताउँछन् । कहीले काँही केही गल्ती भए परिस्थिति बिग्रन सक्ने उनीहरु बताउँछन् ।
कुखुराको भालेको बन्ध्याकरण !
पाल्पा, माघ १२ । सुन्दा अनौठो लाग्न सक्छ, कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा तर यो सत्य घटना हो । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ । कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताउँछन् । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनी बताउँछन् । पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताउँछन् । सुरुसुरुमा केही कुखुरा मरे पनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ । कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ । ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन् । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ । नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो । पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन् । करिब पाँच–सात वर्षदेखि कुखुराको शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाएका छन् ।
केटीको लास किनेर छोराको बिहे गराउने अनौठो चलन
काठमाडौं, बिवाहका पनि कस्ता कस्ता चलन हुन्छन् । तर यो अनौठो चलन भने साँच्चिकै जिब्रो टोक्नु पर्ने नै छ । चीनमा एउटा यस्तो परम्परा छ जसको बारेमा सुन्दा नै आङ जिरिङ्ग हुन्छ । चीनको केही ग्रामीण क्षेत्रमा अविवाहित केटाहरुको बिहे लाससँग गराइन्छ । चीनमा ३ हजार वर्षदेखि चलिरहेको यो परम्परामा मशानघाटमा गाडिएकी कुनै युवतीको लास झिकेर त्योसँग युवकको बिहे गराइन्छ । यसो गरियो भने अर्को जन्ममा केटा मान्छे अविवाहित नै भएर बाँच्नु पर्दैन रे । तर लासको व्यवस्था कसरी गर्ने नि ? यसका लागि कुनै युवकको बिहा गर्नुपर्ने भएमा परिवारले लास किन्ने गर्दछन् । बिहा गरेकी मृत महिला मरेको खण्डमा त्यसलाई पछि आफ्नो अविवाहित छोराका लागि किन्ने परम्परा यहाँ रहेको छ । रिपोर्टहरुका अनुसार यसरी लासको मूल्य नै २० हजार डलरसम्म पुग्ने गरेको छ । हालैमात्र एकजना मृत महिलाका परिवारसँग एउटा परिवारले आफ्नो छोराको बिहेका लाग ३० लाख रुपैयाँ दिएका थिए । चीनको सरकारले भने यो प्रथालाई गैरकानुनी बताएको छ । तर पनि गाउँमा अहिले पनि यो प्रथा कायमै रहेको रिपोर्ट छ ।
तपाईलाई सम्मोहित गर्ने मोडल
सामान्यतया अरुलाई आर्कित पार्नका लागि राम्रो अनि गोरो वर्णका मान्छोहरु तथा मोडलहरु हुन्छन् । तर तपाई पत्याउनु हुन्छ सेनिगालिजकी एक मोडल भने कोलो वर्णको भएतापनि सम्मोहितको जादू छ उनीमा । काउडिया डियाप नाम गरेकी यि मोडल अहिले इन्टरनेटमा भाइरल बनेकी छिन् । कोलो वर्णकी यि मोडलका फोटोहरु हेर्दा जो कोही पनि मोहित हुन्छन् । उनको हाँसोले जसलाई पनि आकर्षित बनाउँछ । व्युटिफुल, स्टनिंग, गाँर्जस आदि इत्यादीका लागि यी मोडल निकै अगाडि छिन् । काउडियाको यस्तो किसिमको रुपले जो कोहीलाई मोहित पार्न सक्छ । काउडियाको अर्काे नेकनेम पनि , डार्की, रातकी छोरी अर्थात ताराकी आमा । ‘कलर्ड’ गर्ल कैपनका लागि शूट गरिएका तिनका तस्वीरहरु तत्पश्चात इन्टरनेटमा सार्वजनिक भएको हो ।
एउटा कुकुरकाे मूल्य साढे ११ करोड
मंसिर २३ । एउटा शिकारी कुकुर चोरीको घटनामा संलग्न भएको भन्दै चार जनालाई आयरल्याण्डका प्रहरीले पक्रेका छन् । चोरी भएको कुकुरको मूल्य १० लाख यूरो अर्थात ११ करोड ६३ लाख रुपैयाँभन्दा बढी छ । आयरल्याण्डको टिपरेरी काउन्टी नजिकै गोल्डेन भन्ने ठाउँबाट क्लेयर्स राकेट नामको कुकुर आफ्ना प्रशिक्षकसँग भएकै बेला चोरी भएको थियो । प्रहरीले कुकुर सुरक्षित रुपमा भेटिएको जनाएको छ । निकै तीव्रगतिमा दौडन सक्ने शिकारी कुकुर भएकाले र राम्रो नश्लको भएकाले पनि राकेटलाई विशेष मानिएको छ । शिकारी कुकुरका जानकार फर्चुनले रकेटलाई कुकुरको सुपरस्टार बताएका छन् । पक्राउ परेका चारैजनासँग प्रहरीले थप सोधपुछ गरिरहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
धरौटीमा राखेको युवतीको नग्न तस्वीर लिक भएपछि
एजेन्सी । चीनमा अनलाईन मार्फत उधारो पैशा लिने युवतीहरुको नग्न तस्वीर सार्वजनिक भएसंगै यसले व्यापक चर्चा पाएको छ । चीनीया सञ्चारमाध्यमका अनुसार यस्ता हजारौं युवतीहरुको नग्न तस्वीर सार्वजनिक भएको छ । पैशा उधारो लिने र धरौटीको लागि आफ्नो नग्न तस्वीर अनलाईनलाइ खिचाउने युवतीहरुको ती तस्वीर चर्चित अनलाईनमा लिक भएको हो । उधारोमा पैशा लिने युवतीहरु १९ देखि २३ वर्षको बिचमा रहेका छन् । उधारोको सर्त नग्न तस्वीर मात्र नभएर व्याज पनि उच्च रहेको बताइएको छ । उनीहरुले धरौटीको लागि आफ्नो आइडीकार्डसँगै तस्वीर खिचाउनुपर्नेछ ।
६ वर्षदेखि यौन तालिम, ११ वर्षमा विवाह
यो संसारमा पनि विभिन्न अचम्मका कुराहरु सुन्नुपर्दछ । सामान्यतया ६–७ वर्षका बालबच्चाहरु भनेको पढ्ने, खेल्ने, रमाइलो गर्ने उमेरका मानिन्छन् । जसको शारीरिक तथा मानसिक पूर्णरुपमा विकास भइसकेको हुँदैन । यस्तो बेलामा आमाबुवाहरुले आफ्ना बालबच्चालाई पढ्न र खेल्नका लागि जोड दिएका हुन्छन् । तर, यहाँ पपुवा न्युगीनीको एक आदिवासी जनजाति समुदायमा ६–७ वर्षका बच्चाहरुलाई यौन शिक्षा र सम्बन्धका लागि शिक्षा र अनुमति दिइने गरिन्छ । ट्राबिएन्डर्स नामको यो समुदायमा ६ वर्षमा तालिम दिने र ११ वर्षको उमेर विवाह गरिदिने चलन रहेको छ । शारीरीक सम्बन्धका लागि बच्चाहरुलाई तालिम दिईने गरिएको छ भने जुन बच्चाहरुको बीचमा शारीरीक सम्बन्ध बनेको हुन्छ उनीहरुलाई नै विवाहको सहमति दिईन्छ । आपसी सहमतिमा बच्चाहरुले पार्टनर बदल्न पनि सक्छन् । यसरी सम्बन्ध बनेपछि उनीहरु धमाधम बच्चा जन्माउन थाल्दछन् १२ वर्षपछि नै । २० वर्षको उमेरमा उनीहरु ४–५ जना बच्चाको आमाबाबु बनिसकेका हुन्छन् । यसरी हुन्छ बिबाह विवाह हुनुपूर्व केटी केटाको घरमा गएर एकरात बस्छिन् । र बिहान आफ्नो घर फर्किनुपर्ने हुन्छ । तर त्यसअघि केटीकी आमाले दुवै जोडीका लागि खानेकुराहरु लिएर जान्छिन् र खुवाएपछि छोरी लिएर फिर्ता हुन्छिन् । विवाहपछि बच्चा जन्मियो भने केटीले बुबाको घर छाड्नै पर्ने हुन्छ । त्यो बेला केटीले चाहेमा अरु नै केटासगँ गएर बस्न सक्छिन् । त्यसैले यो समुदायलाई यस आईल्याण्डमा फ्रि लभ कम्युनिटि समेत भन्ने गरीन्छ । यो समुदायको संख्या करीब १२ हजार रहेको त्यहाँको सरकारले जनाएको छ । उनीहरुको भाषा पनि फरक रहेको छ ।