इमरान खानको सन्देश बोकेर उपराष्ट्रपति भेट्न पुगे पाकिस्तानी राजदूत

काठमाडौंः पाकिस्तानले जम्मु तथा कश्मिरमाथि भारतीय कदमको बिरोधमा अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको बेला पाकिस्तानी राजदूतले उपराष्ट्रतिसँग शिष्टाचार भेट गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।
उपराष्ट्रपति र पाकिस्तानी राजदूतबीचको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भयो ।
भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए । उनले दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताए ।
भेटमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने भए तापनि दुई देशबीच हजारौँ वर्षको सम्बन्ध रहेको बताए । उनले पाकिस्तानले सधै शान्ति चाहेको र शान्तिको पक्षमा रहेको बताए ।
भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टाचारको मुहान भएको बताउनु भएको छ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मंचले प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो। ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिनुभयो। उहाँले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गर्नुभयो। "मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन," उहाँले भन्नुभयो, "प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।" जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताउनुभयो। परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उहाँले भन्नुभयो , “परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन्।” उहाँले थप भन्नुभयो, “मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन। जनताका माग र मुद्धा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला।त्यसको तयारी गर्नुहोला ।” मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेश गरेको छ ।
हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
पेरिस डाँडा, काठमाडौं हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गर्नुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो ।। सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाउनुभयो । छलफलमा हेटौंडा सिमेन्टको समाचारमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम समेत सहभागी हुनुहुन्थ्यो।
साहित्यकार, कलाकारसहित दर्जनबढी संस्कृतिकर्मी माओवादी केन्द्रमा प्रवेशः अध्यक्ष प्रचण्डद्वारा स्वागत
काठमाडौँ, साउन २ गते — नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरूलाई स्वागत गर्नुभयो। माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमाले निकट परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष रामेछाप नगरपालिकाका नेता रहनुभएको छ । अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दै भन्नुभयो, “बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु। अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ। यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन।यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरुको पार्टी प्रवेशले योगदान दिने छ ।” माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरु त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीनपटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं। हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।” संस्कृति र कलाको महत्त्वमाथि प्रकाश पार्दै प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पु¥याएको छ। संस्कृतिमा शक्ति हुन्छ — यही मान्यतामा आधारित भएर कलाकारहरुलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो। बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरुलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महसुस गरिएको छ।” कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साउलो)ले भन्नुभयो, “म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ। आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ। त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।” सो अवसरमा पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
‘श्रम तथा उत्पादनमा वाइसीएल’ अभियान (फोटोफिचर)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान सुरु गरेको छ । बिहिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा एक विशेष समारोहमा यो अभियानको उद्घाटन गरेका हुन्। वाईसीएलले यो अभियानमार्फत विभिन्न सामाजिक, आर्थिक र राजनीतिक मुद्दाहरूलाई सम्बोधन गर्ने योजना बनाएको छ। अभियानका उद्देश्यहरू विपद व्यवस्थापन : प्रकृति जन्य विपद व्यवस्थापनलाई प्राथमिकता दिँदै विशेष टास्क फोर्स (एसटिएफ) गठन गरिएको छ। विपद व्यवस्थापनको पूर्वतयारी स्वरूप जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ। उत्पादनमा जोड: कृषि, उद्योग र व्यापार (विशेषगरी डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाई उत्पादनमूलक कार्यलाई प्राथमिकता दिइने। भ्रष्टाचार र ठगीविरुद्ध संघर्ष: वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचार, साथै निर्माणाधीन सरकारी परियोजनाहरूमा हुने अनियमितताविरुद्ध कडा संघर्ष गर्ने।\ युवा लक्षित कार्यक्रम: भाद्रपछि १६–२५ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी ‘पोलिटीकल युथ कन्सर्ट’ आयोजना गर्ने तयारी। उपचुनावको तयारी: आगामी कात्तिक १७ मा हुने उपचुनावमा लागि रणनीति तय गर्ने। संगठनात्मक सुदृढीकरण: सबै तहका कमरेडहरूको कार्य मूल्यांकन चार्ट बनाउने र विभागहरूलाई चुस्त, छरितो र कार्यमूलक बनाउने। विभागहरूले आ–आफ्नो क्षेत्राधिकारमा कार्यक्रम बनाई केन्द्रीय कार्यालयबाट अनुमोदन गरी कार्यान्वयन गर्ने। उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले अभियानलाई पार्टीले अघि सारेको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता र महत्वपूर्ण आयाम भएको बताए। उनले भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी दिँदै युवाहरूलाई उत्पादन र सामाजिक परिवर्तनका लागि एकजुट हुन आह्वान गरे। समारोहमा वाइसीएलका अध्यक्ष पुष्प ओलीले अभियानको विस्तृत योजना प्रस्तुत गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा सकारात्मक योगदान दिन प्रेरित गर्ने बताए। यो अभियानले युवाहरूलाई उत्पादनमूलक कार्यमा संलग्न गराउने, भ्रष्टाचार र अनियमितताविरुद्ध जनचेतना जगाउने र विपद व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। वाइसीएलले स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरी जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यो अभियानले नेपालको सामाजिक–आर्थिक विकासमा युवा शक्तिको महत्वलाई उजागर गर्नुका साथै संगठनको प्रभावकारितालाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। वाइसिएलको केन्द्रीय समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सबैलाई एकताबद्ध भएर संगठनको निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल बनाउन आह्वान गरेका थिए। वाइसिएल अध्यक्ष पुष्प ओलीले अभियानलाई सफल बनाउन संगठनका सबै संरचना सक्रियताकासाथ लागि परेको बताएका छन् ।