आजदेखि प्रदूषण कम गर्न २० वर्षे पुराना सवारीसाधनमा रोक

आजदेखि प्रदूषण कम गर्न २० वर्षे पुराना सवारीसाधनमा रोक

काठमाडौँ । बिहीबार चैत १ देखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइएको छ ।

सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन बन्द गर्ने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले बिहीबारबाट देशैभर अनुगमन टोली परिचालन गरेको छ ।

विभागका अनुसार देशभर २७ वटा समूह निर्माण गरी अनुगमन थालिएको छ । बिहीबार काठमाडौँमा बिहान ९ बजेदेखि र काठमाडौँ बाहिर बिहान ७ बजेदेखि अनुगमन गरिने छ । २० वर्ष पुराना सवारीसाधन चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइने विभागका महानिर्देशन रूपनारायण भट्टराईले जानकारी दिए ।

महानिर्देशक भट्टराईले भन्नुभयो, २० वर्ष पुराना गाडी चलाएको पाइएमा तत्काल गाडी नियन्त्रणमा लिइन्छ, सवारीधनीलाई करचुक्ता गर्न लगाइन्छ र सो गाडीलाई पत्रु बनाइन्छ, पुनः प्रयोग गर्न नमिल्ने बनाइन्छ । अनुगमनका लागि विभागले आफ्ना कर्मचारी सहित ट्राफिक प्रहरी र मिडियालाई अनुगमन समूहमा राखेको छ ।

तर यातायात व्यवसायीले भने सरकारी निर्णय मान्य नहुने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार केन्द्रीय समितिको बैठकमा २० वर्ष पुराना गाडी चलाउन व्यवसायीलाई निर्देशन दिएको छ ।

चल्न नसक्ने सवारीसाधनलाई आफूहरू हटाउन तयार रहेको तर एकतर्फी सरकारी निर्णय मान्य नहुने महासङ्घले जनाएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले भने, काम नलाग्ने गाडी हामी हटाउँछौँ तर वर्ष तोकिनु भएन कुनै गाडी १० वर्षमै काम नलाग्ने हुन्छ, कुनै गाडी २०–३० वर्ष चल्छ त्यसकारणले यो मापदण्ड वैज्ञानिक र व्यवहारिक भएन ।

सवारीसाधनको चेकजाँच वैज्ञानिक तरिकाले गरेर गाडीको अवस्था हेरेर मात्र हटाउनुपर्ने महासचिव सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रीय कमिटिको बैठकबाट निर्णय गरेर हामी गाडी चलाउन निर्देशन दिइसक्यौँ, हामीसँग सल्लाह नै नगरी निर्णय गरियो एकतर्फी निर्णय हामी मान्दैनौँ ।

२०७३ फागुनदेखि काठमाडौँबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यका बाहिरका रुटमा सञ्चालन भएपछि विभागले देशभर रोक लगाउने भएको हो । चैतमा २० वर्ष पुगेका गाडीलाई विभागले कुनै पनि रुटमा चल्ने इजजात रोक्नेछ । पुराना सवारीको नामसारी रोकिने र बिक्री वितरणमा पनि प्रतिवन्ध लगाइने विभागले जनाएको छ ।

महानिर्देशक भट्टराईले भन्नुभयो, २० वर्ष पुराना गाडी कुनै पनि हालतमा चल्न दिँदैनौ, यसले दुर्घटना र वातावरणमा ठूलो असर गरेको छ, सामान्यता नेपालको सन्दर्भमा गाडीको आयु २० वर्ष हुने गरेको छ ।

२० वर्ष पुगेको सार्वजनिक सवारीसाधन हटाउँदा व्यवसायीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सार्वजनिक सवारीको हकमा सिधा हिसाब गर्दा पनि १२ वर्षको अवधिमा लगानी उठिसकेको हुन्छ, बाँकी आठ वर्ष त नाफा कमाइसकेको हुन्छ, यसमा व्यवसायी नमान्नु पर्ने कुनै कारण छैन नमाने कारबाही गर्छौँ ।

देशभर झण्डै १० हजारको सङ्ख्यामा २० वर्ष पुराना सवारीसाधन रहेको विभागले जनाएको छ । हाल विभागले नयाँ सवारीसाधन दर्ता गर्दा पनि २० वर्ष आयु तोक्नेगरेको छ । पुराना गाडीले यात्रु बोक्न निकै जोखिम हुने र वातावरण प्रदूषण पनि हुने हुँदा निषेध गरिएको हो ।

साथै सहरी सुन्दरतालाई पनि ध्यानमा राखिएको विभागले जनाएको छ । पुराना गाडी नियन्त्रण नगर्दा मर्मतसम्भार गरेर चलाउने गरेको र दुर्घटना हुने विभागको दाबी छ । गाेरखापत्रबाट साभार

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।

संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।

रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

पोखरा ।  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।

लोकप्रिय