अपाङ्ग दलितलाई कुट्ने वडाध्यक्ष १३ हजार दिएर उम्कीए

अपाङ्ग दलितलाई कुट्ने वडाध्यक्ष १३ हजार दिएर उम्कीए

प्रेम सुनार

गुल्मी, साउन ६ । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर उम्कीएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेका थिए ।
त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको छलफलमा ठुलो समुहले दलित भएर दलितको ठाउँमा बस्नु प¥यो , मुख सम्हाल्नु प¥यो भनेर हप्काएको र पिटाई खाने दलितले बढि बोलेको भन्दै माफी समेत मगाएको बुझिएको छ ।

छलफलमा सहभागी एक दलित अगुवाले भने –‘ घाईते बिक गाउँमा अरु संग पनि बढि बोल्ने गरेको आवाज लिएर धेरै जना ओईरिएका थिए , नव निर्वाचित वडाध्क्षको पार्टी विरुद्ध चुनावताका पनि नारावाजी गरेको भन्ने सुनियो , मुख सम्हाल्नु पर्ने दवाव पनि बढि आयो त्यसैले कुटपिट पछि उनि वुटवल सम्म जातेआते गरेको र उपचार खर्च जोडेर १३ हजार ७ सय १० पिडित लाई दिलाउने र एक महिना पछि थप उपचारको जिम्मा समेत वडाध्यक्ष पुनले लिनु पर्ने सहमति गरिएको हो, ठुलो समुहका सामु हाम्रो केहि लागेन् । ’

यस सम्वन्धमा जिज्ञाषा राख्दा चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले त्यस्तो सहमति भएको तर मिलापत्र अझै नभएको बताए । पिडित बिकले पनि अव बढि नबोल्ने , पिडक वडाध्यक्षले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमयाचन गरेको उनले बताए ।

यस घटनाका सम्वन्धमा त्यस भेगका दलितहरुले चिन्ता व्यक्त गरेका छन् । अव आफैले जिताएका वडाध्यक्षले नै दलितहरुलाई कुटपिट गर्ने र पैसा तिरेर उम्कीने हो भने अरु सर्वसाधरणबाट कुटिदा त झन गुहार नै नपाउने हो कि भन्ने चिन्दा बढेको त्यहाँका दलितहरुको चिन्ता रहेको छ ।

चन्द्रकोट कार्यपालिकाको पहिलो बैठक समेत बस्न नपाउँदै पञ्चायती शासनकालका शासकहरुका विरुद्ध वोले बापत डिग्नो–मुड्की सहे जस्तै अव पनि त्यस्तै शासन सहनु पर्ने हो कि भन्ने चिन्ता त्यहाँका दलितहरुले नाम नवताउने सर्तमा व्यक्त गरे ।

उनिहरुले यसै समाचारदाताले केहि दिन अघि लेखेको फिचर स्टोरीमा क्षेत्र नम्वर १ का दलितहरुलाई चर्को स्वरमा बोल्न पनि डर हुने गरेको कुरा सहि भएको बताए ।

वडाध्यक्ष पुन नेकपा एमालेबाट विजयी भएका हुन् । एमालेले जिते खरका छाना भएकाहरुलाई जस्ता पाता र बृद्धहरुलाई मासिक ५ हजार चुनाव प्रचारका क्रममा दिन्छौं भनेको र त्यो नदिए जनताले कालो मोसो दल्छन् भनेर बिकले स्थानिय एक महिला संग गरेको कुराकानीबाट आवोसमा आई वडाध्क्ष पुनले उनलाई कुटेको बताईएको छ ।

त्यही भेगमा दलित विरुद्ध यस्ता घटना

त्यसो त सोही भेगको जयखानीमा एक दलित महिलालाई मजदुरी गर्नबाट समेत बञ्चित गर्ने प्रयास गरिएको छ । स्थानिय एक मगर समुदायका व्यक्ति र ति दलित महिलालाई अनुचित सम्वन्ध राखेको भन्दै स्थानियले पक्राउ गरेका थिए ।

तर पछि ति पुरुषलाई भगाईयो । त्यस विरुद्ध पिडित दलित महिलाले जिल्ला अदालतमा मुद्धा दिएकी थिईन् । अदालतले उनिहरु विचको सम्वन्ध ठहर हुन नसकेको भन्दै फैसाला ग¥यो । अहिले ति दलित महिला अलपत्र पर्दै र गुहार पाईन भन्दै रुँदै हिडेकी छिन् ।

त्यसबाट विरत्त ति दलित महिला गत वर्षको तिहारमा सोरोठी समुहमा सहभागी हुन चाहिनन् । त्यस विरुद्ध स्थानियले उनलाई कसैको घरमा निमेक मजदुरी गर्न नदिने बन्देज लगाएको ति पिडित महिलाले बताईन् ।

उनि एकल दलित महिला संग वैवाहिक सम्वन्ध स्थापित गर्छु भन्दै वर्षऔं देखि यौन सम्वन्ध राख्दै आएका ति मगर समुदायका एकल पुरुष अहिले अर्कै स्थानमा बस्दै आएका छन तर फरार भनेर त्यहाँका हर्ताकर्ताहरुले अदालतमा बयान दिएको बताईएको छ ।

त्यसै क्षेत्र नम्वर १ मा गत वर्ष गैह्र दलित महिला संग प्रेम सम्वध राखेको भन्दै एक जना ८२ वर्षिय दलित बृद्धलाई वनवास पठाईएको थियो । पछि अधिकारकर्मीको पहलमा उनलाई गाउँ फर्काएर ‘एक हातमा लौरो साहरा , एक हातमा श्रीमति, ति ८२ वर्षिय बृद्धको विवाहमा सिडियो प्रमुख अतिती ’ बनाएर स–सम्मान घर भित्राईएको थियो ।

अहिले पनि क्षेत्र नम्वर १ का दलितहरुलाई बढि बोेलेको खण्डमा खानेपानी रोक्का गर्ने , सामाजिक सहभागीतामा बञ्चित गर्ने जस्ता राणकालिन हैकम दिने गरिएको बताईएको छ ।

पछिल्लो चरण बढि बोलेकै कारण जिम्मेवार जननिर्वाचित प्रतिनिधीबाटै कुटाई खानु पर्छ भने त्यहाँका दलितहरुको अवस्था के होला ? सहजै बुझ्न सकिन्छ कि त्यहाँका दलितहरु अहिले पनि राणाकालिन दमन शोषणमा रहेका छन् ।

यस विषयमा चन्द्रकोट गाउँपालिका मात्र होईन , कालिगण्डकी र सत्यवती गाउँपालिकाले समेत सामाजिक न्यायका विषयमा गम्भीरता पुर्वक सोच्न जरुरी छ । क्षेत्र नम्वर १ पार गुल्मी भनेर चिनिन्छ । त्यहाँका जनता प्रशासनको पहुँचमा कमै मात्रमा रहेका छन् ।

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘काग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’ कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुन कुन विषयमा फेर्नुपर्ने हो, त्यसको निर्क्योल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन् । कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन ।’ संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उहाँले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको,  बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो । उहाँले यो संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताउनुभयो । अहिलेको भन्दा अन्तरिम संविधान बढी प्रगतिशील रहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘किनकि अन्तरिम संविधान माओवादीको रापतापमा बनेको थियो । माओवादीलाई कमजोर नबनाई संविधान बनाउँदा अन्तरिम संविधानभन्दा प्रगतिशील बन्ने डरले पहिलो संविधानसभा तुहाइयो ।’ दोस्रो संविधासनभाबाट पनि नबन्ने अवस्था रहेकोमा भूकम्पका कारण मुलुकमा संकट सिर्जना भएपछि भूकम्पको पुनर्निर्माण र जनतलाई राहत दिने अनि संविधान निर्माणमा बिपक्षी नभई आफूले सत्तापक्षकै जस्तो भूमिकामा निर्माण गरेको स्मरण पनि उहाँले गराउनुभयो । संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रै एकथरि साथीहरु अब क्रान्तिकारी संविधान नबन्ने भयो भनेर पार्टी विभाजन गरेर निस्कनुभयो । तर मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यसरी भाग्न मिल्दैन्थ्यो । ठूलो जोखिम मोलेर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्याएरै छाडें ।’ यसरी शान्ति प्रक्रियाको एउटा विशिष्ठ अंगको रुपमा रहेको संविधान संशोधनको बहस गर्दा शान्ति प्रक्रियाको एउटा पक्षसँग सरोकार नराखिएकाले संविधान संशोधनको चर्चामा गम्भीरता नदेखिएको उहाँले दोहोर्याउनुभयो । अब संविधान संशोधनमा जानुपर्ने अवस्था आयो भने विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट गर्नुभयो । ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले समाजमा रहेका विज्ञहरुबाट मन्त्री बनाउने र सांसदहरु मन्त्री बन्ने होइन, ऐन कानुन बनाउनतिर लाग्ने गरी बहस अघि बढाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘करोडौं खर्च गरेर सांसद बन्ने, सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि चुनाव खर्च उठाउन लाग्ने अहिलेको पाराले अब अघि बढ्न सकिदैन । राजनीतिक भ्रष्टाचारको जग निर्वाचन प्रणाली भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ तर, संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भुमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।’ संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।      

वैकल्पिक माध्यमबाट पत्रकार महासंघको चुनाव गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ ।  रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ । यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।  रिटमा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घको मिति २०८१।०५।२८ गतेको मतदाता नामावली सम्बन्धी जेजस्तो निर्णय भए पनि झिकाई उक्त प्रेस विज्ञप्ति सम्बन्धी निर्णय लगायतका सबै निर्णय पत्राचारहरू विपक्षीहरूबाट झिकाई उत्प्रेषणको आदेशले बदर गरी नेपाल पत्रकार महासङ्घको विधानको दफा ३५ (७) बमोजिम पटक पटक मिति तोक्दा पनि निर्वाचन गर्न नसक्ने वर्तमान केन्द्रीय समितिले विधान बमोजिम निर्वाचन गर्न नसक्ने भएकोले प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्नु र अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाउ ।’ सदस्यता विवादका कारण पत्रकार महासङ्घको चुनाव समयमा गराउन नसकेकै कारण अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् भने चुनाव अब कहिले हुने भन्नेमा अन्यौलता कायमै छ । नियमित चुनाव हुँदा महासङ्घको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

लोकप्रिय