एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो
पुष्पकमल दाहाल ‘प्रचण्ड
१. विषय प्रवेश
आज देशको समग्र राजनैतिक परिस्थिति निकै तरल र चुनौतिपूर्ण छ । जनताका लामो, सशस्त्र एवंं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन, निरङ्कुश तत्त्वहरूले टाउको उठाइरहेका छन् । विभिन्न नाम र रूपका दक्षिणपन्थी शक्तिहरूको बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनैतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतन्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन् ।
निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरङ्कुश प्रवृत्ति र तत्त्वहरूका विरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनैतिक शक्तिहरूका बीचमा पनि नयाँ प्रकारको ध्रुव्रीकरण र मोर्चाबन्दी शुरु भएका छन् । नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान र राष्ट्रिय स्वाधीनताका पक्षमा स्पष्ट र दृढ रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जन–सहभागिताले स्पष्ट गरेको पनि छ । वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तत्कालीन र कार्यनैतिक रूपमा देशी, विदेशी प्रतिक्रियावादीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको योजना (Setting) असफल भएको छ । तर, रणनैतिक रूपमा प्रतिक्रान्तिकारी षड्यन्त्रका नयाँ–नयाँ तानावाना बुन्ने षड्यन्त्र भने रोकिएको छैन ।
वस्तुुतः यो स्थिति भनेको नेपाली समाजमा विद्यमान वर्ग–संघर्षकै राजनैतिक अभिव्यक्ति हो । हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्त्वहरू, दलाल, नोकरशाही पुँजीपतिहरू र तिनका पृष्ठपोषक राजनैतिक दलहरू एकातिर एवं मजदूर, किसानदेखि राष्ट्रिय पुँजीपति वर्गसम्म तथा परिवर्तनका पक्षधर राजनैतिक दलहरू, सम्पूर्ण उत्पीडित जाति समुदायदेखि देशभक्त, बुद्धिजीवीसम्म अर्कातिर ध्रुवीकृत बनेर संघर्ष चलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ । यो ऐतिहासिक रूपले अनिवार्य संघर्षमा विजयका लागि अन्ततः वाम–लोकतान्त्रिक शक्तिले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु, आफ्नो राजनैतिक मुद्दालाई दृढताका साथ जन–समुदायमा स्थापित गर्नु तथा आफ्नो आचरणलाई जन–हित अनुकूल बनाउन अझ जोड गर्नुको विकल्प छैन ।
सन्दर्भमा स्पष्ट हुन पर्दछ कि महान् जनयुद्ध र ऐतिहासिक संयुक्त जनान्दोलनको प्रमुख नेतृत्वकर्ता एवंं संविधान–सभा, समावेशी, समानुपातिक प्रतिनिधित्व प्रणाली, धर्म निरपेक्षतासहित संघीय लोकतान्त्रिक गणतन्त्रका प्रमुख वाहकशक्ति हुनुका नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ । तर, केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखापरेको वैचारिक–राजनैतिक अस्पष्टता, संगठनात्मक विभाजन एवंं गुटवादी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनैतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनौं । यसको परिणाम, दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने अवसर पाइरहेका छन् । यसको विषयमा हाम्रा पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार र राजनैतिक कार्यदिशाको विकास गर्न तथा तद्नुकूल संगठनात्मक संरचना एवंं कार्यशैलीको विकासका लागि सर्वाधिक जोड दिनुपर्ने छ ।
आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव हो भन्ने तथ्यलाई आत्मसात गरिनु पर्दछ । विचारधारात्मक र राजनैतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय आयामबाट समेत हेर्न पर्दछ । वित्तीय पुँजीवादका रूपमा व्यक्त भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथ आजको उत्पादन शक्ति र उत्पादन सम्बन्धको वस्तुुवादी आँकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, राजनैतिक र सामाजिक विकासको ठोस अवस्थालाई ठोस रूपमा विश्लेषण र संश्लेषण गरेर मात्र विचारमा विकास र स्पष्टता हासिल गर्न सकिन्छ । विकासको वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारा र राजनैतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रूपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौति हाम्रो अगाडि छ ।
२१ औं शताब्दीमा विश्वको पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताका हैसियतले जनतामा रहेको कम्युनिष्ट आन्दोलनप्रतिको भरोसाका दृष्टिले तथा विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूका बीचको अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थितिसमेतका कारण क्रान्तिकारी विचार, पार्टी र आन्दोलनको विकासको अवसर र चुनौति दुवै हाम्रा अगाडि छन् । विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको स्पष्ट रूपरेखा खिच्न सकिन्छ । हाम्रो यो आठौं राष्ट्रिय महाधिवेशनले आफ्नो मुख्य ध्यान विचार संश्लेषणको त्यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ । महान् जनयुद्ध, ऐतिहासिक संयुक्त जन–आन्दोलन, मधेस आन्दोलन लगायत सम्पूर्ण उत्पीडित समुदायका आन्दोलनका अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै, बेपत्ता एवंं घाइते योद्धाहरूप्रति हार्दिक सम्मान गर्दै र उहाँहरूका परिवारजनप्रति उच्च सम्मानसहितको यो ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सहिदहरूको सपना पूरा गर्न निरन्तर अगाडि बढ्ने प्रतिज्ञा गर्दछ ।
२. संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा
(क) अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा
मानव जातिको विकास र सिर्जनासँग श्रमको अविछिन्न सम्बन्ध रहेको हुन्छ भन्ने तथ्य अब विज्ञानको स्वयंसिद्ध तथ्य जत्तिकै स्पष्ट छ । यसका साथ मानव जातिको जीवन यात्राका विकासक्रम पनि श्रम र उत्पादनका उपकरणहरूको विकास क्रमसँग जोडिएको तथ्य पनि वैज्ञानिक रूपले प्रमाणित भएको तथ्य हो । सिकार खेल्नका लागि ढुंगाका हतियारको आविस्कारबाट शुरु भएको श्रम शक्ति र उत्पादन उपकरणको विकास प्रक्रिया आगोको आविस्कार हुँदा आज सेटलाइट र डिजिटल सूचनाको युगसम्म आइपुगेका छ । मानव जातिका इतिहासलाई यसरी उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासक्रमसँग जोडेर हर्ने कुरा नै ऐतिहासिक भौतिकवादको वैज्ञानिक सारतत्त्व हो ।
वस्तुुतः आदिम साम्यवाददेखि दासयुग, सामन्तवादी युग र पुँजीवादी युगसम्मका यात्रा मात्र होइन समाजवाद र साम्यवादसम्मको यात्राको आँकलन पनि यसै ऐतिहासिक भौतिकवादी विज्ञानको आधारमा गरिएको हो । आज मानव समाज साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युगमा छ । श्रम र पुँजीबीच, समाजवाद र पुँजीवादका बीचमा साम्राज्यवादी गुटहरूका बीचमा तथा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचका आधारभूत अन्तरविरोध अहिले पनि कायमै छन् । समग्रतामा आज पनि साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचका अन्तरविरोध नै प्रमुख अन्तरविरोधका रूपमा रहेको छ । तथापि पुँजीवादको विकासका अनिवार्य परिणतिका रूपमा आएको साम्राज्यवादको पतन र सर्वहारा क्रान्तिको विजय छिट्टै हुनसक्ने १९ औं शताब्दीको प्रारम्भिक चरणमा जुन आँकलन तत्कालीन परिस्थितिमा साम्राज्यवादी गुटहरूका बीचको अन्तरविरोध र मजदूर आन्दोलनको विकासका दृष्टिले गरिएको थियो । त्यो आँकलन उही रूपमा अगाडि बढ्ने संभव भएन । अपितु साम्राज्यवादी पुँजीवादले नयाँ–नयाँ रूप धारण गर्दै आफ्नो आयु लम्ब्याइ नै रहेको छ । आफ्नो विकासको प्रारम्भिक चरणमा प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादका रूपमा देखिएको पुँजीवादले दोस्रो चरणमा साम्राज्यवाद अर्थात् एकाधिकार पुँजीवादको रूप धारण गर्यो भने अहिले तेस्रो चरणमा यो भू–मण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादका रूपमा प्रकट भइरहेको छ ।
पुँजीवादका विरुद्ध समाजवादको संघर्षका दृष्टिले हेर्दा पहिलो चरणमा यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रूपमा वैज्ञानिक समाजवादको विचार संश्लेषणको रह्यो । यो विचार संश्लेषण कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रकृति, समाज र मानवजातिको गहिरो अध्ययन र अठारौं शताब्दीमा तत्कालीन युरोपमा विकसित भइरहेको औद्योगिक पुँजीवाद विरुद्धको मजदूर आन्दोलनसमेतको जगमा उभिएर गरिएको थियो । पुँजीवादका विरुद्ध समाजवादको विजयका लागि मार्क्सवादका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विज्ञानको आविस्कार एउटा यस्तो युगान्तकारी आविस्कार हो, जसले श्रमिक वर्ग र मानवजातिकै लागि समाजवाद र साम्यवादको स्वर्णिम भविष्यका निमित्त संघर्षका दिशानिर्देश गर्ने वैज्ञानिक हतियार प्रदान गर्यो । दोस्रो चरणमा समाजवाद, साम्राज्यवादी पुँजीवादका विरुद्ध वैचारिक, राजनैतिक एवंं ठोस वर्ग–संघर्षका दृष्टिले समेत निकै आक्रमण र विजय उन्मुख अवस्थामा देखा पर्यो । विभिन्न साम्राज्यवादी गुटहरू आ–आफ्नो पुँजीवादी स्वार्थका लागि पहिलो र दोस्रो विश्वयुद्धमा होमिएर करोडौं मानिसहरूको संहार गरिएको त्यो परिस्थितिमा कमरेड लेनिनद्वारा साम्राज्यवादी पुँजीवाद निहित अन्तरविरोधको गहन अध्ययनसहित साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगबारे नयाँ विचारधारात्मक संश्लेषण प्रस्तुत गरियो । मार्क्सवादका आधारभूत सिद्धान्तको निर्देशन एवंं १९ औं शताब्दीको पहिलो चरणसम्म विकसित वर्ग–संघर्ष एवंं विज्ञानको विकाससमेतको गहन विश्लेषण र संश्लेषणको आधारमा पहिलो विश्वयुद्धका बीचमा कमरेड लेनिनकै नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सफल भयो । लेनिनवादका रूपमा स्थापित साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगसम्बन्धी नयाँ विचार संश्लेषणले विश्वभरि क्रान्तिका लागि नयाँ आधार र ऊर्जा प्रदान गर्यो । लेनिनले विकसित पुँजीवादी देशहरूका लागि मात्र होइन अविकसित किसान बहुल एवंं उपनिवेशवादको शिकार रहेका देशहरूका निमित्त समेत पुँजीवादी जनवादी क्रान्ति र समाजवादी क्रान्ति अगाडि बढाउने सन्दर्भमा ऐतिहासिक महत्त्वका सैद्धान्तिक प्रस्तावनाहरू अगाडि सार्नु भयो ।
मार्क्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तको निर्देशन एवंं दोस्रो विश्वयुद्धका विशिष्ट परिस्थितिमा कमरेड माओत्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यो । र, लगत्तै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्यो । उपनिवेशवाद र सामन्ती उत्पीडनको शिकार रहेका विशाल ग्रामीण इलाकाहरूका किसानहरूलाई मजदुर वर्गको नेतृत्वमा क्रान्तिमा सामेल गराएर कमरेड माओको नेतृत्वमा सफल भएको चिनियाँ क्रान्तिले विश्वकै शक्ति सन्तुलनलाई समाजवादको पक्षमा ल्याउन ठुलो योगदान गर्यो । यससँगै पूर्वी युरोपका समाजवादी देशहरू एवंं कोरिया, क्यूवा, भियतनामलगायतका देशहरूको क्रान्तिका सफलताले नयाँ शक्ति सन्तुलनको स्थितिलाई स्पष्ट गर्दछ ।
उपरोक्त परिस्थितिमा प्रत्यक्ष वर्ग संघर्षबाट समाजवादको विजय अभियानलाई रोक्न असमर्थ र असम्भव भएपछि पुँजीवादले मजदुर आन्दोलनमा फुट पार्ने तथा कम्युनिष्ट पार्टीभित्रै आफ्ना दलाल तयार पार्ने षड्यन्त्रलाई पूरै शक्तिका साथ र नियोजित रूपमा अगाडि बढाउनुका साथ आ–आफ्ना देशमा संभावित क्रान्ति रोक्न समाजवादका कैयौं लोकप्रिय योजना आफैं लागु गर्ने कामसमेत गर्न थाले । रुसमा लेनिनको अवसानपछि समाजवाद निर्माणको सन्दर्भमा कमरेड स्तालिनबाट हुन गएका वर्ग–संघर्ष र वैचारिक संघर्षबीचका सम्बन्धका विषयमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादसँग मेल नखाने मनोगत र अधिभूतवादी कतिपय कमजोरीका कारण पनि पार्टीभित्र गलत तत्त्व लुकेर बस्न अवसर प्राप्त गरेको देखिन्छ । कमरेड स्तालिनको अवसानपछि ती लुकेर बसेका अवसरवादीहरूले समाजवाद र कम्युनिष्ट पार्टीलाई आवरणका रूपमा प्रयोग गरेर पुँजीवादी प्रतिक्रान्तिका अभ्यास शुरु गरे ।
रुसमा देखिएको प्रतिक्रान्तिको अनुभवसमेतलाई गहिरो अध्ययन गरी कमरेड माओले समाजवादी चरणमा वर्ग–संघर्षको स्थितिबारे गम्भीर विश्लेषण गर्नुभयो । रुसमा पुँजीवादको पुनःस्थापनासँगै आफ्नै पार्टीभित्र देखा परेका गलत विचार र प्रवृतिका विरुद्ध संघर्षसमेतको संश्लेषण गर्दै समाजवादमा वर्ग–संघर्ष र क्रान्तिको निरन्तरतासम्बन्धी महत्त्वपूर्ण सैद्धान्तिक प्रस्तावनाहरूअघि सार्नुभयो । यसरी कमरेड माओका योगदानकै कारण मार्क्सवाद–लेनिनवाद, मालेमावादमा विकसित हुनपुग्यो ।
उपरोक्त ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिमा आजको कम्युनिष्ट क्रान्तिकारीहरूका अगाडि कमरेड माओको निधनपश्चात् सोभियत संघ र पूर्वी युरोपका देशहरूमा कथित समाजवादका औपचारिक विघटन एवंं भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको हमलासमेतका कारण रक्षात्मक स्थितिमा धकेलिएको समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने अहं प्रश्न रहेको छ । मालेमाको सैद्धान्तिक दिशा निर्देशनमा भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको विशेषताहरू, विज्ञान–प्रविधि मुख्यतः सूचना–प्रविधिमा भएको क्रान्तिले उत्पादक शक्ति र उत्पादनसम्बन्धको विकासमा परेको प्रभावसमेतको वस्तुुवादी विश्लेषणका आधारमा आजको कम्युनिष्ट क्रान्तिकारीहरूले नयाँ चरणका समाजवादी क्रान्तिका लागि नयाँ विचारको विकास र परिमार्जन गर्नु अनिवार्य छ ।
अर्को भाषामा प्रतिक्रान्तिका अनुभवसहित मार्क्सवादको सिर्जनात्मक विकास र परिमार्जन आवश्यक छ । प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादको चरणमा बैंक र वित्तीय संस्थाहरूको भूमिका उत्पादनका निमित्त पुँजी लगानी गर्ने सहयोगी संस्थाहरूका रूपमा थिए । तर, आजको भूमण्डलीकृत वित्तीय पुँजीवादको चरणमा बैंक र वित्तीय संस्थाहरूको त्यो भूमिकामा परिवर्तन आएको छ । पुँजीपतिहरूको हातमा अत्यधिक केन्द्रीकरण भएको अत्यधिक पुँजीलाई उत्पादनको क्षेत्रमा नभई मुख्यतः वित्तीय क्षेत्रमा लगानी गरी छोटो समयमा अत्यधिक मुनाफा लिनु नै वित्तीय पुँजीवादको प्रमुख विशेषता हो । उत्पादनको क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा–माल–मुद्राको स्थान अब मुद्रा लगानी गरेर सिधै मुद्रा कमाउने प्रक्रियाले लिएको छ ।
सिधा र स्पष्ट छ कि प्रकृति र मानव जातिमाथि देखा पर्दै र बढ्दै गएका उपरोक्त प्रकारका संकटहरुको प्रमुख कारण पूँजीवादको उत्पादन र वितरण प्रणाली नै हो । पूँजीवादी उत्पादन प्रणालीको मुख्य उत्प्रेरक जसरी भए पनि बढीभन्दा बढी नाफा कमाउनु हो ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र बेलायतले पहिले शुरु गरेको वित्त क्षेत्रमा पुँजी लगानी गर्ने यो प्रक्रिया आज विश्वका सबै धनी देशहरूको आमचरित्र बनेको छ । उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथ विभिन्न प्रकारका संकट उत्पन्न भएका छन् । वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो । उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै मेहनत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरुका सम्पत्ति हडपेर छोटो समयमा अकूत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन् । यस सन्दर्भमा नेकपाको राजनैतिक प्रतिवेदनको पृष्ठसंख्या ३ मा निम्न निष्कर्ष यहाँ सान्दर्भिक छ, ‘मुठ्ठीभर पुँजीवादी घरानाहरूका हातमा पुँजीको अत्यधिक संकेन्द्रण, वित्तीय एकाधिकार पुँजीमार्फत नवऔपनिवेशिक शोषण, विश्व वित्तीय संस्थाहरू र बहुराष्ट्रिय निगमहरूमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास, नवउदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तवादलाई प्रश्रय एवंं विश्वलाई पुँजीवादी माल र मनोरञ्जनका बजार बनाउनु यसका विशेषताका रूपमा रहेका छन् ।
अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत विश्वव्यापी रूपमै निजीकरण, उदारीकरण र भूमण्डलीकरणको वर्चश्व कायम गर्ने प्रयास भइरहेको छ । औद्योगिक तयारी वस्तुुहरूका निर्यातभन्दा पनि वित्तीय पुँजीको निर्यातमा जोड दिँदै बहुराष्ट्रिय निगमहरूमार्फत विश्वव्यापी वित्तीय एकाधिकार कायम गर्ने प्रयास भइरहेको छ । अर्थतन्त्रको निर्धारक तत्त्व खुला बजारलाई बनाउँदै राज्यलाई नियमनकारी संस्थाको रूपमा सीमित गर्न खोजिएको छ । सुरक्षित श्रमको सट्टा करार, ज्यालादारी र आउट सोर्सिङ्गमार्फत श्रमजीवी वर्गलाई विभाजित, असुरक्षित र पराश्रित बनाइएको छ । विज्ञान र प्रविधिमार्फत विश्वले आर्जन गरेको प्रगतिबाट लाभान्वित हुन बहुसंख्यक जनता वञ्चित छन् । आजको विश्व वित्तीय पुँजीवादले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूका माध्यमबाट वित्तीय एकाधिकारका दलालहरूको सञ्जाल तयार गरी नयाँ प्रकारको नवऔपनिवेशिक प्रणाली थोपर्ने प्रयास गरिरहेको छ ।
पुँजीवाद र साम्राज्यवादको नवीनतम अभिव्यक्तिका रूपमा विश्व वित्तीय पुँजीवादले आज विश्व श्रमिक समुदाय र उत्पीडित राष्ट्रहरूमाथि शोषणका नयाँ र सूक्ष्म रूपहरू थोपरिरहेको छ’ (नेकपा राजनैतिक प्रतिवेदन, पृ. ३) ।
भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादलाई सही सावित गर्न पुँजीवादी ‘विचारक’ हरूले नवउदारवादको नीति अघि सारेका छन् । प्रत्यक्ष हस्तक्षेपको परिणाम राम्रो नहुने अनुभव दुई विश्व युद्धबाट हासिल गरेका विभिन्न साम्राज्यवादी गुटहरूले अप्रत्यक्ष हस्तक्षेप नै उपयुक्त हुने निष्कर्ष निकाले । त्यसअनुसार आपसमा मिलेर एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका गरीब देशहरूको दोहन गर्ने नीति लिन थाले । निजीकरण र उदारीकरणका पक्षपोषण गर्ने नवउदारवादलाई यो सन्दर्भमा साम्राज्यवादले आफ्ना हतियारका रूपमा प्रयोग गरिरहेको छ । नवउदारवादी अर्थशास्त्रीहरूले सूचना, संचार, यातायातमा भएको अभूतपूर्व विकासले विश्वका देशहरूलाई यसरी जोडेको छ कि ‘अब राष्ट्रियताको घेराभित्र खुम्चिएर एक्लै अर्थतन्त्रको विकास गर्न सकिँदैन, प्रत्येक देशले आफूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु पर्दछ, उदारवादी अर्थनीति अपनाउनु पर्दछ र सिमानाका बार–बन्देज भत्काएर निर्बाध रूपमा पुँजी र माल सामानलाई आवत–जावत गर्न दिनु पर्दछ’ भन्ने गर्दछन् ।
आश्चर्य त के छ भने यस्ता प्रचार गर्ने पुँजीवादी देशहरू स्वयं भने त्यो नीति लागू गर्दैनन् । आफ्ना लागि त उनीहरू संरक्षणवादको आडमा देशको अर्थतन्त्र अझ बलिया बनाउने काममा लागि परेका छन् । निजीकरण र उदारीकरणका कुरा त केवल विश्वका गरीब देशहरूको अपार प्राकृतिक श्रोत र सस्तो श्रमशक्तिको दोहन गर्ने प्रयोग गरिएका केमोल्फज मात्र हो । वस्तुुतः आज विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन, नाटो जस्ता संयन्त्रका सञ्चालक सबैैमा विश्वका ठूल्ठूला एकाधिकार पुँजीपतिहरू नै रहेका छन्।
सूचना, सञ्चार र यातायातमा भएको विकासलाई वित्तीय पुँजीवादले उत्पादनलाई विकेन्द्रीकृत रूपमा जहाँ सस्तो श्रम र साधन उपलब्ध हुन्छ त्यहीँ गर्ने गरेको छ । नेटवर्क र साइबरको विकासले गर्दा बहुराष्ट्रिय कम्पनीहरूले एउटा वस्तुुको उत्पादन एकै ठाउँमा नगरी एउटा ब्राण्ड र मोडलका माल सामान विश्वका विभिन्न ठाउँमा गर्न थालेका छन् । आजभोलि त कम्पनीहरूले विभिन्न देशका साना कम्पनीहरूलाई एउटै सामानका अलग पाटपूर्जा उत्पादन गर्न लगाई अर्को एक ठाउँमा जोडजाड गरेर बजारमा पठाउने काम पनि गर्न थालेका छन् । उत्पादन लागत घटाउन र बजारको सुनिश्चितताका लागि यसो गर्ने गरिएको छ । वित्तीय पुँजीवादअन्तर्गत उपरोक्त प्रक्रियाबाट पुँजीका चरम केन्द्रीकरण भएको छ । पुँजीको यो चरम केन्द्रीकरणबाट उत्साहित भएका पुँजीवादी अर्थशास्त्रीहरूले अब पुँजीवादको विश्वव्यापी अभियानलाई रोक्न कुनै तागत छैन, पुँजीको बाटोमा आइपर्ने सारा बन्देजहरू भत्काइएको निकै होहल्ला गरे । विज्ञान र प्रविधिमा भएको विकासलाई नवउदारवादी पुँजीवादका प्रवक्ताहरूले भूमण्डलीकृत पुँजीवादको अर्थात् आजको सन्दर्भमा वित्तीय एकाधिकार पुँजीवादको औचित्य पुष्टिको प्रमाणका रूपमा प्रस्तुत गर्ने कुचेष्टा गरिरहेका छन् । जब कि वास्तविक धरातलमा भने विज्ञान–प्रविधि मुख्यतः सूचना, सञ्चार र यातायातमा भएको अभूतपूर्व विकासले धनी र गरीबका बीचको खाडललाई विश्वव्यापी रूपमा चर्काएर विश्व समाजवादी क्रान्तिका वस्तुुगत आधारलाई नै बलियो पारिरहेको छ ।
नवउदारवादीहरूको प्रचारबाजी चलिरहँदा पुँजीबजारमा अन्तर्निहित अन्तरविरोधका कारण वित्तीय पुँजीवादको कथित सुधार भयानक संकटका रूपमा विस्फोट भयो । पुँजीको अत्यधिक केन्द्रीकरण, अनियन्त्रित बजार व्यवस्था र विभिन्न शक्ति राष्ट्र एवंं बहुराष्ट्रिय निगमहरूका बीचमा नाफाका लागि हानथाप आदि कारणले पुँजीवादी अर्थशास्त्रीहरूले ‘रामवाण’ को रूपमा प्रचार गरेको निजीकरण, उदारीकरणको नवउदारवादी बेलुनको हावा खुस्कियो । विश्वमा पहिला कहिल्यै नदेखिएको आर्थिक मन्दीको चपेटामा स्वयं साम्राज्यवादी देशहरू नै पर्न गए । ‘सन् २००८ बाट शुरु भएको विश्वव्यापी आर्थिक मन्दीबाट पश्चिमका कतिपय मूलुकहरू अझै बाहिर निस्कन सकेका छैनन् । कैयौं वित्तीय संस्था, घरजग्गा कारोबार (रियल स्टेट) कम्पनीहरू, उद्योगहरू टाट पल्टिएका छन् । संकटकै कारण कतिपय मूलुकमा सरकार परिवर्तन भएका छन् । राज्यले अर्बौं लगानी गरेर त्यस्ता व्यवसायलाई उद्धार गर्न खोजे पनि समस्या कायमै छ । सीमित पुँजीपतिहरूको स्वार्थ रक्षाका लागि ती देशका सरकारहरूले मितव्ययिताका नाममा शुरु गरेको खर्च कटौती, सामाजिक सुरक्षामा नियन्त्रण र मजदुर तथा कर्मचारीहरूको निष्कासनले गम्भीर सामाजिक समस्या उत्पन्न गर्दै लगेको छ’ (नेकपाको राजनैतिक प्रतिवेदन, पृष्ठसंख्या–५)।
यो आर्थिक संकटसँगै विश्वव्यापी रूपमा आर्थिक, सामाजिक समस्याका विरुद्ध विभिन्न स्वरूपका आन्दोलनहरू भएका छन् । स्वयं संयुक्त राज्य अमेरिकामा नै ‘वाल स्ट्रीट कब्जा गर’, ‘पुँजीवाद संकटमा छ’ भन्ने नारा घन्किए । त्यो आन्दोलन दर्जनौं पुँजीवादी देशका झण्डै ९०० शहरमा फैलियो । स्कूल कलेजका हजारौं छात्रछात्राहरू आन्दोलनमा सरिक भए । यो संकटसँगै तथाकथित एक ध्रुवीय विश्वको साम्राज्यवादी सपना पूरा नहुने यथार्थ स्पष्ट भएको छ । विश्व झन् तीव्रतामा बहुध्रुवीय बन्दै गएको छ । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ । रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीतयुद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ । वाइडन प्रशासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरङ्कुशताको लडाईंको रूपमा लिएको छ । रक्षा मन्त्रालयको समीक्षामा लेखिएको छ, ‘हिन्द प्रशान्त क्षेत्रमा यस समीक्षाले साझेदार र सहयोगीहरूसँग थप सहकार्य गर्न निर्देशन दिएको छ’ भन्ने कुरा स्पष्ट उल्लेख छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ । आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ । वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरूलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ । नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन ।
आज विशुद्ध पुँजीवादी मुनाफाका लागि अन्धाधुन्ध खोलिएका कल–कारखानाबाट निस्किने धुवाँले व्यापक मात्रामा वायुमण्डललाई प्रदुषित गरेको छ । आधुनिक खेतीका नाममा प्रयोग गरिएका जैविक इन्धनबाट चल्ने मेसिनहरूको प्रयोग, रासायनिक मल, कीटनाशक औषधीको प्रयोग आदिले समेत वातावरणलाई प्रदुषित गर्दै वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन गरिरहेका छन् । वन विनाशको प्रक्रिया अनियन्त्रित छ । यातायातका साधनहरूको प्रयोगबाट निस्किने कार्बनसमेतका कारण पृथ्वीको तापक्रमको वृद्धिले जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ । चौतर्फी पर्यावरण विनाशको प्रक्रियाका कारण भइरहेको तापक्रममा वृद्धि र जलवायु परिवर्तनको तीव्रताले पृथ्वीकै संरचनामाथि खतरा उत्पन्न भएको छ । जमिनको मरुभूमिकरण बढ्दो छ, पिउने पानीका मुहानहरू सुक्दै छन्, महासागरमा पानीको तापक्रम पनि बढ्दो छ, प्रकृतिका वरदान कैयौं जडीबुटी स्थानीय नश्लका जीवजन्तु र महासागरका कैयौं प्राणीहरू लोप हुँदै गएका छन् । तापक्रमको वृद्धिको असरले अन्टार्कटिका र ग्रीनल्याण्डमा रहेका बरफका तहहरू पग्लँदै गएर सामुद्रिक सतह बढ्न थालेको छ, जसले गर्दा समुद्रको किनारमा रहेका देशहरू डुब्ने खतरा उत्पन्न भएको छ । हिमालय पर्वत शृङ्खलाबाट हिउँ पग्लने प्रक्रियाको कारण यसका वरिपरि रहेका देशहरूको मौसम र पर्यावरणमा अस्वाभाविक परिवर्तन भएर प्रकृति, जीवजन्तु र मानिसहरूकै भविष्य खतरामा परिरहेको छ ।
सीधा र स्पष्ट छ कि प्रकृति र मानव जातिमाथि देखा पर्दै र बढ्दै गएका उपरोक्त प्रकारका संकटहरूको प्रमुख कारण पुँजीवादको उत्पादन र वितरण प्रणाली नै हो । पुँजीवादी उत्पादन प्रणालीको मुख्य उत्प्रेरक जसरी भए पनि बढीभन्दा बढी नाफा कमाउनु हो । यो प्रणालीले उत्पादन प्रक्रियामा प्रकृति, समाज र मानव जातिलाई हुने हानी नोक्सानीबारे हिसाब गरेर योजनाबद्ध विकासमा होइन, नाफाका निमित्त मात्र अराजक उत्पादनमा ध्यान दिने भएकाले आज यो संकट आइपरेको छ । अतः आज कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक शक्तिहरूले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने र साम्राज्यवादी उत्पादन प्रणालीका विरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्धालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नु पर्दछ ।
भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय पूँजीवादले विज्ञान–प्रविधिको प्रयोगबाट उत्पादक शक्तिको विकास गरी अत्यधिक नाफा केन्द्रित गरे पनि उत्पादन सम्बन्धका दृष्टिले धनी र गरिबका बीचको खाडल झन् भयानक बन्न गएको तथ्य स्वयम् पूँजीवादी अर्थशास्त्रीहरुले नै स्वीकार गरेका छन्।
उपरोक्त विश्लेषणबाट निस्किने निम्न निष्कर्षलाई गम्भीरतापूर्वक आत्मसात गरी अगाडि बढ्ने नयाँ सङ्कल्प लिनु आजका कम्युनिष्ट क्रान्तिकारीहरूको ऐतिहासिक दायित्व हो ।
(क) भूमण्डलीकृत सामाज्यवाद र वित्तीय पुँजीवादीको र प्रकृति र मानवजातिको हित विरोधी चरित्रको व्यापक खण्डन, आलोचना र भण्डाफोर गर्दै २१ औं शताब्दीमा नयाँ समाजवादी क्रान्तिको अनिवार्यताबारे निरन्तर, व्यवस्थित र योजनाबद्ध रूपमा जन–समुदायमा प्रचार गर्ने ।
(ख) मालेमाको आधारभूत सिद्धान्तको निर्देशनमा सबैै खाले जडता, यान्त्रिकता र आत्मसमर्पणवादका विरुद्ध सशक्त विचारधारात्मक संघर्ष चलाउँदै वित्तीय एकाधिकार पुँजीवादका रूपमा प्रकट भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विरुद्ध प्रतिक्रान्तिका अनुभवहरूको समीक्षासहित ‘२१ औं शताब्दीको नयाँ समाजवाद’ लाई नयाँ विचारको रूपमा विकसित र स्थापित गर्न जोड गर्नु पर्दछ ।
३. आजका साम्राज्यवादले स्थानीय स्तरमा गएर आदिवासी र स्थानीय समुदायको प्राकृतिक साधन स्रोतदेखि हक र पहिचानमाथि हमला गरिरहेको कुरालाई स्पष्ट गर्दै व्यापक रूपमा स्थानीय सामुदायिक मोर्चा कायम गरी प्राकृतिक साधन, स्रोतमाथि स्थानीय जन–समुदायको अधिकार कायम गर्न तथा समुदायको आर्थिक राजनैतिक र सांस्कृतिक पहिचान र अधिकार स्थापना गर्ने अभियानलाई तीव्रता दिन पर्दछ ।
४. राष्ट्रिय सीमा भत्कियो भन्ने नवउदारवादीहरूको प्रचारका विरुद्ध आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रका विकास तथा वित्तीय एकताधिकार पुँजीवादको पक्षपोषण गर्ने, दलाल– नोकरशाही पुँजीवादका विरुद्धको संघर्षलाई नयाँ उचाईमा उठाउँदै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।
(ख) संक्षिप्त ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनैतिक परिस्थितिः–
प्राकृतिक र भौगोलिक रूपले स्वच्छ एवंं एर्वंर भूखण्ड नेपालमा आदिम कालदेखि नै मानव सभ्यता र समाजको विकास भएको तथ्य वैदिक, वाङ्गमय, उपनिषद्, साहित्य, त्रिपिटकहरू, सूत्रसहित एवंं विभिन्न काव्य–ग्रन्थहरूबाट मात्र होइन, अपितु आधुनिक वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भएका छन् । सन् १९८० मा गरिएको वैज्ञानिकअन्वेषणबाट पाल्पा दोभानको तिनाउ नदी किनारमा भेटिएको दाँतको अवशेषका व्यालिओम्याग्नेटिक विधिबाट अमेरिकामा विशेष परीक्षण गर्दा १ करोड १० लाख वर्ष पूरानो भन्ने प्रमाणित भएको छ । यसबौट स्पष्ट हुन्छ कि नेपाल परापूर्वकालदेखि नै मानव सभ्यताको विकासको आदि थलो हो ।
फिरन्ते युगबाट जब–जब समाज पशुपालनको युगमा प्रवेश गर्यो, त्यति बेलादेखि नै नेपालका विभिन्न भू–भागमा कबिलाइ गणराज्यहरूको विकास हुन थालेको देखिन्छ । उत्पादक शक्तिको विकास प्रक्रियामा पशुपालनबाट खेतीपाती र सामान्य बन्द व्यापार हुँदै त्यसप्रकारका गणराज्यहरूको विकास र विस्तार हुँदै आएको पाइन्छ । पहाडी भू–भागको पहिलो र बलियो गणराज्यका रूपमा स्थापित किराँत गणराज्यमाथि दक्षिणबाट मगध साम्राज्यसँग पराजित लिच्छवीहरूको हमला र विजयपश्चात् प्रारम्भिक रूपमा गणराज्यहरू क्रमशः वंश परम्परामा चल्ने सामन्ती राजा रजौटामा परिणत हुँदै गए । उत्पादक शक्तिको विकाससँगै पहिलेका प्रकृति पुजक कबिलाइ गणराज्यहरू (जसमा मातृसत्ताको प्रचुरता भेटिन्छ) क्रमशः विभिन्न वंशका राजा रजौटा हुँदै बाइसे/चौबिसे राज्यसम्म विकास भएको हो । इतिहासको ऐतिहासिक भौतिकवादी व्याख्याले मात्र वर्तमानलाई बुझ्न र भविष्यमा जनताको हित गर्न वैज्ञानिक मार्ग प्रशस्त गर्न सकिने विश्वासका साथ कमरेड पुष्पलालले ‘नेपालमा मातृसत्तात्मक समाज’ लेख्नुभएको हो । उहाँले सो पुस्तकमा भन्नुभएको छ, ‘नेपालमा आदिम युगमा मातृसत्तात्मक समाज थियो । मातृसत्तात्मक समाजको अस्तित्त्वलाई मान्नुको मतलब आदिम साम्यवादी समाजको अस्तित्त्वलाई मान्ने हुन्छ । यो सिद्ध भएपछि आजसम्म हामीमा रहेको यो गलत धारणा समाप्त हुन्छ कि नेपालको इतिहास मञ्जुश्री अथवा ने मुनिबाट शुरु भएको हो । सबैैभन्दा ठूलो कुरा त नेपालको इतिहासलाई पारलौकिक शक्ति पूराण तथा धार्मिक दृष्टिकोणबाट मुक्त गरी ऐतिहासिक भौतिकवादको स्तरमा बढाउँदछ । यसै दृष्टिकोणअनुसार नेपालको इतिहासको खोजी गरेमा हामी आफ्ना वास्तविक राष्ट्रिय परम्परा पत्ता लगाउन सक्नेछौं र नेपालमा देखिएका प्रत्येक प्राचीन संस्थाहरूको भौतिकवादी व्याख्या दिन सक्नेछौं र राष्ट्रिय एकतालाई बलियो पार्ने खँदिलो आधार तयार गर्न सक्दछौं ।’ यो नै इतिहासको अध्ययन गर्ने सही दृष्टिकोण हो । सामन्ती शासकहरूले नेपालको लामो समयदेखि इतिहासलाई राजा महाराजाको र दैवीशक्तिको धार्मिक अन्धताका रूपमा व्याख्या गर्दै आएका छन् । यसका ठीक विपरीत भौतिकवादी विज्ञानले इतिहासलाई निश्चित देशकालमा विकसित भएको निश्चित उत्पादन प्रणालीसँग जोडेर हेर्न सिकाउँदछ ।
त्यसअनुसार नेपालमा रहेका भुरे टाकुरे राज्यहरू उत्पादक शक्तिको विकासमा बाधक बन्दै गएपछि नै एउटै विशाल नेपालको निर्माणको वस्तुुगत आधार तयार भएको हो ।
वस्तुुतः पृथ्वीनारायण शाहको राज्य–विस्तार अभियान सफलताका पछाडि मुख्य रूपमा यही वस्तुुगत ऐतिहासिक आवश्यकताले काम गरेको छ । जब एकात्मक, केन्द्रीकृत र बलियो एउटै नेपाल राज्य बन्यो त्यतिबेलादेखि सामन्तवादको प्रतिनिधिका रूपमा वंश परम्परामा आधारित सामन्ती सत्ता विकसित भयो । यस प्रकारको सामन्ती सत्ता आफ्नो निरङ्कुश र भ्रष्ट चरित्रका कारण क्रमशः जनतासँग अलग्गिँदै र उत्पादक शक्तिको विकासको बाधक बन्दै गयो । विकासका पछिल्लो चरणमा राजतन्त्र र राणाशाही शासनका रूपमा देखा परेको सामन्तवादी शासकका विरुद्ध एकातिर उत्पादक शक्तिको विकासको आवश्यकताका कारण र अर्कातिर सामन्तवादका विरुद्ध विश्वव्यापी रूपमा चलिरहेको पुँजीवादी क्रान्तिको लहरको प्रभावसमेत मिलेर नेपालमा पनि निरङ्कुश सामन्ती शासकका विरुद्ध जन–संघर्ष र विद्रोहका आवाज उठ्न थाले । यस ऐतिहासिक सन्दर्भमा नै जहानियाँ राणा शासनका विरुद्ध तथा कुख्यात सुनौली सन्धि पश्चात् बढेर गएको वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षको शंखघोष गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेसलगायतका राजनैतिक दलहरू स्थापना गरिए । यसरी नेपाल सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको नयाँ युगमा प्रवेश गर्यो । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य सामन्ती जमिन्दारहरूका विरुद्ध ठूल्ठूला विकास संघर्षहरू ०१७ सालमा जनतामाथि थोपरिएको निरङ्कुश र निर्दलीय पञ्चायती शासनविरुद्ध ३० वर्षसम्म चलेका साना ठूला सशस्त्र र शान्तिपूर्ण आन्दोलनका शृङ्खलासहित पञ्चायती तानाशाहीको अन्त्य गर्ने ०४६ सालको ऐतिहासिक जनआन्दोलन सामन्तवादका विरुद्ध योजनाबद्ध र सशक्त विद्रोहको प्रतिनिधित्व गर्ने १० वर्षको महान् जनयुद्ध र शान्तिपूर्ण जन–आन्दोलनको समायोजनमा अगाडि बढेको १९ दिने संयुक्त जन–आन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधान–सभाको निर्वाचन र धर्म निरपेक्षता, समावेशी–समानुपातिक संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको घोषणासम्म आइपुग्दा नेपालमा सामन्तवादको राजनैतिक प्रतिनिधित्वका रूपमा सयौं वर्षदेखि शासन गर्दै आएको राजतन्त्रसमेत सामन्तवादमाथि आधारभूत रूपले नेपाली जनताको विजय भयो ।
नेपाली जनताको यो विजय विश्वमा कुनै पनि देशका क्रान्तिका मोडेलहरूको नक्कलका रूपमा होइन, अपितु निकै मौलिक र जीवन्त रूपमा सफल हुन गएको तथ्यमा पार्टीको धारणा स्पष्ट हुन जरुरी छ । आत्मगत रूपमा पार्टीको चाहना सामान्तवाद र साम्राज्यवादका विरुद्धको पुँजीवादी जनवादी क्रान्ति कमरेड माओले भनेझैँ समाजवादी क्रान्तिको अंग रहने, नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने रहेको भए पनि वास्तविक जीवनमा नेपाली पुँजीवादी जनवादी क्रान्तिले आफ्नै मौलिक रूप विकसित गर्यो । क्रान्तिको नेतृत्वमा कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण भूमिकासहित र बुर्जुवा वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर सामन्तवाद त्यसको राजनैतिक प्रणालीमाथि आधारभूत विजय हासिल गरिएको उदाहरण अन्यत्र पाउन सकिँदैन । यही नै नेपाली पुँजीवादी जनवादी क्रान्तिको मौलिकता र विशेषता हो । यही मौलिकता र विशेषतामा टेकेर नै समाजवाद उन्मुख, समावेशी र समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएको हो । यही मौलिकता र विशेषतामा नै अबका नयाँ समाजवादी क्रान्तिका रणनीतिका चुनौति र अवसर अन्तर्निहित रहेका छन् । बुर्जुवा वर्गसँग सम्झौता गरेर प्राप्त गरिएको यो सफलताभित्र समाजवादी क्रान्तिको नयाँ रणनीतिअन्तर्गत सामन्तवादका अवशेषका विरुद्धको तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई समेत जोडेर अगाडि बढाउनु पर्ने आवश्यकता अन्तर्निहित रहेको छ । यसको अर्थ हुन्छ कि नेपाली समाजवादी क्रान्तिको विचार, रणनीति र कार्यनीति निकै मौलिक, विशिष्ट र चुनौतिपूर्ण हुनेछ । हामीले दलाल नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको मूल नीतिअन्तर्गत राष्ट्रिय पुँजीको विकास गर्न सहकारी, निजी, सार्वजनिक क्षेत्रको बीचमा सहकार्य गर्दै जनतामा सामाजिक न्याय र समृद्धिको प्रत्याभूतसहित समाजवाद उन्मुख संक्रमणकालीन कार्यनीतिको शृङ्खला पार गर्नु पर्दछ ।
विद्रोह र संविधानका दुबै कुरा गर्दा न पार्टी एकता बच्यो न अधिकतम प्रगतिशील संविधान बनाउने काम नै प्रभावकारी हुन सक्यो । यसबाट के स्पष्ट हुन्छ भने विचार र राजनीतिको प्रश्नमा हमेशा सिधा र स्पष्ट छलफल गरेर पार्टीमा साझा धारणा विकास गर्न जोड गर्नु पर्दछ । कुनै किसिमको कुटनैतिक तरिकाले पार्टीलाई सही नेतृत्व दिन सम्भव हुँदैन ।
आज देशको राजनैतिक परिस्थितिमा रहेका सम्भावना र चुनौति वर्तमान संविधानलाई रक्षा र विकास गर्दै समाजवाद उन्मुख यात्रा प्रारम्भ गर्न वा संविधानमा रहेको प्रगतिशील र जनपक्षीय चरित्रलाई र अन्ततः संविधानलाई नै खारेज गरेर प्रतिगामी यात्रातिर लाग्ने भन्ने प्रश्नमा केन्द्रित भएका छन् । क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू दलाल नोकरशाही पुँजीपतिहरू र तिनको पक्षपोषण एवंं प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन् भने कम्युनिष्ट क्रान्तिकारीदेखि राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त र लोकतान्त्रिक शक्तिहरू संविधानको रक्षा र परिमार्जनको पक्षमा अगाडि बढिरहेका छन् । यही वर्गीय राजनैतिक अन्तरविरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ ।
असंवैधानिक र निरङ्कुश तवरबाट पटक–पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधान र ऐनको व्यवस्था विपरीत राजनैतिक दलहरूलाई विभाजन गर्नेदेखि संवैधानिक र अन्य महत्त्वपूर्ण नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावना विपरीतका क्रियाकलापहरू गर्ने, संविधान, ऐन र अदालतका निर्णयलाई चुनौति दिँदै अनाहकमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने, संविधानद्वारा स्थापित लोकतान्त्रिक प्रणालीका विरुद्ध निरङ्कुश राजतन्त्रको पुनर्स्थापनाको हल्ला गर्ने जस्ता कामहरू नै प्रतिगामी तत्त्वहरूले चलाइरहेका गतिविधिहरू हुन् । त्यसको ठीक विपरीत संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निमित्त ‘वाम’ लोकतान्त्रिक शक्तिहरू मोर्चाबद्ध रूपमा अगाडि बढेर सफल पनि हुँदै गइरहेका छन् । तथापि आज पनि देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले आफ्नो प्रतिगामी षड्यन्त्रलाई नयाँ–नयाँ रूपमा अगाडि बढाउने जमर्को गरी नै रहेका छन् । कहिले कार्यपालिका त कहिले व्यवस्थापिका, कहिले न्यायपालिका त कहिले धार्मिक सहिष्णुतामाथि हमला गरेर अस्थिरता सिर्जना गर्ने र देशलाई प्रतिगमनको अँध्यारो सुरुङ्गमा हाल्ने प्रतिक्रियावादी कसरत रोकिएको छैन । उपरोक्त पृष्ठभूमिका हामीले निम्नअनुसार अगाडि बढ्नु पर्दछ ।
(क) परिवर्तनको प्रमुख वाहक हुनुको नाताले सबैैभन्दा पहिले हामीले आफ्नै पार्टीलाई वैचारिक, राजनैतिक, सांगठनिक र सांस्कृतिक रूपले बलियो पार्न र जनसम्बन्धलाई घनिष्ठ पार्न जोड लगाउनुको विकल्प छैन भन्ने ऐतिहासिक यथार्थलाई दह्रोसँग आत्मसात गर्नु पर्दछ । प्रतिक्रियावादी र प्रतिगामी शक्तिका जुनसुकै षड्यन्त्रको सशक्त प्रतिवादका लागि सडक, सदन र सरकारको तीनवटै मोर्चालाई प्रभावकारी बनाउन जोड गर्नु पर्दछ । यी तीन वटै मोर्चामध्ये राष्ट्र र जनताको हितसँग शक्तिशाली रूपले जोडिने मोर्चा अन्ततः सडककै मोर्चा हो भन्ने यथार्थलाई कम्युनिष्ट क्रान्तिकारीहरूले दह्रोसँग समातेर त्यसको तयारीमा लाग्नु पर्दछ । सडकबाट नै क्रान्ति र परिवर्तन सम्भव भएको तथा मुख्य रूपमा सडकबाट नै प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रियावादी षड्यन्त्र विफल भएको तथ्यलाई कहिल्यै बिर्सनु हुँदैन । सुदृढ पार्टी, व्यापक जनसंगठन, घनिष्ट जन–सम्बन्ध एवंं राष्ट्र र जनताका निमित्त कठोर संघर्षको तयारी नै हाम्रो विजयको प्रमुख आधार हुन् ।
(ख) प्रत्यक्ष वा परोक्ष वैदेशिक प्रतिक्रियावादी दबाब हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरन्तर अगाडि बढाएर मात्र जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनैतिक आधार तयार पार्न सकिन्छ । आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्न विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायका जनताको पहिचान र अधिकारलाई स्थापित गरेर मात्र बाह्य हस्तक्षेपका विरुद्ध लड्न सकिन्छ ।
(ग) आजको ठोस राजनैतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक गणतन्त्र एवंं राष्ट्रिय स्वाधीनताको रक्षाका मुद्दामा समान विचार राख्ने वामपन्थी र लोकतान्त्रिक राजनैतिक दलहरूका साथ सम्पूर्ण देशभक्त र जनपक्षीय शक्तिहरूसँग व्यापक संयुक्त मोर्चा कायम गरी प्रतिगामी र प्रतिक्रान्तिकारी शक्तिका विरुद्ध संघर्षका तयारीलाई गम्भीरतापूर्वक अगाडि बढाइरहनु पर्दछ ।
(घ) समाजवादी आर्थिक आधार तयार पार्न समाजवाद उन्मुख आर्थिक नीति, जसमा सामाजिक न्यायसहित सहकारी, सार्वजनिक र निजी क्षेत्रको समन्वयमा अगाडि बढाउन ठोस नीति, योजना र कार्यक्रमको विकास गर्न जरुरी छ । स्थानीय र समुदायको तहदेखि उत्पादन र श्रमका व्यवस्थापनका लागि तथा सांस्कृतिक रूपान्तरणको योजनाद्वारा जन–चेतना विकास गर्न उत्पादन, श्रम र संस्कृतिको संयोजन गर्न विशेष संरचनासहित ठोस योजना र कार्यक्रम बन्नु पर्दछ ।
३. विज्ञान–प्रविधिको विकास र समाजवादको औचित्य
गति र परिवर्तनको अनन्त प्रवाहमा रहने प्रकृति, समाज र मानव चिन्तनलाई विकासको ठोस अवस्थाअनुसार ठोस विश्लेषण गर्ने माग मार्क्सवादले गर्दछ । इतिहासको विकासक्रमको भौतिकवादी व्याख्या मात्र होइन, समकालीन विश्वको उत्पादन प्रणाली र विज्ञान–प्रविधिमा भएको विकासको समग्र अन्तरसम्बन्धलाई अध्ययन विश्लेषण गरेर नै मार्क्सवादले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्ग–संघर्ष वैज्ञानिक समाजवादका संश्लेषण गरेको हो । विज्ञान हुनुको नाताले मार्क्सवादले परिवर्तनको आयामहरूको ठोस अध्ययनका आधारमा त्यसको विकास र परिमार्जनको अनिवार्यताको माग गर्दछ । उत्पादन शक्तिको विकासमा विज्ञान–प्रविधिको विकासको सम्बन्धबारे मार्क्सवादले सुस्पष्ट प्रस्थापनाहरू अगाडि सारेको छ ।
आज हामीले २१ औं शताब्दीमा बीसौं शताब्दीका प्रतिक्रान्तिका अनुभवसहित मार्क्सवादी विज्ञानको विकासको चुनौतीको सामना गरिरहेका छौँ । अतः हाम्रो ध्यान एकातिर आजको विश्वमा उत्पादन शक्तिको विकासको अवस्था, विज्ञान–प्रविधिको विकासले त्यसमा पारेको प्रभावका साथै उत्पादक सम्बन्धमा त्यसको सामन्जस्यता र अन्तरविरोधको अध्ययन गर्न जरुरी छ ।
आइन्स्टाइनका सापेक्षतावादको सिद्धान्त र क्कान्टम मेकानिक्स (सुक्ष्म–भौतिकी) को आविस्कारसँगै प्रत्येक वस्तुु, उत्पादन र विज्ञानका सबैै शाखाहरूको सूक्ष्म अनुसन्धानका प्रक्रियालाई निकै तीव्रता प्रदान गर्यो । २१ औं शताब्दीको प्रारम्भिक चरणसम्म आइपुग्दा त्यो कम्प्युटर विज्ञानको क्षेत्रमा विशेष केन्द्रित हुँदै सूचना–प्रविधिमा असाधारण क्रान्ति ल्यायो । टेक्नोलोजीदेखि साइबर सेक्युरिटी र कृत्रिम इन्टेलिजेन्ससम्मको विकासका कारण मानिसले गर्ने भौतिक र मानसिक श्रमको समयलाई गुणात्मक रूपले घटाइदिएको छ । नानो प्रविधिको विकासले कम्प्युटर विज्ञानको क्षेत्रमा मात्र नभएर मानव जीवनका सबैै क्षेत्रमा गुणात्मक प्रभाव पारेको छ । २१ औं शताब्दीको प्रारम्भमा भएको यो प्रविधिको विकास बीसौं शताब्दीको अन्त्यतिर भएको सूचना–प्रविधिको क्रान्तिभन्दा कैयौं गुणा प्रभावकारी र आधुनिक छ । यस सन्दर्भमा कृषि उत्पादनको विकास र अनुसन्धानमा एग्रिकल्चर रोबोटिक्सले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भने कृषि ड्रोनहरूले उत्पादन र परीक्षणमा प्रभाव पारिरहेको छ । स्वास्थ्य क्षेत्रमा नानो मेडिसिनसम्मको अनुसन्धान र विकासले नयाँ फड्को मारेको छ । भौतिक पूर्वाधार विकासको क्षेत्रमा समेत नयाँ प्रविधिको विकासले निकै सहज, सरल, सुरक्षित, छिटो र छरितो बनाइदिएको छ ।
‘यसैगरी वास्तुकला, कपडा उत्पादन, फेसन डिजाइनिङ्ग, विभिन्न धातुहरूको उत्खनन र प्रशोधन, जीवास्म इन्धनको उत्पादन र प्रशोधन, पृथ्वीको भित्री सहतमा रहेका रासायनिक पदार्थको सहज उत्खनन प्रशोधन र प्रयोग, शहरीकरण र बजारको विस्तार, ऊर्जाको सञ्चिति, जलविद्युत् आयोजनाहरूको निर्माण र विद्युत उत्पादन, सौर्य–ऊर्जाको प्रयोग, नवीकरणीय ऊर्जा, वायु –ऊर्जाका साथै फोहोर प्रशोधनका माध्यमबाट ऊर्जा उत्पादनको काम….’, चिकित्सा विज्ञान, आधुनिक हतियार उत्पादन, यातायात, शिक्षामा इ–लर्निङ्गलगायत मानव जीवन र उत्पादन प्रक्रियामा प्रत्यक्ष असर पार्ने अनगिन्ती रूपमा प्रविधिको प्रयोग भइरहेको छ । विभिन्न किसिमको रोबोर्टहरूले मानिसका भौतिक श्रमलाई मात्र होइन, मानसिक श्रमलाई समेत सहयोग गर्न थालेका छन् । मेसिनहरूको सञ्चालनदेखि भौतिक रासायनिक र गणितका अनगिन्ती समस्याहरूको समाधानमा समेत रोबोर्टले काम गर्न थालेका छन् । यस सन्दर्भमा पुँजीवादी दार्शनिक युवल नोआ हरारीसम्मले कृत्रिम बौद्धिकताको सीमाहीन विकासले मानिस र सफ्टवेयर सञ्चालित मेसिन एकअर्काका पूरक होइन बरु एकले अर्कालाई विस्थापित गर्ने खतराप्रति सचेत गराएका छन् ।
विज्ञान–प्रविधिको अभूतपूर्व विकासले मानवीय श्रमशक्तिको प्रभावकारितासहित उत्पादक शक्तिको विकासमा गुणात्मक योगदान अवश्य गरेको छ । तर, सापेक्षतावादको सिद्धान्तको आविस्कारले द्वन्द्वात्मक तथा ऐतिहासिक भातिकवाद र वैज्ञानिक समाजवादका सिद्धान्तलाई थप पुष्टि गरेको कुरा स्वयं अल्बर्ट आइन्सटाइनले नै स्वीकार गरेका थिए । यसैगरी क्कान्टम मेकानिक्सदेखि आजको डिजिटल युगसम्मका कुनै पनि विज्ञान प्रविधिका आविस्कारले द्वन्द्वात्मक भौतिकवाद गलत साबित गर्न सकेका छैनन्, बरु त्यसको थप पुष्टि र विकासलाई नै प्रमाणित गरेका छन् ।
यहाँनेर हामीले ध्यान दिनुपर्ने कुरा के छ भने विज्ञान–प्रविधिको क्षेत्र पनि वर्ग–संघर्ष र उत्पादक शक्तिको विकासको आवश्यकताबाट अछुतो छैन । पहिले देखि र अहिले पनि पुँजीवादले वैज्ञानिकहरूलाई त्यस प्रकारका अनुसन्धानका लागि लगानी र प्रोत्साहित गर्दछन् । जुन आविस्कारले उनीहरूलाई छिटोभन्दा छिटो र बढीभन्दा बढी मुनाफा कमाउन मद्दत गर्दछन् । पुँजीपतिहरूमा अन्तर्निहित यही नैसर्गिक मुनाफाको भोकका कारण विज्ञान प्रविधिको नयाँ–नयाँ आविस्कारलाई उनीहरूले प्रकृति, समाज र मानव हितको संरक्षणमा होइन, त्यसको विनाशका लागि प्रयोग गरिरहेका छन् । पर्यावरण विनाशले पृथ्वीको तापक्रममा वृद्धि, हिमाल र हिमपात पग्लने र समुन्द्र सतहमा वृद्धिका कारण पृथ्वीको अस्तित्त्व नै संकटमा पर्दै गएको छ । यसबौट के स्पष्ट हुन्छ भनेजवसम्म विज्ञान प्रविधिका आविस्कारहरू पुँजीपतिहरूको हातमा नाफा कमाउन सहयोग गर्ने साधनका रूपमा प्रयोग हुन्छन्, तिनले प्रकृति, समाज र मानवजातिको हितमा स्वतः काम गर्न सक्दैनन् । भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादले विज्ञान–प्रविधिको प्रयोगबाट उत्पादक शक्तिको विकास गरी अत्यधिक नाफा केन्द्रित गरे पनि उत्पादन सम्बन्धका दृष्टिले धनी र गरिबका बीचको खाडल झन् भयानक बन्न गएको तथ्य स्वयं पुँजीवादी अर्थशास्त्रीहरूले नै स्वीकार गरेका छन् ।
आज वर्गीय अन्तरविरोध यति विकराल भएको छ कि जसको तुलना इतिहासको कुनै पनि कालखण्डसँग गर्न सकिँदैन । यदि विश्वका १०० जना मात्र धन कुबेरहरू मिलेर खरिद गर्न चाहेमा विश्व नै खरिद गर्न सक्ने भयावह स्थिति आज बनेको छ । संसारको कूल जनसंख्याको झण्डै ७५ प्रतिशत जनता अल्प विकसित र विकासशील देशहरूमा रहेका छन्, जसको साथमा संसारको कूल सम्पत्तिको १५ प्रतिशत मात्र रहेको छ । झण्डै ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेका धनी देशहरूमा केन्द्रित छ । त्यो सम्पत्तिको अत्यन्त ठूलो हिस्सा तिनै धनी देशका पनि सीमित धनाढ्यहरूको कब्जामा रहेको छ ।
तलको तथ्याङ्कले विश्वका १० प्रमुख धनकुबेरहरूका हातमा केन्द्रित सम्पतिको विवरण प्रस्तुत गरेको छ ।
विलियन अमेरिकी डलरमा
क्र.स. नाम देश कूल सम्पत्ति लगानीको मुख्य क्षेत्र
१. बेर्नाड अर्नल्ट फ्रान्स १८६.३ ७० ब्राण्डका व्यापारी
२. जेफट वेनोस अमेरिका १८६.0 अमेजन कम्पनीका मालिक
३. एलोन मस्क बेलायत १४७.३ इलेक्ट्रिक कार र रकेट
४. विल गेट्स अमेरिका १२५.५ सफ्टवेयर कम्पनीका मालिक
५. मार्क जुकरवर्ग अमेरिका ११४.७ फेसबुक कम्पनीका मालिक
६. वरेन वफेट अमेरिका १०८.७ बहुक्षेत्रका लगानीकर्ता
७. ल्यारी एरिसन अमेरिका १०२.३ सफ्टवेयर कम्पनीका मालिक
८. ल्यारी पेज अमेरिका १००.२ गुगलका संस्थापक
९. सर्गेइ ब्रिन अमेरिका ९७.१ सफ्टवेयर कम्पनीका मालिक
१०. अमान्ओि ओर्टेगा स्पेन ८९.० लत्ता तथा खाद्य व्यापारी
स्रोतः समाजवादी क्रान्तिको कार्यदिशाबाट
यसैगरी धनी देशहरूले प्रकृति र मानवीय संरक्षणमा खर्चिनु पर्ने बजेटको ठूलो हिस्सा हातहतियार र सैन्य शक्तिको विकासमा खर्च गरिरहेका छन् । पहिलो र दोस्रो विश्वयुद्धका अनुभवबाट तेस्रो विश्वयुद्ध रोक्न प्रयत्नगरिए पनि साम्राज्यवादी गुटहरूका बीचमा प्रतिस्पर्धा रोकिएको छैन । शीतयुद्धको समाप्तिपछि पनि NATO मार्फत विश्वमा विभिन्न प्रकृतिका युद्ध र हिंसा थोपर्ने, कठपुलती सरकार निर्माण गर्ने, प्रकृतिक स्रोत र मानव श्रम लुट्ने प्रक्रिया भने चलिरहेकै छ । यसका साथै अन्य विभिन्न देशहरूमा विभिन्न सैन्य सम्झौता र गठबन्धन बनाएर आ–आफ्नो प्रभाव विस्तारका निमित्त उनीहरू आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । तत्काल त्यो प्रतिस्पर्धा विस्फोट भएर विश्व–युद्धकै रूप लिने सम्भावना नदेखिए पनि क्षेत्रीय, राष्ट्रिय र स्थानीय तहमा थोपरिएका साना–ठूला युद्ध एवंं विभिन्न साम्राज्यवादी गुटहरूका बीचमा नाफाका निमित्त हुने अस्वस्थ प्रतिस्पर्धाले कुनै पनि बेला ठूलो रूप लिन सक्ने कुरालाई ध्यान दिएर तथा आफ्नो प्रभुत्व र एकाधिकार कायम राख्ने अन्तिम अस्त्र सैन्य शक्ति नै हो भन्ने आफ्नो चरित्रका कारण शक्ति राष्ट्रहरूले सैन्य क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । मानव अधिकारको ‘संरक्षण’ र आणविक हतियारमाथि ‘नियन्त्रण’ का नाममा अल्पविकसित र विकासशील देशहरूको सार्वभौमिकतालाई कुल्चँदै सैनिक र जहाजी बेडाहरू राख्ने गरिरहेका छन् । ठूल्ठूला बहुराष्ट्रिय निगममार्फत अमेरिकाले नै कम्प्युटर माइक्रो इलेक्ट्रोनिक्स, स्वचालित उपकरण, हवाइजहाज आदिमाथि एकाधिकार कायम गर्न सैन्य बजेट र विश्वका विभिन्न देशहरूमा सैनिक अड्डा कायम गर्न सर्वाधिक ठूलो धनराशी खर्च गरेको छ । विश्वका ७० देशमा अमेरिकाको सैनिक सञ्जाल फैलिएका छ । आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उनीहरूले नियोजित रूपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रूपमा हतियार बिक्री गर्ने गरेका अनगिन्ती तथ्यहरू छन् ।
विश्वका निम्न ११ देशहरूले सुरक्षा सैन्य क्षेत्रमा गरेको लगानीको विवरणले पुँजीको कति ठूलो हिस्सा लगाइएको छ भन्ने तथ्य स्पष्ट हुन आउँछ ।
क्र.स देश सैन्य बजेट विलियन डलरमा अग्रपंक्तिको सेना आणविक हतियार ट्याङ्क सैन्य विमान पनडुब्बी
१. अमेरीका ६०१.० १४,००,००० ६८०० ८८४८ १३८९२ ७२
२. रुस ८४.५ ७६६०५५ ७००० १५४९८ ३४२९ ५५
३. चीन २१६.० २३३३००० २६० ९१५० २८६० ६७
४. जापान ४१.६ २४७१७३ – ६७८ १६१३ ६१
५. भारत ५०.० १३२५००० १२०० ६४६४ १९०५ १५
६. फ्रान्स ६२.३ २०२७६१ ३०० ४२३ १२६४ १०
७. दक्षिण कोरिया ६२.३ ६२४४६५ – २३८१ १४१२ १३
८. इटाली ४३.० ३२०००० – ५८६ ७६० ६
९. बेलायती ६०.५ १४६९८० २१५ ४०७ ९३६ १०
१०. टर्की १८.२ ४१०५०० – ३७७८ १०२० १३
११. पाकिस्तान ७.० ६१७००० १४० २९२४ ९१४ ८
माथि गरिएको विज्ञान–प्रविधिको विकासले उत्पादक शक्ति उत्पादन–सम्बन्ध र वग–संघर्षमा परेको असरका बारे गरिएको सामान्य अवलोकनबाट मात्र पनि हामी निम्न वस्तुुवादी निष्कर्षमा पुग्न सक्दछौं–
(क) सापेक्षतावादको सिद्धान्त, क्कान्टम मेकानिक्स, सूचना प्रविधिको क्रान्ति र डिजिटल युगको प्रारम्भसम्मका कुनै पनि वैज्ञानिक आविस्कारले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मार्क्सवादी विज्ञानलाई विस्थापन होइन अपितु त्यसको वैज्ञानिकतालाई प्रमाणित गर्दै त्यो विज्ञानको थप विकास र परिमार्जनमा योगदान गरका छन् । विज्ञान– प्रविधिको नयाँ विकासले मार्क्सवादका आधारभूत प्रस्थापनाहरूलाई गलत साबित गरे भन्ने बुर्जवा बुद्धिजीवीहरूको प्रचार बिल्कुल झुटो हो ।
वर्ग–संघर्षको विकास र राजनैतिक शक्ति सन्तुलनको आजको ठोस अवस्थामा समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्ने तुलनात्मक रुपले लामो समय जाने पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु’ हो ।
(ख) विज्ञान–प्रविधिको अभूतपूर्व विकासले उत्पादक शक्तिलाई गुणात्मक रूपले विकसित अवश्य गराएको छ तर पुँजीवादले त्यसको प्रयोग प्रकृति, समाज र मानव हितका पक्षमा होइन, नाफा कमाउने साधनका रूपमा गर्ने हुँदा उत्पादन सम्बन्धसँग उत्पादक शक्तिको विश्वव्यापी र तीव्र अन्तरविरोधलाई बढाएका छन् । उत्पादक शक्तिको नयाँ विकासले वस्तुुतः र अन्ततः समाजवादी क्रान्तिको वस्तुुगत आधारलाई नै परिपक्क बनाएको छ । विकासका आवश्यकताले उत्पादन सम्बन्धमा क्रान्ति अनिवार्य बनाएको छ । अतः विज्ञान–प्रविधिको विकासले अब समाजवादी क्रान्तिलाई अनावश्यक र असंभव बनाएको छ भन्न नवउदारवादी पुँजीवादीहरूको प्रचारलाई गलत साबित गरेको छ ।
(ग) विज्ञानका नयाँ आविस्कारहरूको पुँजीवादी दुरूपयोगका कारण धनी र गरीबका बीचको खाडललाई पुर्ने होइन झन् भयानक फराकिलो पार्ने काम गरेकाले वर्ग–संघर्ष र वैज्ञानिक समाजवादको आवश्यकता बारेका मार्क्सवादी प्रस्थापनाहरूलाई झन् सही साबित गरेका छन् । विश्वव्यापी वर्ग–अन्तरविरोधलाई तीव्र पारेर पुँजीवादले समाजवादी क्रान्तिका नयाँ लहरलाई अनिवार्य बनाएको छ । अतः आजका मार्क्सवादी क्रान्तिकारीहरूका अगाडि वस्तुुगत रूपले परिपक्क बन्दै गएको समाजवादी क्रान्तिको आधारमा टेकेर आत्मगत शक्तिको विकासका लागि वैचारिक–राजनैतिक कार्यदिशा त्यसअनुसारको विशिष्ट संगठनात्मक संरचना र कार्यशैली, रणनीति, कार्यनीतिको तर्जुमा गर्ने चुनौति स्वीकार गर्नु पर्दछ ।
(घ) विज्ञान–प्रविधिको पुँजीवादी दुरूपयोगका कारण पर्यावरण विनाश, जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा निरन्तर भइरहेको वृद्धि, हिमालय र अन्यत्रको हिमपात र पग्लने क्रमबाट भइरहेको समुद्री सतहको वृद्धि, अत्यधिक कार्बन उत्सर्जनको कारण वायुमण्डलमा भइरहेको प्रदुषण र त्यसले निम्त्याएका नयाँ रोग–व्याधिहरूले पुँजीवादी उत्पादन प्रणालीका विरुद्ध विश्वव्यापी मोर्चा बनाएर पर्यावरण, धर्ती र मानव जातिको रक्षाका निमित्त अगाडि बढ्न अनिवार्य भएको छ । समाजवादले मात्र प्रकृति, समाज र मानव जातिको हित संरक्षणमा योजनाबद्ध विकास गर्न सक्दछ भन्ने तथ्यलाई स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म स्थापित गर्ने अवसरलाई कम्युनिष्ट क्रान्तिकारीहरूले दृढतापूर्वक सदुपयोग गर्नु पर्दछ ।
४. पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन
लेनिनको जन्म–दिन पारेर २२ अप्रिल १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुनुलाई हामीले दूरगामी महत्त्वको ऐतिहासिक परिघटनाका रूपमा लिएका छौं । कमरेड पुष्पलालको विशेष पहल र नेतृत्वमा स्थापना भएको यो पार्टीले आफ्नो विकासक्रममा वर्ग–संघर्ष, विचारधारात्मक संघर्ष र अन्तरसंघर्षका अनेकौं शृङ्खला पार गरेको छ । आफैंभित्र विकास भएको प्रवृत्तिगत राजनैतिक संघर्षको शत्रुता एवंं अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चर्केका महाविवादको असरसमेतका कारण २०१९ सालको तेस्रो महाधिवेशनपछि पार्टीको एकीकृत स्वरूप बाँकी रहेन । विभिन्न टुक्रामा विभाजित भई विभिन्न इलाकाहरूमा सीमित र क्रियाशील हुन पुगेका समूहहरूले कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न भने महत्त्वपूर्ण भूमिका खेलि नै रहे । सामन्ती राजतन्त्रका अगाडि सम्पूर्ण रूपले आत्मसमर्पण गरेको रायमाझी गुटबाहेक अन्य समूहरूले कुनै न कुनै रूपमा कम्युनिष्ट आन्दोलन र वर्ग–संघर्षलाई अगाडि बढाउने योगदान गरि नै रहे । त्यस प्रक्रिया भित्रबाट निश्चित विचार, राजनैतिक कार्यदिशा, नीति, योजना र कार्यक्रमका आधारमा पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने प्रयासहरू अगाडि बढे । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महाविवादका सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार, रुसी संशोधनवादका विरुद्ध र अध्यक्ष माओ र चिनियाँ कम्युनिष्ट पार्टीको क्रान्तिकारी धारको पक्षमा दृढतापूर्वक खडा भयो । यो परिघटना स्वयं नै नेपाली कम्युनिष्ट आन्दोलनमा दूरगामी प्रभाव पार्ने सकारात्मक परिघटना हो ।
महाविवादका सन्दर्भमा क्रान्तिकारी धाराको पक्ष पोषण गर्ने क्रान्तिकारीहरूकै पहलमा केन्द्रीय रूपमा पार्टी पुनर्गठनका प्रयासहरू अगाडि बढे । यी प्रयासहरूमध्ये पहिलो प्रयास २०२५ सालमा संस्थापक नेता कमरेड पुष्पलालको नेतृत्वमा अगाडि बढ्यो । कमरेड पुष्पलालसँग केही पूर्वाग्रह र केही राजनैतिक मतभेदसहित कमरेड मोहन विक्रम सिंह र कमरेड निर्मल लामाको मुख्य नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्यूक्लसमार्फत पार्टी पुनर्गठनको अर्को प्रयास अगाडि आयो । २०२८ सालमै झापा विद्रोह र कोर्डिनेशन केन्द्रका रूपमा उग्र–वामपन्थी नारा दिँदै पार्टी पुनर्गठनको अर्को प्रयास गरियो । यी प्रयासहरू अगाडि बढ्दै जाँदा क्रमशः नेकपा पुष्पलाल समूह, नेकपा (चौम) र नेकपा मालेका रूपमा स्थापित हुन पुगे । आपसी विचारधारात्मक र राजनैतिक संघर्ष, एकता, विभाजन र रूपान्तरणको प्रक्रियासहित ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सहकार्यमा संलग्न हुन पुगे । पंचायती निरंकुशता विरोधी आन्दोलनको सफलतासँगै कम्युनिष्ट आन्दोलनमा एकता र ध्रुवीकरणको प्रक्रिया तीव्र बन्यो । परिणामस्वरूप विभिन्न माओवादी समूहहरू मुख्यतः तत्कालीन नेकपा (मशाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक संगठन र नेकपा (मसाल) का एउटा हिस्सामा मिलेर नेकपा (एकता केन्द्र) बन्यो भने अर्कोतिर नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर नेकपा (एमाले) बन्यो । नेकपा (एकता केन्द्र) ले तत्कालीन अवस्थामा माओवादी क्रान्तिकारी धाराको तथा नेकपा (एमाले) ले शान्तिपूर्ण संसदीय धाराको प्रतिनिधित्व गरेका थिए ।
तीव्र विचारधारात्मक र राजनैतिक संघर्षका बीचबाट अगाडि बढेका दुवै समूहमध्ये नेकपा (एकता–केन्द्र) भित्र तत्काल सशस्त्र संघर्षको तयारीलाई प्राथमिकता दिने वा जन–संघर्षलाई प्राथमिकता दिने भन्ने मूल कार्यनैतिक विषयमा मतभेदका कारण पुनः विभाजित हुन पुग्यो । विभाजित एउटा पक्ष नेकपा (माओवादी) का रूपमा महान् जनयुद्धको ऐतिहासिक पहलमा अगाडि बढ्यो भने अर्को पक्ष शान्तिपूर्ण संघर्षलाई नै प्राथमिकता दिएर नेकपा (एकता–केन्द्र) कै रूपमा अगाडि बढ्यो । हाम्रो पार्टी इतिहासको चर्चा गर्दा तात्कालिक नेकपा (माओवादी) को सान्दर्भिक पक्षको चर्चा उपयुक्त हुन्छ ।
२०५२ साल फाल्गुण १ गते नेकपा (माओवादी) को नेतृत्वमा घोषणा गरिएको जनयुद्ध नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभई नेपालको समग्र राजनैतिक प्रक्रियामा नै दूरगामी असर पार्ने एक ऐतिहासिक पहलकदमी थियो भन्ने कुरा आज प्रमाणित भइसकेको छ । निश्चित विचार र राजनैतिक कार्यदिशासहित राजनैतिक र फौजी आक्रमणका समायोजन र सन्तुलनको विशिष्ट श्रृंखला र योजनाबद्ध पहलका कारण जनयुद्ध प्रतिक्रियावादी दमनचक्र चिर्दै एवंं क्रान्तिकारी र जनताका तर्फबाट त्याग, तपस्या र बलिदानका कीर्तिमानहरू कायम गर्दै दिनप्रति दिन फैलिँदै गयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको तिरन्तर अनुगमन गर्दै पार्टीले संविधानसभाको निर्वाचन र गणतन्त्र स्थापनाको मुद्दालाई न्यूनतम सर्त मानेर सरकारसँग वार्ता र संवादको ढोका पनि खुला राखी नै रह्यो । क्षति र उपलब्धि एवंं पीडा र गर्वका तीव्रतम अनुभूति र अनुभवहरू संगाल्दै जनयुद्ध एउटा निश्चित विचार श्रृंखलाको विकास गर्दै अगाडि बढ्यो ।
२०५७ सालमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले युद्ध र वैचारिक बहसको तीव्रताका बीचबाट विकसित विचार श्रृंखलालाई प्रचण्ड–पथका रूपमा संश्लेषित गर्यो । यो संश्लेषणसँग जनयुद्ध राजनैतिक र फौजी दुवै क्षेत्रमा आक्रामक र गुणात्मक रूपले विकसित हुन गयो । अब माओवादी जनयुद्ध देशव्यापी र जनव्यापी बनेर एउटा राजनैतिक शक्तिका रूपमा विकसित हुन पुग्यो । यसै प्रक्रियामा विभिन्न संसदीय राजनैतिक दल र सरकारसँग वार्ता र संवादको प्रक्रिया पनि अगाडि बढ्दै गयो । वार्तामा सरकारका तर्फबाट हाम्रो न्यूनतम माग मुख्यतः संविधानसभा र गणतन्त्र पूरा गर्नुको सट्टा दमनचक्रलाई नै निरन्तरता दिने दुस्साहस गरेपछि पार्टीका तर्फबाट सिंगै देश र दुनियाँलाई तरङ्गित हुने गरी ठूल्ठूला फौजी कारबाहीहरूको श्रृंखला अगाडि बढाइयो । यसै प्रक्रियाका बीचमा जेष्ठ २०६० मा रोल्पाको दुम्लामा सम्पन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमरेड प्रचण्डका तर्फबाट निकै गम्भीर र दूरगामी वैचारिक, राजनैतिक महत्त्वको प्रस्तावका रूपमा ‘इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे’ प्रस्तुत गरियो । गम्भीर छलफलसहित सर्वसम्मत रूपमा पारित गरिएको सो प्रस्तावलाई केन्द्रीय समितिले दोस्रो राष्ट्रिय सम्मेलनको विचार संश्लेषणकै नयाँ विकासका रूपमा ग्रहण गर्यो ।
जनयुद्धका रूपमा अगाडि बढेको यो सामन्तवाद र साम्राज्यवादविरुद्धको भीषण वर्ग–संघर्षले प्रतिक्रियावादी कित्ताभित्रको अन्तरविरोधलाई पनि निकै तीव्र पार्यो । त्यो अन्तरविरोधको अभिव्यक्तिका रूपमा नै राजा वीरेन्द्रको वंश नाश गर्ने भयानक दरबार हत्याकाण्ड मच्चाइयो । सो निर्मम, नृशंस र भयानक हत्याकाण्डमार्फत राजा बन्न पुगेका ज्ञानेन्द्र शाहले निरङ्कुश शासक बन्ने कलाविहीन नाटक प्रदर्शन गर्दै संसदीय राजनैतिक दलहरूमाथि अघोषित प्रतिबन्ध लगाएर उनीहरूमाथि समेत दमन शुरु गरे । २०१७ साल दोहोर्याउने ज्ञानेन्द्र शाहको यो निरङ्कुश कार्यले जनयुद्धको नेतृत्व गरिरहेको नेकपा ( माओवादी) र राजाको निरङ्कुशताविरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका ७ राजनैतिक दलहरूका बीचमा वार्ता, संवाद र सहकार्यको व्यापक र घनीभूत प्रक्रिया अगाडि बढायो । वार्ता, संवादको यो समग्र प्रक्रियामा सैद्धान्तिक र रणनैतिक प्रश्नमा समान धारणा राख्ने तत्कालीन नेकपा (माओवादी) र नेकपा (एकता–केन्द्र) को भूमिका निकै सकारात्मक र संयोजनकारी रह्यो । वैचारिक एकरूपतासहित सिलगुढी बैठकदेखि विभिन्न समयका विभिन्न संसदीय पार्टीहरूसँग बैठक आयोजना गर्न र बैठकलाई सकारात्मक निष्कर्षमा पुर्याउन कमरेड नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र) ले खेलेको भूमिकाकै कारण शान्ति सम्झौता पश्चात् दुवै पार्टीका बीचमा एकता सम्भव भएको हो । शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म लैजाने वातावरण बनाउन वार्ताको प्रक्रियामा तत्कालीन नेकपा (एमाले) का महासचिव कमरेड माधव कुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण थियो नै।
राजनैतिक दलहरूको बीचमा वार्ताको प्रक्रिया चलिरहँदा महान् जनयुद्ध देशव्यापी रूपमा झनै ठूल्ठूला कारबाहीसहित अगाडि बढिरहेको थियो । वार्ता र युद्धको यही सन्दर्भमा नेकपा (माओवादी) को २०६२ आश्विनमा रुकुममा ऐतिहासिक चुनवाङ्ग बैठक सम्पन्न भयो । सो बैठकले देशलाई संविधानसभा र गणतन्त्रसम्म पुर्याउन आवश्यक रणनीति, कार्यनीति, योजना र कार्यक्रम पारित गर्यो । चुनवाङ्ग बैठकका निर्णयहरूको मर्मअनुसार नै एकातिर ठूलो फौजी कारबाहीका रूपमा कालिकोटको सफल पिली कारबाही, सर्लाही सदरमुकाममा हमलाजस्ता कारबाही सफल गरिए र अर्कोतिर राजनैतिक हमलाका रूपमा पार्टीका तर्फबाट एक पक्षीय रूपमा तीन महिना युद्ध–विरामको घोषणा गरियो । यो युद्ध–विरामले ज्ञानेन्द्र शाहलाई पूरै रक्षात्मक स्थितिमा धकेलिदियो भने सात राजनैतिक दल र नेकपा (माओवादी) झन् निकट ल्याएर १२ बुँदे समझदारीसहित निरङ्कुश राजतन्त्र विराधी संघर्षलाई आक्रामक ढंगले नयाँ उचाईमा उठाउने वातावरण तयार पार्यो ।
ऐतिहासिक १२ बुँदे समझदारीेपछि विश्व इतिहासमै दुर्लभ राजनैतिक समीकरण र संयुक्त–संघर्षको स्वरूप विकास भयो । यसले सात राजनैतिक दल र नेकपा (माओवादी) लाई निरङ्कुशता विरोधी आन्दोलनका सहयात्री मात्र बनाएन अपितु यसले माओवादी जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई समायोजन गरेर १९ दिने ऐतिहासिक संयुक्त जन–आन्दोलनका रूपमा जन–क्रान्तिको स्तरमा उठायो । यसै क्रान्तिले देशलाई विस्तृत शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र समावेशी, समानुपातिक र धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म ल्याई पुर्यायो । यो समग्र प्रक्रियामा कम्युनिष्ट क्रान्तिकारीहरूको भूमिका नेतृत्वदायी रहनुकै परिणाम संविधानसभाको पहिलो निर्वाचनबाट देशको पहिलो शक्तिशाली राजनैतिक दलका रूपमा जनताले नेकपा ( माओवादी) लाई अगाडि ल्यायो । यसै ऐतिहासिक पृष्ठभूमिमा युद्धकालमै सहकार्यमा रहेका तत्कालीन नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र मसाल) का बीचमा ३० पौष २०६५ मा पार्टी एकता भएर पार्टीको विकास एकीकृत नेकपा (माओवादी) का रूपमा भयो ।
माथि हामीले कम्युनिष्ट पार्टीको इतिहास सामान्य सिंहावलोकन गर्यौं । यसमा एकता, संघर्ष, रूपान्तरण, विभाजन र पुनः एकताका शृङ्खलाहरू हुँदै अन्ततः हाम्रो पार्टी देशकै एउटा क्रान्तिकारी र सबैैभन्दा ठूलो पार्टी बन्न पुगेको तथ्यलाई देखाएको छ । तर, पहिलो संविधानसभाको अन्त्यसँग हाम्रो पार्टी विभाजित हुन पुग्यो । दोस्रो संविधानसभाको निर्वाचनबाट पार्टी पहिलोबाट तेस्रोमा झर्न पुग्यो । पार्टीबाट ठूलो आशा अपेक्षा गरेका आम जन–समुदाय, कार्यकर्ता पंक्ति, सहिद एवंं बेपत्ता योद्धाका परिवारजनमा निराशा र अन्योल बढ्न गयो । यो स्थितिका पछाडिको कारण वैचारिक र राजनैतिक कारणको गम्भीर समीक्षा र समुचित निष्कर्ष, पार्टीको भावी विकासका निमित्त अनिवार्य छ । यसबौरे यसै सिंहावलोकनको अन्त्यमा चर्चा गरिने छ ।
संविधानसभाको दोस्रो निर्वाचन र नयाँ संविधानको घोषणाको नयाँ परिस्थितिमा विभाजित विभिन्न साना–ठूला माओवादी समूहरूका बीचमा एकता अधिवेशन गरी पार्टीलाई नेकपा (माओवादी केन्द्र) का रूपमा विकसित गरियो । यस सन्दर्भमा पार्टीको नेतृत्वमा दोस्रो पटक सरकार बन्यो र त्यो सरकारले राष्ट्रिय एकता सुदृढ गर्ने, संविधान कार्यान्वयनका प्रक्रिया अगाडि बढाउने, देशका सबैै राजनैतिक शक्तिहरूलाई निर्वाचनमा सहभागी गराउने, आर्थिक विकास र सुशासनलाई नयाँ गति दिने जस्ता कामका कारण पार्टीको राजनैतिक छवि जनताका बीचमा राम्रो बन्द गयो ।
यसै प्रक्रियामा कमरेड गणेश शाहको नेतृत्वमा रहेको नेकपा (संयुक्त) सँग एकीकरण हुनुका साथै अन्य साना–ठूला दर्जनौं कम्युनिष्ट समूहहरू पनि पार्टीमा समायोजन हुँदै गए । ठीक यही बिन्दुबाट पार्टीले शान्ति प्रक्रियामा आएदेखि नै पहल गरेको एकीकृत नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का बीचमा बृहत् कम्युनिष्ट एकताको थाती रहेको कार्यभार पुनः अगाडि बढाउने प्रस्ताव गर्यो । प्रादेशिक र संघीय निर्वाचनका संघारमा प्रस्तावित पार्टी एकता, तत्काल निर्वाचनमा जान पर्ने र समय अभावका कारण तत्काल वाम–गठबन्धनका रूपमा साझा घोषणा–पत्र र साझा उम्मेदवारसहित निर्वाचनमा जाने र निर्वाचनपश्चात् पार्टी एकता गर्ने घोषणा गरियो ।
बलियो कम्युनिष्ट पार्टी, राजनैतिक स्थायित्व, सुशासन र विकासको अपेक्षा गरेका तमाम कम्युनिष्ट नेता–कार्यकर्ता, समर्थक, शभ–चिन्तकदेखि आम जन–समुदायसम्म उत्साहको निकै ठूलो रक्तसञ्चार भयो । यही उत्साहसहित जनताले पार्टीलाई झण्डै दुई तिहाइ बहुमतसहित देशको नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी दियो । निर्वाचन प्रक्रियामा जनताका अगाडि गरिएका प्रतिबद्धताअनुसार नै मूलभूत रूपले सही वैचारिक राजनैतिक कार्यदिशा, सही संगठनात्मक सिद्धान्त र व्यवस्थापन, पार्टी र सत्ता सञ्चालनको सही अन्तरिम सहमति एवंं माओवादी जनयुद्धसमेतको सही मूल्याङ्कनका आधारमा पार्टी एकता गरियो । केन्द्रीय समितिको संयुक्त बैठकबाट पारित राजनैतिक प्रतिवेदन र विधान मूलभूत रूपमा सही र क्रान्तिकारी स्पीरिटमा रहेको तथ्य सर्वविदितै छ ।
मदन भण्डारीको योगदानको चर्चा गर्दै प्रतिवेदनले ‘प्रतिकूल अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन, प्रतिक्रियावादी एवंं प्रतिक्रान्तिकारी हमलाबाट आन्दोलनको रक्षा गर्न, पार्टीलाई जनताका बीच लोकप्रिय र सुदृढ जनआधार सहितको स्थापित एवं वैधानिक ढंगबाट आन्दोलनलाई अगाडि बढाउन नेकपा (एमाले) को उल्लेखनीय योगदान रहेको’ चर्चा गरेको छ । त्यसको लगत्तै प्रतिवेदनले ‘यस अवधिमा सामन्तवाद र साम्राज्यवादको विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालीन जनयुद्धका रूपमा बल प्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी रणनीतको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि जनयुद्धको पहल गर्यो । त्याग बलिदानका कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरङ्ग र बहससहित दूरगामी प्रभाव पार्यो ।
महिला, दलित, मधेसी जनजातिलगायतका उत्पीडित वर्ग र समुदायलाई जागृत र सङ्गठित गर्ने, राजनीतिमा समावेशीकरणका मुद्दालाई स्थापित गर्न, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेल्यो । वैचारिक, राजनैतिक सिद्धान्तको विकासक्रममा कमरेड प्रचण्डकै नेतृत्वमा नेकपा (माओवादी) ले २१ औं शताब्दीमा जनवादको विकाससम्बन्धी नयाँ अवधारणासहित संविधानसभा र शान्ति सम्झौताको अन्तरसम्बन्धबारे ठोस कार्यक्रमसमेत प्रस्तुत गर्यो । नेकपा (माओवादी) को यो पछिल्लो सैद्धान्तिक र राजनैतिक विकासले नेकपा (एमाले) सँग सहकार्य र सात राजनीतिक दलसँग समझदारीका साथ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने स्तरसम्म देशलाई ल्याइपुर्याउन ठूलो योगदान गर्यो’ भनेर माओवादी आन्दोलनको सही समीक्षा गरेको छ (नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनैतिक प्रतिवेदन, पृ. ३७–३८) ।
राजनैतिक प्रतिवेदन र विधानको मूल स्पीरिट मात्र होइन एकता प्रक्रिया महाधिवेशन नहुँदासम्म समान हैसियतका दुई अध्यक्ष रहने र उनीहरूले आलोपालो गरेर बैठकको अध्यक्षता गर्ने र सरकारको नेतृत्व पनि समान अवधिका आधारमा आलोपालो गर्ने गरिएका थियो । राजनैतिक प्रतिवेदन, विधान र संगठनात्मक व्यवस्थापनको सहमतिले एकता प्रक्रियालाई सही साबित गर्दछ । केपी ओलीको चरम व्यक्तिवादी अहंकार सहमतिका विपरीत निरङ्कुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवाद विरोधी सामन्ती, दलाल, पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी अस्वस्थ अन्तरसंघर्षकोे विकास भयो ।
यो अन्तरसंघर्षको प्रक्रियामा आफ्नो पराजय निश्चित देखिएपछि ओली गुटले संविधान नै खारेज गर्ने नियतका साथ प्रतिनिधिसभा विघटन गर्न पुगे, तब त्यो अस्वस्थ अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलियो । त्यस्तो विषम परिस्थितिमा पनि पार्टीले एकताको रक्षा गर्न र ओलीका गलत विचार, प्रवृत्ति र कार्यशैली सच्च्याउन पार्टीले अन्तिमसम्म प्रयास गर्यो । तर, ओली गुट झन् पछि झन् पार्टी अनुशासनको खिल्ली उडाउँदै प्रतिगमनको यात्रामा अगाडि बढे । त्यो परिस्थितिमा केन्द्रीय समितिको दुई तिहाईभन्दा बढीको बहुमतले उनलाई पार्टी सदस्यताबाट निष्कासित गर्यो भने संसदीय दलको बहुमतले उनलाई दल नेताबाट निष्कासन गर्यो । आधिकारिक र वैधानिक रूपले गरिएको उपरोक्त निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद सचिवालयले जानीबुझी गरेको ऐन र नजिर विपरीतको क्रियाकलाप र अन्त्यमा अदालतको अस्वाभाविक राजनैतिक फैसलाका कारण पार्टी एकता असफल तुल्यायो । तर, आज पनि ओली प्रवृत्तिको विरुद्धमा संघर्ष गर्दै बृहत् कम्युनिष्ट एकताको आवश्यकता कायम नै छ । हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहने छ । विभिन्न माओवादी समूह र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा ( एकीकृत समाजवादी) सँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।
(ओली प्रवृत्तिका विरुद्ध संघर्षको शुरुवात कसरी भयो र त्यो कसरी उत्कर्षमा पुग्यो भन्ने बारे तथ्य विवरणसहितका दस्तावेजहरू यसै प्रतिवेदनको परिशिष्टमा क्रमबद्ध रूपले राखिएको छ । ऐतिहासिक सामग्रीका रूपमा प्रत्येक पार्टी सदस्यले तिनको गहन अध्ययन गरी जन–समुदायलाई स्पष्ट पार्न आवश्यक छ ।)
पछिल्लो चरणमा पार्टीले प्रतिगमन विरोधी आन्दोलनमा खेलेको भूमिका र त्यसमा प्राप्त सफलता एवं केन्द्रीय समितिको गत बैठकमा क्रान्तिकारी विचारको नयाँ विकास र क्रान्तिकारी रूपान्तरणसहितको क्रान्तिकारी पार्टी निर्माणको सङ्कल्पसहितको योजना र कार्यक्रमले आज पार्टीप्रति आम कार्यकर्ता र जनसमुदायको भरोसा र आकर्षण बढेको छ ।
देश र प्रवासमा माओवादी पार्टीमा प्रवेश गर्ने लहर गुणात्मक रूपले बढेर गएको छ । शान्ति सम्झौतादेखि आजसम्मको राजनैतिक घटनाक्रमले यो कुरा स्पष्ट गरेको छ कि हाम्रो पार्टी कमजोर हुँदा दक्षिणपन्थी प्रतिक्रियावादीले टाउको उठाएको छ र हाम्रो पार्टी संगठित र बलियो हुँदा उनीहरू पराजित हुने गरेका छन् । यस सन्दर्भमा आउने दिनमा पार्टीलाई वैचारिक राजनीतिक रूपले अझ स्पष्ट पार्न संगठनात्मक रूपले सुदृढ गर्न तथा जन–सम्बन्धलाई बलियो पार्न यसबीचमा हुन गएका कतिपय गम्भीर कमजोरीको समीक्षा गर्न जरुरी छ । कमजोरीहरूको समीक्षाका सन्दर्भमा कम्युनिष्ट क्रान्तिकारीहरूले लेनिनको निम्न भनाइलाई दह्रोसँग आत्मसात गर्न जरुरी छ ।
लेनिन भन्नुहुन्छ– ‘सर्वहारा वर्गका क्रान्तिकारी पार्टी अन्य बुर्जुवा र पेटी बुर्जुवा पार्टीहरूभन्दा यस अर्थमा फरक हुन्छ कि यो आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापूर्वक अगाडि राख्न डराउँदैन, आफ्ना कमजोरीप्रति निर्मम हुन आँट नगर्ने पार्टी वैज्ञानिक सर्वहारा पार्टी हुन सक्दैन । यस प्रकारका कमजोरीहरूको खुलस्त स्वीकारोक्ति र त्यसबौट शिक्षा लिएर अगाडि बढ्ने साहसमा नै सर्वहारा वर्गको पार्टीको पहिचान अन्तर्निहित रहेको हुन्छ । यस प्रकारको स्वीकारोक्तिबाट दुश्मन र अवसरवादीहरूले फाइदा उठाउन लाख कोसिस गरे पनि यही मात्र एउटा तरिका हो, जसले सर्वहारा वर्गको पार्टीलाई झन् पछि झन् स्टील र अपराजय बनाइरहेको हुन्छ । विज्ञानको नियम नै यस्तो छ कि यसरी मात्र विकासको गतिसँग एकरूपता कायम हुन सक्दछ ।’
लेनिनको उपरोक्त क्रान्तिकारी स्पीरिटलाई आत्मसात गर्दै यहाँ मुख्यतः शान्ति सम्झौता यता पार्टीबाट हुन गएका कतिपय वैचारिक–राजनैतिक एवंं कतिपय सांगठनिक र व्यावहारिक कमजोरीको समीक्षा गरिएको छ ।
(क) केन्द्रीय समितिको चुनवाङ्ग बैठकबाट सामान्य सैद्धान्तिक र राजनैतिक दिशाबोध गरिएको भए तापनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राख्ने जस्तो अत्यन्त गम्भीर र संवेदनशील निर्णय न्यूनतम रूपमा केन्द्रीय समितिको बैठकमा खुलस्त बहस छलफल गरेर तथा शान्ति सम्झौतापछि पार्टीको नीति, योजना र कार्यक्रमबारे समेत साझा धारणा बनाएर मात्र गर्नु पर्दथ्यो । वस्तुुगत रूपले सही नै भए पनि नेतृत्वको उपरोक्त निर्णय लिने प्रक्रियाले पार्टीभित्र कहीँ न कहीँ अविश्वास र आशंकाको जन्म भयो । यसमा अध्यक्ष कमरेड प्रचण्डको मनोगत तथा पार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने (Over Confidence) अति आत्मविश्वास झल्कने कमजोरी देखिएको छ । यो निर्णय प्रक्रियाले एकीकृत र केन्द्रीकृत रहेको नेतृत्वका जिम्मेवार कमरेडहरूको मनमा चिसो पस्न गयो भने अर्कातिर अब पार्टी कहाँ र कसरी जाने हो भन्ने कुराको स्पष्ट मार्गचित्र नहुँदा आम कार्यकर्ता पंक्तिमा अन्यौल बढ्न गयो । यो बिन्दुबाट तत्कालीन पार्टीमा रहेको सुदृढ वैचारिक, राजनैतिक र सांगठनिक एकताको गाँठो खुकुलो बन्दै गयो ।
समाजवाद उन्मुख समृद्धिका पक्षधर ‘वाम’ लोकतान्त्रिक शक्तिहरुसँग अल्पकालिन र दीर्घकालिन प्रकृतिका मोर्चा बनाउने हाम्रा नीति र पहल हुनु पर्दछ । स्थानीय तहमा प्राकृतिक साधन–श्रोतको संरक्षण र जनहितमा तिनको उपयोग, उत्पादन एवं विकास निर्माणमा समुदायको हित, शिक्षा, स्वास्थ्यमा सुधार समेतका विषयलाई लिएर पहल लिनु पर्दछ ।
(ख) विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट्र संघीय मिसनको अवलोकनमा राख्ने गरी विभिन्न क्यान्टोनमेन्टमा लगिसकेपछि पनि विद्रोह र संविधान निर्माणका दुवै कुरा एकैचाटि गरिरहनुले पार्टीमा ठूलो विचारधारात्मक राजनैतिक अन्यौल सिर्जना भयो । अझ कतिपय सन्दर्भमा मुखले संविधान निर्माणका कुरा गर्ने र मनले विद्रोहको कुरा गर्ने भन्ने अत्यन्त अवस्तुुवादी र अपारदर्शी कुराले शान्ति सम्झौता गरेर सेना र हतियारलाई क्यान्टोनमेन्टमा राखिसकेपछि विद्रोह त हुने कुरै थिएन बरु संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान निर्माणको काममा पनि ठूलो क्षति पुग्न गयो ।
यही वैचारिक र राजनैतिक अस्पष्टताको जगमा नै पार्टीमा गुटबन्दी र अराजकता झाँङ्गिएर जान थाल्यो । वस्तुुतः पार्टीले शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनसेना र हतियारको व्यवस्थापन गरिसकेपछि स्पष्ट रूपमा अधिकतम प्रगतिशील संविधान निर्माणका निमित्त संघर्ष नै हाम्रो अबको बाटो हो भन्ने पर्दथ्यो । विद्रोह नभन्ने हो भने कार्यकर्ताहरू नै भड्किन्छन् कि भन्ने नेतृत्वको मनोगत भयले यसमा काम गरेको छ । परिणामले के साबित गरेको छ भने बरु स्पष्ट रूपमा अबको बाटो संविधान निर्माण र शान्तिपूर्ण रूपले जनवादी क्रान्तिका बाँकी काम पूरा गर्नु हो भन्न सकेको भए संभवतः माओवादी पार्टीलाई विभाजनबाट जोगाउन सकिन्थ्यो । विद्रोह र संविधानका दुवै कुरा गर्दा न पार्टी एकता बच्याउन अधिकतम प्रगतिशील संविधान बनाउने काम नै प्रभावकारी हुन सक्यो । यसबौट के स्पष्ट हुन्छ भने विचार र राजनीतिको प्रश्नमा हमेशा सीधा र स्पष्ट छलफल गरेर पार्टीमा साझा धारणा विकास गर्न जोड गर्नु पर्दछ । कुनै किसिमको कुटनैतिक तरिकाले पार्टीलाई सही नेतृत्व दिन सम्भव हुँदैन ।
(ग) आजका युगान्तकारी राजनैतिक परिवर्तन माओवादी जनयुद्धको जगमा संयुक्त जनआन्दोलनसमेतको समायोजनबाट आएको हो भन्ने कुरा स्पष्ट छ । पार्टी इतिहासका माथिको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने जनयुद्धको गुणात्मक विकासमा एउटा विशिष्ट विचार शृङ्खलाका रूपमा संश्लेषित प्रचण्ड–पथ र त्यही आधारमा विकसित २१ औं शताब्दीमा जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्त्वपूर्ण भूमिका थियो । तत्कालीन नेकपा (माओवादी) लाई एकताबद्ध राख्न बलियो वैचारिक हेडक्काटरका रूपमा प्रचण्ड–पथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको थियो । शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछिको बदलिएको राजनैतिक परिस्थितिमा कम्युनिष्ट आन्दोलनको बृहत्तर एकताका निमित्त ‘प्रचण्ड–पथ’ पदावली सबैैका निमित्त स्वीकार्य हुन सम्भव थिएन । तर, तत्कालीन नेकपा (माओवादी) ले युद्धको बीचमा जीवन हत्केलामा राखेर सम्पन्न गरिएको दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा आम माओवादी कार्यकर्ता एवंं समर्थक जनसमुदायले समेत सगर्व अनुमोदन गरेको ‘प्रचण्ड– पथ’ न केन्द्रीय समितिमा न राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै खालको बहस, छलफल र निर्णय प्रक्रियाबिना नै प्रचण्डको व्यक्तिगत पुँजीजस्तो गरी स्थगित गर्नुले पनि पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा पुर्यायो ।
वास्तवमा प्रचण्ड–पथका बारेमा पार्टीभित्र गम्भीर बहस, छलफलसहित सम्भव भए राष्ट्रिय सम्मलन, सो सम्भव नभए कम्तीमा केन्द्रीय समितिको बैठकमार्फत त्यसबौरे एकरूप धारणा बनाएर निर्णय लिन पर्दथ्यो । तर, शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निष्कर्ष निकाल्ने काम गर्न सकिएन । यी दुवै कुरा नगरी अत्यन्त हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको छ । यस सन्दर्भमा कतिपय कोणबाट पुनः प्रचण्ड–पथ स्थापित गर्नुपर्ने हो कि भन्ने तर्क पनि उठेको देखिन्छ । अब त्यसरी सोच्नु बिल्कुल पश्चगामी सोच हुन पुग्दछ । र, त्यसरी सोच्नु पनि हुँदैन । बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत नयाँ विचार संश्लेषणको निमित्त अध्ययन, अनुसन्धान, चिन्तन, मनन, बहस र संघर्षलाई अगाडि बढाउनु हो । माओवादी आन्दोलनले विकास गरेको प्रचण्ड–पथ र २१ औं शताब्दीको जनवाद त्यसका विभिन्न महत्त्वपूर्ण अनुभव र सन्दर्भ सामग्री भने अवश्य हुने छन् ।
(घ) पार्टी एकताका सन्दर्भमा मुख्यतः तत्कालीन नेकपा (एमाले) सँग एकता सम्पन्न भएपछि सहमति कार्यान्वयन गर्दा नेतृत्वका तर्फबाट बेलाबखत हुन गएका उदारवादी कमजोरीका कारण ओली प्रवृत्तिलाई आफ्नो षड्यन्त्रको जाल बुन्ने अनावश्यक अवसर दियो । यो कुरा राजनैतिक प्रतिवेदन र विधान लागू गर्नेदेखि एकताका बेलामा संगठन र सरकार सञ्चालनबारे भएका सहमति कार्यान्वयनमा समत देखा परे । आगामी दिनमा सिङ्गो पार्टी यस प्रकारका उदारवादी कमजोरी सच्च्याउन विशेष सजग र सर्तक रहन जरुरी छ ।
उपरोक्त कमजोरीहरूको स्वीकारोक्तीको अर्थ महान् जनयुद्ध, ऐतिहासिक शान्ति सम्झौता, पटक–पटकका जनआन्दोलन, संविधान–सभाबाट समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र त्यसको कार्यान्वयन, राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरण, प्रतिगमन विरोधी आन्दोलन, समाजवादी क्रान्तिका लागि नयाँ क्रान्तिकारी विचारको विकाससहित नयाँ क्रान्तिकारी पहलसमेतमा हाम्रो पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिकालाई अवमूल्यन गर्नु होइन अपितु त्यसलाई बलियो बनाउन ऐतिहासिक शिक्षाका रूपमा लिनु पर्दछ ।
५. नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति–कार्यनीति बारे
नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदूर किसान एकता र समाजवादी क्रान्तिको अंगका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबैै कम्युनिष्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर, वर्ग–संघर्ष र राजनैतिक संघर्षको प्रक्रिया हामीले चाहेजस्तो नभएर आफ्नो मौलिक बाटो पक्रँदै आधारभूत रूपले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । सन् १९१६ मा जारशाहीको अन्त्य गर्ने रुसी फेब्रुवरी क्रान्तिका बारेमा लेनिन र बोल्सेविकले भने जस्तो गरी मजदुर वर्गको नेतृत्वमा अन्तरिम क्रान्तिकारी सरकार गठन गर्ने रूपमा सम्पन्न हुन सकेन । कमरेड लेनिनले आफूहरूले भने जस्तो गरी सम्पन्न नभए पनि जारशाहीको अन्त्य हुनु र सत्ता बुर्जुवाहरूको हातमा आउनुलाई मौलिक रूपले सम्पन्न भएको पुँजीवादी जनवादी क्रान्ति नै भएको निष्कर्षसहित अब पार्टी समाजवादी क्रान्तिको तयारीमा अगाडि बढ्नुपर्ने निष्कर्ष निकाल्नु भएको थियो ।
आफ्नो सारतत्त्वमा नेपाली पुँजीवादी जनवादी क्रान्ति पनि त्यसरी बडो मौलिक र जीवन्त रूपमा अगाडि आयो । त्यो कुनै पार्टी विशेष वा नेता विशेषको दस्तावेज र निर्देशनको यान्त्रिक पालना नगरी आफ्नै रूपमा सम्पन्न भयो । नेपाली पुँजीवादी क्रान्तिको सन्दर्भमा निम्न तथ्यमा हाम्रो विशेष स्पष्टता आवश्यक छ, ‘यो क्रान्ति पुँजीपति वर्गले सामन्तवादका विरुद्ध औद्योगिक पुँजीवादको विकासका लागि गरेको पूरानो प्रकारका पुँजीवादी जनवादी क्रान्ति होइन । साथै, यो क्रान्ति कम्युनिष्ट पार्टीको एकल नेतृत्वमा सबैै खाले सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरूको मोर्चा बनाई सम्पन्न गरिएको नयाँ जनवादी क्रान्ति पनि होइन । अपितु, यो क्रान्ति कम्युनिष्ट पार्टीको मुख्य पहल र नेतृत्वमा पुँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर र ऊसँग आवश्यक सहकार्य गरेर सामन्तवादको विरुद्ध सम्पन्न गरिएको क्रान्ति हो । कम्युनिष्ट पार्टीको मुख्य पहल र नेतृत्व भएका कारण यो समाजवाद उन्मुख हुन सकेको हो’ (नेकपाको राजनैतिक प्रतिवेदन, पृ. १४–१५) ।
नेपाली पुँजीवादी जनवादी क्रान्तिको उपरोक्त मौलिकताभित्र नै यसका सीमाहरू अन्तर्निहित रहेको कुरामा हाम्रो ध्यान जानु पर्दछ । पहिलो कुरा यो क्रान्तिले सामन्तवादलाई समूल नष्ट गर्न सकेको छैन, दोस्रो कुरा यो क्रान्तिले दलाल–नोकरशाही पुँजीवाद र वैदेशिक हस्तक्षेपलाई रोक्न सकेको छैन । त्यसकारण हाम्रो अगाडि समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख स्वतन्त्र एवंं राष्ट्रिय अर्थतन्त्रको नीतिसहित राष्ट्रिय पुँजी र समृद्धिको विकास गर्ने मूल कार्यनीतिसँग सामन्तवादका अवशेषको अन्त्य र दलाल नोकरशाही पुँजीवाद र वैदेशिक हस्तक्षेपका विरुद्धको संघर्षलाई जोड्न आवश्यक हुन गएको छ । यसलाई हामीले अर्को भाषामा समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने नीतिका रूपमा पनि बुझ्न सकिन्छ । आफ्नो सीमा र मौलिकतासहित घोषणा गरिएको निम्न मूलभूत विशेषताहरूले नेपाली पुँजीवादी जनवादी क्रान्तिकै विशेषतालाई बुझ्ने विशेष मद्दत गर्दछ ।
(क) नेपाली जनताले पहिलो पटक आफूमा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै आफ्नो संविधान आफंैले निर्माण गरी घोषणा गरेका छन् । राजाहरूले ‘आफूमा निहित सार्वभौमसत्ता र राजकीय सत्ताको प्रयोग गर्दै’ देशको मूल कानुन जारी गर्ने सामन्ती युगको अन्त्य भएको छ ।
(ख) सामन्तवादको मूल राजनैतिक प्रतिनिधिका रूपमा रहेको राजतन्त्रलाई समूल अन्त्य गरी गणतन्त्रलाई संस्थागत गरिएको छ । केन्द्रीकृत एवं एकात्मक राज्यको स्थानमा सङ्घीय संरचना संस्थागत गरिएको छ । लोकतान्त्रिक मान्यताअनुरूप धर्मनिरपेक्षतालाई संस्थागत गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरण युगान्तकारी महत्त्वको परिवर्तन हो ।
(ग) नयाँ संविधान गतिशील संविधान हो । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमिकता बाहेक कुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय छैन । एकातिर उपरोक्त मूलभूत विषय एकदम सुरक्षित भएका छन् भने ती विषय बाहेक नेपाली जनताले चाहेमा सबैै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा संविधानतः स्थापित भएको छ । यो दूरगामी महत्त्वको परिवर्तन हो ।
(घ) शिक्षा, स्वास्थ्य, आवास र खाद्य–सम्प्रभुतालाई मौलिक हकको रूपमा सुनिश्चित गरिएको छ । सामाजिक सुरक्षालाई संविधानले प्रत्याभूत गरेको छ । सामाजिक न्यायका कोणबाट संविधान अग्रगामी रहेको छ ।
(ड) समावेशी लोकतन्त्रको मान्यताअनुरूप जनप्रतिनिधि संस्थाहरूमा मिश्रित निर्वाचन प्रणालीअन्तर्गत महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु, मुस्लिम र खस, आर्य सबैै समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । संघीय संसद्लगायतका सबैै जनप्रतिनिधि संस्थामा महिलाको न्यूनतम एकतिहाई र स्थानीय तहमा न्यूनतम ४० प्रतिशत प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिएको छ । राज्यका सबैै निकायहरूमा समानुपातिक समावेशीकरणको हक सुनिश्चित गरिएको छ । राज्यका सबैै निकाय र अङ्गमा समावेशी सिद्धान्तका आधारमा नियुक्ति गर्ने व्यवस्था गरिएको छ । समावेशीकरण र समानुपातिक प्रतिनिधित्व आजको नेपाली लोकतन्त्रको अङ्ग बनेको छ । यो विश्वकै लागि नमुना योग्य रहेको छ ।
(च) संविधानमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने घोषणा गरिएको छ । त्यसैगरी अन्य मूलुकसँग भएका सबैै सन्धि–सम्झौताको पुनरावलोकन गरी पारस्परिक समानता र हितमा आधारित सन्धि–सम्झौता गर्ने स्पष्ट व्यवस्था गरिएको छ । हाम्रो परिप्रेक्ष्यमा यो विशेष दूरगामी महत्त्वको विषय रहेको छ ।
(छ) संविधानले नेपाल राष्ट्रलाई वैज्ञानिक र वस्तुुनिष्ठ ढङ्गले परिभाषित गरेर राष्ट्रिय एकताको बलियो आधार प्रदान गरेको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र भौगोलिक विविधतामा अभिव्यक्त समान आकांंक्षा, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय हितप्रति प्रतिबद्ध रही एकताको सूत्रमा आबद्ध समग्र नेपाली जनतालाई नेपाल राष्ट्रका रूपमा परिभाषित गरिएको छ ।
(ज) नयाँ संविधानले किसानको हितमा भूमिसुधार गर्ने आधार प्रदान गरेको छ । भूमिसुधार, जग्गामा किसानको पहुँचको हक, प्रत्येक भूमिहीन दलित परिवारलाई जग्गा प्राप्त गर्ने हक, खाद्य अधिकार र खाद्य–सम्प्रभुताको व्यवहारमा लागू गर्ने क्रममा नेपालमा कृषि क्रान्तिको क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण उपलब्धि हुनेछ ।
सार्वजनिक, निजी र सहकारीसहितको मिश्रित अर्थनीति स्वीकार गरी राजनीतिलाई मात्र होइन, अर्थतन्त्रलाई पनि समावेशी र सहभागितामूलक बनाउने दृष्टिकोण अघि सारिएको छ ।
(झ) नयाँ संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था र त्यसमा आधारित समाजवादप्रति प्रतिबद्ध रहने कुरा स्पष्ट गरेको छ । विश्वव्यापी रूपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषयका साथ मानवअधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको छ । यसैगरी राज्यलाई प्रस्ट रूपमा समाजवाद उन्मुख, समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर परिभाषित गरिएको छ । यसले हाम्रो परिवर्तन, राज्य र समाजको चरित्रलाई निर्दिष्ट गरेको छ ।
(ञ) संविधानसभा र संविधान निर्माण नेपालको शान्ति प्रक्रियाको अभिन्न र मुख्य अङ्ग हो । संविधान घोषणाले शान्ति प्रक्रियाको मुख्य राजनैतिक कार्यभार पूरा गरेको छ र दीगो शान्तिका लागि मूल आधार प्रदान गरेको छ (नेकपाको राजनैतिक प्रतिवेदन, पृ. १५–१७)।
उपरोक्त विशेषता हुँदाहुदै पनि यो संविधानका सीमाहरू पनि छन् । यसले निर्वाचन प्रणाली, शासकीय स्वरूप, उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान र अधिकारसहित संघीयतालाई जन–अपेक्षा र इतिहासको आवश्यकताअनुसार संस्थागत गर्न भने सकेको छैन । त्यसकारण हाम्रो पार्टीले यी मूलभूत विषयमा संविधान संशोधनको आवश्यकता देखाउँदै संविधानसभामा आफ्नो भिन्न मत दर्ता गरेको छ । समाजवाद उन्मुख मूल कार्यनीतिको अंगका रूपमा अब हामीले ती मुद्दा पूरा गर्न सडक, सदन र सरकारका सबैै मोर्चाबाट जोड लगाउनु पर्दछ ।
राष्ट्रिय राजनीतिक परिस्थितिमा आज जुन संभावना र चुनौति खडा छन् । तिनका पछाडि नेपाली पुँजीवादी जनवादी क्रान्तिका यिनै मौलिक विशेषता र सीमा रहेका छन । बुर्जुवा वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर गरिएको क्रान्ति हुनुको नाताले आज एकातिर बुर्जुवा वर्गले यसलाई बुर्जुवा क्रान्तिकै सीमाभित्र कैद गर्न चाहन्छ भने कम्युनिष्ट पार्टी र श्रमजीवि जनता भने यसलाई समाजवाद उन्मुख अर्थ–राजनीति हुँदै समाजवादी क्रान्तिको बाटोमा अगाडि बढाउन चाहन्छ । यो एउटा अपरिहार्य अन्तरविरोध हो । यो अन्तरविरोधको समाधान कम्युनिष्ट क्रान्तिकारीहरूले आफ्नो विचारको सहीपना, संगठनको मजबुती र राष्ट्र र जनताको हितका निमित्त त्याग र समर्पणको उचाईद्वारा गर्नुपर्ने छ । आजको हाम्रो संविधानले त्यो दिशामा अगाडि बढ्ने सैद्धान्तिक, राजनैतिक, संवैधानिक र कानुनी आधार प्रदान गरेको छ । समाजवाद उन्मुख अर्थ–राजनीति हुँदै वैज्ञानिक समाजवादमा अगाडि बढ्ने आधार प्रदान गरेकै कारण दलाल–नोकरशाही पुँजीपति वर्ग, तिनका वैदेशिक प्रतिक्रियावादी मालिकहरू यो संविधान नै खारेज गर्ने र नेपाललाई पुनः निरङकुशताको प्रतिगामी बाटोमा धकेल्ने षड्यन्त्रलाई तीव्रता दिइरहेका छन् ।
पुँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर जुन सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न गरिएको थियो । आज त्यो वर्ग दुई हिस्सामा विभाजित हुँदै गइरहेको छ । पुँजीपति वर्गको तुलनात्मक रूपले देशभक्त र प्रगतिशील हिस्सा संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षमा उभिने काम गरिरहेको छ भने त्यसको दक्षिणपन्थी हिस्सा दलाल नोकरशाही पुँजीपति र वैदेशिक प्रतिक्रियावादीहरूको अगाडि आत्मसमर्पण गरेर संविधान र लोकतन्त्रलाई नष्ट गर्ने बाटोमा गइरहेको छ । कम्युनिष्ट क्रान्तिकारीहरूले आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका विशेषताहरूलाई गम्भीरतापूर्वक लिँदै वर्गसंघर्षको नेपालको पेचिलो अवस्थालाई ठीक ढंगले विश्लेषण गरेर सही विचार, रणनीति, कार्यनीति र समग्र कार्यदिशाको विकास गर्न जरुरी छ । वैदेशिक प्रतिक्रियावादद्वारा पालित, पोषित दलाल नोकरशाही पुँजीवाद र सामन्ती अवशेषका विरुद्ध नेपाली जनताको अन्तरविरोध प्रमुख बनेर प्रकट भइरहेको आजको अवस्थामा राष्ट्र र जनतालाई एकताबद्ध गर्ने, कम्युनिष्ट आन्दोलन तथा संसारभरिका न्यायप्रेमी जनतालाई एकताबद्ध गर्न नयाँ पहलकदमीले मात्र नेपाली जनता र कम्युनिष्ट क्रान्तिकारीलाई कदम–कदम गर्दै विजयको शिखरतिर लैजाने छ ।
उपरोक्त विश्लेषणका आधारमा हामीले नेपाली समाजवादी क्रान्तिको सिद्धान्त, रणनीति, कार्यनीति र कार्यदिशा निर्धारण गर्नुपर्ने हुन्छ । सूत्रबद्ध रूपमा यसलाई निम्न अनुसार बुझ्न सकिन्छ–
(क) पार्टीको मार्गदशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो । आजको ऐतिहासिक परिस्थितिअनुसार यसको रक्षा, प्रयोग र विकास गर्ने कुरामा पार्टी प्रतिबद्ध छ ।
(ख) नेपाली जनताको विकासको आजको विशिष्ट पुँजीवादी चरणमा पार्टीको रणनीतिले वैज्ञानिक समाजवादको स्थापना गर्नु हो । तर, राष्ट्रिय पुँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पुँजीवादको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव छैन । तत्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुनेछ ।
त्यसकारण आज पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ भनिएको हो । ‘समाजवाद उन्मुख समृद्धि’ भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पुँजीको विकास प्रक्रियालाई बुझ्नु पर्दछ ।
(ग) वर्ग–संघर्षको विकास र राजनैतिक शक्ति सन्तुलनको आजको ठोस अवस्थामा समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्ने तुलनात्मक रूपले लामो समय जाने पार्टीका मूल कार्यनीति ‘समाजवाद उन्मुख सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु’ हो । यसअन्तर्गत राष्ट्रिय पुँजीको विकास गर्ने, सामाजिक न्याय स्थापित गर्ने, सामन्ती अवशेष र दलाल–नोकरशाही पुँजीवादलाई परास्त गर्ने, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, संविधानको कार्यान्वयन, निर्वाचन प्रणालीमा सुधार, शासकीय स्वरूपमा परिवर्तन र उत्पीडित वर्ग समुदायको पहिचान र अधिकार बढाउने गरी संविधान परिमार्जन गर्दै जाने, स्थानीय र समुदायको स्तरबाट नै विकास, निर्माण र आर्थिक समद्धिका लागि समाजवादका भ्रूणका रूपमा उत्पादन र श्रम इकाईहरूको विकास गर्ने, पार्टी, सरकार र जनताको बीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउँदै लैजाने, उत्पीडित वर्ग, जाति, क्षेत्र, र लैङ्गिक समुदायको पहिचान र अधिकार स्थापित गर्ने मुद्दालाई अगाडि बढाउने, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने, सहिद र बेपत्ता योद्धाहरूलाई सम्मान गर्ने तथा उनीहरूको परिवारलाई समूचित राहत उपलब्ध गराउने, घाइते–अपाङ्गको उपचार र रोजगारीका व्यवस्था गर्ने जस्ता नीति, योजना र कार्यक्रम पर्दछन् ।
(घ) समाजवादको आधार तयार पार्ने हाम्रो प्रयास असफल पार्न सबैै खाले प्रतिक्रियावादी, दलाल तथा अवसरवादी तत्त्वहरू लागि पर्ने छन् । हामीले आफ्नो विचार, राजनीति, संगठन, जन–सम्बन्ध र विकास निर्माणका कामद्वारा प्रतिक्रियावादी षड्यन्त्रको प्रतिवाद गर्दै समाजवादको आधार तयार पार्ने कामलाई योजनाबद्ध र दृढतापूर्वक सफल पार्नु पर्दछ।
६. समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू
(क) के शान्तिपूर्ण प्रतिस्पर्धाको चुनावी बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ ? कम्युनिष्ट आन्दोलनको बीसौं शताब्दीमा स्थापित मान्यताअनुसार यो संभव छैन । तर, हामीले विगतका प्रतिक्रान्तिका अनुभव, २१ औं शताब्दीको विशेषता र मुख्यतः नेपालको पुँजीवादी जनवादी क्रान्तिमा कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले खेलेको भूमिका
समेतलाई विचार गरेर त्यो सम्भव छ भनेका छौं । नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय प्रणाली होइन अपितु कम्युनिष्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवाद उन्मुख राजनैतिक प्रणाली हो । यही मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ भनिएको हो । भोलि वर्ग–संघर्ष र राजनैतिक संघर्षको विकास प्रक्रियाले प्रतिक्रान्तिको मोड लियो भने हामीले पक्कै पनि आफ्नो नीति र संघर्षको रूप बदल्न पर्ने हुन्छ ।
(ख) के खुल्ला शान्तिपूर्ण र प्रतिस्पर्धाको राजनैतिक प्रक्रियाबाट निजी सम्पत्ति उन्मूलन गर्ने तथा सामूहिक जीवन पद्धति अँगाल्ने दिशातिर अग्रसर हुन उच्च सांस्कृतिक आचरणसहितको नेता, कार्यकर्ताहरूको कम्युनिष्ट पार्टी विकास गर्न सम्भव छ ? यो निकै गम्भीर प्रश्न हो । आज पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निमित्त जस्तोसुकै अनुचित कार्य गर्न पछि नपर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । यो स्थितिमा पार्टीको क्रान्तिकारी रूपान्तरणको प्रश्न सर्वाधिक महत्त्वको जटिल प्रश्न हो । यसको सही जवाफ र रूपान्तरणको ठोस योजना र कार्यक्रमबिना अगाडि जान सम्भव छैन । कुरा क्रान्तिको, व्यवहार प्रतिक्रान्तिको गर्ने भयानक विरोधाभाषको शिकार बन्दै जान थालेको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्त र व्यवहारका बीचको एकरूपताको आन्दोलनमा कहाँबाट र कसरी रूपान्तरण गर्ने ? समाजवादी क्रान्तिको विचारधारात्मक र राजनीतिक कार्यदिशा स्पष्ट भइसकेपछि संगठन, संघर्ष र आचरणको प्रश्न मुख्य भएर आउँछ । यहाँनेर हामीले उत्पादक शक्तिको विकासले स्वतः समाजवादको आधार तयार पार्छ भन्ने प्रतिक्रान्तिकारी विचारविरुद्ध सर्वहारा विश्व दृष्टिकोणसहित सचेत प्रयत्नका रूपमा सोच र संस्कृतिमा निरन्तर क्रान्तिले मात्र समाजवादको बाटोमा अगाडि बढ्न सकिने सत्यलाई आत्मसात गर्न पर्दछ । सांस्कृतिक रूपान्तरणका लागि हाम्रो आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिका प्रक्रिया अगाडि बढाउनु पर्दछ ।
यस दृष्टिबाट समाजवादको आधार तयार पार्नका लागि निश्चित योजनासहित, निश्चित आवधिक रूपमा सबैै नेता र कार्यकर्ताहरू श्रमिक जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिक बसेर विचार, संस्कृति र समाजवाद निर्माणका विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न जरुरी छ ।
(ग) सशस्त्र–संघर्ष र अधिनायकत्वबारे समाजवाद निर्माणसँग कस्तो सम्बन्ध रहन्छ ? वर्ग–संघर्षको सिद्धान्त मार्क्सवादको एक आधारभूत सिद्धान्त हो । इतिहासको भौतिकवादी व्याख्याका आधारमा राज्यको उत्पत्ति र विकाबारे मार्क्सवादले वैज्ञानिक संश्लेषण गरेको छ । त्यसअनुसार वर्ग–संघर्षको विकासको ठोस अवस्था र स्थितिले अधिनायकत्वको स्वरूप निर्धारण गर्दछ । संघर्षको स्वरूपका सन्दर्भमा पनि मार्क्सवादले बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै संघर्ष र राजनैतिक शक्ति सन्तुलनको ठोस स्थितिअनुसार कति बेला शान्तिपूर्ण र कतिबेला सशस्त्र संघर्ष भन्ने कुराको निरूपण गर्ने माग गर्दछ । अधिनायकत्व र हिंसाबारे मार्क्सवादका यी आधारभूत सिद्धान्तलाई आत्मसात गर्दै नेपालको आजको ठोस परिस्थितिमा समाजवाद उन्मुख संक्रमणकालीन राज्यमा शान्तिपूर्ण संघर्ष र प्रतिष्पर्धाका माध्यमबाट समाजवादको आधार तयार पार्ने सम्भावना रहेको छ । अतः हाम्रो पार्टी यससम्बन्धी मालेमाको सिद्धान्तमा कुनै सम्झौता नगरी आजको स्थितिमा शान्तिपूर्ण रूपले सडक, सदन र सरकारको मोर्चाबाट समाजवादको आधार तयार पार्न अधिकतम तयारीमा जोड दिइरहेको छ । आजको राजनैतिक शक्ति सन्तुलन बदलियो र वर्ग–संघर्षले प्रत्यक्ष टकरावको रूप लियो भने पार्टीले सोही अनुसार नयाँ निर्णय लिएर अगाडि बढ्नुपर्ने अवस्था आउँछ ।
(घ) के सर्वहारा अन्तर्राष्ट्रिवादको सिद्धान्तअनुसार कम्युनिष्ट क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय संगठन निर्माण आवश्यक छन् ? ‘संसारका मजदुरहरू एक होऔं’ भन्ने नारामा नै सर्वहारा अन्तर्राष्ट्रिवादको सिद्धान्तको मर्म अन्तर्निहित रहेको छ । अतः कम्युनिष्ट क्रान्तिकारीहरूले दृढतापूर्वक अन्तर्राष्ट्रिवादको सिद्धान्तलाई आत्मसात गर्दछन् । जहाँसम्म कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय संगठन निर्माणको प्रश्न छ सैद्धान्तिक रूपले त्यसमा सहमत हुँदाहुँदै पनि त्यसको सम्भावना र आवश्यकताबारे कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय वर्ग–संघर्षको ठोस स्थितिमा निर्भर रहन्छ ।
आज ठूल्ठूला प्रतिक्रान्तिसहित कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलिएको र २१ औं शताब्दीको ठोस स्थितिअनुसार सबैैलाई मान्य हुने विचार विकासको चुनौति झेलिरहेको सन्दर्भमा तत्काल कुनै अन्तर्राष्ट्रिय संगठन निर्माणको आधार तयार भएको छैन । आजका स्थितिमा विचार, संगठन र संघर्षको विकास एवंं प्रयोगको विभिन्न अवस्थाबाट गुज्रिरहेका विश्वका विभिन्न देशका कम्युनिष्टहरूसँग विचार विमर्श अनुभवको आदानप्रदानसहित आवश्यक वैचारिक संघर्षका बीचबाट साझा विचारको विकासमा जोड दिनु पर्दछ । यो प्रक्रियासँगै भूमण्डलीकृत साम्राज्यवादका विरुद्धका संघर्षमा सहकार्यको प्रयासलाई निरन्तर अगाडि बढाउनु पर्दछ । कम्युनिष्ट अन्तर्राष्ट्रियसम्बन्धी विगतका सकारात्मक र नकारात्मक अनुभवहरूको गहिरो समीक्षा र त्यसबौट लिनुपर्ने शिक्षाका बारेमा समान धारणा बनाउन जोड गर्नु पर्दछ ।
(ङ) के विज्ञान प्रविधिमा भएको विकासको ज्ञान र प्रयोग बिना समाजवादको आधार निर्माण सम्भव छ ? सम्भव छैन । विज्ञान–प्रविधिमा भएको विकासलाई आत्मसात गरेर नै सामाजिक क्रान्तिको विज्ञानको रूपमा मार्क्सवाद अगाडि आएको हो उत्पादक शक्तिको विकास र त्यो प्रक्रियामा मानिसहरूको बीचको आपसी सम्बन्धको विकासमा विज्ञान–प्रविधिको असाधारण योगदान रहँदै आएको छ । आजका मार्क्सवादीहरूले सूचना प्रविधिमा क्रान्तिदेखि डिजिटल युगको प्रारम्भसम्म विज्ञानका विभिन्न क्षेत्रमा भएका आविस्कारहरूलाई आत्मसात नगरीकन २१ औं शताब्दीमा समाजवाद निर्माणको कल्पना पनि गर्न सकिँदैन । तर, यहाँ कुन कुरामा स्पष्ट हुन जरुरी छ भने विज्ञान–प्रविधि होइन, मानव र श्रम नै प्रमुख उत्पादक शक्ति हो । आधुनिक रोबोर्टहरूले गर्न थालेको भौतिक र मानसिक काम समेतलाई देखाएर अब मानिसको भूमिका विस्थापित हुने चर्चा पनि गर्न थालिएको छ । यो सत्य होइन । विज्ञान प्रविधिको विकास मानिसहरूको श्रमकै उपज हो र यसको कमाण्ड गर्ने मानिस नै हो ।
फेरि पनि हामी स्पष्ट हुन पर्दछ कि आज कृषि, शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यावरणलगायत सामाजिक र मानवीय जीवनका सबैै पक्षमा विज्ञान प्रविधिको प्रयोगका लागि दक्ष जन–शक्तिको विकास गर्ने तथा परिचालन गर्ने कामलाई विशेष प्राथमिकता दिन पर्दछ । त्यसका लागि योजनाबद्ध स्कूलिङ्गको व्यवस्था गर्नु पर्दछ ।
(च) के समाजवादको आधार निर्माण गर्न संयुक्त–मोर्चा सम्भव र आवश्यक छ ? हो, आजको विशिष्ट राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिमा कम्युनिष्ट पार्टीले समाजवादको आधार निर्माण गर्न जनताका विभिन्न वर्ग, जन–संगठन र सम्भव भएसम्म राजनैतिक दलहरूसँग विभिन्न रूप र स्तरमा संयुक्त–मोर्चा कायम गर्न जोड लगाउनु पर्दछ । नेपालको आजको ठोस परिस्थितिमा प्रतिगमनको विरुद्ध लड्न पाँच दलीय गठबन्धन कायम गर्नु पनि संयुक्त मोर्चाकै एउटा रूप हो । समाजवाद उन्मुख समृद्धिका पक्षधर ‘वाम’ लोकतान्त्रिक शक्तिहरूसँग अल्पकालीन र दीर्घकालीन प्रकृतिको मोर्चा बनाउने हाम्रो नीति र पहल हुनु पर्दछ । स्थानीय तहमा प्राकृतिक साधन–श्रोतको संरक्षण र जनहितमा तिनको उपयोग, उत्पादन एवंं विकास निर्माणमा समुदायको हित, शिक्षा, स्वास्थ्यमा सुधार समेतको विषयलाई लिएर पहल लिनु पर्दछ । राष्ट्रिय स्तरमा संविधानको रक्षा र परिमार्जन, राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण, सामाजिक न्यायसहितको समृद्धि, पर्यावरणको संरक्षण, प्राकृतिक विपद्का विरुद्ध अभियान आदिजस्ता विषयलाई केन्द्रीयस्तरमा मोर्चा बनाउन विशेष पहल लिनुपर्ने छ । साम्राज्यवादले विश्वमा पुनः अगाडि बढाउन लागेको शीतयुद्ध, आणविक हतियारको होडबाजी, जलवायु परिवर्तन र पर्यावरण विनाश, तीव्र रूपले बढ्न गएको धनी र गरीबको बीचको खाडल आदिजस्ता विश्वव्यापी महत्त्वको विषयलाई पार्टीले अन्तर्राष्ट्रियस्तरमा सहकार्य र संयुक्त मोर्चा निर्माणमा जोड लगाउनु पर्दछ ।
(छ) के वैदेशिक प्रतिक्रियावादी दबाब हस्तक्षेपको विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ उचाईमा नउठाइकन समाजवादको आधार निर्माण गर्न सम्भव छ ? वस्तुुतः सम्राज्यवादी हस्तक्षेप विरुद्ध राष्ट्रिय स्वाधीनताको प्रश्न पुँजीवादी जनवादी क्रान्तिकै एउटा आधारभूत प्रश्न हो । नेपालको विशिष्ट सन्दर्भमा पुँजीवादी जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न भए पनि वैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधीनताको आधारभूत प्रश्नको समाधान भएको छैन । अतः हाम्रो पार्टीले समाजवादी क्रान्तिको रणनीति एवंं समाजवाद उन्मुख समृद्धिको कार्यनीतिअन्तर्गत सामन्तवादको अवशेष र वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको मुद्दालाई पनि जोडेर अगाडि बढाउने कुरा गरेको छ । असमान सन्धि–सम्झौता, अर्थतन्त्रमाथिको वैदेशिक प्रभाव, राजनैतिक परनिर्भरता, प्रविधिको प्रयोग आदिले राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता कमजोर बन्ने प्रवृत्ति अल्पविकसित र विकासशील देशमा हाबी हुन खोजिरहेको बेलामा पनि नेपालमा भने कम्युनिष्ट पार्टीको राष्ट्रिय अडान र जनताको राष्ट्रियताप्रतिको संवेदनशीलताका कारण हाम्रो स्थितिमा अनुकूलता छन् । हामीले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको प्रश्नमा दृढ अडान लिएर निरन्तर अगाडि बढ्न जरुरी छ । यो नीतिले मात्र हाम्रो पार्टीलाई आमजनताको बीचमा भरोसायोग्य र लोकप्रिय पार्टीको रूपमा स्थापित गर्न मद्दत गर्नेछ । तत्काल एमसीसीको परियोजनालाई आवश्यक परिमार्जन संशोधन र राष्ट्रिय सहमति बनाएर मात्र अगाडि जाने नीति लिनु पर्छ ।
७. पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखा
समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीतिअन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण गर्न निम्न अनुसार तत्कालीन नीति, योजना र कार्यक्रम प्रस्तुत गरिएको छ ।
(क) पार्टीः–
१. राष्ट्रिय सम्मेलनद्वारा पारित विचारलाई सिंगो पार्टी पंक्तिमा बुझाइको एकरूपता कायम गर्ने उद्देश्यका साथ तलसम्म प्रशिक्षण सञ्चालन गर्ने । मुख–पत्रलगायतका पार्टी प्रकाशन र स्कूलिङ्गलाई नियमित रूपमा सञ्चालनको व्यवस्था गर्ने सोसल मिडियाको अधिकतम उपयोग गर्ने ।
२. संगठनात्मक रूपले पार्टीलाई जनवादी–केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन गर्न जोड लगाउने । जनवादी–केन्द्रीयताको सिद्धान्त र पार्टीको विधि विधानको पालना गर्ने, गराउने कुरालाई उच्च प्राथमिकता दिने । त्यस अनुसार सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता सामूहिकताको केन्द्रीकृत अभिव्यक्तिको रूपमा नेतृत्व निर्माण, रक्षा, विकासमा जोड गर्ने । व्यक्ति कमिटिको, तल्लो कमिटि माथिल्लो कमिटि र सबैै सदस्यहरू महाधिवेशनको मातहत रहने मान्यताहरूलाई पालना गर्ने गराउने काममा जोड दिने ।
३. केन्द्रीय कमिटिदेखि टोल, सेल कमिटिसम्म आलोचना आत्मआलोचनाको प्रक्रियालाई पुनर्स्थापित गर्ने । कमिटि आज निकै ठूला र भारीभरकम रहेको स्थितिलाई ध्यान दिई प्रत्येक कमिटिकै बैठक अन्त्यमा पदाधिकारीहरूको एक–एक गरी आलोचना आत्मालोचना गराउने बाँकी सदस्यहरूको हकमा सकैलाई कसैको बारेमा केही आलोचना गर्नै पर्नेछ भने त्यो अवसर दिने । पार्टीमा अनुशासन, विधि र व्यवस्थापनलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न पार्टीका केन्द्रीय निकायहरूले विशेष ध्यान दिन र जोड लगाउन पर्नेछ । कुनै पनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीका हितअनुसार काम नगरेमा वा गर्न नसकेमा कमिटिले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृतिअनुसार अनुशासनको कारबाही गर्ने ।
४. पार्टीका नेता कार्यकर्ताहरूलाई उत्पादन, श्रम एवंं श्रमिक जनसमुदायसँग जोड्न सबैै तहका पार्टी कमिटिहरूले आ–आफ्नो स्तरमा ठोस कार्य–योजना बनाई कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने । त्यसो गर्दा समदायको विकास–निर्माणको आवश्यकता र उत्पादन वृद्धिको कामलाई विशेष ध्यान दिने । यो प्रक्रियालाई पार्टी र जन–समुदायको सांस्कृतिक रूपान्तरण एवं चेतना अभिवृद्धिका कार्यक्रमहरूसँग जोडेर लैजाने । यस प्रक्रियामा कमरेड माओले एउटा एकाइको शल्यक्रियाबाट समग्र ज्ञान प्राप्त हुन्छ भनेझैं प्रत्येक केन्द्रीय र प्रदेश सदस्यसम्मले एउटा निश्चित वार्ड वा उत्पादन इकाईलाई नमूनाको रूपमा विकास गर्ने ।
५. प्रत्येक कमिटि र सदस्यहरूले आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न विशेष जोड गर्ने । कमिटिका बैठकहरूमा (कम्तिमा ६ महिनामा एक पटक) आर्थिक हिसाब प्रस्तुत गर्ने, लेबी कोटा नियमित गर्ने तथा लेखा दुरुस्त पार्न जोड गर्ने । पार्टी र जनसमुदायमा समेत भ्रष्टाचार विरोधी अभियान चलाउने । समाजवाद उन्मुख आधार निर्माण गर्ने इकाइको रूपमा स्थानीयस्तरमा सामूहिक उत्पादन टोली, सामूहिक श्रम टोली बनाई कामलाई अगाडि बढाउने । यो प्रक्रियाबाट गरिबी, अभाव र संकटमा रहेका कार्यकर्ताहरूको संरक्षण कोष खडा गर्ने ।
६. पार्टी सुदृढीकरण र विस्तारको अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने । तत्काल एक टोल तीन सेल र अधिकतम जवस कमिटिहरू बनाउने उद्देश्यका साथ स्थानीय पार्टीले योजनाबद्ध रूपमा काम अगाडि बढाउने ।
७. सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको अनिवार्य सर्त हो । पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता, कार्यकर्ता र जनता बीचको सम्बन्ध, वैयक्तिक सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टी सांस्कृतिक स्तर र पहिचान अनि व्यक्त भइरहेको हुन्छ ।
जनताले आज हाम्रो पार्टी अन्य पार्टीहरूमा खासै भिन्नता देखिरहेको छैन । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटिले विचार, राजनैतिक, संगठन र आचारणको तहबाट गम्भीर बहस छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्दछ ।
(ख)जवस, विभाग र मोर्चा र प्रतिष्ठानबारे
जवस, विभाग र मोर्चाहरूमा पार्टीको वैचारिक–राजनैतिक नेतृत्व सुदृढ गर्न नियमित प्रशिक्षण र स्कुलिङ्गको व्यवस्था गर्ने । मजदूर, किसान, महिला, विद्यार्थी, वाइसियल, जनसांस्कृतिक, शिक्षक, बुद्धिजीवी, कर्मचारी लगायतका जनवर्गीय संगठनहरूलाई व्यापक सदस्यता वितरणसहित संगठन विस्तार गर्ने तथा पार्टीको पक्षमा जनमत निर्माण गर्न व्यापक जनपरिचालन गर्नुका साथै आ–आफ्नो वर्ग र पेशाको समस्या समाधान गर्न प्रचार र संघर्षमा नेतृत्व स्थापित गर्न जोड लगाउने । पार्टीको सबैै स्तरका विभागहरूले पार्टीको त्यही स्तरको कमिटिलाई आ–आफ्नो क्षेत्राधिकारको विषयमा नियमित बहस–छलफल गरी सुझाव दिने र सहयोग गर्न विशेष जोड लगाउनु पर्दछ । त्यसको साथ पार्टी कमिटिले कुनै खास विषयमा अध्ययन गरी सुझाव दिन निर्देशन गरेमा तदारुकताका साथ त्यसको पालना गर्ने । विभिन्न जातीय एवंं क्षेत्रीय मोर्चाहरूले पहिचान, संघीयता, समानुपातिक र समावेशीताको मर्म र भावनाअनुसार व्यापक मोर्चा विस्तार, जन–परिचालन गोष्ठी, अन्तरक्रियालगायतका प्रचारात्मक कार्यका साथै स्थितिअनुसार सडक संघर्षका कार्यक्रमसमेत अगाडि बढाउन जोड लगाउनु पर्दछ ।
सहिद, बेपत्ता योद्धाहरूलाई सम्मान गर्न सबै स्तरका पार्टी कमिटी, जवस, मोर्चा, विभागहरूले नियमित कार्यक्रम गर्नुका साथै आ–आफ्ना ठाउँबाट राज्यका तर्फबाट समेत समुचित सम्मानको व्यवस्थाका निमित्त दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने । सहिद तथा बेपत्ता योद्धाका परिवारहरूलाई नियमित भेटघाट गर्ने, सम्मान कार्यक्रम राख्ने तथा राज्यका तर्फबाट उचित राहत र व्यवस्थापन दिलाउन जोड गर्ने । घाइते–अपाङ्ग योद्धाहरूलाई उचित उपचार, राहत र व्यवस्थापनमा जोड गर्ने । सहिद, बेपत्ता, घाइते, अपाङ्ग र दिवंगत नेताहरूको नाममा रहेका प्रतिष्ठानहरूलाई समन्वयात्मक रूपमा स्थापित र क्रियाशील बनाउन जोड दिने ।
पूर्व जनमुक्ति सेनाका योद्धाहरूलाई पार्टी काममा जोड्ने, संगठित गरेर उचित जिम्मेवारी दिने कामलाई सम्बन्धित सबैै स्तरका पार्टी कमिटीहरूले गम्भीरतापूर्वक लिने । संगठन, प्रशिक्षण र व्यवस्थापनको अभावका कारण कैयौं क्रान्तिकारी योद्धाहरूलाई प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले भ्रमित पार्ने षड्यन्त्र गरिरहेको सन्दर्भमा यो कामलाई पार्टीले विशेष गम्भीरतापूर्वक लिन जरुरी छ ।
शान्ति प्रक्रियाका बाँकी काम मुख्यतः सत्य निरूपण र बेपत्ता छानबिनसम्बन्धी काम टुङ्ग्याउन भइरहेको ढिलाइका विरुद्ध सबैैतिरबाट आवाज उठाउनुका साथै यसमा सहमत हुने सबै राजनीतिक र सामाजिक संघ–संस्था एवंं अन्तर्राष्ट्रिय सहयोगीसँग समेत सहकार्य गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार यसलाई अविलम्ब टुङ्गोमा पुर्याउने ।
संघीय संसद्, प्रदेश सभा र पालिका–सभाहरूमा प्रभावकारी रूपले पहल बढाउन सम्बन्धित स्तरको पार्टी कमिटीले योजना निर्माण गरी सक्रिय हस्तक्षेपको नीति लिनुपर्नेछ । साथ संघीय, प्रादेशिक र स्थानीय सरकारहरूलाई जनताको आवश्यकता र चाहनाअनुसार प्रभावकारी रूपले सञ्चालन गर्न सोही स्तरका पार्टी कमिटीहरूले योजना बनाई निरन्तर अनुगमन गर्नुपर्ने छ । त्यसका लागि सम्बन्धित स्तरको पार्टी कमिटीले एउटा निर्देशक कमिटि बनाई कामलाई सुव्यवस्थित गर्नुपर्दछ ।
(ग) उत्पादन र विकास निर्माणका कामबारे
स्वतन्त्र एवंं आत्मनिभर राष्ट्रिय अर्थतन्त्रको विकासको हामीले उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्दछ । अर्थतन्त्रलाई दलाल र विचौलियाका हातबाट जनताका हातमा ल्याउने उद्देश्य हाम्रो विकासको मूल उद्देश्य हो । आयात प्रतिस्थापन र निर्यात प्रवर्ध्दन गर्ने नीति, योजना र कार्यक्रमका साथै उत्पादन र विकासका कामलाई अगाडि बढाउन जरुरी छ । वैदेशिक परनिर्भरता, बढ्दो उपभोक्तावादी संस्कृति, भयानक व्यापार घाटा र असन्तुलन रोक्न कठोर संघर्ष अनिवार्य छ ।
नयाँ भू–उपयोग नीतिसहित कृषिजन्य वस्तुुहरूमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिमा निमित्त जोड लगाउने । कृषिमा आधारित साना–ठूला उद्योगहरू स्थापनामार्फत व्यापक रोजगारी सृष्टि गर्ने । देशमा रहेका प्राकृतिक साधन–स्रोतको जन–हितमा अधिकतम सदुपयोग गर्ने ।
देशमा उत्पादन र विकास निर्माणको प्रचूर सम्भावना हुँदाहुँदै पनि राज्यको गलत नीतिका कारण लाखौं युवाहरू रोजगारीका लागि विदेशमा रगत, पसिना बगाउने र जीवन नै गुमाउने अवस्था र रेमिट्यान्सबाटै देश चलाउने विडम्बनाको अन्त्यका निमित्त हामीले उत्पादन र विकास–निर्माणको अभियान चलाएर विदेशमा रहेका ती लाखौं युवाहरूको श्रम र क्षमतालाई स्वदेशमै सदुपयोग गर्ने वातावरण सिर्जना गरिनुपर्दछ । यसमा हाम्रो पार्टीले विशष जोड लगाउनु अनिवार्य छ । देशभित्र र बाहिर रहेको युवा श्रमशक्तिलाई राष्ट्रिय विकासको अभियानमा नजोडेसम्म अपेक्षित परिणाम ल्याउन असम्भव छ । त्यसका लागि निम्न अनुसार योजना र कार्यक्रम बनाएर पहल लिन आवश्यक छ ।
हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी अनिवार्य एक कृषि, उद्यम/उद्योग छ महिनाभित्र स्थापना गर्ने ।
त्यस्तो उद्यम स्थानीय स्रोत, बजार, प्रविधि, दक्ष जनशक्तिलाई ख्याल गरेर स्थानीय तहमा नै तय गर्ने । खाद्यान्न, पशुपालन, फलफूल, तरकारी नगदेबाली, घरेलु तथा साना उद्योग वा अन्य सिर्जनात्मक काम हुन सक्ने । जमिन चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने र उनीहरूसमेत शेयरधनी हुने गरी कम्पनी वा सहकारी वा साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन हुन सक्ने ।
अलि ठूलो परिणाममा काम गर्न चाहेमा दुई वा दुईभन्दा बढी पालिकाले संयुक्त रूपमा वा समन्वयमा त्यस्तो उद्यम/व्यवसाय गर्न सक्ने ।
राज्यले प्रदान गर्ने सहुलियत, सुविधा र पूर्वाधार निर्माणमा पालिका, जिल्ला, प्रदेश र केन्द्रले सूचना संप्रेषण, समन्वय, सहजीकरण तथा सहयोग जुटाउन पहल गर्ने ।
जिल्ला तहमा पालिकास्तरका उद्यमबीच समन्वय गर्ने र पालिकास्तरका उद्यमलाई चाहिने प्राविधिक तथा बजार व्यवस्थापनमा सघाउने व्यवस्था मिलाउने ।
प्रदेशले जिल्लास्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग, अन्तरजिल्ला समन्वय र बजारीकरणको काम गर्ने । प्रदेशले कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक कृषि प्रशोधन तथा बजार केन्द्र, चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने ।
केन्द्रमा केन्द्रीयस्तरको प्रशोधन केन्द्र, चिस्यान केन्द्र र एक बजारका व्यवस्था गर्ने । त्यसका लागि शक्तिशाली उद्यम/व्यवसाय परिचालन विभाग अध्यक्षको मातहत राख्ने।
हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म वा उद्यममा श्रम गर्नुपर्ने।
(घ) शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
शिक्षा, स्वास्थ्य र रोजगारी प्राप्तिको अधिकारलाई हाम्रो संविधानले मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । तर, व्यवहारमा ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । हाम्रो पार्टीले यसमा विशेष पहल लिने जरुरी छ । सभ्य र समृद्ध समाज निर्माणको मूल आधार शिक्षा हो । शिक्षामा सुधारका निमित्त सबैैभन्दा पहिलो कुरा वैज्ञानिक राष्ट्रिय शिक्षा नीतिको विकास गर्नु हो । शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको प्रक्रियालाई नियमन गर्दै र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र प्रोत्साहित गर्ने नीति लिँदै अन्ततः शिक्षालाई सम्पूर्ण रूपले राज्यको दायित्वभित्र पुर्याउनु पर्दछ । तत्काल पुरानो पाठ्यक्रमको स्थानमा संविधानले निर्देशित गरे अनुसार समाजवाद उन्मुख वैज्ञानिक पाठ्यक्रम विकासमा जोड गर्नु पर्दछ ।
त्यसैगरी पर्यावरण विनाश, पृथ्वीको तापक्रममा वृद्धि जलवायु परिवर्तन, पुँजीवादी उत्पादन प्रणालीले सिर्जना गरेको खानपिन र आहारविहारको संस्कृतिसमेतले मानिसहरूको स्वास्थ्यमा घातक असर परिरहेको छ । जसको परिणाम आज नयाँ–नयाँ रोगको विकास भइरहेको छ । उच्च रक्तचाप, डायबिटिज, क्यान्सर, मुटुरोग, किड्नी फेल हुने जस्ता रोगहरू गुणात्मक र भयावह रूपले विकास भइरहेका छन् । नयाँ–नयाँ रूपमा भाइरस आक्रमण हुने प्रक्रिया र अहिलेको कोरोना महामारीसम्म हेर्दासम्म मानव जातिमाथि नै हमला भइरहेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा देखा परिरहेको समस्याहरूको सामना गर्न वस्तुुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नु पर्दछ । मानिसको दैनिक जीवनचर्या, खानपिन, शारीरिक अभ्यास, खेलकूल, योगासनलगायत स्वास्थ्य जीवनका निमित्त आवश्यक चेतना अभिवृद्धिका निमित्त ठोस पहल गर्नुपर्दछ । पार्टीका तर्फबाट सबैै तहमा स्वस्थ जीवनका लागि आवश्यक ठोस नीति, योजना र कार्यक्रम बनाई आमजनतालाई प्रशिक्षित गर्न जोड लगाउनु पर्दछ ।
नेपाल भूकम्प, भू–स्खलन, बाढी पहिरोजस्ता प्राकृतिक विपदग्रस्त देश हो । सामाजिक सुरक्षाका दृष्टिले राज्यका तर्फबाट सबैैभन्दा बढी ध्यान दिनुपर्ने क्षेत्र विपद व्यवस्थापनको क्षेत्र नै हो । वैज्ञानिक भू–उपयोगको नीति विकास गरी वस्तुी विकास, खेतीपाती, शहरीकरण आदिको अलग–अलग क्षेत्र छुट्टयाएर तद्नुसार विपद व्यवस्थापनको दीर्घकालीन योजना कार्यान्वयनमा जानु पर्दछ । तत्काल विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न राज्यका तर्फबाट अधिकतम पूर्वतयारी गर्नु पर्दछ । प्राकृतिक अप्राकृतिक विपदका कारण बर्षेनी हुने गरेको जनधनको क्षति न्यूनीकरण गर्ने काममा पार्टीले पार्टी र जवस, मोर्चाका सबै स्तरका कमिटिहरूले विपद जोखिम न्यूनीकरण र व्यवस्थापन विभाग गठन गरी ठोस नीति, योजना र कार्यक्रमसहित संस्थागत रूपले पहल लिनु पर्दछ ।
अन्त्यमा, कार्ल मार्क्सको सु–प्रसिद्ध प्रस्थापना, ‘दार्शनिकहरूले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो’ लाई आत्मसात गर्दै आफैंलाई बदल्न र दुनियाँलाई बदल्न क्रान्तिकारी रूपान्तरणको अभियानमा एक जुट होऔं । जनताको जीत सुनिश्चित छ ।
(नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनको सम्पादित अंश)
किन नेपाली युवाहरूको भरोसाको केन्द्र नेकपा ?
काठमाडाैं । नेपाली युवाहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई किन सम्झनुपर्छ ? किनकि नेकपा नेपाली इतिहासको सबैभन्दा ठूलो परिवर्तनको संवाहक हो, युवा ऊर्जाको अभिभावक हो र भविष्यको सुनौलो सपनाको रक्षक हो । आजको युवा पुस्ता बेरोजगारी, वैदेशिक पलायन, शिक्षा–स्वास्थ्यको महँगो बोझ र राजनीतिक निराशाको घेरामा छ । तर नेकपा यही युवा पुस्ताको आशा, विश्वास र क्रान्तिकारी ऊर्जालाई संस्थागत गर्ने पार्टी हो । नेकपाको ७० वर्षभन्दा लामो गौरवपूर्ण इतिहास, समाजवादी दृष्टिकोण र हालै सार्वजनिक गरिएको चुनावी प्रतिबद्धता पत्रले प्रमाणित गर्छ—नेकपा नेपाली युवाको भरोसाको पार्टी हो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.सं. २००६ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो । त्यतिबेला राणाशासनको अन्धकारमा देश डुबेको थियो । नेकपाले नै पहिलो पटक ‘जमिन जोत्नेको हुनुपर्छ’ भन्ने नारा उठायो, किसान र मजदुरको अधिकारको आवाज उठायो । युवाहरू त्यसबेलादेखि नै नेकपाको झण्डामुनि गोलबन्द भए । २००७ को क्रान्ति, २०१५ को संसदीय व्यवस्था, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन, २०५२ देखि २०६२/६३ को जनयुद्ध र दोस्रो जनआन्दोलन—हरेक परिवर्तनमा नेकपाका युवा योद्धाहरूले रगत बगाए । माओवादी जनयुद्धमा हजारौँ युवा लडाकुले सामन्तवाद र राजतन्त्रविरुद्ध संघर्ष गरे । तिनै युवाहरूको बलिदानले नेपाललाई गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको उपहार दियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट घटकहरूको एकताबाट बनेको यो नेकपाले त्यही क्रान्तिकारी विरासत बोकेको छ । युवाहरूले नेकपालाई सम्झनुपर्छ, किनकि यो पार्टीले उनीहरूलाई इतिहासको नायक बनायो, केवल मतदाता मात्र होइन । आजको युवा पुस्ता १६ देखि ४० वर्षसम्मका करिब ४० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्छ । तर उनीहरू विदेशिन बाध्य छन् । वर्षेनी लाखौँ युवा खाडी र मलेसियाको श्रम बजारमा पसिना बगाइरहेका छन् । नेकपाले यो पीडालाई बुझेको छ । त्यसैले उसको चुनावी प्रतिबद्धता पत्र ‘युवा–केन्द्रित’ छ । नेकपाले आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने, वार्षिक ५ लाख नियमित रोजगारी र थप १ लाख ५० हजार आत्मनिर्भर रोजगारी थप्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यो केवल संख्या होइन, युवाको सपना हो । बाँझो जमिन, नदी–नाला, वन, खनिज र जैविक स्रोतलाई उत्पादनमूलक बनाएर युवा जनशक्तिलाई स्वदेशमै काम दिने योजना छ । कृषिलाई ‘लगानी दशक’ बनाउने, सहकारी मोडेलमार्फत युवालाई कृषि, पर्यटन, सूचना प्रविधि र उद्योगमा जोड्ने प्रतिबद्धता छ । विदेशबाट फर्किएका कम्तीमा एक लाख युवालाई उद्यमी बनाउने, स्टार्टअपलाई सहुलियत ऋण र कर छुट दिने योजना युवा उद्यमशीलताको क्रान्ति हो । नेकपाको प्रतिबद्धतापत्रले युवालाई मात्र रोजगारी होइन, सम्मानजनक रोजगारी दिने वाचा गरेको छ । निजी क्षेत्रका उद्योगलाई रोजगारी सिर्जनाका आधारमा कर छुट र सहुलियत कर्जा दिने, सामूहिक/सहकारी मोडेल अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । यसले युवालाई ‘मालिक’ बनाउँछ, केवल मजदुर होइन । १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यले युवाको प्रतिभालाई राष्ट्रिय विकासमा जोड्छ । बहुआयामिक गरिबीलाई २०.१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने योजना युवा परिवारको आर्थिक मुक्ति हो । स्मार्ट सिटी र स्मार्ट भिलेज निर्माण, १० हजार मेगावाट थप विद्युत् उत्पादन, राष्ट्रिय ग्रिड विस्तार—यी सबैले युवालाई प्रविधि, ऊर्जा र पूर्वाधार क्षेत्रमा अवसर दिन्छन् । शिक्षा र स्वास्थ्यमा पनि नेकपाको दृष्टि युवामैत्री छ । गुणस्तरीय, सीपमूलक र रोजगारीसँग जोडिएको शिक्षा प्रणाली बनाउने, प्राविधिक शिक्षालाई प्राथमिकता दिने योजना छ । महिला स्वास्थ्यमा विशेष ध्यान—स्तन क्यान्सर, पाठेघर खस्ने जस्ता रोगको निःशुल्क उपचार । युवा स्वास्थ्यलाई समेटेर समग्र सामाजिक सुरक्षाको जालो बुनिनेछ । राजनीतिक रूपमा नेकपाले संविधान संशोधनमार्फत शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनामा सुधार गर्ने प्रस्ताव अघि सारेको छ । युवा प्रतिनिधित्व बढाउने, मेरिटोक्रेसी लागू गर्ने, भ्रष्टाचारमुक्त प्रशासन, ई–शासन, अनुहाररहित र कागजरहित सेवा—यी सबैले युवालाई ‘सुशासन’को अनुभूति दिलाउँछन् । जेन–जी विद्रोहको भावनालाई आत्मसात् गर्दै नेकपाले युवा पुस्तालाई अभिभावकत्व दिएको छ । नेकपाले मात्र युवालाई ‘परिवर्तनको संवाहक’ मानेको छ भन्ने दाबी प्रस्तुत गरिएको छ । अन्य दलहरूले युवालाई भोट बैंक मात्र ठानेका छन् भन्ने आलोचना गरिएको छ । नेकपाले उनीहरूलाई नेतृत्व दिन तयार रहेको उल्लेख छ । पार्टीको समाजवादी लोकतान्त्रिक दृष्टिकोणले युवालाई वर्गीय न्याय, समानता र समृद्धिको बाटो देखाउँछ । नेकपाको इतिहासले प्रमाणित गर्छ-यो पार्टीले कहिल्यै युवा ऊर्जालाई दबाएन, सधैँ अघि बढायो । आजको युवा, जसले ‘देश बनाउने हो, विदेश भाग्ने होइन’ भन्ने सपना देखेको छ, उसको साथ नेकपा नै हो भन्ने दाबी गरिएको छ । नेपाली युवाहरू, अब समय आएको छ । २०८२ फागुन २१ को निर्वाचनमा नेकपालाई साथ दिनुहोस् । किनकि नेकपा युवाको भरोसा हो, क्रान्तिको निरन्तरता हो, समृद्धिको ग्यारेन्टी हो भन्ने दाबी गरिएको छ । नेकपाले दिएको प्रतिबद्धता केवल कागजको अक्षर होइन, युवा जीवनको यथार्थ बन्ने विश्वास व्यक्त गरिएको छ । युवा नेतृत्व, युवा रोजगारी, युवा उद्यम, युवा स्वास्थ्य र युवा सहभागिताको सपना नेकपासँगै पूरा हुनेछ भन्ने आशा राखिएको छ । नेकपा नै नेपाली युवाको पार्टी हो हाे । नेकपा नै भविष्यको पार्टी हो । युवाहरूले नेकपालाई सम्झनु मात्र होइन, यसलाई जिताउनु पर्छ । किनकि यो पार्टीले युवालाई इतिहासमा स्थान दियो, अब युवाले यसलाई सत्ता दिने छ । नेकपा जिते युवा जित्छन्, नेपाल जित्छ । त्यसैले युवाहरुले पाँचकुने तारा चिन्हमा मतदान गर्नु आव्हान गर्नुपर्छ ।
जेन्जीको म्यान्डेट, बहुधार कम्युनिस्ट आन्दोलन र नेकपाको नेतृत्वको ऐतिहासिक आवश्यकता
-आस्था केसी/पत्रकार नेपाल फेरि एक निर्णायक मोडमा उभिएको छ। राजनीतिक संक्रमणका वर्षहरू पार गर्दै हामी संस्थागत स्थायित्वको खोजीमा छौँ। जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र संघीयता कार्यान्वयनश-यी सबै चरणहरू केवल राजनीतिक घटनाक्रम होइनन्; यी राष्ट्र पुनर्संरचनाका ऐतिहासिक अध्याय हुन्। तर यति धेरै परिवर्तनपछि पनि नागरिक सन्तुष्ट छैनन्। विशेषतः युवा पुस्ता प्रश्न गरिरहेको छ: परिवर्तनको परिणाम कहाँ छ? जेन्जी आन्दोलन : आक्रोशभन्दा बढी उत्तरदायित्वको माग जेन्जी आन्दोलनलाई कतिपयले भावनात्मक उछाल ठान्छन्। तर गहिराइमा हेर्दा यो प्रणालीप्रतिको असन्तोषको संगठित अभिव्यक्ति हो। यो आन्दोलनले स्पष्ट सन्देश दिएको छ—नाराले होइन, नतिजाले विश्वास जितिन्छ। युवाहरू रोजगारी चाहन्छन्। उद्यमका अवसर चाहन्छन्। डिजिटल सुशासन र पारदर्शिता चाहन्छन्। भ्रष्टाचारमुक्त प्रशासन चाहन्छन्। उनीहरूलाई भाषण होइन, कार्यान्वयन चाहिएको छ। यही नै जेन्जीको म्यान्डेट हो। तर प्रश्न उठ्छ-यो म्यान्डेट कसरी सम्बोधन हुन्छ? के केवल नयाँ अनुहारले मात्र? कि अनुभव, राजनीतिक जटिलता र संस्थागत स्मृति बोकेको नेतृत्व पनि आवश्यक पर्छ? इतिहासले देखाउँछ-क्रान्तिको ऊर्जा युवा दिन्छन्, तर संरचना स्थिर गर्न परिपक्व नेतृत्व आवश्यक पर्छ। सडकको आवाजलाई नीतिगत संरचनामा रूपान्तरण गर्न सक्ने क्षमता अनुभवबाट आउँछ। कम्युनिस्ट आन्दोलन : एक धार होइन, बहुधारको विकासक्रम नेपालको कम्युनिस्ट आन्दोलनलाई केवल एउटा धारमा सीमित गर्नु इतिहासको सरलीकरण हो। विभिन्न कालखण्डमा २५/२६ भन्दा बढी घटक, विचारधारात्मक समूह र संगठनहरूले योगदान दिँदै यो आन्दोलन विकसित भएको हो। बहस, विभाजन, पुनर्गठन र एकताका प्रक्रियाबाट यसले आफ्नो मार्ग तय गरेको छ। त्यसैको एउटा महत्वपूर्ण धारका रूपमा रहेको नेपाली कम्युनिस्ट पार्टी (खासगरी नेकपा माओवादी केन्द्र) सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिक प्रक्रियासम्मको यात्रामा निर्णायक भूमिका खेलेको छ। जनयुद्धको नेतृत्वदेखि शान्ति सम्झौता र संविधानसभासम्मको यात्रा केवल सत्ता परिवर्तनको कथा थिएन; त्यो राज्य संरचना पुनर्गठनको एजेन्डा थियो। संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, राज्यका अंगहरूमा प्रतिनिधित्व विस्तार-यी उपलब्धिहरू आकस्मिक होइनन्, ती दीर्घ राजनीतिक संघर्षका परिणाम हुन्। युद्धबाट शान्तिसम्म : नेतृत्वको निरन्तरता नेपालले सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा प्रवेश गर्दा सबैभन्दा ठूलो चुनौती थियो—विश्वासको पुनर्निर्माण। बन्दुक बिसाएर संविधानसभाको बाटो रोज्नु ऐतिहासिक निर्णय थियो। संक्रमणकालीन राजनीतिमा सहमति निर्माण, विपक्षीसँग संवाद र जटिल समीकरण व्यवस्थापन गर्ने नेतृत्व आवश्यक थियो। यही सन्दर्भमा पुष्पकमल दाहाल (प्रचण्ड) को भूमिका उल्लेखनीय रह्यो। युद्धकालदेखि शान्ति प्रक्रिया र संविधान निर्माणसम्म उनले नेतृत्वको निरन्तरता कायम गरे। वैचारिक मतभेद हुँदाहुँदै पनि सहकार्यको राजनीतिमा प्रवेश गर्नु, बहुदलीय प्रतिस्पर्धालाई स्वीकार्नु र संविधान निर्माण प्रक्रियामा अग्रसर हुनु-यी सबै कदमले संक्रमणलाई संस्थागत बनाउने आधार तयार गर्यो। आजको राजनीतिक संरचना बहुदलीय, प्रतिस्पर्धात्मक र जटिल छ। यस्तो अवस्थामा कठोर अडानभन्दा सहमतिको राजनीति बढी प्रभावकारी हुन्छ। अनुभवसहितको नेतृत्वले मात्र विविध स्वार्थ र दृष्टिकोणबीच साझा मार्ग निकाल्न सक्छ। किन अझै एक कार्यकाल? संक्रमणकालीन नेतृत्वलाई स्थायित्व निर्माणको अवसर दिनु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक चरण हो। अधूरा सुधार र अस्थिर गठबन्धनले दीर्घकालीन लक्ष्य पूरा गर्दैनन्। यदि जेन्जी आन्दोलनको म्यान्डेटलाई संस्थागत रूप दिनुछ भने नीतिगत निरन्तरता आवश्यक हुन्छ। प्रशासनिक सुधारलाई तीव्रता दिनु, डिजिटल पारदर्शिता लागू गर्नु, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु, युवालाई नीति निर्माणमा सहभागी गराउनु। यी सबै काम एकै कार्यकालमा चमत्कारिक रूपमा सम्भव हुँदैनन्। यसका लागि स्थिर सरकार र स्पष्ट बहुमत चाहिन्छ। अनुभव, सहकार्य क्षमता र राष्ट्रिय सहमति निर्माण गर्ने योग्यता भएका नेतृत्वलाई अझै एक कार्यकाल जिम्मेवारी दिनु समयको माग हुन सक्छ भन्ने तर्क बलियो हुँदै गएको छ। पुस्ता संघर्ष होइन, पुस्ता सहकार्य आजको बहस “पुराना भर्सेज नयाँ” हुनु हुँदैन। यो बहस “असक्षम भर्सेज सक्षम” हुनुपर्छ। जेन्जी आन्दोलनले ऊर्जा दिएको छ, अब त्यो ऊर्जालाई संस्थागत परिणाममा रूपान्तरण गर्न पाको नेतृत्व आवश्यक छ। देशलाई न केवल आक्रोशले चलाउँछ, न केवल अनुभवले। देशलाई चलाउँछ ऊर्जा र रणनीतिक परिपक्वताको संयोजनले। नेपालको राजनीतिक इतिहासले धेरै मोड देखिसकेको छ। अबको मोड भनेको स्थायित्व, उत्पादनमुखी अर्थतन्त्र र युवामुखी नीतिगत पुनर्संरचना हो। यदि हामीले फेरि अस्थिरताको चक्र रोज्यौँ भने परिवर्तनको उपलब्धि कमजोर हुनेछ। यदि हामीले स्थिरता, सहकार्य र परिणाममुखी शासन रोज्यौँ भने समृद्ध नेपालको मार्ग खुल्नेछ। अन्ततः चुनाव केवल दलगत प्रतिस्पर्धा होइन, यो राष्ट्रिय दिशा निर्धारणको क्षण हो। यो समय निराशा होइन, निर्माण रोज्ने घडी हो। अस्थिरता होइन, स्थायित्व रोज्ने समय हो। जेन्जीको म्यान्डेटलाई सम्मान गर्दै, बहुधार कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदानलाई स्वीकार गर्दै र अनुभवसहितको नेतृत्वलाई अवसर दिँदै अगाडि बढ्नु नै अहिलेको सबैभन्दा विवेकपूर्ण राजनीतिक मार्ग हो। समृद्ध नेपाल भाषणले होइन, जिम्मेवार निर्णयले बन्छ। अब निर्णय हाम्रो हातमा छ। (केसी, नेपालकी पत्रकार तथा मिडिया अनुसन्धानकर्ता हुन्, जो लोकतन्त्र, समावेशिता र भुईँस्तरको पत्रकारितामा कार्यरत छिन्। उनी राजनीतिक विश्लेषण तथा नीतिगत संवादमा विशेष रुचि राख्छिन्।)
जनयुद्धको विरासतमा चिनियाँ जनमुक्ति सेनाका ८० वर्ष
जाङ ची र मा सियाओमेङ | चाइना डेली | यो वर्ष चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध (१९३१-४५) र विश्व फासिस्टविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सव हो। यो वर्ष जनमुक्ति सेना (PLA) को सन् २०२७ मा शताब्दी लक्ष्यहरू प्राप्त गर्ने यात्राको अन्तिम चरण पनि हो, जसले गर्दा सही मार्गमा रहन, "जनयुद्ध" को मूल शक्तिहरूलाई उपयोग गर्न र जनतालाई न्यायपूर्ण कारणहरूका लागि परिचालन गर्न आवश्यक छ। मार्क्सवादले भन्छ कि इतिहास भनेको मानव श्रमद्वारा मानवले सिर्जना गरेको कुरा हो। अर्को शब्दमा, जनता नै प्रगतिको निर्णायक शक्ति हुन्। जनयुद्धको सिद्धान्त यो सिद्धान्तमा आधारित छ र यो जोड दिन्छ कि हतियारहरू होइन, जनताले नै युद्धको परिणाम निर्धारण गर्छन्। जनयुद्धको विरासत विगत ८० वर्षदेखि विकसित हुँदै आएको छ। आजको बहु-क्षेत्रीय प्रतिस्पर्धाको युगमा, विजय जनतासँग बलियो सम्बन्ध कायम राख्ने, प्राविधिक र रणनीतिक परिवर्तनहरूमा अनुकूलन गर्ने, र जनतालाई परिचालन गर्ने कुरामा निर्भर हुन्छ। चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्धको समयमा, चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई परिचालन गर्यो, शत्रुको पछाडि आधार क्षेत्रहरू स्थापना गर्यो, र समाजको विभिन्न वर्गबाट समर्थन प्राप्त गर्यो। गोरिल्ला बल र मिलिसिया संगठित गरेर, पार्टीले प्रशिक्षित सैनिकहरू, सशस्त्र नागरिकहरू र स्थानीय बलहरूलाई एकीकृत गर्ने युद्ध प्रणाली विकास गर्यो। पार्टी-नेतृत्वको जनयुद्ध PLA को युद्ध प्रभावकारिताको आधार र यसको मुख्य रणनीतिक लाभ हो। यसको मूलमा जनता नै सैन्य शक्तिको वास्तविक स्रोत हुन् भन्ने सत्य निहित छ। यो सिद्धान्तद्वारा मार्गदर्शन प्राप्त गर्दै, जनताको सशस्त्र बलहरूले आफ्नो साधारण सुरुवातबाट एक प्रमुख सैन्य शक्तिमा रूपान्तरण गरेका छन्। अध्यक्ष माओत्सेतुङले "प्रोट्र्याक्टेड वार" मा जोड दिएझैँ, जनतालाई परिचालन गर्नाले कमजोर उपकरणको कमी पूर्ति गर्छ र प्रतिकूल परिस्थितिमा पनि विजय ल्याउँछ। उत्तर चीनको खुला मैदानहरूमा, जहाँ प्राकृतिक आड सीमित थियो, पार्टी-नेतृत्वको सैनिक र नागरिकहरूले लुकेका सुरुङहरू बनाए, बारुदी सुरुङहरू राखे, र "स्प्यारो वारफेयर" (हिट-एन्ड-रन) रणनीति प्रयोग गरेर जापानी बलहरूलाई अचल बनाए, शत्रुको "मपिङ-अप" अभियानलाई विफल बनाए। यो अभियानले युद्धमा जनताको रचनात्मकता र निर्णायक भूमिकालाई प्रदर्शन गर्यो। जनयुद्धको दर्शनलाई पालना गर्दै, पार्टीले वास्तविक परिस्थितिमा आधारित रणनीति र रणकौशलको पूर्ण प्रणाली विकास गर्यो। रातो सेनाको गोरिल्ला युद्धदेखि जापानी बलहरूलाई अचल बनाउने, अमेरिकी आक्रमणविरुद्धको युद्ध र कोरिया सहायता युद्ध (१९५०-५३) को समयमा रणनीतिक समायोजन, र १९४९ पछिका सैन्य सुधारहरूमा, PLA ले आफ्ना अनुभवहरूबाट सिक्दै आएको छ। जनयुद्धको अवधारणालाई समयको विकाससँगै अगाडि बढाउँदै, PLA ले युद्धमा बलियोशत्रुहरूलाई परास्त गर्ने र शान्तिकालमा राष्ट्रिय हितहरूको रक्षा गर्ने उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। आज, सूचना सञ्जाल, कृत्रिम बुद्धिमत्ता, र बहु-क्षेत्रीय युद्धक्षेत्रहरू जस्ता क्षेत्रहरूमा प्राविधिक प्रगतिले युद्धको प्रकृतिलाई परिवर्तन गरेको छ, संयुक्त सैन्य अभियानहरू आधुनिक युद्धको मूल बनेका छन् र राष्ट्रिय रक्षामा जनताको सहभागिताका लागि नयाँ अवसरहरू सिर्जना गरेका छन्। तर युद्धमा विजय अझै पनि जनताबाट प्राप्त हुन्छ। PLA ले आफ्ना शताब्दी लक्ष्यहरू प्राप्त गर्न र विश्वस्तरीय रक्षा बल बन्न सुनिश्चित गर्न, चीनले जनयुद्धको सिद्धान्त र उन्नत प्रविधिहरूलाई संयोजन गरेर भविष्यको रक्षा रणनीति तय गर्नुपर्छ। सूचना र सञ्चार प्रविधि, डेटा, र नवप्रवर्तनमा जनताको विशेषज्ञता आधुनिक युद्धमा एक महत्त्वपूर्ण रणनीतिक स्रोत र निर्णायक लाभ हो। त्यसैले, चीनले बिग डेटा, AI, र क्लाउड कम्प्युटिङ जस्ता डिजिटल उपकरणहरूको उपयोग गरेर साइबर खुफिया क्षमता बढाउन र राष्ट्रिय रक्षामा जनमत निर्माण गर्न सञ्चार संयन्त्र सुधार गर्न आवश्यक छ। त्यसैले, PLA, सरकार, र जनताबीचको एकतलाई सुदृढ गर्न र राष्ट्रिय रक्षालाई प्रोत्साहन दिन बलियो सामाजिक भावना प्रवर्द्धन गर्न आवश्यक छ। इतिहासले हामीलाई बताउँछ कि जनता नै सैन्य सफलताको आधार हुन्। नयाँ प्राविधिक चुनौतीहरूको सामना गर्दै आफ्ना शताब्दी लक्ष्यहरूको खोजीमा, PLA ले जनतामा निर्भर रहनुपर्छ, तिनीहरूको संयुक्त शक्तिको उपयोग गर्नुपर्छ र तिनीहरूको हितहरूको रक्षा गर्नुपर्छ। जनयुद्धको सिद्धान्तलाई पालना गर्दै, नयाँ रणनीतिहरू विकास गर्दै, र उन्नत प्रविधिहरूलाई आफ्नो सैन्य आधुनिकीकरण योजनामा एकीकृत गरेर, चीनले आफ्ना सशस्त्र बलहरूलाई सुदृढ गर्न सक्छ र तिनीहरूले आक्रमणलाई रोक्न, द्वन्द्वलाई रोक्न, र शान्ति कायम गर्न सुनिश्चित गर्न सक्छ। जाङ ची PLA राष्ट्रिय रक्षा विश्वविद्यालयका प्राध्यापक हुन् र मा सियाओमेङ PLA राष्ट्रिय रक्षा विश्वविद्यालय पुस्तकालयका पुस्तकालयाध्यक्ष हुन्।
कहाँ बोल्ने, के बोल्ने, जनवादी केन्द्रीयता भनेको के हो ?
काठमाडौं । हालैका दिनमा कतिपय कम्युनिष्ट पार्टीमा नेतृत्वले बोल्न दिएन या अभिव्यक्ति स्वतन्त्रता भएन भन्दै केहीले बिभिन्न माध्यमबाट कुरा उठाएको पाइन्छ । उनीहरुको तर्क हुन्छ, आफूलाई कुनै कुरा मन नपरे निर्धक्कसँग बोल्न पाउनुपर्छ । सर्सती हेर्दा यो ठीकै लाग्छ । तर गहिरिएर हेर्दा असहमति या असन्तुष्टि प्रकटको प्रक्रियालाई विधिसम्मत तवरले हल नगरिँदा यसले संगठनात्मक अराजकता र समग्र आन्दोलनलाई नै कमजोर बनाउँछ । कम्युनिष्ट पार्टी अन्य पार्टी जस्तो यथास्थितिमा नै राजनीति गर्न स्थापना भएको हुँदैन । बरु यो त युगौंदेखि एकथरि मानिसहरुले श्रोत, साधन र राज्यसत्तामा कब्जा जमाइराख्ने र अर्काथरि श्रमिक किसानहरु उपेक्षित उत्पीडित भएर बाँचरिहने अवस्था उल्ट्याउन गठन भएको हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीले गरिब, किसान, मजदूरहरुको सत्ता ल्याउन स्थापित ठूलै शक्तिविरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने हुन्छ । यो अवस्थामा दरिलो, कसिलो र अनुशासित कम्युनिष्ट पार्टी भएन भने यो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । यही कुरालाई मनन गरेर लेनिनले संगठनात्मक सिद्धान्त अन्तर्गत जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिवादन गरेका हुन । यो सिद्धान्तले एकातिर पार्टीभित्र खुलेरै सबै विषयमा छलफल गर्ने वातावरण तयार गर्छ भने अर्कोतर्फ ती छलफलहरुबाट गरिएको निर्णयलाई आफ्नो असहमतिका वावजूद दृढताका साथ पालना गर्नुपर्नेमा जोड दिन्छ । अहिलेको जस्ता आज बैठक भयो, आफ्नो कुरा मानिएन या त्यसमा निर्णय भएन भने एकैछिनमा सामाजिक सञ्जालबाट असन्तुष्टि व्यक्त गर्ने प्रवृतिलाई यो सिद्धान्तले ठाडै अस्वीकार गर्दछ । संगठनमा फरक मत हुन्छन् । सबैका मत अनुसार सर्वसम्मत निर्णय नहुन सक्छ । यी फरक मतहरु कतिपय वैचारिक हुन्छन् , कतिपय व्यक्तिगत, कतिपय संगठन या कार्यशैलीसँग जोडिएका हुन्छन् । छलफलका क्रममा यी सबै मत राख्न पाइन्छ । तर यी सबै मतकै आधारमा निर्णय नहुन सक्छ । त्यस्तो अवस्थामा निर्णय भइसकेपछि त्यसमा चित्त नबुझेपनि असल कम्युनिष्ट कार्यकर्ताले त्यसको पालना गर्दछन् । आफ्नो मत भने उनीहरुले आफू सम्मिलित समितमा राख्छन्, परिस्कृत गर्छन । र, अर्को निर्णय नहुँदासम्म यो कोशीस गरिरहन्छन् । यदि आफूलाई कुनै कुरा चित्त नै बुझेन, र बहुमतको निर्णय मान्नै सकिन्न भन्ने लागेको अवस्थामा उनीहरुले आफ्नो भिन्न मतसहित पार्टी परित्याग गर्छन् । यसले संगठनभित्र गुटको जन्म हुँदैन । अराजकता बढ्दैन । पार्टी अनुशासित हुन्छ । लोकतान्त्रिक प्रणालीको मूल आत्मा भनेको सहभागिता र सामूहिक निर्णयको सम्मान हो। कुनै पनि संस्था, संगठन वा राष्ट्रमा निर्णय प्रक्रिया त्यत्तिकै पारदर्शी र प्रभावकारी हुन्छ, जतिसम्म त्यसमा सहभागी सबै पक्षले प्रक्रियालाई मात्र होइन, त्यसको नतिजालाई पनि आत्मसात गर्छन्। हाम्रो समाजमा, विशेष गरी राजनीतिक र संस्थागत संरचनाहरूमा, यस्तो संस्कारको अभाव गहिरो रूपमा देखिन्छ। हामी बहस गर्छौं, तर्क गर्छौं, छलफलमा भाग लिन्छौं, तर जब अन्तिम निर्णय आफ्नो चाहनाविपरीत जान्छ, तब हामी त्यसबाट टाढिन थाल्छौं। आफू पराजित भएँ भनेर त्यो निर्णय अस्वीकार गर्ने, वा असहयोग गर्ने प्रवृत्ति देखाउँछौं। यो प्रवृत्ति लोकतान्त्रिक संस्कारको विरोधमा जान्छ। किनभने लोकतन्त्रमा महत्वपूर्ण कुरा भनेको सबैको आवाजलाई सुन्ने प्रक्रिया हो, निर्णयमा सबैको सहभागिता सुनिश्चित गर्नु हो। जबसम्म यो प्रक्रिया न्यायपूर्ण र समावेशी छ, त्यसको नतिजा आफूअनुकूल नभए पनि स्वीकार गर्नु आवश्यक हुन्छ। किनभने निर्णय प्रक्रियामै सहभागिता जनाइसकेपछि, त्यो निर्णय सामूहिक हो, त्यसमा आफ्नो मत अस्वीकार भए पनि, निर्णय भनेको सम्पूर्ण समूहको प्रतिनिधित्व हो भन्ने बुझाइ हुनुपर्छ। हाम्रो समाजमा गहिरिएको अर्को समस्या भनेको गुटबन्दीको मानसिकता हो। कुनै निर्णय वा चुनावी प्रक्रियामा आफू सफल भएन भने, हामी समर्थन गर्नुको सट्टा नयाँ गुट बनाउने, असहयोग गर्ने, वा संस्थालाई नै निष्क्रिय बनाउने प्रयास गर्छौं। यस्तो प्रवृत्तिले संस्थागत विकास र सुदृढ पार्टीलाई गम्भीर क्षति पुर्याउँछ। यो सोचाईले केवल व्यक्तिगत स्वार्थ र अहंकारको परिपुष्टि गर्छ, सामूहिक हित र दीर्घकालीन स्थायित्वको ख्याल गर्दैन। जनवादी व्यवहार भनेको केवल बहस गर्ने र आफ्नो कुरा राख्ने मात्र होइन, बहसपछि निस्किएको निष्कर्षलाई पनि जिम्मेवारीपूर्वक आत्मसात गर्ने प्रक्रिया हो। कुनै निर्णयमा असहमत हुने अधिकार हरेक व्यक्तिलाई हुन्छ, तर त्यो असहमतिको अभिव्यक्ति निर्णयको प्रक्रियामा सीमित हुनुपर्छ। निर्णय भइसकेपछि त्यसलाई समर्थन गर्नु, त्यसको कार्यान्वयनमा योगदान पुर्याउनु, र भविष्यमा सुधारका लागि फेरि अर्को बहसको तयारी गर्नु नै लोकतान्त्रिक परिपक्वताको संकेत हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने सगठनमा हुने निर्णय कुनै व्यक्तिको जित वा हारको कुरा होइन, समष्टिगत चेतनाको अभ्यास हो। व्यक्तिगत भावनाभन्दा माथि उठेर संस्थागत निर्णयलाई स्वीकार गर्नु, त्यसमा योगदान गर्नु र समग्र संस्थालाई सफल बनाउनु नै दीर्घकालीन सफलता र स्थायित्वको आधार हो। असहमति हुनु स्वस्थ संकेत हो, तर असहमतिको आधारमा विघटनतर्फ जानु विनाशको संकेत हो। हामीले जति छिटो यो अन्तर बुझ्न सक्छौं, त्यति नै छिटो हामी लोकतान्त्रिक अभ्यासमा परिपक्व बन्छौं। त्यसैले आवश्यक कुरा के हो भने, हामीले छलफल र बहसमा सहभागी हुनुपर्छ, आफ्ना तर्क र विचार प्रष्ट राख्नुपर्छ। तर निर्णय भएपछि, चाहे त्यो व्यक्तिगत चाहनाभन्दा फरक किन नहोस्, त्यसलाई साथ दिनु, कार्यान्वयनमा सहभागी हुनु, र संस्थागत अखण्डतालाई प्राथमिकता दिनु हाम्रा कर्तव्य हुन्। जनवादी संस्कृतिमा सहभागीता मात्र पर्याप्त होइन, निर्णयको पालना गर्नु र त्यसको जिम्मेवारी लिन सक्नु नै मार्क्सवादी चेतनाको मूल मर्म हो। हामी भने असमति हुनेबित्तिकै पार्टी, नेतृत्व र संगठनलाई धारे हात लगाउँदै आलोचना गछौं । जबकि हामीले गरेको आलोचना पार्टी संगठनले बहुमतले अस्वीकृत गरेको हुन्छ । यस्तो अवस्थामा असहमति भएपनि त्यो कुरा पार्टी समितिमा राख्नुपर्नेमा हामी त्यसो गर्दैनौं , यसको फाइदा विरोधीहरु लिन्छन् । कतिपय अवस्थामा विरोधी शक्तिहरुले कम्युनिष्ट पार्टीभित्रका यस्ता असहमितहरुलाई उचाल्ने, प्रभावमा लिने काम समेत गर्दछन् । किनभने उनीहरुको उद्देश्य कम्युनिष्ट पार्टी कमजोर गर्नु हुन्छ । त्यसैले के भन्न सकिन्छ भने सच्चा कम्युनिष्टले आफू सम्बद्ध समितिभित्र जतिसुकै छलफल गरेपनि आफू अनुकुल नभएको अवस्थामा आफू भएकै स्थानबाट छलफल गर्नुपर्छ न कि सार्वजनिकरुपमा त्यो असहमति पोख्ुनुपर्छ । सार्वजनिकरुपमा पोखिने असहमति न त उक्त व्यक्तिका लागि लाभदायी हुन्छ, न पार्टीका लागि नै । आउन्स, अब जनवादी केन्द्रीयतको सिद्धान्तका बारेमा बुझौं । जनवादी केन्द्रीयता जनवादी केन्द्रीयता कम्युनिस्ट र समाजवादी आन्दोलनहरूमा प्रयोग हुने एक संगठनात्मक सिद्धान्त हो, जसले जनतान्त्रिक छलफल र निर्णय प्रक्रियालाई केन्द्रीकृत कार्यान्वयनसँग जोड्छ। यो सिद्धान्तले संगठनभित्र स्वतन्त्र छलफल, विचारको आदानप्रदान र सामूहिक निर्णयलाई प्रोत्साहन गर्छ, तर एकपटक निर्णय लिइसकेपछि सबै सदस्यहरूले त्यसलाई एकताबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ। यो अवधारणा मूलतः भ्लादिमिर लेनिनले विकास गरेका थिए र मार्क्सवादी(लेनिनवादी संगठनहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ। जनवादी केन्द्रीयताको आधारभूत सिद्धान्तहरू जनवादी केन्द्रीयताको मूलभूत सिद्धान्तहरू निम्नलिखित छन्स् जनतान्त्रिक छलफल संगठनका सबै सदस्यहरूलाई नीति, रणनीति र कार्यक्रमहरूमा खुला छलफलमा भाग लिन प्रोत्साहन गरिन्छ। यसले विभिन्न दृष्टिकोण र विचारहरूलाई समेट्न मद्दत गर्छ। सामूहिक निर्णय छलफल र बहसपछि बहुमतको आधारमा वा सहमतिमा निर्णय लिइन्छ। यो निर्णय संगठनको सामूहिक इच्छालाई प्रतिबिम्बित गर्छ। केन्द्रीकृत कार्यान्वयन एकपटक निर्णय लिइसकेपछि, सबै सदस्यहरूले त्यसलाई अनुशासित र एकताबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ, चाहे उनीहरू व्यक्तिगत रूपमा सहमत नहुन्। अनुशासन र एकता संगठनको एकता र प्रभावकारिताका लागि सबै सदस्यहरूले निर्णयको पालना गर्नुपर्छ। व्यक्तिगत मतभेद भए पनि संगठनको सामूहिक लक्ष्यलाई प्राथमिकता दिइन्छ। आलोचना र आत्मआलोचना संगठनभित्र गल्तीहरू सुधार गर्न र कार्यक्षमता बढाउन आलोचना र आत्म(आलोचनाको संस्कृतिलाई प्रोत्साहन गरिन्छ। जनवादी केन्द्रीयताको ऐतिहासिक पृष्ठभूमि जनवादी केन्द्रीयता सिद्धान्तको विकास भ्लादिमिर लेनिनले रुसी समाजवादी आन्दोलनको सन्दर्भमा गरेका थिए। सन् १९०२ मा प्रकाशित उनको पुस्तक के गर्ने ? मा यो अवधारणालाई स्पष्ट रूपमा प्रस्तुत गरिएको थियो। लेनिनले तर्क गरे कि क्रान्तिकारी संगठनलाई प्रभावकारी बनाउन अनुशासित र केन्द्रीकृत संरचना आवश्यक छ, तर त्यसका लागि जनतान्त्रिक प्रक्रियालाई पनि सुनिश्चित गर्नुपर्छ। यो सिद्धान्त बोल्सेभिक पार्टीको संगठनात्मक ढाँचामा लागू गरियो, जसले सन् १९१७ को रुसी क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेल्यो। पछि, यो सिद्धान्त सोभियत संघ र अन्य कम्युनिस्ट पार्टीहरूमा पनि अपनाइयो। जनवादी केन्द्रीयताको विशेषताहरू सदस्यहरूको सहभागिता संगठनका सबै तहका सदस्यहरूलाई नीति निर्माणमा सहभागी हुने अवसर प्रदान गरिन्छ। यसले संगठनलाई समावेशी बनाउँछ। केन्द्रीकृत नेतृत्व संगठनको नेतृत्वले सामूहिक निर्णयलाई कार्यान्वयन गर्न केन्द्रीकृत भूमिका खेल्छ। यसले संगठनलाई एकताबद्ध र दिशानिर्देशित राख्छ। लचकता र अनुशासनको सन्तुलन जनवादी केन्द्रीयताले स्वतन्त्र छलफल र अनुशासित कार्यान्वयनबीच सन्तुलन कायम गर्छ। यसले संगठनलाई गतिशील र प्रभावकारी बनाउँछ। संगठनात्मक एकता यो सिद्धान्तले संगठनभित्र गुटबाजी र विखण्डनलाई रोक्न मद्दत गर्छ। सबै सदस्यहरूले सामूहिक लक्ष्यप्रति बफादार रहनुपर्छ। यसरी हेर्दा, जनवादी केन्द्रीयता एक शक्तिशाली संगठनात्मक सिद्धान्त हो, जसले जनतान्त्रिक सहभागिता र अनुशासित कार्यान्वयनलाई सन्तुलनमा राख्छ। यो सिद्धान्तले क्रान्तिकारी आन्दोलनहरू र कम्युनिस्ट संगठनहरूलाई एकताबद्ध र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

