किन्ने होइन त सुन्तला ?

इलामको बरबोटेमा बिक्रीका लागि बगानमै थुपारिएको सुन्तला ।

तस्बिर : गोविन्द लामिछाने, इलाम

मुस्ताङका पूर्वराजाको पार्थिक शरिर

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको निधनपछि पार्थिक शरिरलाई बौद्धस्थित मुस्ताङ गुम्बामा राखिँदै । तस्बिर : रोशन सापकोटा, मुस्ताङ

‘देश चाँडै नै लोडसेडिङ मुक्त हुनेछ’ : प्रचण्ड

सिरहाको ढल्केबर सबस्टेसन निर्माण तथा स्थरउन्नती कार्यको निरिक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । त्यहाँको कार्यको गति देखेर निकै खुसी हुँदै देशभर यस्तै कार्यगतिकाे अावश्कता रहेकाे प्रधानमन्त्री प्रचण्डले बताए । चाँडै नै भारत किन्ने भनिएको २२० मेगावाटल विद्युतबाट देशभरि वितरण गरिने र  देश भरि धेरैहदसम्म लोडसेंडिग अन्त्य गरिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । तस्वीर : प्रकाश दाहालकाे फेसबुकबाट

हात्तीमा सररर… !

उपराष्ट्रपनि नन्दबहादुर पुन ‘पासाङ’ले चितवन बसाइका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ति सफारी, क्यानन सयर गरेका छन् । सोही क्रममा निकुञ्जभित्र देखिएका गैडालगायत विभिन्न वन्यजन्तुको अवलोकन गरेका छन् । तस्वीर : मनाेज मगर, चितवन

जनयुद्दका घाइते भेटेर जन्मदिन मनाए प्रचण्डले

प्रधानमन्त्री प्रचण्ड ६३ वर्षमा पुगेका छन् । आफ्नो जन्मदिनका अवसरमा आज उनले जनयुद्धका घाइते कालिकोटका सर्जन बिकसँग पहिलो भेट गरे ।

जाडो भगाउने उपाय

काठमाडौंको महाबौद्धस्थित जाडोको लागि न्यानो कपडा छान्दै सर्वसाधारण । बढ्दै गएको चिसोका कारण राजधानीमा न्यानो लुगा किन्नेहरुको भीड लाग्ने गर्दछ । तस्बिर : प्रदीपराज वन्त, काठमाडाै‌ं

को–को पुगे राष्ट्रपति निवास ?

समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आब्हान गरेको सर्वदलीय बैठकमा सहभागी नेताहरु ।

बेहुली झै सिंगारियाे रामजानकी मन्दिर

मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आइतबार धुमधाम साथ मनाइँदै । तस्बिर : अजयकुमार साह, धनुषा  

हात गुम्याे तर हिम्मत गुमेन

तत्कालीन दश वर्षे द्वन्द्वको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका म्याग्दीको बावियाँचौर–६ सल्यानका २८ वर्षे सुरेन्द्र खत्री । अपाङग सङ्घ म्याग्दीका सचिब रहेका उनी सामान्य मानिस सरह चम्चाले आफै खाना खान, मोबाइल इन्टरनेट चलाउन, कम्प्युटरमा टाइप गर्न, लेख्न र गाडी चलाउन सक्छन । तस्बिर : कमल खत्री, म्याग्दी  

डाक्टर केसीको माग सुनिदेऊ !

२१ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि दवाव स्वरुप शनिबार राजधानीको माइतीघरमा निकालिएको बृहत प्रदर्शन । तस्वीर : पुष्पा महरा/ काठमाडाै

प्रभातफेरिमा पत्रकारहरु

नेपाल पत्रकार महांसघ जिल्ला शाखा रोल्पाको ११ औ स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागी पत्रकारहरु । तस्वीर : उमा केसीको फेसबुकबाट, रोल्पा  

एड्स दिवसमा र्याली

डिसेम्बर १ अर्थात विश्व एड्स दिवस आज नेपालमा पनि बिभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईदैछ । २९औं विश्व एड्स दिवसको अवसरमा बागलुङमा पनि सचेतना ¥याली निकालियो । तस्बिर : रामबहादुर थापा, बागलुङ