नेपाल स्काउटले माग्याे १०‌‍‍+२ पास कर्मचारी, फाेन नम्बर सहित

काठमाडौं, साउन २४ । नेपाल स्काउट जिल्ला स्काउटले १०‌‍‍+२ पास कर्मचारी मागेकाे छ । यहि साउन २९ गते भित्र दरखास्त दिन सकिन्छ ।

डाक्टर भन्छन्– गर्भावस्थामा डिप्रेसनको औषधी खतरनाक !

काठमाडौं, गर्भावस्थामा डिप्रेसन अर्थात मानसिक अवसादको अवस्थालाई हटाउन कतिपय महिलाहरुले डिप्रेसनको औषधी लिने गर्दछन् । पेटमा बच्चा रहेपछि महिलाहरुको शरीरमा हर्मोनमा आउने परिवर्तनले उनीहरुको मन, चित्त, संवेग र संवेदनामा नै परिवर्तन आउने हुँदा कतिपय महिलाहरु शुरुको चरणमा र बच्चा पाएकापछि डिप्रेसनमा पुग्ने गर्दछन् । यस्तो बेला कतिपयले डिप्रेसन निको पार्न दिइने औषधी खाने गर्दछन् । तर सावधान, चिकित्सकहरु भन्छन्– यस्ता औषधी लिनु खतरनाक हुन्छ आमा र बच्चा दुबैका लागि । हालैमात्र हल्याण्डमा एउटा अनुसन्धान गरियो । स्वेन्सा विश्वविद्यालयका शोधकर्ताहरुले ५ लाख भन्दा बढी नवजात शिशुमा यो शोध गरेका थिए । यसबाट गर्भावस्थामा डिप्रेसनको औषधी लिने आमाबाट जन्मेका बच्चाहरु अविकसित अवस्थामा जन्मिने खतरा बढी रहने पाइयो । यसमा मुख्य गरी डिप्रेसन र एन्जाइटीको गम्भीर अवस्थामा लिइएका औषधीहरुले बढी समस्या तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ पर्ने देखियो । किन हुन्छ खतरा ? गर्भावस्थाको बेला पहिलो त्रैमासिकमा बच्चाको शरीरका अंगहरु निर्माण हुन्छ । यस्तो बेला जुन महिलाहरुले डिप्रेसन, मानिसक तनाव या यस्तै समस्या अन्त्य गर्न एन्टीडिप्रेसन या एन्टी साइकोटिक औषधीहरु नियमित रुपमा लिनेगर्दछन्, उनीहरुको बच्चामा यसको सोझो असर पर्छ । यसबाट बच्चा मुटुसम्बन्धी रोग र असन्तुलित व्यवहारका साथै अविकसितरुपमा जन्मिन सक्छ । यसप्रकारका समस्या भएर जन्मिने हरेक १०० मध्ये ९० बच्चामा यी समस्याहरु जन्मजात या जेनेटिक हुन्छन् । यो बाँकी १० प्रतिशतमा एन्टी डिप्रेसनजस्ता औषधीको सेवन मुख्यरुपमा जिम्मेवार हुन्छन् । के गर्ने त ? औषधी खानुपर्ने अवस्था देखिएपनि त्यसको विकल्पमा अन्य उपाय अपनाउन चिकित्सकहरु सल्लाह दिन्छन् । यसका लागि पौष्टिक आहार खाने, सकेसम्म परिवारको वातावरण राम्रो बनाउने र ध्यान गर्नुपर्ने उनीहरुको सल्लाह छ । यदि गर्भ बस्नु अगाडिदेखि यस्तो औषधी खाइरहेको खण्डमा चिकित्सकसँग सल्लाह लिनु जरुरी छ । चिकित्सकले पहिलो त्रैमासिक र तेश्रो त्रैमासिकमा यस्ता औषधी बन्द गर्ने या यसको मात्राका बारेमा तपाईलाई सही सल्लाह दिन सक्छन् ।

सुत्ने बेलाको सेक्स हानिकारक, यस्तो छ सही समय

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । सेक्स गर्नुस् मोटोपन घटाउनुस् अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा। डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा। डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ । सेक्स कतिपटक गर्ने ? सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ । विहानको सेक्समा कसरी मजा लिने ? विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ । रातिमा सेक्स किन नगर्ने ? विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

यस्ता हुन्छन् ५ प्रकारका रिस र नियन्त्रणका ९ उपाय

रिस नउठ्ने मान्छे कोही होला र ? त्यसो त हामीले गौतम बुद्धलाई रिस उठ्दैनथ्यो भनेर पढ्छौं । तर रिस नै नउठेको भए उनले घरबार किन पो छोड्थे होलान् र ? रिस उठ्नु सामान्य प्रक्रिया हो । तर रिस कस्तो र कुन अवस्थामा उठ्छ भन्ने कुरा मुख्य हो । कतिपय मानिसलाई एकाएक निकै बढी रिस उठ्ने, त्यस्तो बेला झनक्क रिसाएर निकै नोक्सानी गर्ने र पछि सम्झिएर पछुताउने हुन्छ । कतिपयले भने सहन नसक्ने अवस्थामा रिस निकाल्ने गर्छन । रक्तचाप वृद्घि भए यसलाई सामान्य पार्न चिकित्सकीय वा गैरचिकित्सकीय प्रक्रियामा सबैजसो लाग्ने भए पनि नेपाली समाजमा रिस उठने समस्याको उपचार खोज्नै विरलै छन् । रिस शरीरको सामान्य प्रक्रिया भए पनि यो बानीको रूपमा देखिन थाले समस्या सुरु हुन्छ । हरेक कुरामा रिस उठ्नुले शरीरमा प्रतिकूल प्रभाव उत्पन्न गर्नुका साथै दीर्घकालीन मानसिक–शारीरिक समस्यासमेत निम्त्याउन थाल्छ । रिस राम्रो नै त होइन तर यो स्वभाविक भने हो यदि यो सामान्य अवस्थामा आउँछ भने । अन्यथा रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । बारम्बार रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ । रिसले व्यावसायिक जीवनमा नै आँच आउँछ । त्यसैले रिस कस्तो छ भन्ने कुरा बुझ्नु जरुरी छ । ५ प्रकारका रिसहरु १. कडा रिस यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ । २.आवेश अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ । ३. निष्क्रिय या प्यासिभ रिस रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन । ४.आफैमा पोख्ने रिस (आत्महानी) रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पुर्याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने । ५. सकारात्मक रिस रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ । कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् । जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने । कसरी नियन्त्रण गर्ने त ? असमान्य अवस्थामा बाहेक रिस नियन्त्रण गर्ने कुनै औषधी छैन । तलका नौ वटा उपायबाट हामीले रिसलाई नियन्त्रण भने गर्न सक्छौं । यदि रिसका कारण व्यक्तिविशेषले आफू वा अर्कालाई नोक्सान पुर्‍याउन थाल्यो भने, दैनिक कामकाजमा असर पर्न थाल्यो भने, पतिपत्नी लगायत व्यक्तिविशेषको सम्बन्धमा तलबितल पर्न थाल्यो भने, लेखाइपढाइ, काम गर्ने वातावरण प्रभावित हुन थाल्यो भने रिस सामान्य भावनामा मात्र सीमित नभएर रोग वा समस्यामा परिणत भइसकेको बुझ्नुपर्छ । यस्तो अवस्था भोगिरहेकाहरूले मनोचिकित्सककहाँ जतिसक्दो चाँडो जानु जरुरी छ । गहिरो श्वास लिने तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ । तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस । नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस । तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ । एरोविक व्यायाम छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा यस्तो बानी सुधार गर्न सहयोग मिल्छ । एरोविक व्यायामले सेरोटोनिन –खुसी बनाउने हर्मन उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ । यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन् । शास्त्रीय संगीत सुन्ने  अन्य संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्यनले देखाएका छन् । युनिर्भसिटी अफ साउद अलाबामाका मनोवैज्ञानिकहरुले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए । कुनै विषयमा चोट दिएपछि सहभागी विद्यार्थीलाई संगीत सुन्न लगाएका थिए । ती मध्ये शास्त्रीय संगीत सुन्ने विद्यार्थीको चिन्ता, रिस र त्रास अन्यको भन्दा तुलनात्मक रुपमा न्यून थियो । अभिलेख राख्ने, डायरी लेख्ने  रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने । तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस । तपाईको आफ्ना सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ । यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ । फटाफट हिड्ने  जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस । यसरीे हिड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ । कागतीको तेल  कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन् । कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ । कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ । यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ । पानी पिउने  रिस उठ्दा प्राय मानिसको दिमाग तातेको हुन्छ र मुटुको धड्कन बढेको हुन्छ । यस्तो अवस्थामा चिसो पानी पिउदा पनि दिमाग ठन्डा हुन्छ । साथै दिमागमा अक्सिजनको मात्रा पुग्छ र मन शान्त रहन्छ । ध्यान गर्ने  ध्यान गर्ने मानिसले सजिलै रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ । कमजोरी केलाउने  प्रायस् मानिसले अरुलाई मात्र दोषी देख्छ तर आफ्नो कमजोर हेर्दैन । झगडा वा रिस उठ्नका कारणलाई रचनात्मक तरिकाले विश्लेषण गर्नुपर्छ । त्यसमा आफ्नो पनिा दोष हुनसक्छ । आफ्नो दोष छ भने माफ माग्दा प्रतिष्ठा बढ्छ । यसले सकारात्कम बाटोमा डोर्याउछ ।

रोग प्रतिरोधक क्षमता बढाउने ६ खाना

प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन एप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ । तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन । बदाम दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत प्राप्त हुन्छ । यसबाट प्राप्त हुने भिटामिन ईले शरीरमैं रहेका नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ। विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सघाउछ । बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ। यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ। बदाममा पाइने भिटामिन ईले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल समेत बस्न दिँदैन । सुन्तला सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ। यसले हरेक रुरोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन । त्यसैगरी कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ। यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ। यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई समेत सक्रिय बनाउँछ ।  लसुन लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ। पालुंगो पालुंगो पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपर फुड पनि भनिन्छ । यसमा फोलेट नामक तत्व पाइन्छ । जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ । उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ । मसरुम मसरुम शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक हुन्छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय बनाएँछ । यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ । मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ। प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके इम्युन सिस्टम बलियो रहन्छ। सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ। ब्रोकाउली ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ । http://swasthyakhabar.com/ बाट