आर्सेनिकयुक्त पानी पिउन बाध्य नेपालगंजका जनता !
बाँके, माघ ७ । बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बसिन्दा अहिले पनि आर्थिक अभावका कारण आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।
नेपाल एक्रा एजुकेशनल फाण्डेशनले भज्जुपूर्वाका स्थानीयहरु संग गरेको छलफलमा स्थानीय रियाज अन्सारीले आर्थिक अभावका कारण आरसेनिक युक्त पानी पिएर जीवन यापन गरी रहेको बताए । उनले गाँउमा विगतमा केही संस्थाहरुले धारा जडान गराए पनि पानीको गुणस्तर मापन नगरी २० फूट गहिराइमा नै ह्याण्डपम्प जडान गरेकोले उक्त पानीबाट हरेक वर्ष बालबालिकाहरु बिरामी पर्ने गरेको बताए ।
भज्जुपूर्वाका रहिसले स्थानीय सरकार बने पनि आफूले अनुभूति गर्न नपाएको बताए । उनले वडाबाट प्रदान गर्ने धारा समेत २० फूटमा जडान गर्ने गरिएकोले उक्त धाराको पानी समेत स्वास्थ्यका लागि हनिकारक रहेको बताए ।
छलफलमा सहभागि रहेका मुस्लिमहरुले आफूहरुका लागि स्वच्छ खानेपानीको व्यवस्था गरिदिन नेपाल एक्रा एजुकेशनल फाउण्डेशन संग माग गरेका थिए । एक्राले पानीको समस्याको सामना गरीरहेका व्यक्तिहरुका घरमा जडान गर्दै आएको छ । एक्राले बाँकेको जानकी गाँउपालिकामा ५१,डुडुवागाँउपालिकामा १७ घरमा धारा जडान गरेको कार्यक्रम संयोजक पवन सिहले बताए ।
नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले भज्जुपूर्वा मानव बिकासमा पछाडि पर्नुमा सुरक्षित पानी र सरसफाई सेवाको अभावका कारण मानिसहरुको अकालमा ज्यान जाने गरेको बताउँदै स्वच्छ पानीका लागि एक्राले पहल गर्ने बताए । उनले स्थानीय निकाय सँग समन्वय गरेर भज्जुपूर्वामा केही महिना भित्र नै धारा जडान गर्ने बताएका छन् ।
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
आज काग तिहार
काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ । आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।
सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमानी
काठमाडौं । सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट लिनेको लाइन
काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि लाइनामा बसेर टिकट किनिरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको हो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ। एन्फाले अनलाइनबाट टिकट बिक्री नगरी प्रत्यक्ष भौतिक रुपबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरेकाले टिकट काट्नेहरुको लामो लाइन लागेको हो । यसअघि अनलाइन टिकट लिइसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।जसका कारण खेलप्रेमीहरुले अनावश्यक दुःख पाएका छन ।