आइपीएलमा सन्दीपको प्रशंसा, मुम्बईविरुद्ध पाउलान् आज मौका?
काठमाडौं, चैत १० । इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करण अन्तर्गत तेस्रो खेलमा आज साँझ नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि मुम्बईमा हुँदैछ ।
यसैबीच, नेपाली क्रिकेटर लामिछानेको प्रदर्शनबारे क्रिकेट विश्लेषक एवं क्रिकेटरहरुले प्रशंसा गरेका छन् । पूर्व अष्ट्रेलियन क्रिकेटर एवं चर्चित क्रिकेट विश्लेषक ब्राड हजले लामिछानेको मुक्तकण्ठले तारिफसमेत गरेका छन् । सन्दीपलाई हजले बहुप्रतिभावान खेलाडी भनेका छन् ।
क्रिकेट खेलको प्रख्यात वेभ साइट, इएसपिएन क्रिकिन्फोसँग कुराकानी गदै विश्लेषक हजले यसपटक दिल्लीका लागि सन्दीपले राम्रो नतिजा निकाल्न महत्वपूर्ण योगदान दिन सक्ने बताए ।
‘सन्दीप दिल्लीका एक्स–फ्याक्टर खेलाडी हुन् । उनीसँग अहिले धेरै खेलको अनुभव छ । आवश्यक परेको बेला विकेट लिने सन्दीपको क्षमता वेजोडको छ । एक स्पिनरका रुपमा सन्दीपको टर्न र बाउन्स गर्ने क्षमता उत्कृष्ट छ । उनको गुग्ली सटिक छ । अष्ट्रेलियाको बिग बासमा पनि सन्दीपको बलिङ उच्च कोटीको थियो,’ हजले भनेका छन् ।
हजले सन्दीप आइतबार दिल्लीको पहिलो ११ मा पर्ने दावी पनि गरेका छन् । हजले जस्तै भारतका पूर्व क्रिकेटर अजित अग्रखरले पनि सन्दीपको उत्कृष्ट खेलाडी भएकोले उनी पहिलो रोजाईमा पर्ने बताएका छन् । यस्तै, सन्दीपकै टिमका स्टार खेलाडी शिखर धवनले पनि सन्दीपको प्रशंसा गरेका छन् । शिखरले सन्दीपलाई युवा खेलाडीका लागि उनी प्रेरणाको स्रोत बन्न सक्ने भन्दै प्रशंसा गरेका छन् । अघिल्लो सिजनमा पनि दिल्लीका लागि अन्तिम तीन खेल खेलेर पाँच विकेट लिँदै सनसनी मच्चाएका सन्दीपले एकबर्षको दौरानमा विश्वका सबै लिग खेलिसकेका छन् । सन्दीपको ६.८० को उत्कृष्ट इकोनोमी सहित ४५ विकेट लिई सकेका छन् ।
यही पृष्ठभूमि र अनुभवको आधारमा यस सिजन दिल्लीले सन्दीपलाई मौका दिने धेरैको अनुमान छ । तर, दिल्ली क्यापिटल्समा अहिले अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी स्पिनर पनि छन् । त्यसैले आइतबार सन्दीपले मौका पाउने वा नपाउने विषयलाई निकै चासोका रुपमा हेरिएको छ । आइपीएलमा अन्तिम ११ मा ४ विदेशी खेलाडी राख्ने नियम छ ।
जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

