सेक्स पहाडका तीर्थ यात्रीहरु, यौन सम्पर्कका लागि अपरिचित महिलाको खोजीमा

इण्डोनेशियाको जावा प्राय द्विपमा अवस्थित छ एउटा पहाड । स्थानीय भाषामा पहाडको नाम हो– गुनुङ केमुकस अर्थात् यौनको पहाड । अचम्म त के छ भने यो पहाड यौन सम्पर्क गर्न चाहनेका लागि तीर्थ यात्राका रुपमा लिन्छन् मानिसहरु । यहाँ सैयौं यस्ता तीर्थ यात्रीहरु भेला हुन्छन र अपरिचितहरुको खोजी गर्छन् यौन सम्पर्कका लागि । यसो गरेमा भाग्य चम्किने विश्वास छ उनीहरुको ।

यो विश्वासका पछाडिएउटा मान्यता प्रचलित छ जावामा । भनिन्छ, कुनै बेलाएकजना राजकुमार आफ्नी सौतेनी आमासँग यौनसम्पर्क गरिरहेको बेला समातिएको थियो । पछि यही आरोपमा राजकुमारको हत्यागरियो रे । ती दुबै प्रेमीहरुको लास त्यही पहाडमा गाडिएको छ रे । योग्याकर्टक्सको गडजाहमाडा विश्वविद्यालयमा अद्यापन समेत गराउँदै आएकी अनुसन्धानकर्ता सिओपार्नोका अनुसार, पौराणिककालमा युवराज पेन्गेरन समोद्रो रानी नायी ओन्त्रोबुलानसँग भागेकी थिइन । ओन्त्रोबुलान उनकी सौतेनी आमा थिइन । १६औं शताब्दीको यो कथा बिभिन्न किसिमले बर्णन गरिन्छ । एक दिनयुवारज र रानी सेक्स गरिरहेको बेला पक्राउ परेपछि पहाडको टुप्पोमा नै उनीहरुलाई मारेर गाडियो ।

‘धार्मिक विधिअनुसार अपरिचितमानिससँग यौनसम्पर्क गर्न चर्चित छ केमुकस पहाड’

३० वर्षदेखि यो “अपरिचितसँग सेक्स गर्ने संस्कार”को अध्ययन गरिरहेकी सामाजिक मनोवैज्ञानिक ओन्टजोरो सिओपार्ने भन्छिन, “तीर्थयात्रीहरुले यहाँ कामुकताको प्रदर्शन गरे आफ्नो भाग्यखुल्ने विश्वास राख्छन् ।” त्यसैले यो गुनुङ केमुकसलाई “यौनको पहाड” समेत भन्ने गरिन्छ ।

indonesia-anustan

यसरी हुन्छअनुष्ठान
यो पहाडमा हरेक ३५ दिनमा अनुष्ठान हुने गर्छ जसमा देशभरीबाट मानिसहरु भेलाहुन्छन् । त्यसो त इण्डोनेशिया संसारकै सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश हो ।

भेटोनन साइकिल (जावनिजक्यालेन्डर)काअनुसार, ग्रह, नक्षत्र हेरेर यो यौन अनुष्ठानका लागि मिति तय गरिन्छ । पुरानो जावनिज क्यालेण्डरकाआधारमा ३५ दिनको फरकमा पर्व मनाइन्छ ।

यौन सम्पर्क जसले जहाँ जसरी पायो त्यसरी भने राखिँदैन । धार्मिक विधिअपनाएर अपरिचितसँग यौन गर्ने परम्परा उनीहरुको छ । यसका लागिसाँझ पर्न थालेपछि देवदारको रुखमुनि मोमबत्तीको बालेर मानिसहरु बस्ने गर्छन् । विशालअन्जिर रुखका जराहरु माथिबाट झुलिरहेका हुन्छन् । अनि शुरु हुन्छअनुष्ठान।

indonisia-sex
यो अनुष्ठानको शुरुआत प्रार्थनाबाट शुरु हुन्छ । प्रार्थनासँगै युवराज पैन्गेरन समोद्रो र रानीनायी ओन्त्रोबुलानको चिहानमाथि फूलअर्पण गरिन्छ । पहाडका दुई पवित्र खोल्सा मध्ये कुनै एकमा तीर्थयात्रीहरुले स्नानगर्नु अनिवार्य हुन्छ । यसपछि उनीहरु कुनै अपरिचितको खोजीमा डुल्छन् यौन सम्पर्ककालागि ।
सुपर्णो भन्छिन, “यदितपाई आफ्नो श्रीमान या श्रीमतीबाहेक कुनै अरुसँग सुत्नुहुन्छ ने आर्शीवाद र धनप्राप्त हुने मान्यता रहेको छ । तर यसरी यौनसम्पर्क गरिने पार्टनर परिचित नै हुनु हुँदैन ।” तर एकपटक यौनसम्पर्क गरेर मात्रै पुग्दैन । यो सम्बन्ध एक वर्षमा सात पल्ट हुनुपर्छ रे । यदि सात पल्टसम्मअपरिचितसँग यौनसम्पर्क नभए फेरी शुरुबाट नै यो अनुष्ठान गर्नुपर्छ ।

indonesia-anusthani

विशेषज्ञहरुकाअनुसार, युवाहरुका लागि यो सजिलो छ, तर अरुकालागि ने यसरी सातपटकसम्म यो क्रिया पुरा गर्नु निकै गारो पर्छ । कतिपय जोडीहरुले एक अर्काको फोन नम्बर लिन्छन् र फेरी अर्कोपल्ट भेट्ने गर्छन ।

यी व्यस्त रात्रीहरुमा आठहजार भन्दा बढीतीर्थ यात्रीहरु पहाडको चोटीमापुग्न सक्छन् । पहाडचढ्न ढुंगाका सिंढी बनाइएका छन् । सुपर्णोकाअनुसार बढीजसो यो पहाडमा साना व्यापारीहरु आउने गर्छन् ।
यो तीर्थस्तलमाखाने कुरा पनि उपलब्ध छन्  रे । यहाँ चिया, बदाम, चाउचाउ, नुडल्स पाइन्छन् । राती बस्न कोठाहरु पनि पाइन्छन् ।
बिबिसीका रिपोर्टरले एक जना यात्रीका बारेमा वर्णन गर्दै लेखेकाछन्– यो पवित्र स्थलभित्र एक जना युवा नमाज पढ्न थाल्छन अनि  नीनिस्किन्छन् अपरिचितजोडीको खोजीमा ।

indonesia-anusthan

ती युवा भन्छन्, “मलाई कुनै महिला मन परेपछि उसको नजिकगएर प्रस्ताव गर्छु, उनलाई पनि यौनसम्पर्कको इच्छा भए नभएको भने मैले विशेष ख्याल राख्छु ।”
यी युवा विवाहित हुन । यिनका तीन छोराछोरी छन् । तर उनकी श्रीमतीलाई उनी यो पहाडमा गएका थाहा छैन । घरमा चाहिँ उनले मस्जिद जाँदैछु भनेर ढाँटेकाछन् ।

त्यही स्थानमा ६० वर्षकी एक जना महिला छिन् । उनी सुनौलो ब्लाउज र मिनिस्कर्टमा देखिन्छन् । कालो छालाको ज्याकेट लगाएकी छिन् उनले । ओठ पोतिएका छन् रातो लिपिष्टिकले । उनले भनिन, “मेरा चार जना छोराछोरी र एउटानाती छ ।श्रीमानलाई केमुकस गइरहेको छु भन्दा उनले मान्ने कुरै भएन । मविगत १० वर्षदेखि यो पहाडमा आउने गरेकी छु ।

एभरेष्टदैनिक डटकमका लागि बिबिसीको रिपोर्ट अनुवाद