इरानमा सैनिक परेडमाथि आक्रमण, थुप्रैको गयो ज्यान

इरानमा सैनिक परेडमाथि आक्रमण, थुप्रैको गयो ज्यान

तेहरान, असोज ६ । इरानमा एउटा सैनिक परेडमाथि हतियारधारी आक्रमणकारीहरूले गरेको आक्रमणमा थुप्रै हताहती भएको छ । इरानी सरकारी मिडियाले यस घटनामा आठ या नौ सैनिक सहित लगभग एघार जना मारिएको हुनसक्ने जनाएको छ तर हताहतिको वास्तविक तथ्य भने सार्वजनिक हुन सकेको छैन ।

जेरुसलेम पोस्ट अनुसार इरानको दक्षिणपश्चिमी सहर अह्वाजमा भइरहेको सैन्य परेडमा नजिकैको एउटा पार्कबाट गोली चलाइएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरू सैनिक पोशाकमा रहेका थिए ।

इरानी अर्ध सरकारी समाचार माध्यम इरानियन स्टुडेन्टस् न्युज एजेन्सी (आइएसएनए)ले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै उक्त स्थानमा १० मिनेटसम्म गोली चलेको र त्यसपछि स्थिति नियन्त्रणमा आएको थियो । घटनास्थलमा उक्त समय थुप्रै सर्वसाधारणको उपस्थिति रहेकोले हातहतिको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

समाचारहरूमा आक्रमणकारीहरूले सर्वसाधारण र सैनिकहरूलाई लक्षित गरेर गोली चलाएको र उक्त परेड हेर्न त्यहाँ उपस्थित सर्वसाधारणहरू भुइँमा पल्टिएर ज्यान जोगाएको उल्लेख छ ।

अह्वाज सहरमा गत वर्ष जनताको जीवनस्तरमा निरन्तर ह्रास आइरहेको भन्दै प्रदर्शन गिएको थियो ।
इरानले इराक विरुद्ध संघर्षको सुरुवातको ३७ औँ वर्षगांठ मनाइरहेको छ । र यस उपलक्षमा विभिन्न स्थानमा सैनिक परेड प्रदर्शित गरिँदैछ ।

यो इरानी भूमिमा भएको पहिलो चरमपन्थी आक्रमण भने होइन । गत जुनमा इस्लामिक स्टेटका आत्मघाती बम आक्रमणकारीहरूले इरानी संसद र तेहरानस्थित इरानका सवोच्च नेता आयतुल्लाह खोमेनीको समाधिमा आक्रमण गर्दा १८ जनाको ज्यान गएको थियो ।

हालैका दिनहरूमा यस्ता आक्रमणहरू कुर्दिस तथा बलोच पृथकतावादी संगठनसम्बद्ध व्यक्तिहरूबाट भएका थिए ।

एजेन्सीहरू

अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ । ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’ नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ । यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अमेरिकी मौसमविदहरुका अनुसार मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ । त्यसैले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन् । यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ । अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ । केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।

गाजाले भोगेको विनाश लेबनानमा दोहोरिन सक्ने राष्ट्रसङ्घको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजाले भोगेको विनाश लेबनानमा दोहोरिन सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का लागि लेबनानको निर्देशक म्याथ्यू होलिङ्गवर्थले गाजामा भएजस्तै विनाशबाट जोगिन लेबनानमा बढ्दो द्वन्द्वलाई तत्काल रोक्न आह्वान गरे। मङ्गलबार लेबनान कार्यालयको जिम्मेवारी लिनुअघि गाजामा डब्लुएफपीको सञ्चालनको समन्वय गर्न आफूले छ महिना काम गरेको भन्दै उनले गाजाले भोगेको जस्तो अवस्था लेबनानमा आउन सक्ने सम्भावनाहरू बढ्दै गएकाले त्यसलाई रोक्न आह्वान गरे। ‘म उठेदेखि सुत्ने बेलासम्म मेरो दिमागमा हामी पनि यस्तै विनाशको चक्रमा पुग्न सक्छौं भन्ने कुरा चलिरहेको छ। हामीले त्यसो हुन दिनुहुँदैन,’ उनले बताए। हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि गाजामा भएको  इजरायली हमलामा ४१ हजार ९०० जना भन्दा बढी मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा अधिकांश आमनागरिक रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानमा भएको इजरायली बमबारीले दुई हप्ताभन्दा कम अवधिमा एक हजार १०० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन्। संयुक्त राष्ट्र अधिकार कार्यालय अधिकारी जेरेमी लरेन्सले भने, ‘हामीले गाजामा देखेका विनाशका ढाँचाहरू लेबनानमा देखिरहेका छौं। गाजामा जस्तै विनाश लेबनानका  मानिसहरूका लागि विश्वास बाहिर छ। हामी यसलाई फेरि हुन दिन सक्दैनौं।’

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

लोकप्रिय