अमेरिकामै रोजगारी बढाउन एप्पलमाथि दबाव
काठमाडाै, फागुन १९। घरेलु रोजगारीमा वृद्धि गर्नुपर्ने ट्रम्प प्रशासनको दबावपछि अमेरिकी कम्पनी एप्पलले देशभित्र आफ्नो ५० अर्ब डलरको उत्पादन तथा आपूर्ति आधारलाई विस्तार गर्दैछ ।
फिनान्सियल टाइम्समा बुधबार प्रकाशित रिपोर्ट अनुसार एप्पलका सिइओ टिम कुकले अमेरिकी टेलिकम नियामक संस्था संघीय संचार आयोगले इन्टरनेट ट्राफिक व्यवस्थापनको संरक्षण गर्ने सिद्धान्तमाथि चुनौती पैदा गरेमा कम्पनीले नेट न्युुट्रालिटीको समर्थन गर्न बाध्य हुने स्पष्ट पारेका छन् ।
कुपर्टिनोमा आयोजित एप्पलको वाषिर्क बैठकलाई सम्बोधन गर्दै कुकले भनेका छन्ः हामीले यो देशलाई माया गर्दछौँ । हामी आफूसक्दो सहयोग गर्दछौँ र विस्तारित हुने मार्गको खोजीमा सधै लागिरहन्छौँ ।
उनले विश्वको सबैभन्दा लोकप्रिय सार्वजनिक कम्पनी एप्पलले यसका विभिन्न क्षेत्रमा सयौँ हजार रोजगारीका साथै एप स्टोरका माध्यमबाट दशौँ लाख एप डेभलपर्सहरुलाई सहयोग गरिरहेको बताएका छन् ।
आइफोनका सेमी कन्डक्टर, एडहेसिभ र ग्लास स्क्रिन अमेरिकामै बन्ने गरेको र आइफोनको अन्तिम एसेम्ब्िलंग चीनमा हुने गरेको तथा एप्पलका अधिकांश पाटपूर्जा एसियाली कम्पनीबाटै आपूर्ति हुने गरेको तथ्य स्मरण गरे ।
उनका अनुसार एप्पलका कुल कर्मचारीमध्ये दुुइ तिहाइ अमेरिकामै भएपनि कम्पनीको कुल आम्दानीको केवल एक तिहाइ मात्र अमेरिकाबाट प्राप्त हुने गरेको छ । तर यसका बाबजुत पनि एप्पलले अमेरिकाका लागि सहयोग गर्न सधै तयार रहेको भन्दै उनले भनेका छन्ः हामीले हाम्रो देशलाई कसरी धेरै भन्दा धेरै सहयोग गर्न सकिन्छ भनेर सधै हेर्ने गर्छौँ । हामीलाई थाहा छ एप्पलको अस्तित्व केवल अमेरिकामा मात्रै छ ।
फेसबुकमा नेताको टाउको अन्तै जोडे जेल सजाय
काठमाडौं, फागुन ५ । फेसबुक तथा सामाजिक संजालहरुमा नेताको टाउको अरुकै घाँटीमा जोडेर तथानाम गाली गर्दै फोटो सार्वजनिक गर्नेलाई अब प्रहरीले पक्राउ गर्ने भएको छ । शीर्षनेताकै तस्वीर बिगारेर फेसबुक तथा सामाजिक सञ्जालहरुमा गाली गर्दै यस्तो फोटोहरु सार्वजनिक गरिरहेका बेला संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक गरेको हो । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनुलाई अपराध मानिएको छ । र, यो कसुरमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने व्यवस्था विधेयकमा छ ।
फेसबुककाे दुरूपयाेग गर्ने दुई जना पक्राउ
फाल्गुन ३ । महानगरीय अपराध महाशाखाको साइबर पिलरले फेसबुकमार्फत यौनधन्दा चलाउने दुई जनालाई पक्राउ गरेका छ । फेसबुक एकाउन्टमा जाने र बारम्बार अश्लिल तस्बिरहरु पठाउने, फोन गर्ने, अश्लिल एसएमएस पठाउने तथा यौन प्रस्तावहरु राख्ने काममा सक्रिय सुरज बस्नेत र सागर धिताललाई प्रहरीले पक्राउ गरेको हो । सुइ अश्लिल नामक दिए खोलिएको उक्त फेसबुक एकाउन्ट मार्फत उनीहरुले यस्तो अश्लिल काम गर्दै आएका थिए । दुई वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा अकाउन्टेन्टको काम गरिरहेका बस्नेतले सेक्सधन्दाको जन्जाल नै फैलाउनका लागि उक्त फेसबुक एकाउन्ट चलाएको अनुसन्धानमा खुलेको छ । जहाँ विभिन्न २३ युवतीका टेलफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनकि गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्नका निम्ति फोन गर्न सकिने भन्दै सूचना छाडने गरेका थिए । बस्नेत आफैं पनि कैयन युवतीहरुसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरुलाई यौन सम्बन्धका निम्ति बाध्य बनाउन धम्काउने र बाध्य बनाउने गरेको अनुसन्धानले देखाएको प्रहरीले बतायो । महाशाखाका साइबर पिलर सम्हालिरहेका डिएसपी पशुपति रायले फेसबुकमार्फत यौन धन्दाको सञ्जाल चलाउने यस्ता अभ्यास नौलो भएको बताए । उनले यस्तो प्रवृत्ति खतरनाक हुने बताउँदै अश्लिल सामाग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन गरिरहेको बताए । पक्राउ परेका बस्नेतले अमेरिकामा बस्दा यस्तो कार्य गैरकानूनी नभएकाले नै त्यस्तो अकाउन्ट चलाइरहेको बताए । प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको छ भने बस्नेतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्धा चलाइएको छ ।
पोखरामा आठौं सूचना प्रविधि तथा मोबाइल मेला हुने
पोखरा, फागुन ३ । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि र मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पुर्याउने रहेको एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले सोमबार जानकारी दिए । मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, सूचना प्रविधि सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ प्रतियोगिता, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ । मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल पाँचदेखि ५० प्रतिशत छुट बिक्रीमा राखिने बताइएको छ । मेलामा १२५ कक्ष राखिने छन् । मेला सफल पार्न महासङ्घका अध्यक्ष चिन्तामणि बाँस्तोलाको संयोजकत्वमा २९ उपसमिति गठन गरिएको छ ।
वर्डप्रेसको १५ लाख अकाउन्ट ह्याक
ब्लगिङ साइट वर्डप्रेसको १५ लाख अकाउन्टमा ह्याकरको आँखा परेको छ । यति ठूलो मात्रामा ह्याकरहरुले हमला गरेको यो अहिलेसम्मकै ठूलो साइबर हमला रहेको बताइएको छ । ह्याकहरुले १५ लाख ब्लगहरुलाई विगारेका छन् भने एकाउन्टभित्र छिरेर अन्य डाटाहरु समेत प्राप्त गर्ने कोसिस गरेका बताइएको छ । वर्डप्रेसले ब्लगरहरुलाई अपिल गर्दै साइबर हमलाबाट बच्नका लागि वर्डप्रेस सफ्टवेयर अपडेट गर्न आग्रह गरेको छ । सन् २०१६ को अन्त्यतिर वर्डप्रेसले सार्वजनिक गरेको अपडेटेड सफ्वेयर भर्सनमा साइबर आक्रमणको समस्या देखिएको हो। जसबारेमा एक सेक्योरिटी र्फमले गत जनवरी २० मै वर्डप्रेसलाई जानकारी गराएको थियो । त्यसपछि वर्डप्रेसले सफ्टवेयरको प्याच भर्सन रिलिज गरी वर्डप्रेसका ब्लगहरुमा अटोम्याटिक रुपमा अपडेट हुने व्यवस्था गरेको थियो । तर कतिपय ब्लगरहरुले आफ्ना ब्लगमा त्यसलाई अपडेट गर्ने चासो नदिँदा साइबर हमलामा परेका दाबी गरिएको छ । एजेन्सी
मोबाइलको बजारमा आइफोन –८ सबैभन्दा महंगो हुने
एप्पलले दशौँ वाषिर्कोत्सवको अवसर पारेर सार्वजनिक गरिने भनिएको आईफोन –८ मोवाइल दुनियाँकै महंगो पर्ने भएको छ । उक्त आइफोन –८ मा कैयन् अत्याधुनिक फिचर्स तथा इनोभेटिभ डिजाइन हुनेछ । समाचारमा आएअनुसार आइफोन–८ मूल्य १ हजार डलर भन्दा बढि हुनेछ र यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै महंगो स्मार्टफोन हो । आइफोन–८ मा एज टू एज ओएलइडी डिस्प्ले र थ्री डी सेन्सिंग जस्ता अत्याधुनिक प्रविधि रहनेछन् । जसले यसको मूल्य अन्य आइफोन भन्दा दोब्बर हुने पक्का छ । यद्यपि एप्पलको नयाँ आइफोनको नाम आइफोन एट नै हुन्छ भन्ने पक्का छैन । यो फोन ५.८ इन्चको डिस्प्लेयुक्त हुनेछ । यसमा आइफोन सेभेन प्लसमा जस्तै डुअल लेन्स क्यामरा हुनेछ । साथै यसमा होम बटनको साटो डिस्प्लेमै टच बटन हुनेछ । त्यस्तै एप्पलले आइफोनका साइडका बटनहरुलाई पनि टच सेन्सेटिभ बटनले प्रतिस्थापित गर्नेछ । समाचार अनुसार यो बहुमूल्य आइफोनसँगै एप्पलले अरु दुई आइफोन पनि लञ्च गर्ने तयारी गरेको छ ।
स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र प्रयोग गर्न माग
काठमाडौँ, माघ २७ । सरकारले गर्न लागेको स्थानीय निर्वाचनमा स्वदेशमै बनेको नेपाली मतदान यन्त्र (भोटिङ मेसिन)लाई प्रयोग गर्न विज्ञले सुझाउनुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रलगायत सङ्घसंस्थाले बुधबार आयोजना गरेको अन्तरक्रियामा स्वदेशमा वैज्ञानिक उत्पादन गरी विज्ञान तथा प्रविधिको विकास गर्नका लागि देशभित्र निर्माण गरिएका त्यस्ता मेसिनको उपयोग गर्नुपर्ने सुझाइएको छ । निर्वाचन आयोगले सो विषयमा ती यन्त्र विदेशी कम्पनीबाट ल्याउने तयारी गरेपछि वैज्ञानिकले सो माग गर्नुभएको हो राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले नेपाली वैज्ञानिकको क्षमतालाई राज्यले उचित मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै स्वदेशी मेसिनको प्रयोग गर्दा ठूलो रकम विदेशीनबाट जोगिने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली मेसिन स्वदेशमा प्रयोग गरी प्रवद्र्धन गर्न सकेमा आगामी दिनमा ती वस्तुको विश्व बजारमा माग बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इन्जिनियर डा नन्दविक्रम अधिकारीले नेपाली अनुसन्धानकर्ताले विश्वबजारमा प्रतिस्पर्धा गर्न लायक मतदान यन्त्रको निर्माण गरेकाले त्यसलाई उपयोग गरी नेपाली वैज्ञानिकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली प्रविधि अनुसन्धानकर्ताद्वय राम रिमाल र लक्ष्मण रिमालले यसअघि आफूहरुको मेसिनमार्फत नेपालमा निर्वाचन सम्पन्न गराइसकेकाले चुनावमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनका लागि ती मतदान यन्त्र प्रयोग गर्न आग्रह गर्नुभयो । सात वर्ष अगाडि रामलक्ष्मण (दाजुभाई)ले ती मतदान यन्त्र निर्माण गर्नुभएको थियो । रासस
‘भ्यालेन्टाइन डे’ का लागि ‘एनसेलको विशेष अफर’
काठमाडौं, माघ २६ । ‘फेबु्रअरी १४ वा भ्यालेन्टाइन डे’ को विशेष दिनका लागि एनसेलले आफ्नो ग्राहकहरुलाई लक्षित गर्दै सर्वसुलभरुपमा ‘भ्यालेन्टाइन डे विशेष अफर’ ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले आफ्नो विशेष नम्बर छानी सर्वसुलभ दरमा कुरा गर्न पाउने भएको छ । त्यस्तै भ्यालेन्टाइन डे विशेष अफरअनुसार रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । माघ २६ गतेबाट लागु हुने गरी देशको अग्रणी जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले भ्यालेनटाइन अर्थात प्रणय दिवशको अवसारमा दुई आकर्षक योजनाहरु सार्वजनिक गरेको हो । यो व्यवस्था अनुसार एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी आफ्नो प्रियजनसँग अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् । आफ्नो नम्बरसँग आफुले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसा (करबाहेक) प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुने र निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफूले चाहेको एनसेल नम्बर पेयर गर्नसक्ने बताइएको छ । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरेर पनि यो सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै एसएमएममार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । यसका लागि ग्राहकले अंग्रेजीमा एड अर्थात एडिडि (ठूलो ए र सानो अक्षरमा डिडि) स्पेस पेयर गरिने मोबाइल नम्बर टाइप गरी १७१०६ मा एसएमएम पठाउन सक्नेछन् । त्यस्तै पिआरबिटी सेवाको छुटअन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशनअनुसार २० वटा रोमान्टिक गीतहरुको सुचीबाट आफ्नो रोजार्इको गीतलाई ५० प्रतिशत छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । आफ्नो साथीभाईलाई कल गर्दा बज्ने रिङ ब्याक टोन यदि मन परेमा ग्राहकले उक्त टोन बजिरहेको बेलामा एस्ट्रिक्स् डायल गरि त्यस टोनलाई कपी गर्न सक्नेछन् । यसरी कपी गरिएको टोन अफरको सुचीमा समावेश गरिएका २० वटा गीतमध्ये भयो भने ग्राहकले रिङ ब्याक टोनमा ५०५ छुट पाउनेछन् । यी दुवै अफरहरु १५ दिनको लागि मान्य रहने छ ।
अब आइफोनमा फोर–जी
काठमाडौं, माघ २५ । नेपाल टेलिकमको फोर–जी सेवा आइफोनमा पनि चल्नेभएका छन् । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हु सकेको थिएन । अब भने आईफोनका सबै सिरिजमा फोर–जी चल्न थालेका टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिएकी छिन् । माघ २२ गतेदेखि यि ठाउँमा प्रिपेड ग्राहकले पनि फोरजी चलाउन पाएका छन् । एप्पलसँग सम्झौता भएएकाले अब आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले बताएको छ ।
चीनले बनाए भूकम्पको सूचना दिने सैटलाइट
पेइचिंग । यस वर्ष चीनमा इलेक्ट्रो–म्यागनेटिक डेटा जम्मा गर्नका लागि सैटलाइट लन्च गर्ने भएको छ जबकी भूकम्पका पूर्वानुमान दिनका लागि सहयोग गर्ने छ । चीनको आधिकारिकको मुताबिक यस सैटलाइटपछिको लन्च गर्ने भएको छ । यस सैटलाइटको प्रयोग चीन र उसको आसपासका इलाकामा भुकम्पको वास्तविक समय अनुगमनको लागि हुनेछ । कृपया पहिलो पटक अन्तरिक्ष मा चिनियाँ उपग्रह बताउन भूकम्पीय अनुगमनमा पठाउने भएको छ । शेन शुई, उपग्रह को मिशन को उप प्रमुख यस्तो तरिकाले अर्को पाँच वर्ष कि मा डिजाइन गरिएको छ अनुसार, यो कक्षामा रहन सक्छ र भूकम्पीय विद्युत अवस्था रेकर्ड गर्न। ६ वा थप परिमाणसँग भूकम्प पहिले नै थाहा हुनेछ।
एनसेल र नेपाल टेलिकमबीच लडाई, ब्लक गर्न थाले फोन कल
काठमाडौं – आम्दानीको लडाईंमा टेलिफोन सेवा प्रदायकले एक अर्काको नेटवर्कमा आउको बल ब्लक गर्दा देखिएको समस्या एक महिनाभित्र समाधान गरिसक्ने नियामक निकायका अधिकारीहरुले बताएका छन् । यो खबर आजको कान्तिपुरमा छ । नेपाल दुरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयका अधिकारीहरुले यो जानकारी दिएका हुन् । आम्दानीको लडाईंमा हाल ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले एक अर्काको नेटवर्कबाट आउने ‘कल ब्लक’ गरिरहेका छन् । टेलिकमको नेटवर्क हुदै विदेशबाट आउने कल एलसेलले आफ्नो नेटपर्कमा छिर्न दिएको छैन भने टेलिकमले एनसेलका स्वदेशी कललाइ नै आफ्नो नेटवर्कमा सीमित मात्रामा छिर्न दिई ‘ब्लक’ गरिरहेको छ ।
नेपाल टेलिकमले ल्यायो विशेष अफर–प्रिपेडमा 4G सेवा
काठमाडौं, माघ २२ । नेपाल टेलिकमले आफ्नो वार्षिकउत्सवको अवसरमा गा्रहकहरुका लागि बिभिन्न सेवामा छूट अफर सार्वजनिक गरेको छ । टेलिकमले दिएको जानकारी अनुसार, शनिबारदेखि प्रिपेड मोवाइलमा फोरजी सेवा सुरु गरेको टेलिकमले ४ दिनसम्म १०० एमबीका दरले ४ सय एमबी डाटा निशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । त्यस्तै सीआरबीटी वा पनि पुन सञ्चालन गरी एक दिनमा एउटा गीतको दरले १५ दिनसम्म निशुल्क सीआरबीटी सेवा दिने जनाएको छ । त्यस्तै जीएसएम मोवाइलमा ५ दिन भ्यालिडिटी भएको १०० एमबी फेसबुक प्याकेज २० रुपैयाँमा दिने पनि टेलिकमले जनाएको छ । यो सुविधा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म लिन सकिनेछ । त्यस्तै राती १० बजेदेखि बिहान ६ बजेसम्म ५००० एमबी डाटा ४० रुपैयाँमा र १२ सय एमबी डाटा ८५ रुपैयाँमा दिने घोषणा पनि टेलिकमले गरेको छ । यसमा ५०० एमबीको डाटाको भ्यालिडिटी ७ दिन र १२०० एमबीडाटाको भ्यालिडिटी १५ दिन रहने वार्षिक उत्सवको अवसरमा जानकारी दिइएको छ । त्यस्तै जीएसएम मोवाइलमा १३० मा ७ दिन भ्यालिडिटी भएको २०० एमबी डाटा किन्दा २०० एमबी नै बोनस पनि दिएको छ । ३०० मा १५ दिन भ्यालिडिटी भएको ५०० एमबी डाटा किन्दा ५०० एमबी नै बोनस दिएको छ । सीडीएमएमा भने २०० एमबीको डाटा ७५ रुपैयाँ र ५ सय एमबी डाटा १७५ रुपैयाँमा नै दिएको छ । यसको पनि भ्यालिडिटी र बोनस भने जीएसएम सरह नै पाउने टेलिकमले जनाएको छ । यसैविच, टेलिकमले काठमाडौंका सडकहरु हरियाली बनाउन काठमाडौं महानगरपालिकालाई ४० लाख रुपैयाँ दिएको छ । उपत्यकाका बिभिन्न सडक छेउछाउमा बोटविरुपवा रोपेर हरियाली बनाउनका लागि टेलिकमले सो रकम दिएको हो । टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हरियाली सडक अभियान अन्तर्गत महानगरपालिकालाई रकम दिएको जानकारी दिइन् । सो रकम सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई हस्तान्तरण गरे ।
बजारमा आयो ओट्टो मार्क
काठमाडौं, माघ २० । सिंगापुरमा डिजाइन भएको नयाँ मोबाइल ब्राण्ड ओट्टो नेपाली बजारमा आएको छ। जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लिले यो मोबाइल नेपाली बजारमा ल्याएको हो । ओट्टोको बिक्री शुभारम्भ बुधबार लुट-२ का कलाकारद्वय सौगात मल्ल र दयाहाङ रार्इले गरे। यो ब्राण्डले मध्यमवर्गको स्मार्टफोन बोक्नेलार्इ अाकर्षित गर्ने कम्पनीको दाबी छ । कम्पनीले प्रिमियम क्वालिटीको उत्पादन नेपाली बजारमा ल्याएको दाबी गरेको छ। यो मोबाइलमा ६ इन्च र २.५ डी कर्भ्ड एचडी डिस्प्ले छ। मोबाइलको पछाडि युनिमेटल छ । यो मोबाइलमा ३ जीबी र्याम र ३२ जिबी आन्तरिक मेमोरी छ, यसलाई १ सय २८ जिबीसम्म बढाउन सकिन्छ । यो मोबाइलमा पछाडि १३ मेगापिक्सेलको अटोफोकस र अगाडि ८ मेगापिक्सेलको क्यामरा छ। अगाडिको क्यामराले सेल्फी खिच्नेपछि स्तरीय फोटो आउने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यो मोबाइल चाँडै चार्ज हुन्छ। मोबाइलमा ३८४५एमएएच ब्याट्री छ। फोरजी एलटिर्इ सर्पोट गर्ने यो मोबाइलमा मेडियाटेक एमटी ६७३५, ६४ क्वाड प्रोसेसरसँगै ६.० एन्ड्रोइड मार्समेल्लो समेत छ। मोबाइलमा दुर्इवटा सिम राख्न मिल्छ । यसमा सिडिएमए सिम पनि चलाउन सकिने कम्पनीको दाबी छ। यो मोबाइलको मूल्य १९ हजार ९ सय ९६ रुपैयाँ छ। मोबाइल काठमाडौंका मुख्य पसलहरुमा पाइने कम्पनीले जनाएको छ। मोबाइलको सर्भिस सेन्टर सिभिल मलको चौथो तल्लामा रहने कम्पनीले जनाएको छ।
वृद्धवृद्धाहरुकाे हेरचाह अब रोबाेटले गर्ने
माघ १८ । वृद्धवृद्धाहरुको हेरचाहका लागि जापानमा रोबाेटको निर्माण गरिँदैछ । आगामी तीन वर्षभित्र निर्माण भइसक्ने उक्त रोबाेटलाई जापानको साफ्बैक रोबोटिक्स कम्पनीले बनाउन लागेको हो । कम्पनीले परिक्षणका लागि जापानका थुप्रै घरहरु तथा अस्पतालहरुका विरामीहरुको खान, बस्न जस्ता अत्यावश्यक काममा रोबाेटको प्रयोग गरेको छ । जापान र युरोपीयन संघको संयुक्त लगानीमा २० लाख पाउण्डको यस परियोजनामा तयार पार्न लागिएको यस रोबोट सांस्कृतिक तथा संवेदनशील हुनेछ । कम्पनीका मुख्य वैज्ञानिक अमित कुमार पाण्डेका अनुसार कम्पनी यस्तो दुनियाँ बनाउन चाहन्छ जहाँमानिस र रोबाेट दुवै साथ साथै रहेर मानिसले सुरक्षित र खुसी जीवन विताउन् । यो रोबाेट आगामी दिन वर्षभित्र बनिसक्ने विश्वास लिइएको छ । यस रोबाेटको निर्माणपश्चात बुजु्रक तथा वृद्ध–वृद्धाहरुको हेरचाहका लागि बनाईएका केयर सेन्टर, आसाव तथा आश्रममा कम चाप हुने देखिन्छ । मानिस जस्तै देखिने तथा मानिसकै जस्तो व्यवहार गर्न जान्ने यस रोबाेटलाई पेप्पर रोबाेट नाम दिइएको छ । यो वृद्धवृद्धाहरुलाई औषधी खुवाउने, पानी दिने तथा उनीहरुको दैनिकी आवश्यकताहरुलाई पूरा गर्न मद्दत गर्नेछ । यस रोबाेटको संवेदनशीलतालाई बनाउनका लागि ब्रिटेनको मिडलसेक्स युनिभर्सिटी र बेडफोर्डशर युनिभर्सिटीका विज्ञहरुले सहयोग गरिरहेका छन् । प्रोजेक्टमा सहभागी प्रोफेसर आइरिना पैपेडोपूलस भन्छिन्, ‘मानिसहरुको उमेर बढेअनुसार समस्याहरुपनि जोडिएर आउँछ । त्यसैको समाधानका लागि हामीले यो रोबाेट बनाउन लागेका हौं ।’ उनका अनुसार हाल मात्रै ब्रिटेनमा १५ हजार वृद्धवृद्धाहरु एक सयभन्दा बढी उमेरका छन् । अझै त्यो संख्या बढ्ने स्थितिमा छ । त्यसैले उनीहरुको आवश्यकतालाई पूर्ति गर्ने रोबाेट तयार पार्न सकियो भने अस्पताल, केयरहोमहरुमा वृद्धवृद्धाहरुको चाप कम हुने विश्वास गरिएकाे छ ।
पर्यटन विभागले सुरु गर्यो कम्प्युटर प्रणाली
काठमाडौँ, माघ १० । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली (डिजिटलाइज) गर्ने प्रक्रिया सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए । “हाम्रा फाइलका सधैँभरि हार्डकपी नै प्रयोग भइरहेको छ, रेकर्ड पनि राम्रो छैन, कहाँ कति ट्राभल एजेन्सी छन् कानुनीरुपमा चलेका छन् कि छैनन् भनेर अनुगमन गर्न पनि असहज भइरहेकाले सम्पूर्ण कागजात कम्प्युटारमै राख्ने प्रक्रिया सुरु भएको छ”– उनले भने । महानिर्देशक आचार्यले विभागबाट अनुमति लिएका कम्पनीको प्रभावकारी अनुगमनका लागि कम्प्युटर प्रणाली अपरिहार्य भएकाले त्यसका लागि पहिलो चरणमा अहिले ट्राभल, ट्रेकिङका फाइल कम्प्युटरमा रेकर्ड गर्न राख्न कागजातको स्क्यानिङ सुरु गरिएको बताए । परम्परागत फाइल विस्थापित गर्ने उद्देश्यले सबै कागजात स्क्यान गरेर अनलाइन प्रक्रियामा जाने योजनाअनुरुप काम अघि बढेको र यसबाट सेवा प्रवाह सजिलो हुनाका साथै सबै रेकर्ड सूचना व्यवस्थित हुने विभागले जनाएको छ । \ भागका अनुसार अहिले वेबसाइटमै कुन–कुन ट्राभल एजेन्सी तथा कुन आरोहण टोली कोसँग सम्बन्धित छ, भन्ने विवरण राखिएको छ । यसबाट सेवाग्राहीले सहजै सूचना पाउनेछन् । यसैगरी विभागले ट्राभल, ट्रेकिङ र होटलका सेवालाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिइएको छ । प्रत्येक दिन २० वटा संस्थाको अनुगमन भइरहेकामा तीध्ये कतिपयले इजाजत नलिएको र नवीकरण नगरीकन कम्पनी सञ्चालन गरेको पाइएको विभागले जनाएको छ ।
भक्तपुरको चोक चोकमा सिसी क्यामरा
भक्तपुर, माघ ६ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो । महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन् । त्यसैगरी, स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो । सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई आग्रह गरेको छ । प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गरिने भएको ओलियाले जानकारी दिए । सिसी क्यामरा जडान सँगै चोरी, डकैती, लुटपाटलगायत अन्य आपराधिक गतिविधिमा न्यूनीकरण आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रण लिन सहयोग पुग्ने उनले बताए । रासस