असोज ५ अघि नै राजमार्गका खाल्डाखुल्डी मर्मत गरिने

असोज ५ अघि नै राजमार्गका खाल्डाखुल्डी मर्मत गरिने

काठमाडौं । वर्षामा भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने भएको छ । असोज ५ गतेबाट दशैँ, तिहार र छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ खुलाएका यातायात व्यवसायीले सडक मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले तत्काल मर्मत गर्न लागेको हो ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले भने “वर्षाले भत्किएका राजमार्गको मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ, असोज १० गतेभित्रै सम्पन्न गर्ने गरी काम थालिएको छ ।” यातायात व्यवसायीले सडकको अवस्था कमजोर रहेकाले तत्कालका लागि पहिरो हटाउने र खाल्डाखुल्डी पुर्ने काम गर्न माग गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने “दशैँमा सवारी साधनको चाप हुन्छ, तोकिएको समयमा गन्तव्यमा पुग्नैपर्ने हुन्छ । त्यस्ता सडक सरकारले छिटो मर्मत गरोस् ।”

दशैँका अवसरमा ट्राफिक व्यवस्थापन चुुस्त राख्नुपर्ने पनि व्यवसायीको माग छ । महासङ्घका अनुसार राजमार्गहरूमा ट्राफिक जाम बढी हुने गरेको छ । काठमाडौंको नागढुङ्गामै घण्टौँ जाममा पर्नुपर्ने समस्याको समाधान हुनुपर्छ । जाँचका नाममा सवारी साधन र यात्रुलाई अनावश्यक दुःख दिने काम नगर्न महासङ्घले आग्रह गरेको छ । नागढुङ्गा चेकपोस्टमै घण्टौँ जाममा बस्नुपर्ने बाध्यता रहेको महासचिव सिटौलाको भनाइ छ ।

सरकारले सात वर्षदेखि वैज्ञानिक भाडा समायोजन नगरेकाले व्यवसायीहरू मर्कामा परेको महासङ्घले जनाएको छ । सिटौलाको भनाइ छ “विगत सात वर्षदेखि वैज्ञानिक भाडा समायोजन भएको छैन तर हामी दशैँको अवसरमा यात्रुको समस्यालाई ध्यानमा राखेर बुकिङ खुला गर्दैछौँ । यो सरकारले बुझ्नुपर्ने कुरा हो ।”

यातायात व्यवस्था विभागले भने तत्काल भाडा वृद्धि नहुने जनाएको छ । विभागले गत असार १ देखि भाडा समायोजन गरे पनि तत्काल निर्णय फिर्ता लिएको थियो । गत असोजमा सरकारले भाडा वद्धि गरेको थियो ।

लामो तथा मध्यम दूरीका लागि अग्रिम टिकट बुकिङ खुल्ने महासङ्घले जनाएको छ । महासङ्घका अनुसार काठमाडौंको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङ्की, गौशाला, कोटेश्वरलगायतका स्थानबाट अग्रिम टिकट बुकिङ गर्न सकिने छ । भीडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले तोकिएकै काउन्टरबाटै टिकट लिन महासङ्घले अनुरोध गरेको छ । कसैले सस्तो टिकट मिलाइदिन्छु भन्दैमा प्रलोभनमा नपर्न पनि सिटौलाले अनुरोध गरे । साथै शङ्कास्पद व्यक्तिलाई बसमा प्रवेश नदिइने उनको भनाइ छ ।

क्षमताभन्दा बढी यात्रु बसमा नराखिने महासङ्घले जनाएको छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म अग्रिम टिकट बिक्री गरिने भएको छ । टिकट अनलाइनबाट पनि बुक गर्नसकिने छ । केही निजी कम्पनीले अनलाइनबाटै टिकट बुक गरिरहेको सिटौलाको भनाइ छ ।

बससेवा डटकमले अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरेको छ । बससेवा डटकम नेपालले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भसमेत अनलाइनबाटै गर्दै आएको छ । ईसेवा एकाउन्ट भएका ग्राहकले ईसेवामार्फत र एकाउन्ट नभएको अवस्थामा नजिकको ईसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट तथा अन्य साइबर कम्युनिकेसनबाट टिकट लिन सकिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नयाँसडक क्षेत्रका सडकमा आजदेखि पार्किङ निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ्मा रोक लगाउने भएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गर्न लागेको हो । धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महावौद्ध, वीरअस्पताल तथा आसपासका कालोपत्रे सडकमा पार्किङ् निषेध लागू हुनेछ । त्यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । उक्त स्थानमा तीन सय वटा चारपांग्रे र सात सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिने दाबी गरिएको छ । नयाँसडक क्षेत्रलाई पार्किङ् निषेध गरेर विशेष सरसफाइ अभियान थाल्ने महानगर प्रहरीले जनाएको छ ।

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्रे

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे सकिएको हो । सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए । त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ । उनले भने, “सबैगरी १९.५ किलोमिटर कालोपत्रे भएको छ । कालोपत्रेमध्ये ७।२ किमीमा दुईतर्फी कालोपत्रे सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रेको काम भइरहेको छ ।” त्यसपछि बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रेको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ । रासस

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको छ । २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले बताइन् । सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाईनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भईसकेको छ । महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाईन, दुई वटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाई भएको थियो । भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भएपनि मूख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीब्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ । निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाईनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ । निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाईल पठाईएको उनले जानकारी दिइन्। फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेको भनाई छ । पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङगनाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । यस्तै, लायन्स चोकदेखि रोटरी भवनसम्म सब ग्रेड गर्ने कार्य सुरु भईरहेको छ भने फागनुको दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर)पहिलो चरणको कालोपत्रे भईसक्ने म्यानेर ढुङ्गानाले बताए। २०७७ साल माघदेखि सुरु भएको ६.०८ किलोमिटर सडकको मंसिर महिनामै सकिएको छ । निर्माण कम्पनीले म्याद थप गर्ने प्रकृयामा छ ।

रेलमार्गको रेखाङ्कन गर्दा मानववस्ती प्रभावित नहोस् : माओवादी केन्द्र चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वी-पश्चिम (मेची-महाकाली) द्रुत रेलमार्ग रेखाङ्कन गर्दा मानववस्ती विकासको मोडेल र कम धन सम्पत्ती क्षति हुने गरी तयार गर्न आग्रह गरेको छ । माओवादी केन्द्र चितवनका संयोजका रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम, सरोकारवाला निकाय र पिडित संघर्ष समितिबाट प्राप्त जानकारी र सुचना अनुसार चितवन जिल्लाका राप्ती, खैरहनी, र.न.पा.र भरतपुरका विभिन्न वडामा मानवबस्तीलाई प्रभावित हुने गरी सबै एरिया रेखाङ्कन गरीएको भन्ने विषय प्रति नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्ति मार्फत उनले लमार्गको सिमा र प्रभावित क्षेत्रफल र रेखाङक्नको विषयमा स्थानिय सरकार, सरोकावाला निकाय, राजनीतिक दल, प्रभावित जनतासँग कुनै पनि संवाद, छलफल, अन्र्तक्रिया र सहमति बिना गरिएको कुराले यो निर्णय आफैमा अवैज्ञानिक, अव्यवस्थित र विकास निमार्णको मोडेलमा नै प्रश्न चिन्ह उठ्ने गरी भएको समेत बताएका छन् । साथै उनले रेलमार्ग रेखाङ्कनको वैकल्पिक, वैज्ञानिक, व्यवस्थीत र जनहित हुने बनाउने कुरामा प्रतिबद्ध रहेको समेत बताएका छन् । यस्तो छ विज्ञप्ति

लोकप्रिय