अबैध कुखुरा आयात कर्तालाई कारबाही हुँदैन ?
कैलाली, चैत्र ७ । मंगलबार कैलालीको त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चोर नाका हुँदै कैलाली भित्रिरहेको कीिब ४५ किलो बोइलर कुखुराको मासु बरामद ग¥यो । भारतीय नम्बर प्लेटको स्कुटरमा त्रिनगर नाकाको उत्तरतिरबाट चोरबाटो हुँदै भित्रिरहेको मासुसहित एक जना पक्राउ परे ।
पक्राउ गरिएको मासु नष्ट गर्ने र स्कुटीलाई त्रिनगर भन्सार कार्यालयमा बुझाएपनि त्यसमा संलग्न व्यक्तिलाई प्रहरी कार्यालयबाटै भगाइयो । मासु पक्राउ गर्ने तर संग्लन व्यक्तिलाई छोड्ने यो प्रतिनिधि घटना मात्रै हो ।
कैलालीमा अहिलेसम्मको घटनाले मासु तस्करीमा संलग्न व्यक्तिलाई कारबाही भएको तथ्यांक छैन । जसले गर्दा अबैध रुपमा बोइलर कुखुरा नेपाल भित्रिने क्रम रोकिन नसकेको पोल्ट्री तथा माछामासु व्यवसायी संघका अध्यक्ष जितेन्द्र यादवले बताए ।
संग्लन व्यक्तिलाई नियमन गर्ने निकायले कुनै वास्था नगर्दा दिनहु‘ ठूलो परिमाणमा अवैध कुखुरा आयात भइरहेको उनले बताए । हालसम्म भारतबाट आयात हुने अवैध कुखुरा बरामत गरेर नष्ट गर्ने काम मात्रै भइरहेको छ । गएको फागुन महिना मात्र भारतबाट आयात भएको एक लाख २० हजार रुपैयाँ बराबरको अवैध कुखुरा बरामद गरेर नष्ट गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
यति ठूलो मरिमाणमा अवैध कुखुरा बरामद गरे पनि त्यसमा संग्लन एक जना पनि पक्राउ गरिएको छैन । बरु सम्बन्धित निकायले कारबाही गर्नुको सॉटो उल्टा दयाभाब देखाउ‘दै अवैध कुखुरा आयात गर्ने व्यवसायीलाई छोड्ने गरेको छ ।
पशु स्वास्थ्य ऐनमा कुखुरा ओसारपसारमा संग्लन व्यक्तिलाई ५० हजार रुपैयॉ जरिवाना तथा ६ महिना जेल सजाय हुने व्यवस्था छ । तर, सम्बन्धित निकायले भने ऐन नियमको कुनै पालना गरेको छैन ।
यसरी अबैध रुपमा कुखुरा आयातमा संग्लन व्यक्तिलाई पशु क्वारेन्टाइन चेक पोष्टसंग समन्वय गरेर कारबाही पक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।
पक्राउ परेको माछामासुजन्य बस्तुहरु प्रहरीले मुचुल्का बनाएर पशु क्वारेन्टाइनलाई बुझाउनुपर्ने भएपनि यहा अहिलेसम्म त्यसको कुनै अभ्यास नै नभएको देखिएको पशु क्वारेन्टाइन पोष्ट धनगढीका पशु प्राविधिक हरिलाल जैशीले बताए ।
प्रहरीले आफै बरामत गर्ने र आफै सरोकारवालाको रोहबरमा नष्ट गर्दै आएको छ । भारतीय कुखुरासहित व्यवसायी पक्राउ परेमा के कारबाही हुन्छ भन्ने बारेमा सम्बन्धित अधिकारीहरु पनि अनभिज्ञ हँुदा यस्तो समस्या आएको पशु प्राविधिक जैशीले बताए ।
माछामासुको अबैध आयातमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुको सट्टा त्यत्तिकै छोडिदिनाले राजस्व त गुमेको छैन ।
स्थानीय अस्वस्थ मासु उपभोग गर्न बाध्य छन् । त्यस्तै, भारतबाट सस्तो मूल्यमा यसरी आउने कुखुराको मासुले स्थानीय कुखुरा व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।
संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।
रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।