अमेरिकामा साढे आठ लाख सरकारी कर्मचारीहरूको जागिर धरापमा, सरकार नै बन्द

अमेरिकामा साढे आठ लाख सरकारी कर्मचारीहरूको जागिर धरापमा, सरकार नै बन्द

पारित भएन महत्वपूर्ण बजेट अध्यादेश, बिना तलब घर बस्नेछन् कर्मचारी

काठमाडौँ, माघ ६ । संघीय सरकारको बजेट अध्यादेश पारित हुन नसक्दा संयुक्त राज्य अमेरिकामा सरकारमाथि गम्भीर आर्थिक संकट आउन सक्ने देखिएको छ । यसले सरकारलाई अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गर्न बाध्य पार्न सक्नेछ ।

आउँदो फेब्रुअरी १६ सम्म सरकारको खर्च धान्न जसरी पनि पारित हुनुपर्ने यस अध्यादेशमा सरकारी खर्चका प्रावधानहरू रहेका छन् ।
यसको अभावमा अमेरिकी सरकारलाई संघीय सरकारको कामकाज चलाउन खर्चको जोहो गर्न कानुनी अड्चन आउने देखिएको छ । यो अध्यादेश आवश्यक ६० मत ल्याउन नसकेर असफल भएको हो ।

के हो त समस्याको चुरो ?

हाल अमेरिकी सिनेटमा डेमोक्र्याट र रिपब्लिकन संसदहरू बीच सीमा सुरक्षा र आप्रवसनको विषयलाई लिएर कटुता बढेको छ । यसमा खास गरी दुइटा कारणहरू सतहमा देखिएका छन् । जसमध्ये पहिलो हो आप्रवासीहरू प्रति राष्ट्रपति ट्रम्पको असहिष्णुता ।

जगजाहेर छ कि विश्वभरिबाट उज्ज्वल भविष्यको खोजीमा अमेरिका आउने आप्रवासीहरूप्रति ट्रम्प प्रशासन कठोर रवैय्या राख्दछ । उसले आप्रवासीहरूलाई उनीहरूको देश फर्काउन आवश्यक कानुन बनाउने जनाइसकेको छ ।
उता डेमोक्र्याट सांसदहरू भने ‘ड्रिमर्स’ भनिने ती ७ लाख भन्दा पनि बढी आप्रवासीहरूलाई देश निकाला नगरिनुपर्ने भनिरहेका छन् जो कमै उमेरमा अमेरिका प्रवेश गरिसकेका थिए र जससँग आवश्यक दस्तावेजहरू अपुग रहेका छन् । पुर्व राष्ट्रपति ओबामाको समयमा त्यस्ता व्यक्तिहरूलाई अस्थायी नागरिकता प्रदान गरिएको थियो ।

पछिल्लो सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले यस कार्यक्रमलाई बन्द गर्ने घोषणा गरेका थिए र अमेरिकी कांग्रेसलाई मार्चसम्म यसको विकल्प खोज्न समय दिएका थिए ।

त्यस्तै यस संकटको अर्को चुरो भनेको अमेरिका र मेक्सिकोको सीमानामा पर्खाल लगाउने राष्ट्रपतिको महत्वाकांक्षी योजना हो । राष्ट्रपतिले यस परियोजनालाई अगाडी बढाउन रकमको माग गरेका थिए ।

रिपब्लिकन पार्टीले यस प्रस्तावका लागि एउटा ‘बार्गेनिंग’को बुँदा पनि अगाडी सारेका थिए । उनीहरूले निम्न आय भएका परिवारका बच्चाहरूको स्वास्थ्य बीमा कार्यक्रमलाई आउने छ वर्षसम्म निर्बाध चलाउने प्रस्ताव समेत ल्याएका थिए तर डेमोक्र्याट सांसदहरूले भने यस कार्यक्रमलाई स्थायी रूपमै अगाडी बढाउनु पर्ने माग राखेका छन् ।

के हुनेछ यसको असर?

यस प्रकारको संकटलाई ‘गभर्मेन्ट सटडाउन’ या सरकार बन्दी भनिन्छ । यस्तो अवस्थामा राज्यसँग खर्चको अभाव हुन जान्छ जसले गर्दा राज्यका निकायहरू काम गर्न नसक्ने अवस्थामा पुग्दछन् । मौजुदा बजेटको म्याद आज राति १२ बजे समाप्त हुँदैछ । त्यसपछि अधिकांश सरकारी कार्यालयहरू बन्द हुनेछन् ।

यस्तो अवस्थामा बसोबास, वातावरण, शिक्षा एवं वाणिज्य विभाग अन्तर्गतका अधिकांश कर्मचारीहरू घर फर्किनेछन् । स्वास्थ्य, रक्षा, यातायात र अर्थ विभागका आधा जति कर्मचारीहरू पनि सोमवारदेखि कार्यालय जाने छैनन् । त्यस्तै राष्ट्रिय निकुंजहरू र राष्ट्रिय स्मारकहरू पूर्णतया बन्द हुन् सक्ने छन् । सन् २०१३ मा यस्तै स्थिति सिर्जना जनताको क्रुद्ध प्रतिक्रिया आएको थियो ।

कस्ता छन् प्रतिक्रियाहरू ?

राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यालयले डेमोक्रेटिक पार्टीमाथि आरोप लगाउँदै भनेको छ,”उनीहरू वाहियात माग राखेर जनतालाई संकटमा पारिरहेका छन् ।”

व्हाइट हाउसकी प्रवक्ता सारा स्यांडर्सले भनेकी छिन्, “उनीहरूका निम्ति हाम्रो राष्ट्रिय सुरक्षा, सैनिक परिवार र तिनका बच्चाहरू र देशका नागरिकहरूका निम्ति काम गर्नसक्ने हाम्रो क्षमता भन्दा राजनीति प्राथमिक छ ।”

उता डेमोक्रेटिक नेता चक स्कुमरले राष्ट्रपति ट्रम्पले दुईदलबिचका सम्झौताहरू खारेज गरिदिएको र काँग्रेसमा आफ्नो पार्टीमाथि ‘दबाब’ नबनाएको आरोप लगाएका छन् ।
महत्वपूर्ण मुद्दाहरूमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरू बीच असहमति बढ्दा यसको नतिजा के होला भन्ने कुरा स्पष्ट हुन् सकेको छैन ।

कहाँबाट सुरु भयो संकट?

बिहिवार राति संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ् रिप्रेजेन्टिभमा भएको मतदानमा आउँदो फेब्रुअरी १६ सम्म सरकारको खर्चको जोहो गर्न आवश्यक रकम विनियोजन गर्ने सम्बन्धि विधेयकमा भएको मतदानमा ६० मत कम पुगेपछि यो विफल भएको थियो । मतदानमा ५ जना डेमोक्र्याट सांसदहरूले विधेयकको पक्षमा र ५ जना रिपब्लिकनहरूले मत हालेका थिए ।

यस बन्दले ८ लाख ५० हजार सरकारी कर्मचारीहरू प्रत्यक्ष प्रभावित हुने जनाइएको छ । उनीहरूले बिना तलब घर बस्नु पर्नेछ ।

तर यस्तो अवस्थामा पनि अत्यावश्यक सेवाहरू भने चालु रहनेछन् । यस अन्तर्गत सुरक्षाबल, हुलाक सेवा, एयर ट्राफिक कन्ट्रोल, अस्पतालका सेवाहरू र औषधि पसलहरू, आपतकालीन सेवा, कारागार सुरक्षा, कर कार्यालय र विद्युत उत्पादन जस्ता सेवाहरू पर्दछन् ।

उता राष्ट्रपति ट्रम्प सम्बद्ध स्रोतहरूले भने देशको अर्थव्यवस्था सबैभन्दा चुस्त दुरुस्त रहेको बेला काँग्रेसले सरकारलाई खर्च उपलब्ध गराउन नसकेको आरोप लगाएको छ । उनीहरूका अनुसार हिले शेयर बजार सर्वाधिक उचाईमा रहेको र अबेरोजगारी न्युनतम विन्दुमा रहेको बेला काँग्रेसले आवश्यक खर्च गर्ने कानुन नबनाइदिँदा देश बन्द गर्ने निर्णय लिनु परेको हो ।

अमेरिकामा सरकार र काँग्रेसमा एउटै दलको वर्चस्व रहेको बेला पहिलो पल्ट यो संकट आएको बिबिसीले जनाएको छ । यस अघिका सरकारहरूले पनि यस्तो संकट त व्यहोरेका थिए तर त्यति बेला अमेरिकी काँग्रेसमा विपक्षी दलको पकड रहेको थियो ।

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय