आर्जेन्टिनाविरुद्ध फ्रान्सको पहिलो गोल

काठमाडौं, असार १६। रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल शुरु भएका छन् । पहिलो खेलमा अहिले पूर्व विश्वविजेता अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् ।
नकआउट चरणमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध पहिलो गोल गरेको छ । खेलको १३ औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले गरेको फोउलमा पाएको पेनाल्टीमा फ्रान्सका ग्रीजम्यानले गोल गरेका हुन ।
जेठ २७ देखि पोखरामा प्रचण्ड कप महिला भलिबल प्रतियोगिता हुँदै
कास्की ।प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ गतेदेखि सञ्चालन हुने भएको छ। आयोजक नेशनल स्पोर्ट्स एकेडेमीले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। राष्ट्रिय स्तरका शीर्ष ६ महिला टिमलाई समावेश गरेर आयोजना गर्न लागिएको प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा तीन विभागीय टिम—पुलिस, एपीएफ र आर्मी—साथै गण्डकी प्रदेश, एभरेष्ट एकेडेमी र न्यू डामन एकेडेमीले सहभागिता जनाउने छन्। राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागत उत्कृष्ट खेलाडीहरूले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगितामा सहभागी खेलाडीहरूको यातायात तथा बसोबासको व्यवस्था आयोजकले गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वालाले नेपालको लोकप्रिय खेलको रूपमा रहेको भलिबलको विकासमा इँटा थप्ने प्रयासस्वरूप प्रतियोगिताको सुरुआत गरिएको बताए। उनका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य राखिएको छ। आयोजक नेशनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोईरालाले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै सो घोषणाको सम्मानमा भलिबल प्रतियोगिता अघि सारिएको बताए। ‘तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको अवसरमा हामीले यो प्रतियोगिता सुरु गरेका हौं,’ कोईरालाले भने, ‘गणतन्त्र, प्रचण्ड र भलिबलबीचको संयोजनको रूपमा कार्यक्रमलाई अघि सारेका छौं।’ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्वय अन्जन धमला र सम्राट कुसारी, नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ लगायतको उपस्थिति रहेको थियो।
सागः भारतीय भलिबल टोली आइपुग्यो, आज नेपालसँग भिड्ने
काठमाडौंः १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भारतीय महिला भलिबल टोलीले आजै नेपालसँग प्रतिस्पर्धा गर्दैछ । भलिबलतर्फ आज ३ खेल हुँदैछन् । जसअन्तर्गत पुरूषमा दुई खेल र महिलामा एक खेल हुनेछ । बंगलादेशलाई हराउँदै बुधबार विजयी सुरुवात गरेको महिला भलिबल टोलीले आज साँझ ५ बजे भारत खेल्ने तय भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । नेपालले उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले सहजै पराजित गरेको थियो । तीन टोली सहभागी समूह ‘ए’बाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । अर्को समूहमा पाकिस्तान नआएपछि माल्दिभ्स र श्रीलंका मात्र छ र दुवै टोली सेमिफाइनल पुग्ने पक्का भइसकेको छ । यी दुई टोलीबीच आजै बेलुका ७ बजे खेल हुनेछ ।
प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताः फाइनलमा पुलिससँग आर्मी पराजित
काठमाडौंः प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रगतिशील युवा नेपाल गोर्खा काठमाडौंद्वारा आयोजित सर्बाधिक राशिको प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबल फाइनल खेलमा नेपाल पुलिस क्लबले जितेको हो । शनिबार भएको खेलको समापनको प्रमुख अथिती चुडामणि खड्काले गरेका थिए । आर्मी र पुलीसबीचको भलिबल प्रतियोगिता निक्कै नै रोमाञ्चक भएको थियो । खेलमा पुलिसले लगातार तीन सेट जितेर आफ्नो जीत सुनिश्चित बनाएको थियो ।
ब्राजिल २–० ले विजयी
रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेलमा विश्वकपको प्रमुख दाबेदार ब्राजिल २–० ले विजयी भएको छ । दोस्रो हाफ अक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलका लागि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दौ टोलीलाई २–० को अग्रता दिलाए । त्यअघि खेलको ९० मिनेटमा फिलिपोले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन । विश्वकपको दावेदार मानिएको ब्राजिलले गोलको प्रयास गरे पनि त्यो प्रयाप्त भएन । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।