नेप्सेमा सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले बिक्री गर्न लागेको दश प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन पश्चात बैंकको प्रतिसेयर मूल्य ३३६ रुपैयाँ कायम भएको छ ।

बैंकको आधार शेयर मूल्य भने ४८८ रुपैयाँ रहेको छ । बैंकले फागुन २ गतेदेखि दश प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैंकले हकप्रद प्रयोजनका लागि माघ २२ गते सोमबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ २१ गतेसम्म कायम र साविकका शेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्ने छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस र हकप्रद पश्चात बैंकको चुक्तापूँजी आठ अर्ब ४५ करोड नाघ्ने छ ।

मेरोलगानीबाट साभार

चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत, नेप्सेमा भारी सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । स्टकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कावेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत गरिएको हो । स्टकका अनुसार ग्लोबल आइएमई बैंकको ८० लाख ८० हजार ३४१ दशमलव ६६ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ७४ लाख ७२ हजार ४१२ कित्ता, कावेली विकास बैंकको एक लाख ४० हजार ३५२ कित्ता र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १० लाख ६९ हजार ३५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । नेप्सेमा सामान्य सुधार धितोपत्र बजारमा आज शेयर कारोबारमा सामान्य बढोत्तरी भएको छ । स्टकका अनुसार नेप्से परिसूचक १ दशमलव ४२ बिन्दुले बढेर एक हजार ४०५ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ६ अंकले बढेर २९७ दशमलव ०१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको आठ लाख ५१ हजार ३२५ कित्ता शेयर रु ३५ करोड ४७ लाख २१ हजार ७४८ मूल्यमा कारोबार भएको छ । आज बैंकिङ समूह र विकास बैंक समूहले नेप्से परिसूचकलाई सामान्य अंकले वृद्धि गर्न बल पु¥याएको हो । बैकिङ ५ दशमलव ९२ र विकास बैंक ४ दशमलव ७६ अंकले बढ्दा व्यापार १० दशमलव ३९, होटल २८ दशमलव ०२, जलविद्युत् १६ दशमलव ९२, फाइनान्स २ दशमलव ७५, बीमा १२ दशमलव ४९, उत्पादन ९ दशमलव ३९, अन्य ३ दशमलव ०३ र माइक्रोफाइनान्स ५ दशमलव ४५ बिन्दुले घटेको छ ।

मुक्तिनाथ विकास बैंकले लगानीकर्तामा आशा जगाउँदै प्रगति विवरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पूँजी वृद्धिको अनुपातमा व्यापार विस्तारका साथै कमाई बढाउदै प्रतिशेयर आम्दानी सन्तुलनमा राख्ने प्रयास गरेको छ । दोस्रो त्रैमासको वित्तीय विवरणमा निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य सुधार गरेर निष्कृय कर्जा न्यूनीकरण गर्दै बैंकले लगानीकर्तामा आशा जगाएको छ । चालु आवको दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले २६ करोड ४३ लाख खुद मुनाफा गरेकोे छ । बैंकको यो नाफा गत आवको सोही अवधिभन्दा १८.४४ प्रतिशत बढी हो । बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढ्ेपछि खुद नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी २१।२७ प्रतिशत तथा सञ्चालन मुनाफा २१.२२ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड रहेको छ भने जगेडा कोष ६४ करोड १४ लाख छ । बैंकले ४० प्रतिशत हकप्रद तथा २० प्रतिशत बोनस बाडेर पूँजी बढाएको हो । बैंकले यसअवधिमा २१ अर्ब ७३ करोड निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ । गतबर्षको यही अवधिको तुलनामा बैंकको निक्षेप ४९.०८ प्रतिशत तथा कर्जा ४७.६६ प्रतिशतले बढेको छ । बैंकको सिडी रेशियो ७८ प्रतिशत छ । अझैपनि बैंकलाई कर्जा विस्तार गर्न केही स्पेश देखिन्छ । बैंकको कोषको लागत भने बढेको छ । ५.६२ प्रतिशत रहेको कस्ट अफ फण्ड ८.३० प्रतिशत पुगेको छ । जसको आधार दर ११.९८ प्रतिशत छ । बैंकको निष्क्रिय कर्जा ०।.०१ प्रतिशत रहेको छ । बैंकले यसअवधिमा प्रोभिजनमा ४ करोड २९ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४० पैसा, मूल्य आम्दानी अनुपात २०.५९ गुणा, तरलता अनुपात २६.२२ प्रतिशत तथा प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा छ । मेरोलगानीबाट साभार

मेगा बैंकले पुँजी वृद्धि अनुपात बढाउन नसक्दा प्रतिशेयर खस्किदैं

काठमाडौं । टुरजिम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगा बैंकले एक्लै आठ अर्ब चुक्ता पूँजी पुर्याउने अवस्था रहेपनि पूँजी वृद्धिको अनुपातमा आम्दानी नबढाउँदा प्रतिसेयर आम्दानी निकै खस्किएको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ८३ प्रतिशतले पूँजी बढ्दा बैंकको खुद कमाई ६ प्रतिशतले मात्र बढेको छ । मेगा बैंकले चालु आवको पुस मसान्तमा ३९ करोड ३६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले ३७ करोड ९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा गतबर्षको यसै अवधिको तुलनामा ६.१३ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा तथा खराब कर्जा असुलीमा सुधार आएपछि नाफामा सामान्य बढोत्तरी देखिएको हो । बैंकको ब्याज खर्च, कर्मचारी खर्च तथा जोखिम वापतको व्यवस्थापन खर्च समेत बढ्न गएको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी चार अर्ब एक करोड रुपैंयाबाट बढेर सात अर्ब ३७ करोड पुगेको छ । यसअवधिमा बैंकले चुक्तापूँजी ८३.८६ प्रतिशतले बढाएको छ । बैंकले ६५ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको हो । साथै बैंकले ९.४५ प्रतिशत बोनस शेयर समेत प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब नाघ्नेछ । यसरी पूँजी बढ्दा कमाई घटेका कारण बैंकको प्रगति सुस्त बनेको हो । बैंकको दोस्रो त्रैमासिक अवधिको प्रतिसेयर आम्दानी ५.३४ रुपैयाँ छ । यसलाई बार्षिकिकरण गर्दा प्रतिसेयर आम्दानी १० रुपैंया ६४ पैसा हुन आउँछ । बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैंया ७३ पैसा, मूल्य आम्दानी अनुपात ४३.०३ गुणा तथा तरलता अनुपात २५.६५ रुपैयाँ छ । बैंकको खराबकर्जा भने एक प्रतिशत तल ०.९६ प्रतिशत छ । तर यो गतबर्षको भन्दा धेरै हो । जसले गर्दा उसको प्रोभिजन रकम १३ करोडबाट २० करोड पुगेको छ । यसअवधिमा बैंकले ११ करोड रुपैयाँ खराब कर्जा असुल गरेको छ । बैंकले यसअवधिमा ४५ अर्ब ५७ करोड निक्षेप संकलन गर्दा ४० अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । जसको सिसिडी ७९.३७ प्रतिशत छ । बैंकले यो अवस्थामा थप कर्जा विस्तार गर्न मुस्किल छ । उसलाई निक्षेप बढाउनुपर्ने बाध्यता देखिएको छ । गतबर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको कोषको लागत नै ४.४७ प्रतिशतबाट बढेर ७.५८ प्रतिशत पुगेको छ । जसको आधार दर नै १०.९६ प्रतिशत छ । टुरिजम विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंक टुरिजमको सहयोगमा केही आश लाग्दो बन्ला कि भन्ने अपेक्षा गर्न सकिन्छ । मेरोलगानीबाट साभार

सिटिजन्स बैंकले दोस्रो त्रैमासमा खुद नाफा घटेको विवरण सार्वजनिक

वाणिज्य बैंकहरुमध्ये चालु आबको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्नेमा पहिलो बनेको सिटिजन्स बैंक (CZBIL) ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याएको बैंकले पहिलो त्रैमासमा पनि खुद नाफा घटेको विवरण सार्वजनिक गरेको थियो । बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुधार भएपनि खराब कर्जा असुलीको अवस्था कमजोर भएपछि खुद नाफा प्रभावित भएको हो । बैंकको समिक्षा अवधिमा खुद नाफा शुन्य दशमलव ४८ प्रतिशत अर्थात ३० लाख ६८ हजारले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड ८६ लाख रुपैंया खुद नाफा गरेको छ । उसले गत आर्थिक वर्षको यसै अवधिमा ६३ करोड १६ लाख खुद नाफा कमाएको थियो । खराब कर्जा असुली निरासाजनक रहेपछि बैंकको खराब कर्जाको आकार समेत बढेको छ । गतबर्षको दोस्रो त्रैमासमा १.३२ प्रतिशत रहेको खराब कर्जा बढेर चालु बर्षको दोस्रो त्रैमासमा १.९४ प्रतिशत पुगेको छ । बैंकले गत आर्थिक वर्षको पुष मसान्तमा ६९ करोड ६८ लाख रुपैंया खराब कर्जा उठाएको थियो । यस पटक भने बैंकले जम्मा १४ करोड २६ लाख मात्र खराब कर्जा उठाएको छ । सम्भावित जोखिममा पनि १३ करोड ६५ लाख राखेको छ । खराब कर्जा असलुी ५५ करोडले घट्दा पनि खुद नाफा मात्र ३० लाखले घट्नु बैंकका अन्य सूचकहरु सुधारत्मक रहेको दखिन्छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी पाँच अर्ब ५३ करोड ७३ लाख रुपैंयाबाट आठ अर्ब दुई करोड ९१ लख रुपैंया पुगेको छ । जगेडा कोष एक अर्ब ९१ करोडबाट एक अर्ब ९९ करोड पुगेको छ । निक्षेप तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको बैंकको खुद व्याज आम्दानी ८५ करोड ५१ लाख रुपैंयाबाट बढेर ९७ करोड ४९ लाख रुपैंया पुगेको छ । । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३१ करोड कर्जा लगानी गरेको देखिन्छ । बैंकको कोषको लागत ५.२० प्रतिशतबाट बढेर ८.१६ प्रतिशत पुगेको छ । जसका कारण उसले सस्तो व्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था देखिँदैन । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ६६ पैसा कायम भएको छ । चुक्ता पूँजीको आकार बढ्दा खुद नाफामा आएको गिरावटका कारण बैंकको प्रतिसेयर आम्दानी खस्किएको हो । बैंकको मूल्य आम्दानी अनुपात १८.२० प्रतिशत, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ।

प्रभु बैंकको ४० प्रतिशत हकप्रदको बिक्री खुल्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रद शेयरको बिक्री अाइतबार माघ ७ गतेदेखि खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ । प्रभु बैंकलाई नेपाल धितोपत्र बोर्डले पुस ६ गते ४० प्रतिशत हकप्रद निष्कासनको स्वीकृती प्रदान गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ । मेरोलगानीबाट साभार

राधी विद्युतको आइपिओ बाँडफाँडः ९५ हजार २१४ आवेदकको हात खाली, कसले कति पाए ?

राधी बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपिओ) बुधबार बाँडफांड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको सेयर पाएनन्। कम्पनीले निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता शेयरका लागि एक लाख ६६ हजार ३१७ वटा आवेदन परेको थियो । त्यसमध्ये एक हजार ३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । सदर भएका कुल एक लाख ६४ हजार ९९० आवेदकमध्ये गोलाप्रथाबाट ७१ हजार १०२ सर्वसाधारण आवेदकले दश कित्ता तथा एक आवेदकले एघार कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो। साधारण सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ । मेरोलगानीबाट साभार

फरवार्ड माइक्रोफाइनान्सले दिने भयो ६५ प्रतिशत लाभांश दिने

काठमाडौं, पुस २८ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो । माइक्रोफाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । यही चुक्ता पुँजीको ५० प्रतिशत बोनस दिन लागिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा माइक्रोफाइनान्सले ६ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डको रिजर्भ कोषमा ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ । पहिलो त्रैमासिकको रिपोर्ट अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ भने ४३३ रुपैयाँ ८१ पैसा छ । वार्षिक हिसाब हिसाब गर्दा भने प्रतिसेयर आम्दानी निकै राम्रो हुने दखिएको छ ।

शेयर बजार १८ अंकले घट्यो

काठमाडौं, मङ्सिर २६ । मंगलबार पनि शेयर बजार (नेप्से) ओरालो लागेको छ । नेप्से १७.५४ अंकले घट्दा ६६ करोड ९२ लाख ११ हजार १८१ रुपैयाँको कारोबार भएको छ । अधिकांश समूहको परिसूचक घटेको छ । मंगलबार १५७ कम्पनीको ११ लाख ८० हजार ५६३ कित्ता सेयर ४ हजार ९५२ पटक किनबेच भएको छ । निर्वाचनपछि खुलेको सेयर बजार परिसूचक (नेप्से) पहिलो दिन ६.०५ अंकले  र दोस्रो दिन २.७४ अंकले ओर्लिएको थियो । उत्पादनमूलक बाहेक ९ वटै  समूहको सेयर परिसूचक राताम्य भएकोे छ । सबैभन्दा धेरै विमा समूहको परिसूचक १६६.१७ अंकले घटेको छ । त्यस्तै होटेल, विकास बैंक र माइक्र्रोफाइनान्स समूहको सेयर परिसूचक क्रमशः ४७.८३, २२.८१ र २०.६३ अंकले घटेको छ । उत्पादन समूहको भने ६.४२ अंकले बढेर ६८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक ०.१३ प्रतिशतले बढ्यो

काठमाडौं, कार्तिक २६ । आइतबार नेप्से परिसूचक ०.१३ प्रतिशत बढेको छ । पहिलो आधा घण्टासम्म ओरालो लागेको बजार त्यसपछिको व्यापारमा भने सुधार देखिएको थियो । १ घण्टा ३० मिनेटको व्यापारमा शेयर बजार १ .९२ अंकले बढेर १ हजार ४ सय ६२.६५ विन्दुमा पुगेको छ । बैंकिङ, होटल र जलविद्युत समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा १ सय ६ कम्पनीको ९ सय ३६ पटकको व्यापारमा रू। १० करोड ४१ लाख बराबरको शेयर कारोबार भएको हो । होटल समूहको परिसूचक १.०१ प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत र बैंकिङको ०.३६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ५ प्रतिशत, लघुवित्त समूहको ०.४६ प्रतिशत र बीमाको ०.१३ प्रतिशतले घटेको छ । विकास बैङ्क भने स्थिर रहको छ । अभियानबाट साभार

देवःको खुद नाफा ३६.१३ प्रतिशतले लाग्यो ओरालो

काठमाडौं, कार्तिक २६ । देवः विकास बैंकले चालु आवको पहिलो त्रैमासमा ३ करोड २३ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गतवर्षको यही त्रैमासको भन्दा नाफा ३६.१३ प्रतिशतले थोरै हो । गतवर्ष देवःले ५ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा बुक गरेको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने २.९८ प्रतिशतले वृद्धि भएर १२ करोड ६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गतवर्ष खुद ब्याज आम्दानी ११ करोड ७१ लख ६० हजार रुपैयाँ थियो । निक्षेप ७ अर्ब ९६ करोबाट ११ अर्ब ३५ करोड ३० लाख ३६ हजार रुपैयाँ पुर्याएको यस बैंकले १० अर्ब १६ करोड ८९ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ६४ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ पुर्याएको बैंकको जगेडा कोषमा भने ५० करोड ८७ लाख ८४ हजार छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको देवःले युनियन फाइनान्स र साझा विकास बैंकलाई एक्वायर गरेर बिहीबार (कात्तिक २३ गते) देखि एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । यस्तै, देवःले सहारा विकास बैंकलाई एक्वायर गर्ने तरखरमा पनि छ । बैंकले प्रथम त्रैमासमा प्रोभिजनमा ४ करोड १० लाख ४० हजार रुपैयाँ राखेको छ । देवःले खराब कर्जा भने घटाउँदै लगेको छ । गत वर्ष ३.४४ प्रतिशत रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा १.७९ प्रतिशतमा झरेको छ । कस्ट अफ फन्ड र निक्षेप अनुपात भने बढेर क्रमशः ८.०६५ र ७६.५३५ पुगेको छ । गतवर्ष कस्ट अफ फन्ड र निक्षेप अनुपात क्रमशः ३.९६५ र ७३.८१ प्रतिशत थियो । देवःको ८ रुपैयाँ ९६ पैसा ९वार्षिक० मा झरेको छ । प्रतिसेयर नेटवर्थ भने १३५ रुपैयाँ २१ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २३ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५ पैसा थियो । नेपालीपैसाबाट साभार

छ अंकले झरेको नेप्सेमा ४६ करोडको कारोबार

काठमाडौं, कार्तिक २३ । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक करिब ६ अंकले घटेको छ। ५.८ अंकको गिरावटपछि बजार १४६० अंकमा अडेको छ। १५४ कम्पनीको ४६ करोड ८२ लाखको कारोबार भएको छ । जलविद्युत र माइक्रोफाइनान्स उपसूचक बढेका छन् भने अरु घटेका छन् । जलविद्युत ६ तथा माइक्रोफाइनान्स १ अंकले बढे। बैंकिङ ६, व्यापार १, होटल ९, विकास बैंक ११, फाइनान्स ७, बिमा २४, उत्पादन ३ र अन्य समूह १ अंकले घटेका छन् । कारोबारका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो । कम्पनीको ३ करोड २० लाखको कारोबार भएको छ। मूल्य प्रतिकित्ता ११०५ कायम भएको छ । दोस्रोमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकको २ करोड ५७ लाखको कारोबार भयो । मूल्य प्रतिकित्ता १९८५ कायम भएको छ । नागबेली लघुवित्त, नविल बैंक पनि कारोबारका आधारमा अगाडि रहे । समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९ प्रतिशत नाफा कमाए । नाफा कमाउने अन्यको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा तल सीमित रह्यो। गुमाउनेमा रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि देखिए । सो कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ। कन्काई विकास बैंक, हाम्रो विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि देखिए। सेतोपाटीबाट साभार  

नबिल बैंकको खुद नाफामा ६.६४% वृद्धि

काठमाडौं, कार्तिक १५ । नबिल बैंकले चालु आवको पहिलो त्रैमासमा ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.६४ प्रतिशतले खुद नाफा वृद्धि गर्न बैंक सफल भएको हो । अघिल्लो वर्ष बैंकले ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ७. १० प्रतिशतले वृद्धि गरी १ अर्ब ३६ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । बैंकले २ लाख ९९ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ९ करोड ४५ लाख १५ हजार रुपैयाँ छुट्याएको छ । नबिल बैंकले पनि नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकले गत आवको पहिलो त्रैमासको तुलनामा ३०.०७ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको छ । भारी मात्रामा चुक्ता पुँजी वृद्धि हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५७ पैसाले घटेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ १० पैसा छ । बैंकले भारीमात्रामा चुक्ता पुँजी वृद्धि गर्दा खुद नाफा पनि सँगसँगै वृद्धि गर्दै लगेको देखिन्छ । यसबाट भविश्यमा बैंक झन् सबल बैंन्दै जाने अनुमान लगाउन सकिन्छ । बैंकको प्रतिशेयर नेटवर्थ पनि १४ रुपैयाँले घटेर १८४ रुपैयाँमा आएको छ । नबिलको रिजर्भ कोषमा ११.२४ प्रतिशत वृद्धि भएर ६ अर्ब ९० करोड ५० लाख ८२ हजार रुपैयाँ जम्मा भएको छ । यो आवको पहिलो त्रैमासमा बैंकको निक्षेप संकलन २.४५ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, ९४ अर्ब ९८ करोड ४४ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गर्न बैंक सफल भएको छ । कर्जा लगानी पनि अघिल्लो वर्षको तुलनामा १३.६९ प्रतिशतले वृद्धि भएको हो । बैंकले खराब कर्जा भने १.०९ प्रतिशतबाट बढेर १.११ प्रतिशतमा पुगेको छ । कस्ट अफ फन्ड पनि १.८८ प्रतिशतबाट बढेर ४.४० प्रतिशत पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल घटेको छ । इक्विटीमा प्रतिफल २७.०३ प्रतिशतबाट घटेर २३.४५ प्रतिशतमा आएको हो । एजेन्सी

पुँजी फस्न सक्छ, थाहा पाउनुस् शेयरमा लगानी गर्दा जान्नैपर्ने कुराहरू

काठमाडौं, कार्तिक १३ । शेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन । शेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउँछ । यसका लागि शेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ । सेयर बजारमा गरिएको सानो लगानीले थुप्रैलाई अर्बपति बनाएको छ भने धैर्यताको अभावमा गरिएका लगानी डुबेका उदाहरणहरु पनि प्रशस्तै छन् । सेयर बजारमा आफ्नो लगानीका साथसाथै कला कौशल प्रयोग गरी अर्बपति बनेका टिम जि र माइकल जि ले शेयर बजारमा लगानी गर्दा १० वटा कुराहरुमा ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुले अपनाएका यी १० सुत्रहरु पालन गर्न सकेमा आफ्नो उद्देश्यमा पुग्न ठुलो मद्धत हुने उनीहरु बताउँछन् । १. हट स्टकले बनाएको उचाईलाई अध्ययन गरिराख्नुहोस् जब सेयर बजारको सपना देख्न सुरु गर्नुहुन्छ, अवश्य पनि बजारमा बढी चर्चा र कारोबारमा रहेको शेयर अर्थात हट स्टकबारे आफ्नो ध्यान बनाइराख्नुपर्छ । अध्ययन तथा अनुसन्धान गनुहोस् । स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्रन तथा स्थानबारे ध्यान बनाइ राख्नुहोस् । सेयर बजारमा हल्लाले बनाएको नयाँ गिरावटलाई खासै ध्यान नदिनुहोस् । २. शेयर किन्नुहोस् र छोटो समयको अन्तरालमा नै बेचिहाल्नुहोस् केही यस्ता व्यक्तिहरु हुन्छ जो मार्केट उचाइमा पुगेपछि मात्र धनी हुने सोच राख्छन् । छोटो समयमा गरिने किनबेचलाई प्राथमिकता दिनुहोस् । नाफा कमाउन धेरै समय होल्ड गरेर बस्नु राम्रो हुँदैन । कारोबार गरिरहेकाहरुले गरेको सफलताबारे अध्ययन गर्नुहोस् । त्यो नै नाफा कमाउने सुचक बन्नेछ । ३. घाटालाई तुरुन्त कम गर्नुहोस् सेयर बजारमा सफलता पाउन चाहानुहुन्छ भने पहिला आफ्नो घमण्ड पुर्ण रुपमा हटाउनुहोस् । यस्तो अवस्थामा केही समयका लागि पछाडि सर्नुपर्नेहुन्छ तर नोक्सानी कटौती गर्दै अगाडि बढ्नुपर्छ । नोक्सानीलाई लिएर निराश नभइकन अगाडि बढ्नका लागि तयार हुनुहोस् । कतिसम्म नोक्सानी व्यहोर्ने भन्ने बारेमा पहिले नै योजना बनाउनु होस् । ४. थोरै वा धेरै नाफा लिन नहिचकिचाउनुहोस् जबसम्म तपाईले गरेको लगानीबाट फाइदा लिइसक्नुहुन्न तबसम्म फाइदा भयो भनेर सोच्नु गलत हुनेछ । जति पनि फाइदा हुन्छ त्यसलाई जतिसक्दो चाँडो बुक गर्नुहोस् । मार्केट केही मिनेटमै परिवर्तन हुने हुदाँ जे गरें ठिक गरे भन्ने सोचमा जोड दिनुहोस् । नाफा कति कमाउने अर्थात कुनै पनि शेयरको मुल्य कति बढ्दा तपाईले नाफा कमाइयो अब बेच्छु भन्ने यकिन गर्नुहोस् न कि अझै बढ्छ अनि बेच्छु । अझै बढ्छ अनि बेच्छु भन्ने लालसा लिनु भयो भने बजार भाउ माथि नगई तल झरेको खण्डमा पछुताउनु सिवाय केही हुँदैन । ५. नयाँ प्रविधिहरुको प्रयोग गर्नुहोस् हरेक क्षेत्रलाई प्रविधिले प्रभाव पारिरहेको कुरालाई ग्रहण गर्नुहोस् । तपाई पनि शेयर बजारमा लगानी गरेर फाइदा कमाउन चाहानुहुन्छ भने आफुलाई पनि त्यसै अनुसार परिवर्तन गर्नुहोस् । प्रविधि सम्बन्धि कम्पनीहरुले के गर्दैछन् भनेर अत्तालिनुको साटो आफु पनि त्यसमा अभ्यस्त हुने जमर्को गर्नुहोस् । अब बजार पुर्णतया प्रविधिमा आधारित हुने भएकाले आफ्नो लगानीबाट नाफा कमाउन नयाँ प्रबिधि र बिजनेश मोडेललाई बुझ्ने पयास गरिराख्नुपर्छ । प्राविधिक विश्लेषण, अनलाइनबाट हुने बैंकिंग कारोबार, डिम्याट खाता लगायतका बजारका प्रविधिजन्य विषयलाई आत्मसाथ गर्दै बुझ्ने कोशिस गर्नुहोस् । ६. लिकुइड स्टकसँग जोडिरहनुहोस् यदि तपाई फरक ढंगले बजार बुझेर आम्दानी गर्न चाहानुहुन्छ भने लिकुइड स्टकमा टासिरहनु उत्तम उपाय हो । लिकुइड स्टक अर्थात बजारमा धेरै कारोबार भैरहने कम्पनीको शेयर खरिद बिक्रि गर्ने बानी गर्नु भयो भने चाहेको समयमा शेयर किन्न अनि बेच्न र नाफा बुक गर्न सकिन्छ । यस्तो स्टकमा धेरै आम्दानी नभए पनि छोटो समयमा आम्दानी निरन्तर रुपमा गर्न सकिने भएकाले त्यो तपाईका लागि दिगो हुन सक्छ । ७. बजारमा चल्ने जस्तो सुकै हावादारी कुराको पछाडि नलाग्नुहोस् कारोबारमा कुराहरु सस्ता हुन्छन् । कसैले दिएका कसम तथा सपनाका पछाडि नलाग्नुहोस् । फलानोले फलानो कम्पनीको शेयरबाट यति कमायो, फलानोले भनेको फलानो कम्पनीले यति बोनस दिन्छ भन्ने जस्ता कुराको पछि नलाग्नु होस् । यस्ता कुरा सुन्नु भयो भने वास्तविकता के हो पत्ता नलगाई कुनै कदम नचाल्नुहोस् । तपाईलाई शेयर किन्न उकास्ने व्यक्तिले शेयर बेच्ने समयको जानकारी नदिंदा उसले नाफा कमाए पनि तपाई घाटा पर्न सक्ने भएकाले आफ्नो निर्णय आफैं गर्नुहोस् । ८. एकै पटकमा धेरै कम्पनीको सेयर नलिनु होस् एकै पटकमा धेरै कम्पनीको सेयर खरिद गर्दा तपाईको पोर्टफोलियो के भईरहेको छ भनेर जानकार हुन नसक्ने तथा भनेको समयमा सबै सेयरको अध्ययन गर्न नसक्ने समस्याले चाहेको समयमा शेयर बिक्रि गर्न नसक्ने अवस्था आउन सक्छ । धेरै कम्पनीका धेरै सेयर हुँदा सोचाई धेरै हुने अनि त्यसले तनाव महशुस गराउनेतर्फ चनाखो हुनुहोस् । साथै एउटै कम्पनीको धेरै सेयर नलिनुहोस् । नाफा आउँदा त एउटाबाट धेरै आउन सक्छ त कारणबस नोक्सान भयो भने एउटै कम्पनीको धेरै शेयर कै कारण धेरै नोक्सान हुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस् । आफ्नो क्षमता अनुसार ३० प्रतिशतभन्दा ज्यादाँ लगानी नगर्नुहोस् । ९. धेरै सस्तो सेयर किनिरहनु आवश्यक छैन तर उछालमा रहेका बेच्नुहोस् लगानीकर्ताले कहिलेकाँही कारोबार हुने सबैभन्दा सस्तो मुल्यमा रहेका सेयर किन्नुभन्दा पनि उछालमा रहेका सेयर बेचेर फाइदा लिनु बुद्धिमानी हुनेछ । मध्यम मुल्यका निरन्तर कारोबार हुने सेयरबाट पनि फाइदा लिन सकिन्छ । साथै सबैभन्दा सस्तो सेयर किनेर फाइदा गर्छु भन्ने सोच गलत नभए पनि उछालका सबैभन्दा बढी कारोबार हुने सेयरले फाइदा दिने सम्भावना निकै बढी हुन्छ । १०. सधै एउटा योजना बनाउनुहोस् यदी तपाई गम्भिर भएर सेयर बजारबाट लामो समयसम्म नाफा कमाउने योजनामा हुनुहुन्छ भने एउटा केन्द्रिकृत योजना बनाएर अगाडि बढ्नु राम्रो हुन्छ । डर र लोभ दुवैलाई मिलाएर अगाडि बढ्नसक्नुपर्छ । आफ्नो योजनाबाट बिमुख नहुनुहोस् । सामान्य नोक्सानी देखिंदा नआत्तिनुहोस् । तपाईको इच्छाशक्ति र तपाईले बनाएको योजनाले नै तपाईको कमाईलाई निर्धारण गर्छ । लगानी गरिसकेपछि त्यसमा आउने संभावित जोखिमलाई सहन गर्ने क्षमता अनुसार मात्र लगानी गनुहोस्, जसले तपाईको आत्मविश्वासलाई अझै बढाउन सकोस् । बैंकिङखबरबाट साभार

जनता बैंकको शेयर कसरी खरिद गर्न सकिन्छ त ?

काठमाडौं, कार्तिक १२ । जनता बैंक नेपाल लिमिटेडले ८५ हजार एक कित्ता साधारण सेयर लिलामीमा राख्ने भएको छ । बैंकले प्रचलित कानुनविपरीत गुरुप्रसाद न्यौपानेले किनेको शेयर जफत गरी लिलामीमार्फत बिक्री गर्न लागेको हो । सर्वसाधारणले खरिद गर्न पाउने उक्त शेयरमा यही कार्तिक १५ गतेदेखि २१ गतेसम्म आवेदन दिन पाइनेछ । यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ । बैंकिङखबरबाट साधार

लगानीकर्ताको छनौटमा परेका दश कम्पनी (सूचिसहित)

काठमाडौं, कात्तिक ११ । यतिबेला सेयरबजारमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने र लाभांश पारित गराउन साधारणसभा आह्वान गर्ने क्रम बढेको छ । कतिपय कम्पनीहरुले साधारणसभा सम्पन्न समेत गरिसेकका छन । लाभांश घोषणाको सिजनमा लगानीकर्ताको छनौटमा परेका दश कम्पनी भने यस्ता रहेका छन् । नेप्सेमा सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने र चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम थाल्दै गर्दा असोज महिनाको सेयरबजारमा भने सुधार आएको छ । महिनाभर १६ दिन खुलेको सेयरबजार परिसूचक नेप्से ११.२४ अंकले बढेको छ । असोज १ गते १५४७.९४ विन्दुमा रहेको नेप्से असोज ३१ गते १५५९.१८ विन्दुमा पुगेको थियो । असोजको सुरुवातमा १७ खर्ब ९६ अर्बमा रहेको बजार पूँजीकरण समेत बढेर १८ खर्ब ९ अर्ब पुगेको छ । असोज महिनाभरको कारोबार हेर्दा लगानीकर्ताको छनौटमा वाणिज्य बैंकहरुको बाहुल्यता देखिएको छ । केही बीमा कम्पनी, जलविद्युत र लघुवित्तको सेयरको माग पनि असोज महिनामा उल्लेख्य भएको देखिन्छ । यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स असोज महिनाभर कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको २९ करोड २३ लाखको संस्थापक सेयर तथा २४ करोडको साधारण सेयरको किनबेच भएको छ । दोस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट बैंकको २५ करोड ५५ लाखको कारोबार भएको छ । चाैथाे नम्बरमा रहेको चिलिमेको २३ करोड ९२ लाखको कारोबार भएको छ । त्यस्तै क्रमश डिप्रोक्स लघुवित्त, बैंक अफ काठमाण्डौ, स्ट्यान्डर्ड चार्टर्ड, नागरिक लगानी काेष, एभरेष्ट बैंक र सानिमा बैंक उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् । यता कारोबार भएको सेयर संख्याको आधारमा जनता बैंक सबैभन्दा अगाडि देखिएको छ । असोज महिनाभर जनता बैंकको ४ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । बैंक अफ काठमाण्डौको ४ लाख २२ हजार, नेपाल बैंकको चार लाख, सानिमा बैंकको ३ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । भने दशौं नम्बरमा रहेको एनबि बैंकको २ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । असोज महिनाभर इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ३ हजार ७७६ पटक सेयर किनबेच भएको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफको २५ सय ७७ पटक सेयर किनबेच भएको छ । हिमालयन पावर, सानिमा बैंक, चिलिमे हाइड्रो लगायतका कम्पनी धेरै पटक सेयर किनबेच हुने कम्पनीमा परेका छन् । दशौं नम्बरमा रहेको एनबि बैंकको १२ सय ११ पटक सेयर किनबेच भएको छ ।  असोज महिनाको लगानीकर्ताको सेयर कारोबारको प्रवृति नियाल्दा पनि लगानीकर्ता कस्ता कम्पनीतर्फ आर्कषित छन् भन्ने आँकलन गर्न सकिन्छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याको आधारमा लगानीकर्ताको नजरमा अधिकांश मध्यम मूल्य भएका वाणिज्य बैंकहरु परेको देखिन्छ । साथै लगानीकर्ताको छनौटमा बीमा कम्पनी, जलविद्युत, लघुवित्त र अन्य कम्पनी समेत देखिएकाले लगानीकर्ता लगानी विविधिकरण तर्फ पनि चनाखो रहेको असोज महिनाको कारोबार प्रवृतिबाट आँकलन गर्न सकिन्छ ।